Posts

Showing posts with the label महाशिवरात्री

निष्काम सेवा र शिवरात्रि

- ब्रहमाकुमार हेम शर्मा पोखरल सेवा पनि विभिन्न प्रकारका हुन्छन् । आध्यात्मिक तवरले विचार गर्दा कुनै इच्छा पूरा गर्नका लागि गरिने सेवा सकाम सेवा र कुनै पनि इच्छा नराखी गरिने सेवालाई निष्काम सेवा भनिन्छ । सामान्यतया मानिसबाट गरिने सकाम सेवाहरूमा पनि अरूको हितमा प्रतिकूल असर नपार्ने, अरूको कल्याण हुने, आफूले पाए पनि मान सम्मानसम्म पाउने सेवालाई श्रेष्ठ सेवा भन्न सकिएला । तर आफ्नो निहित स्वार्थ पूरा गराउनका लागि बाहिर देखाउन मात्र सेवा गरेको अभिनय गर्नेलाई स्वार्थर्ी सेवा भन्न सकिन्छ ।     आध्यात्मिकरूपमा पनि आफ्नो सम्पत्ति, विजय, पद, प्रतिष्ठा, सन्तान, कार्यसिद्धि आदिका लागि गरिने जप, तप, तीर्थ, व्रत, ध्यान, योग, तपस्या सबै सकाम सेवा वा कार्यमा पर्दछन् । उता अरू सांसारिक चाहना कुनै नभए पनि मुक्ति र जीवनमुक्तिका लागि गरिने ध्यान, योग, तपस्या आदिलाई पनि उच्चस्तरको सकाम सेवा वा व्रत भन्न सकिन्छ ।     यस सृष्टिको एउटा निश्चित समयमा हामी मनुष्यहरूले अर्को सेवा पनि देख्न र अनुभव गर्नसक्ने रहेछौं । त्यो सेवा हो परमपिता परमात्मा शिवबाबाले मनुष्य आत्मा, प्रकृति र सारा सृष्टिका लागि गर्ने सेवा । ग