Posts

Showing posts with the label फरक

२० महीनाको बालिकाले बचाइन् ५ जनाको ज्यान

Image
     यस अबोध बच्चाको फोटो हेर्दा यसले कसरी पाँचजनाको ज्यान जोगायो भन्ने सोचमा पर्नुभयो होला । दुःखद कुरा यो बालिका अहिले यस संसारमा छैन तर यी बालिका मरेपछि ५ जनाको ज्यान बचाएकी छन्‌ । -प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)      दिल्लीको रोहिणी क्षेत्रमा ८ जनवरीका दिन २० महीनाकी बालिका धनिष्ठा खेल्दाखेल्दै भुइँमा खसिन्‌ र बेहोश भइन्‌ । त्यसपछि उनलाई गङ्गाराम अस्पताल लगियो । चिकित्सकले बच्चालाई बचाउने प्रयास गरे तर सफल भएनन्‌ । बालिकाको मस्तिष्कबाहेक सम्पूर्ण अङ्गले सही काम गरिरहेको थियो । बालिकाको परिवारजनले अस्पतालका अधिकारीसँग अङ्गदान गर्ने इच्छा जाहेर गरे । बालिकाका पिताले भने( हामीले अस्पतालमा यस्ता रोगी देख्यौं, जसलाई अङ्गको आवश्यकता थियो । यसैले हामीले सोच्यौं धनिष्ठालाई हामीले गुमाइसक्यौं तर उसले अहिले पनि अन्य व्यक्तिको जिन्दगी जोगाउन सक्छ ।      बच्चाको मातापिताको आग्रहपछि अस्पतालका अधिकारीले बालिकाको मुटु, कलेजो, दुवै मिर्गौला र कार्निया अङ्ग अन्य पाँचजना रोगीमा प्रत्यारोपण गरे, जसबाट उनीहरूले पुनर्जीवन पाएका छन्‌ । एक तथ्याङ्क अनुसार भारतमा हरेक वर्ष अङ्गदानको अभावमा ५ लाख व्यक्ति

आवाजको नक्कल गर्ने पक्षी वीणा

Image
 वीणा पक्षी अर्थात्‌ लायर बर्ड संसारको सबैभन्दा सुन्दर पक्षीमध्ये एक हो। यस प्राणीको सबैभन्दा ठूलो विशेषता भनेको यसले जस्तोसुकै पक्षीको आवाजलाई बहु नक्कल गर्न सक्छ। यो पक्षी बढीजसो अस्ट्रेलियाको न्य्‌ साउथ  वेल्समा पाइन्छ।      भाले को र विचित्र तर सुन्दर पुच्छर हुन्छ, जसको  बनावट वीणा वाद्ययन्त्रसमान हुन्छ, यसै कारण यसलाई वीणा पक्षी पनि भनिन्छ ।      यसले अन्य पक्षीको आवाज, कुक्रजस्तै भुक्ने र कारको हर्नको पनि नक्कल गर्छ साथै यसले सिटीको आवाज पनि निकाल्न सक्छ । पोथी पक्षीभन्दा भाले लामो एवं ठूलो हुन्छ। भाले पक्षीको सो-्ह भाग भएको लामो पुच्छर निकै सुन्दर हुन्छ । यसले जब पुच्छर फैलाउँछ, तब त्यसको आकार वाद्यगन्त्र वीणासरह हुन्छ। यसको शरीरको रङ्ग खैरो तथा घाँटीमा केही लालिमा हुन्छ । स्वाभावले लजालु भएको कारण यो सजिलै देखिंदैन । आवाजबाट नै यसको उपस्थिति अनुमान गर्न सकिन्छ ।      पोथी पक्षी पनि आवाज नक्कल गर्नमा निकै कुशल हुन्छ तर उसले निकै कम बोल्छ । एकपटकमा एउटा मात्र अन्डा दिन्छ र ५० दिनपछि चल्ला निस्किन्छ । त्यसको हेरचाह गर्ने जिम्मेवारी आमाको हुन्छ । यो पक्षीले कीरा-फट्याङग्रा, गड्यौला

रक्तचापबाट पीडितहरूको लागि नयाँ व्यायाम

Image
     उच्च रक्तचापबाट पीडित व्यक्तिले तीस मिनेटसम्म स्ट्रेचिङ कसरत गर्नपर्छ । यो कसरत पैदल हिंड्नुभन्दा बढी असरदार हुने क्यानडाको एउटा विश्वविद्यालयले दाबी गरेको छ ।  वैज्ञानिकको भनाइ छ स्ट्रेचिङ र पैदल हिंड्दा यसको असर उच्च  रक्तचापमाथि पर्छ ।  वौज्ञानीकले अनुसन्धानको लागि उच्च रक्तचापबाट पीडित ४०  जना रोगीको दुईवटा समूह  बनाएका थिए । एउटा समूहलाई हिंड्न र अर्को  समूहलाई स्ट्रेचिङ कसरत गर्न भनियो । अनुसन्धानमा रक्तचाप नियन्त्रण गर्नमा हिँड्डुलभन्दा स्ट्रेचिङ कसरत बढी असरदारकक देखियो ।      यो कसरतले मांसपेशी बाउडिने समस्या हुँदैन । फिजिकल एक्टिभिटी एन्ड हेल्य जर्नलमा प्रकाशित शोध अनुसार जब व्यक्तिले स्ट्रेचिड कसरत गर्छ, तब मांसपेशीदेखि धमनीसम्म असर हुन्छ। यसले मांसपेशी बाउडिने समस्या हटाउँछ । रक्तसञ्चार राम्रो रहन्छ । अनुसन्धानले दाबी गरेको छ, यदि तपाईं बोसो घटाउन चाहनुहुन्छ भने पैदल हिंड्नुभन्दा राम्रो विकल्प स्ट्रेचिङ कसरत हो । हिँड्डुल गर्नेहरूभन्दा स्ट्रेचिङ कसरत गर्नेहरूको बोसो बढी घटेको थियो । सोफाको सट्टा जमीनमा बसेर टिभी हेर्दै यो कसरत गर्न सकिन्छ ।      मेडिकल न्युट्रशनिस्ट डा

मांसाहारीभन्दा शाकाहारी प्रोटिन उत्तम

Image
-प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)   आवश्यकता पूरा गर्न मांसाहार गर्नुहुन्छ भने सचेत हुनुपर्छ । नयाँ शोध अनुसार शाकाहारीको सट्टा तरकारीबाट प्रोटिन (प्लान्ट प्रोटिन)को कमी प्रा गर्दा मृत्युको खतरा २४ प्रतिशतसम्म कम हुन्छ । यो बुझ्न ५० वर्षभन्दा  बढी उमेरका चार लाख व्यक्तिमाथि १६ वर्षसम्म अध्ययन गरिएको थियो । शोधकर्ताका अनुसार यदि एक हजार क्यालोरीमा प्लान्ट  प्रोटिनको मात्रा १० ग्राम छ भने  मृत्युको खतरा १२ प्रतिशतसम्म कमहुन्छ । प्लान्ट प्रोटिनको मात्रा  डाइटमा बढाएर यसको फाइदा बढाउन सकिन्छ ।      शोध गर्ने अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थका वैज्ञानिक भन्छन्‌  -“मांसपेशी मजबूत बनाउन र ताकत बढाउन प्रोटिन जरुरी छ । प्रोटिनको स्रोतले यो बताउँछ, मनुष्यको उमेर कति बढी हुन सक्छ । जसले प्रोटिनको कमी तरकारीबाट पूरा गर्छ, उसमा मृत्युको खतरा १३ देखि २४ प्रतिशतसम्म कम हुन्छ । स्वास्थ्य र पोषण क्षेत्रमा काम गरिरहेका डा नन्दन जोशी भन्छन्‌- “शारीरिकरूपले सक्रिय नहुनु र मानकभन्दा कम प्रोटिन शरीरमा पुग्दा युवाको मांसपेशी कमजोर भइरहेको छ । ३० वर्षको उमेरपछि मांसपेशी क्षतिग्रस्त हुन शुरू हुन्छ। हरेक १

पृथ्वीको गति बढ्यो

Image
     हामीले विद्यालयमा पढेका थियौं, धर्ती आफूनो धुरीमा एक चक्कर लगाउन  २४ घण्टा समय लगाउँछ तर नयाँ रिपोर्ट अनुसार पृथ्वी पहिलेभन्दा अहिले छ्टो घुमिरहेको छ । पृथ्वीले आफूनो जज सा चक्कर पूरा गर्न ०।५ मिलिसेकेन्ड कक ढ ण् समय लगाउँदैछ ।      डेलीमेलको रिपोर्ट अनुसार २४ घण्टामा ८ लाख ६४ हजार ६ सय सेकेन्ड हुन्छ। यति समयमा पृथ्वीले एक चक्कर  प्रा गर्छ । तर गत वर्ष जूत महीनामा  यो चक्कर पूरा गर्न ०।५ मिलिसेकेन्ड कम लागेको थियो ।       लियोनको पेन्ड्ुलम मोडलले प्रमाणित गरेको छ - पृथ्वी घुम्छ । हरेक वर्ष ८ जनवरीमा “अर्थ रोटेशन दिवसु मनाइन्छ। यो दिवस मनाउनुको कारण फ्रान्सेली भौतिकशास्त्री लियोन फुकल्टको योगदान हो । सन्‌ १८५१ मा लियोनको एउटा मोडेलले साबित गरेको थियो( पृथ्वी आफूनो धुरीमा कसरी घुम्छ। ८ जनवरी उनको जन्मदिन हो, यसैले यो दिन ९पृथ्वी रोटेशन डेुको लागि छनोट गरिएको थियो । ४७० ईसापूर्व केही युनानी खगोलविद्हरूले दाबी गरेका थिए, पृथ्वी घुम्छ तर उनीहरूले यो साबित गर्न सकेनन्‌ कि पृथ्वीले सूर्यको पनि परिक्रमा गर्छ । सयौं वर्षसम्म भएको धेरै अध्ययनपछि लियोनले पहिलोपटक पृथ्वी आफूनो धुरीमा घुम्दै स

मुटुको स्वास्थ्य थाहा पाउने सजिलो तरीका

Image
– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)  स्पेनको युनिभर्सिटी हस्पिटलका कार्डियोलोजिस्ट डा जिसस पैटेरि ओले मुटुको स्वास्थ्य थाहा पाउन सबैभन्दा सजिलो तरीका बताएका छन्‌ । उनका अनुसार यदि कुनै व्यक्तिले एक मिनटमा १५/१५ भन्याङको चार सेट ( कुल ६० वटा खुडकिला ) पूरा गर्छ भने त्यसको मुटुले सही काम गरिरहेको छ ।       यो थाहा पाउन १६५ युवालाई ट्रेडमिलमा दौडाएर र भत्याङ चढाएर उनीहरूको मेटाबोलिक इक्विभैलेन्ट्स ९एमइटी० मापन गरिएको थियो । यस्ता युवा जसले, ४० देखि ४५ सेकेन्डमा भन्याङ चढेका थिए, उनीहरूको एमइटी ९ देखि १० वा त्योभन्दा बढी थियो । धेरैजसो रिसर्चले यो साबित गरिसकेको छ कि कसरत जाँचको दौरान जुन व्यक्तिको एमइटी १० रहन्छ उसको मृत्युदर अन्यको तुलनामा प्रति वर्ष १ प्रतिशत कम हुन्छ ।      २० वर्षको उमेरसम्म दौडिंदा, खेल्दा, एरोबिक्स गर्दा मुटुले बढी पम्प गर्छ। यस उमेरमा साइकल चलाउँदा, खेल्दा मजबुत मुटुको जग बस्छ । बच्चालाई हरेक दिन दौड्न, खेलकूद गर्न दिनुपर्छ । ६ देखि १७ वर्षको बच्चाले कमसेकम १ घण्टा शारीरिक गतिविधि गर्नु आवश्यक हुन्छ । चाहे त्यो विद्यालयमा होस्‌ वा घरनजीकैको चौरमा । स्वस्थ मुटुको लाग

मोटोपन नियन्त्रण गर्ने डिभाइस

Image
     अमेरिकी वैज्ञानिकहरूले मोटोपन कम गर्ने एउटा वायरलेस डिभाइस तयार गरेका छन्‌ । यो डिभाइसले मोटोपन भएकाहरूलाई पेट भरिएको अनुभूति गराउँछ । १ सेन्टिमिटर आकारको यो डिभाइसलाई अमेरिकाको टेक्सासस्थित ए एन्ड एम युनिभर्सिटीले तयार गरेको हो ।      यसलाई तयार गर्ने टीमका डा सुङ पार्क भन्छन्‌  ।  “यस डिभाइसलाई इम्प्लान्ट गर्न शरीरमा एउटा सानो चिरा लगाइन्छ । शरीरमा पुगेपछि यसलाई बाहिरबाट रेडियो फ्रिक्वेन्सी रिमोटबाट नियन्त्रण गर्न सकिन्छ । डिभाइसमा लगाइएको माइक्रोचिपले एलइडी लाइट उत्सर्जन गर्छ जसले नर्भमा यस्तो असर गर्छ कि पेट भरिएको अनुभूति हुन्छ । भोक लागेको महस्‌स हुँदैन । यसप्रकार मोटोपन नियन्त्रण गर्न सकिन्छ ।      वैज्ञानिकका अनुसार जो व्यक्ति डाइटिङ र कसरत गरेर पनि आफूनो वजन घटाउन सकिरहेका छैनन्‌, गैस्ट्रिक बाइपास सर्जरीको गर्ने अवस्था आएको छ । उनीहरूको पेटमा यो डिभाइस प्रत्यारोपण गर्न सकिन्छ । यसले पाचन प्रणालीलाई नियन्त्रण गर्छ ।      डिभाइस तयार गर्ने प्रा सुङ पार्कको दाबी छ-यो वायरलेस डिभाइस लाइटको माध्यमबाट दिमागमा यस्तो सङ्केत पुन्याउँछ जसबाट अनुभूति हुन्छ कि पेट भरिएको छ । मस्तिष्क

विभिन्न किसिमको मास्क

Image
– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)  सिइएस प्रदर्शनीमा कोभिड महामारीबाट बचाउने मास्कका धेरै भेराइटी देख्न पाइयो । त्यसमध्ये हङकङको इलेक्ट्रोनिक्स कम्पनी बिनाटोनको फेस मास्क हेर्दा सामान्यजस्तो देखिन्छ । मास्कमा एन–९५ फिल्टर लगाइएको छ । यसले प्रदूषणबाट पनि जोगाउँछ । यसमा माइक्रोफोन र इयरबड्स पनि छ, जसले गर्दा मास्क लगाएर फोनमा कुरा गर्न सकिन्छ । यसमा १३ घण्टाको ब्याट्रीले ब्याकप दिन सक्छ । साथै मास्कमा एलेक्सा र गूगल असिस्टेन्ट पनि छ । यसलाई फोनसँग कनेक्ट गर्न सकिन्छ ।      त्यस्तै, अमेरिकी कन्जुमर इलेक्ट्रोनिक्स कम्पनी रेजरले मास्क कन्सेप्ट पेश गरेको छ । यस प्रोजेक्टको नाम हेजल हो । यो एन–९५ क्लास फेस मास्क हो । यसलाई भेन्टिलेशन फक्शनमा डिजाइन गरिएको छ । यसमा इन्टरनल लाइट दिइएको छ, जुन अँध्यारो भएपछि स्वतः अन हुन्छ । यसबाट मास्क पारदर्शी हुन्छ र बोल्दा मानिसले तपाइको अनुहार पनि हेर्न सक्छन् । यसमा लो लाइट मोड, इनबिल्ट माइक र एम्प्लिफायर पनि दिइएको छ ।      त्यस्तै, एयरपप एक्टिभ प्लस नामक मास्क पनि प्रदर्शनीमा राखिएको थियो । यसमा सेन्स लगाइएको छ । यसले तपाइको सास, प्रदूषणको स्तर, हावाको

घरको निगरानी गर्ने राबोट कार

Image
       घरको निगरानी गर्ने मारे बाटे स्काउट अटोनोमस हामे राबोट पनि पद्रर्शनीमा राखिएको छ । एडभान्स सेन्सर र एआई अल्गोरिदको कारण यसले घरको हरेक कुनाको निगरानी गर्न सक्छ । आफ्नो अटोनोमस पेट्रोल मोडबाट यो एआई पावर्ड रोबोटले घरको निगरानी गर्छ । फुल एचडी क्यामरा विद नाइट र फोरडब्लुडी मैकनम ओमनी–डायरेक्शनल ह्वील्सको साथ, क्यामरा घरको चारैतिर घुम्छ र बताउँछ कि त्यस समय यसले के हेरिरहेको छ ।     एलेक्सा र गुगल भ्वाइस असिस्टेन्टबाट पनि यसलाई नियन्त्रण गर्न सकिन्छ । यसको अलावा प्रयोगकर्ताले आफ्नो अनुसार काम गर्न पनि सलाई कस्टमाइज गर्न सक्छ । यो रो बोटले पानी परिरहेको बेला पनि घरको निगरानी गर्न सक्छ ।

पानीबाट बज्ने स्पिकर

Image
          संसारको सबैभन्दा ठूलो इलेक्ट्रोनीक प्रदर्शनीक सिइएस २०२१ मा थुप्रै उत्पादन प्रस्तुत गरिएका छन् । यीमध्ये केही बिक्रीका लागि उपलब्ध छन् । प्रदर्शनीमा एम्पियर ब्लुटुथ शावर स्पिकर प्रस्तुत गरिएको छ । यो ब्लुटुथको माध्यमबाट स्मार्टफोनमा सम्पर्क गर्न सकिन्छ । अनौठो कुरा यो स्पिकर अन गर्न बिजुलीचाहिंदैन, पानीको ऊर्जाबाट भए पुग्छ ।         शावर अन गरेपछि पानीबाट स्पि  करले ऊर्जा पाउँछ र गीत बज्न थाल्छ । स्पिकरको भागलाई समुद्रमा पाइने प्लास्टिक रिसाइकल गरेर बनाइएको बताइन्छ । यस वर्षको मे महीनादेखि यो बजारमा पाइनेछ ।

धूलोमार्फत अर्काे महाद्वीपमा जीवाणु पुग्न सक्छ

Image
–प्रतीक डेस्क (एजेन्सीको सहयोगमा) केही ब्याक्टेरिया (जीवाणु) वातावरणमा रहेको धूलोको माध्यमबाट एक महाद्वीपबाट अर्को महाद्वीप सम्म पुग्न सक्ने नया“ अध्ययनले जनाएको छ । यस जीवाणुले मनुष्य र जनावरको स्वास्थ्यमाथि पनि प्रभाव पार्नुका साथै जलवायु र पारिस्थितिकीमाथि पनि असर गर्न सक्छ । शोध पत्रिका एटमोसफेरिक रिसर्चमा प्रकाशित अध्ययनमा अति सूक्ष्म जीव वायुमण्डलमा रहेका सूक्ष्म कणस“गै एक महाद्वीपबाट अर्को महाद्वीपसम्म पुग्ने रहस्य सुल्झाउने प्रयास गरेको छ । यही कणहरूको सम्पर्कमा आएर मानिसहरू सङ्क्रमित हुन्छन् । स्पेनको ग्रेनाडा विश्वविद्यालयका वैज्ञानिकहरूको भनाइ अनुसार यी सूक्ष्म कणहरूले ब्याक्टेरियाको लागि वाहकको रूपमा काम गर्छ । यसबाट सम्पूर्ण महाद्वीपमा रोगको सङ्क्रमणको खतरा रहन्छ । वैज्ञानिकका अनुसार यी सूक्ष्म कणहरू अर्थात् आइबेरुलाइटलाई पनि माइक्रोस्कोपको मदतले हेर्न सकिन्छ तर यी अति सूक्ष्म कणभन्दा थोरै ठूलो हुन्छ । तिनीहरू धेरै खनिज लवणबाट बनेका हुन्छन् । वैज्ञानिकहरूले आइबेरुलाइटको बारेमा सन् २००८ मा पत्ता लगाएका थिए । शोधकर्ताका अनुसार जीवाणु आइबेरुलाइटको सम्पर्कमा आउने प्रक्रियाल

खोपको इतिहास

Image
     विश्वमा महामारीको इतिहास एकदमै पुरानो छ, तर विज्ञानको प्रगति हु“दै गएपछि मानिसले ती अदृश्य शत्रु भाइरस र ब्याक्टेरियाबाट फैलिने रोगहरूलाई नियन्त्रण गर्न सिक्यो । पहिलोपटक सन् १७९६ मा बेलायती चिकित्सक डा एडवर्ड जेनरले बिफर (स्मलपक्स) रोगबाट लड्नको लागि खोप तयार पारेर दुनियालाई रोगहरूविरुद्ध लड्ने सकिने बाटो देखाए । त्यसपछि यो सिलसिला चल्न शुरू भयो र अहिलेसम्म विश्वभरि थुप्रै रोगको खोप तयार भइसकेका छन् । कोरोना महामारीविरुद्ध पनि खोप तयार गरिएको छ । खोपको इतिहास यस प्रकार छन्– सन् १७९६ मा बेलायती चिकित्सक एडवर्ड जेनरले सबैभन्दा पहिले बिफर रोगको खोप तयार गरेका थिए ।  सन् १८५३ मा अमेरिकामा पहिलोपटक खोपबारेमा कानून बनाइयो । अमेरिकामा सबैका लागि बिफर खोप अनिवार्य गरिएको थियो । १८९८ मा सो कानून अद्यावधिक गरिएको थियो । सन् १८८५ मा कुकुरको टोकाइबाट हुने रेबिज रोगबाट बच्न फ्रान्सेली वैज्ञानिक लुइ पाश्चरले रेबिज भ्याक्सिन पत्ता लगाएका थिए । सन् १९२१ मा क्षयरोगबाट बच्नको लागि बिसिजी खोपको खोज भयो । १९२३ मा डिप्थिरिया रोग रोक्न खोप सृजना गरियो । १९२६ मा टिटानस रोगबाट बचाउनको लागि खोप आविष्कार

अजय देवगनको मैदान दशैंमा रिलिज हुन

Image
 अभिनेता अजय देवगनको नया“ चलचित्रको बारेमा महत्वपूर्ण घोषणा गरिएको छ । अजय देवगनले शनिवार भने, बहुप्रतीक्षित फिल्म ‘मैदान’ १५ अक्टुबर २०२१ मा सिनेमा घरहरूमा रिलीज हुनेछ । यो फिल्म भारतीय पूmटबलको सुनौलो चरणमा आधारित छ । उनको यो चलचित्र अगस्तमा रिलिज हुने तयारी थियो तर कोरोना सङ्क्रमणका कारण फिल्मको शुटिङ प्रभावित भयो । अजय देवगनले ट्वीटरमा फिल्मको नया“ पोस्टर शेयर गर्दै लेखेका छन्– मैदान आगामी दशैंमा सिनेमाघरमा रिलिज हुनेछ । मैदान एकैसाथ धेरै भाषामा रिलिज हुनेछ । हिन्दीको साथै यो फिल्म तमिल, तेलुगु र मलयालम भाषामा पनि रिलिज हुनेछ । मैदानमा अजय देवगनले सøयद अब्दुल रहिमको पात्रको भूमिकामा छन्, जुन सन् १९५० देखि १९६३ सम्म पूmटबल टीमको कोच र मैनेजर थिए । चलचित्रको निर्देशन अमित रवीन्द्रनाथ शर्माले गरिरहेका छन् । यस फिल्ममा अजय देवगनबाहेक प्रियामणि, गजराव राव र बोमन इरानी मुख्य भूमिकामा छन् । –प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

जिमेलबाट डकुमेन्ट सम्पादन गर्न सकिन

Image
गूगलले घोषणा गरेको छ, माइक्रोसफ्ट अफिस संग जिमेलको नया“ एकीकरण भएपछि अब प्रयोगकर्ताहरू अट्याचमेन्टमा प्राप्त गरेका डकुमेन्टलाई सीधैंरूपमा सम्पादन गर्न सक्नेछन् । अब जिमेलमा रहेर डकुमेन्टको ओरिजन फाइल फर्मेटलाई यथावत् राखेर वर्ड, एक्सेल पावरप्वाइन्ट फाइललाई सम्पादन गर्न सकिन्छ । कम्पनीले जनाएको छ,  आजदेखि तपाईं जिमेल अट्याचमेन्टबाट सम्पादनको लागि अफिस फाइलहरू खोल्न सक्नुहुन्छ, जसबाट तपाईंको काम झनै सजिलो हुन्छ । उदाहरणको लागि जब तपाईं कुनै वर्ड डकुमेन्ट प्राप्त गर्नुहुन्छ, त्यसलाई एउटा क्लिकमा वर्ड फाइल फर्मेटमा सम्पादन गर्न सक्नुहुन्छ । यो नया परिवर्तनको कारण माइक्रोसफ्ट अट्याचमेन्टमा नया“ एडिट अप्सन हुनेछ । जब सम्पादन पूरा हुन्छ, तब तपाईंलाई एउटा अर्को अप्सन पाउनुहुनेछ, जसबाट तपाईंले इमेलबाट डकुमेन्टलाई शेयर गर्न सक्नुहुन्छ । यस अपडेटलाई जारी गरिएको छ । 

टायरका कारण नदीमा माछाको मृत्य

Image
 सवारीसाधनको टायरका कारण नदीमा बस्ने माछालाई केही क्षति हुन सक्ने हालसालै गरिएको अध्ययनमा अनुसन्धानकर्ताले दाबी गरेका छन् । का रको टायरमा प्रयोग हुने विषाक्त रसायनले नदीको पानीलाई प्रदूषित गरिरहेको छ । यो प्रदूषण नदीको माछाका लागि घातक साबित भइरहेको छ । अन्वेषकहरूले चेतावनी दिएका छन्, यदि स्थिति यस्तै रह्यो भने परिस्थिति खतरनाक हुन सक्छ । साइन्स जर्नलमा प्रकाशित यस अध्ययन अनुसार नदीमा विष फैलिएको कारण सालमन माछा मर्दैछन् । टायरमा प्रयोग हुने पदार्थबाट निस्किएको रसायनका कारण माछाहरू मर्दैछन् । यो विशेष पदार्थ टायरको आयु बढाउन प्रयोग गरिन्छ । टायर खिइ“दा सूक्ष्म कण सडकमा छरिन्छ र पानीमा मिलेर नदीमा पुग्छ, जसले गर्दा पानी प्रदूषित हुन्छ । अमेरिकामा गरिएको यस अनुसन्धानमा नदीमा जुन खतरनाक रसायनले माछाको ज्यान लिइरहेको छ त्यो ६ पिपिडी हो, जुन टायरलाई ओजोनस“ग प्रतिक्रिया गर्नबाट रोक्छ । समस्या ६ पिपिडीभन्दा बढी अर्को रसायनबाट छ, जुन तीव्र गतिले माछालाई मार्दछ । यसले विश्वभरि सडकबाट पानीको स्रोतमा पुग्छ, विशेषगरी नदीहरूमा जसको कारण माछाको प्रजनन प्रभावित हुन्छ । वाशिङ्टन विश्वविद्यालयका

आठ महीनापछि हिरासतमुक्त भयो कुखुरा

Image
    पाकिस्तानको सिन्ध प्रान्तको जिल्ला घोटमीको स्थानीय अदालतले एउटा कुखुरालाई प्रहरी हिरासतबाट मुक्त गरी उसको मालिकलाई हस्तान्तरण गर्न आदेश दिएको छ। सिन्धमा दुर्ईवटा प्रहरी चौकीमा रहेका पाँचवटा कुखुरा प्रहरीको पाहुना भएका छन्, जसमध्ये एउटालाई रिहा गरिएको हो। प्रहरीले कुखुराको भाले लडाइँ खेल भइरहेको बेला छापामारी गरी मानिससहित पाँचवटा कुखुरालाई पनि हिरासतमा लिएको थियो।     घोटमीका स्थानीय जफर मिरानीले सिभिल न्यायाधीशलाई प्रहरी हिरासतमा रहेको भालेलाई रिहा गरेर आफूलाई सुम्पिदिन अपील गरेका थिए। अपीलकर्ताको दाबी छ कि कुनै निजी कामले उनी कराँचीमा थिए, त्यसैले भालेको मालिक भएको दाबी गर्न सकेनन्। अदालतले जफर मिरानीको अपील स्वीकार गरेको छ र प्रहरीलाई आदेश दिएको छ कि भाले उनलाई सुम्पिदिन। प्रहरीले अदालतको आदेश पालना गरेको छ।     प्रहरी चौकीकी इन्चार्ज मुमताज सिरकी भन्छिन्, अभियुक्तहरू जमानतमा रिहा भए तर तर यी कुखुराहरू मुद्दाको सम्पत्तिको हैसियतले प्रहरीकहाँ थिए र जबसम्म अदालतले यसको फैसला गर्दैन, तबसम्म ती कुखुरालाई सकुशल राख्ने जिम्मेवारी थानाको हुन्छ। थानामा ती कुखुरालाई लकअप र मालखानामा र

सङ्क्रमित प्याज खाएर सयौं व्यक्ति अस्पतालमा

Image
अमेरिकाका धेरै राज्यमा करीब चार सयभन्दा बढी मानिस साल्मोनेला ब्याक्टेरियाबाट सङ्क्रमित भएका छन्। यस्तै घटना क्यानडामा पनि भएको छ। सिएनएनको रिपोर्ट अनुसार यस ब्याक्टेरियाबाट सङ्क्रमित भएर साठीजनाभन्दा बढी मानिस अस्पतालमा भर्ना भएका छन्। एउटा कम्पनीले प्रदान गरेको प्याज खाएर सयौं व्यक्ति बिरामी भएका हुन्।     अमेरिकाको ३१ राज्यका मानिसहरू यस विषाक्तताको शिकार भएका छन्। थमसन इन्टरनेशनल नामक कम्पनीले वितरण गरेको प्याजका कारण मानिसहरू सङ्क्रमित भएका बताइएको छ। थमसन इन्टरनेशनलको भनाइ अनुसार जाँचपछि यो कुरा प्रकाशमा आएको छ कि रातो प्याज खानाले धेरै मानिस सङ्क्रमित भए। यद्यपि कम्पनीले सबै प्रकारका प्याजलाई बजारबाट फिर्ता लिंदैछ। साल्मोनेलाबाट सङ्क्रमित भएपछि मानिसमा पखाला, ज्वरो र पेट दुखाइ जस्ता लक्षण देखापरेको छ। यदि कोही यस ब्याक्टेरियाबाट सङ्क्रमित हुन्छ भने ६ घण्टादेखि ६ दिनभित्र लक्षण देखिन सक्छ। साधारणतया मानिस ४ देखि ७ दिनसम्म ब्याक्टेरियाको कारण बिमारी पर्न सक्छ। साल्मोनेलाको सबैभन्दा बढी प्रभाव ५ वर्षभन्दा कम उमेरका बच्चा र ६५ वर्षभन्दा बढी उमेरका व्यक्तिमा देख्न सकिन्छ।     कह

छतमैं ४० किसिमको आँप उब्जाइयो

Image
    छत र कौसीमा फूल–बिरुवा र तरकारी रोपेको सुनेका थियौं तर एकजना व्यक्तिले घरको छतमा ४० प्रकारका आँप उब्जाएका छन्। ६३ वर्षीय जोसेफ फ्रान्सिस भारतको एर्णाकुलममा बस्छन्। उनी एयर कन्डिशनका टेक्निशियन हुन्। जोसेफका पूर्वज किसान थिए। जोसेफकी हजुरआमाले घरमा कैयौं प्रकारका गुलाफको फूल फुलाएकी थिइन्। आफ्नो हजुरआमाबाट प्रेरणा पाएपछि उनले घरमैं २५० प्रकारका गुलाफको फूल र च्याउ लगाएका थिए। त्यसपछि उनले आँपखेती शुरू गर्ने सोच बनाए।     उनले सोचे, यदि नर्सरीमा आँपका ठूलठूला बिरुवा ब्यागमा जीवित रहन सक्छ भने छतमा किन रहन सक्दैन। छतमा बिरुवा लगाउन जोसेफले पिभिसी ड्रम किने र त्यसलाई काटेर आँपको बिरुवा रोपे। आज उनको छतमा आँपका बिरुवाहरू ५ देखि ९ फिटको भएका छन्। उनको बगैंचामा चन्द्राकरण, अल्फान्सो, मालगोवा, नीलम, केसर जस्ता लोकप्रिय प्रजातिको ४० प्रकारका आँप फलेको छ। उनले ग्राफ्टिङ गरेर आँपका नयाँ प्रजाति तयार गरेका छन् र त्यसको नाम पत्नीको नाममा पेट्रिसिया राखेका छन्। उनको दाबी छ, पेट्रिसिया आँप सबैभन्दा मीठो छ। बगैंचाको हेरचाह गर्ने काम चुनौतीपूर्ण हुन्छ। फलको सुरक्षा, समयमा खाद र पानी, बिरुवाको का

वाशिङ मेशिनमा लाखौं नगद धोइयो

Image
    विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमण हुन नदिन मानिसहरूले विभिन्न उपाय अपनाउँदै छन्। यसैबीच, एउटा मामिला सार्वजनिक भएको छ। एकजना व्यक्तिले कोरोनाको डरले ठूलो सङ्ख्यामा नोट वाशिङ मेशिनमा धोएका छन्। दक्षिण कोरियाको स्थानीय मिडिया अनुसार सियोलनजीक अंसन शहरमा बस्ने एकजना व्यक्तिले कोरोना भाइरस सङ्क्रमणको डरले आफ्नो सम्पूर्ण रकम विसङ्क्रमित गर्नको लागि वाशिङ मेशिनमा धोएका थिए। त्यसपछि उनले पैसा सुकाउन ओभनमा हाले, जसले गर्दा धेर नोट क्षतिग्रस्त भयो।     त्यसपछि धोएका नोटलाई साटेर नयाँ नोट लिन बैंक अफ कोरिया पुगेका थिए। बैंकले कोरियाको नियम अनुसार व्यक्तिलाई १९,३२० डलर नयाँ नोट प्रदान गरेको छ। बैंक अधिकारीका अनुसार त्यस व्यक्तिका केही नोट साट्न सकिंदैन किनभने त्यो निकै क्षतिग्रस्त भएको थियो। बाँकी नोट बैंकको नियमानुसार साटिदिएको छ। – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

कोरोना सङ्क्रमितले एम्बुलेन्स नपाएपछि...

Image
    कोरोना भाइरसबाट विश्व प्रभावित छ। यसैबीच, स्वास्थ्य विभागको लापर्बाही पनि धेरै ठाउँमा देखा पर्दैछ। भारत, मध्य प्रदेशको सेहोर जिल्लाको बुधनीमा पनि यस्तै घटना भेटिएको छ। होशंगाबादका एक युवकले बुधनीमा कोरोना परीक्षण गरे र भोलिपल्ट उनको रिपोर्ट पोजेटिभ आयो। स्वास्थ्य विभागले उक्त युवकलाई कोभिड केन्द्रमा पठाउन पिपिई किट दियो। तर लामो समय पर्खिंदा पनि उनलाई लिन एम्बुलेन्स आएन। त्यसपछि उक्त युवक पिपिई किट लगाएर मोटरसाइकल चलाएर कोभिड केन्द्रमा पुगे।     स्वास्थ्य विभागको यो लापर्बाही सिसिटिभी भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ। भिडियोमा सो युवक पिपिई किट लगाएर मोटरसाइकल चलाइरहेको देखिन्छ। आइतवार बुधनीमा उक्त युवकले कोरोना जाँचको लागि स्वाब नमूना दिएका थिए। मङ्गलवार उनको रिपोर्ट पोजेटिभ आयो। युवकलाई रिपोर्ट दिन बोलाइएको थियो र पिपिई किट लगाउन दिइएको थियो। यस मामिलामा स्वास्थ्य विभागको लापर्बाही देखिएको छ। पहिलो युवकले उनको आफ्नै ठाउँ होशंगाबादमा जाँचको सुविधा पाएनन् र त्यसपछि बाध्य भएर उनले बुधनीमा कोरोना जाँच गराए। अर्कोतर्फ जाँच रिपोर्ट पोजेटिभ आएपछि युवकलाई अस्पताल लैजानको