Posts

Showing posts with the label फिचर

पुस्तैनी मिठाइपसललाई विस्तार गर्दै वीरगंजका तीन दाजुभाइ

Image
प्रस, परवानीपुर, १७ फागुन/     मधेस आन्दोलन र नाकाबन्दीको समयमा वीरगंजमा उद्योग–व्यवसाय गर्न समस्या भएको भन्दै व्यापारी समुदायका नयाँ पुस्ताहरू काठमाडौं, बुटवल, विराटनगर, दिल्ली, गुजरात, राजस्थानमा स्थानान्तरण भइसकेका छन् तर वीरगंजको एक मिठाइपसलका तीनजना दाजुभाइले मिठाइ व्यवसायलाई नयाँ सिराबाट अगाडि बढाएका छन्।     वीरगंज–२ छपकैया निवासी रामजी साह सोनारका छोरा ३८ वर्षीय पप्पु सर्राफ, ३३ वर्षीय निपु सर्राफ र २८ वर्षीय दीपु सर्राफ मिलेर मिठाइ व्यवसायलाई अगाडि बढाएका छन्। १४ वर्षअघि यी दाजुभाइले हेटौंडाको टिसिएन रोडमा अनमोल स्वीट्स खोलेका थिए। वीरगंजमैं कलेजको अध्ययन पूरा गरेका तीनजना दाजुभाइमध्ये शुरूमा माइलो निपु सर्राफले करीब रु ५० लाखको लगानीमा हेटौंडामा अनमोल स्वीट्स खोलेका थिए। त्यसपछि हेटौंडामैं होटल सूर्यांश र रफ एन्ड टप रेस्टुरेन्ट पनि सञ्चालनमा ल्याए। अनमोल स्वीट्ससँगसँगै होटल सञ्चालनमा आएपछि उनलाई दूधको आवश्यकता प–यो। त्यसपछि हेटौंडामा उनले करीब सयवटा गाईपालन गरेर अनमोल एग्रो शुरू गरेको बताउँछन्।     बुबाले अलखियामठनजीक अलख स्वीट्सबाट शुरू गरेको मिठाइ व्यवसायलाई आधुनिक किसिमले

वीरगंज कोरिडोरको अबको समस्या, न्यून पूँजीगत खर्च, महँगो बिजुली, जनशक्ति अभाव र बन्द सीमा

Image
राधेश्याम पटेल/ कोरोना महामारीको कारण चौपट बनेको वीरगंज कोरिडोरका उद्योगहरूले केही महीनायतादेखि पूर्ण गति समात्न थालेका छन्। दशैं–तिहारपछि करीब ५० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका उद्योगहरूले अहिले पनि कोरोनाको असरबाट पूर्ण मुक्ति हासिल गर्न सकेका छैनन्। बजारमा पैसाको अभाव र आम उपभोक्ताको क्रयशक्तिमा आएको –हासका कारण उत्पादित सामानको माग न्यून हुँदा उद्योगले ८० प्रतिशत मात्र उत्पादन गरिरहेका छन्। वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले कोरोना महामारीको असर उद्योग–व्यवसायमा लामो समयसम्म रहने बताएका छन्। उनले भने– “वीरगंज कोरिडोरमा करीब ७ सय ठूला उद्योग छन् भने करीब ३ हजारको हाराहारीमा साना–ठूला उद्योग छन्, सबैमा कोभिडको ९ महीनाको बन्दाबन्दीले नराम्रो असर पारेको छ, चाहेर पनि पहिलेको लयमा फर्कन सकिरहेका छैनन्, अझै तीन महीना लाग्नेछ।” कोरोनाबाट प्रभावित उद्योगहरूमा बढी फलाम, सिमेन्ट उद्योग तथा पर्यटन व्यवसाय रहेको वीरगंजका अर्का उद्योगी तथा निम्बस समूहका अध्यक्ष जगदीश अग्रवाल बताउँछन्। उनका अनुसार कोरोना प्रभावित उद्योगी–व्यवसायीलाई सहुलियत दरमा पुनर्कर्जा उपलब्ध गराउने राष्ट्र

जिल्ला प्रशासन कार्यालय, पर्साका यी दृश्य

Image
   जिल्ला प्रशासन कार्यालय, पर्साका यी दृश्यहरू हुन् । कोरोना भाइरसबाट जोगिनको लागि सेनिटाइजरको प्रयोग, मास्क, सामाजिक दूरी बनाउने कुरा सिकाउने जिल्ला प्रशासन कार्यालयमैं यस प्रकारको भीडले कोरोनालाई गिज्याइरहेको छ । यो कार्यालयको नागरिकता फाँटमा दिनहुँ यसै प्रकारको भीड हुने गरेको छ । तस्वीरः धर्मेन्द्र चौरसिया

मेहनत अनुसार पैसा कमाउँदैनौं– मलाहा

Image
विमला गुप्ता, वीरगंज, १६ असोज/     बाराको भूताहा खोला किनारमा जालमा माछा अल्झाइरहेका माझी (मलाहा) मनिप सहनीले मेहनत अनुसार पैसा कमाउन नसकेको बताए।     उनले भने, “माछा मार्ने हाम्रो मुख्य पेशा हो, लकडाउनले गर्दा सोचे जस्तो माछाको बिक्री छैन, एक किलो माछा सयदेखि दुई सय रुपैयाँसम्म गाउँँघरका ग्राहकलाई बेच्छौं।”       उनले आफू १६ वर्षको उमेरदेखि माछा मार्ने काम गर्दै आएको बताए। अहिले उनको उमेर ४० वर्ष भयो। निरन्तर यो पेशामा लागेकै छन्। यस वर्ष लकडाउनले गर्दा माछा अनुसारको दाम पाउन नसकेको उनले दुःखेसो पोखे। परिवारका १२ जना सदस्यमध्ये  सहनी मात्र कमाउँछन्। कोरोनाको कारण अहिले परिवार पाल्न पनि गा–हो भएको उनले बताए।     बारा जिल्लाको सदरमुकाम कलैयादेखि पूर्व ८ किलोमिटर दूरीमा भूताहा खोला पर्दछ। त्यहाँ माझीहरूको ठूलो झुन्ड देखियो। ४०–५० जना माझी माछा मार्न व्यस्त थिए। उनीहरूलाई न त कोरोनाको डर थियो, न उनीहरूले सामाजिक दूरी नै पालना गरेका थिए।     अभिभावकहरू माछा मार्न व्यस्त थिए भने बालबालिकाहरू माछा समातेर रमाउँदै थिए। बालबालिकाहरू आफ्नो परम्परागत पेशा सानै उमेरदेखि बुबा, हजुरबुबा तथा परिवारका

बलात्कृतलाई न्यायभन्दा वडाध्यक्षको इज्जत ठूलो

Image
विमला गुप्ता, वीरगंज, १४ असोज/     बाराको सुवर्ण गाउँपालिकामा भएको बालिका बलात्कारको घटनामा गाउँँलेहरू नै बलात्कृतलाई न्यायभन्दा वडाध्यक्षको इज्जत जोगाउनेतर्फ लागिपरेका छन्।     सुवर्ण गाउँपालिकाको वडा नं ५ का अध्यक्ष रामएकबाल साहमाथि पीडित पक्षले पैसाको दम्भमा बलात्कारको घटना ढाकछोप गर्न खोजेको आरोप लगाउँदा अहिले गाउँँका हुनेखाने व्यक्तिहरूले वडाध्यक्षको इज्जत गयो भन्दै पीडितलाई धम्काउन शुरू गरेका छन्। औरैया गाउँँका युवा विनोद यादवका अनुसार औरैया गाउँँमा यो पहिलो घटना होइन, यसअघि पनि यस्ता बलात्कारका घटना भइसकेका छन् तर गाउँको इज्जत जान्छ भन्ने बहाना बनाउँदै पैसाले ढाकछोप गर्न यहाँका अगुवाहरू नै अगाडि सर्ने चलन छ।”     यही असोज १ गते राति ८ बजे सुवर्ण गाउँपालिका–५ औरैयाकी १२ वर्षीया बालिकालाई गाउँघरकै काका पर्ने शिवपूजन यादवले बलात्कार गरेका थिए। साँझको खाना खान भाइलाई बोलाउन घरबाहिर निस्किएकी बालिकालाई शिवपूजनले एक्लोपनको मौका छोपी बलात्कार गरेका थिए। बालिकाको हात पछाडिबाट समाती मुखमा सल कोचेर घिसार्दै नजीकै रहेको लालबाबू भन्ने आफन्तको घरभित्र लगेर बलात्कार गरेको पीडितले बताइन्।     

भारतबाट नेपालमा निर्बाध आवतजावत

Image
सुषमा शर्मा, वीरगंज, २ असोज/     पछिल्लो समयमा पर्सानजीक भारतको बिहारमा कोरोना सङ्क्रमित बढ्दो पाइएको छ। जसले गर्दा पर्सावासी  जहिले असुरक्षित महसूस गरिरहेका छन्।     नेपाल सरकारबाट तोकिएको नाकाबाहेक अरू सबै नाका बन्द गरी आवतजावतमा रोक लगाएको छ। तर पनि यहाँ निर्बाधरूपले आवतजावत भइरहेको पाइएको छ।     वीरगंजको नेशनल मेडिकल कलेजको बाटो हँुदै हामी केही सञ्चारकर्मी विश्रामपुर पुग्ने क्रममा बिहान करीब ११ः३० बजेको थियो। केही बालक र  वृद्ध लाइन लागेर साइकलमा चामल ओसारिरहेका थिए। शुरूमा त घरको दैनिक प्रयोगका लागि केही सामान होला भन्ने हामीलाई लाग्यो। चामल ढुवानी गरिरहेको एकजना बालकको साइकल रोकेर मैले सोधें यो चामल कहाँबाट ल्याएका हौं ? ती बालकले भारतबाट ल्याएको र सोबापत प्रतिबोरा रु १०० पाउने बताए। यत्तिकैमा एकजना बालक साइकलमा सकिनसकी तरकारी ल्याउँदै थिए। उनले सो हरियो तरकारी इटियाहीबाट नजीक पर्ने बारा जिल्ला क्षेत्रको नाकाबाट भित्र्याएको बताए।     नेपाल सरकारले अनुमति दिएको नाका वीरगंज भन्सार नाका मात्र हो। बारा जिल्लाको कुनै पनि नाकाबाट हाल आवागमनको लागि अनुमति दिइएको छैन। यदि कसैलाई आउनुपरेम

शिक्षिकाको मृत्यु होइन हत्या, घटनाको छानबीन गर्न माग

Image
प्रस, वीरगंज, ३० भदौ/     नारायणी विशेष कोभिड अस्पताल गण्डकमा नेपाल राष्ट्रिय विद्यापीठ मावि श्रीपुरकी शिक्ष्Fिका किरणदेवी कर्णको चिकित्सक, स्वास्थ्यकर्मीको लापरवाहीको कारण मृत्यु भएको खुलासा भएको छ।     गण्डक अस्पतालमा भदौ १२ गते भर्ना भएकी शिक्षिका कर्ण भदौ २२ गते कोरोना सङ्क्रमित पुष्टि भएको थियो। छातीमा पानी जमेको कारण श्वासप्रश्वासमा समस्या भएर उनलाई अस्पतालमा भर्ना गरिएको थियो। भर्ना गरिएको १० दिनपछि उनमा सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमितलाई मात्र गण्डक अस्पतालमा भर्ना गरिन्छ। यो खोजीको विषय हुन सक्छ, उनलाई कसरी भर्ना गरियो। भर्ना भएको १० दिनपछि सङ्क्रमित शिक्षिकालाई चिकित्सक, स्वास्थ्यकर्मीले पूर्ण बेवास्ता गरेको कारण उनको मृत्यु भएको सोही अस्पतालमा सङ्क्रमित भएर उपचार गराइरहेका सञ्चारकर्मी जियालाल साहले आरोप लगाएका छन्।     पत्रकार साहले आइसोलेशन, आइसियूको अवस्था एकदमै जर्जर रहेको बताएका छन्। चौबीस घण्टामा एकपटक पनि चिकित्सकहरू आइसोलेशन र आइसियूमा नपुग्ने गरेको उनले बताए। स्वास्थ्यकर्मीहरू पनि दैनिक एकपटक मात्रै, त्यो पनि आइसियूमा पुग्ने गरेको पत्रकार साहको भनाइ छ। उनले आइसियू

“परिवार भोकले मर्दैथियो, त्यसैले बाँच्नुभन्दा मर्ने आँट गरें”

Image
राधेश्याम पटेल, वीरगंज, २९ भदौ/     गत शनिवार दिउँसो ३ बजे वीरगंज महानगर–१२ मुर्ली मस्जिद टोलमा एकजनाले आत्महत्याको प्रयास गरेपछि हल्लीखल्ली मच्यो। आत्महत्याको प्रयास गरेका युवकलाई छिमेकीले बचाएका थिए।     मुर्लीचोकमा चियापसल गर्दै आएका ३५ वर्षीय मुस्तफा अन्सारीले आत्महत्याको प्रयास गरेका थिए। दिल्लीमा सिलाइकटाइ गर्दै आएका मुस्तफा एक वर्षअघि नेपाल फर्के र टेम्पो चलाउने काम गरे। त्यसपछि मुर्लीचोकमा चियापसल शुरू गरे। जिन्दगी राम्ररी चलिरहेको थियो।     यसैबीच, कोरोना महामारी शुरू भयो। साथीहरूसँग पैसा मागेर चलाउँदै आएको चियापसल बन्द गरी घरमैं थुनिने अवस्था उत्पन्न भयो। ६ महीनादेखि बेरोजगार भएपछि उनी निराश भए।     लामो समयको लकडाउन र निषेधाज्ञाको कारण बाँच्नुभन्दा मर्ने बाटो रोजेका मुस्तफाले भने, “वीरगंजमा ६ महीनादेखि लकडाउन र निषेधाज्ञा छ, घर–जग्गा खासै छैन र कुनै आम्दानीको स्रोत पनि भएन। कसरी बाँच्ने ?”     साथीहरूसँग लिएको ऋणको बोझले उनी ६ महीनादेखि तनावमा थिए। उनको परिवारमा पत्नीसहित २ छोरी र एक छोरा गरी ५ जना छन्। चार दिनदेखि उनको परिवारले राम्ररी दुर्ई छाक खान पाएको थिएन। त्यसपछि उनले

वीरगंजमा ट्राफिक नियम विचित्र

Image
  वीरगंजमा ट्राफिक नियम विचित्रको छ। ट्राफिकले मुख्य सडकको एकतर्फी सञ्चालित सडकमा मात्र पार्किङ गर्ने नियम बनाएको छ। दुईतर्फी सवारीसाधन चल्ने सडकमा पार्किङ निषेध गरिएको छ। यसै कारणले आदर्शनगर चोकदेखि ठाकुर राम क्याम्पससम्म दुईतर्फी सञ्चालित सडकमा पार्किङ निषेध गरिएको छ। तर त्यही फुटपाथमा पार्किङ गरी राखेको मोटरसाइकललाई भने ट्राफिक प्रहरीले केही गरेको छैन। यसैगरी, दुईतर्फी सवारीसाधन चल्ने गहवामाई मन्दिर सडक, घण्टाघरबाट जिल्ला प्रशासन जाने सडक र घण्टाघरबाट बसपार्क जाने सडकमा मोटरसाइकल, साइकल पार्किङ गरिएका छन्।  तस्वीरः प्रतीक

मुसहर परिवारलाई छाक टार्न समस्या

Image
नरेश यादव, पर्सागढी, १९ भदौ/     वीरगंज महानगरपालिका–३१ बेलवामा रहेको पचास घरपरिवार मुसहर बस्तीमा अहिले दुई छाक टार्न निकै समस्या भएको छ।     लकडाउन र निषेधाज्ञाको कारण बेरोजगार भएका बेलवाका मुसहर बस्तीमा अहिले कुनै पनि संस्थाले सहयोग गरेको छैन। चैत ११ गते लकडाउन शुरू भएपछि नगरपालिकाले राहत बाँडेको थियो। त्यसपछि असार महीनाभरि सानो पाइलाले खाना खुवाएर सहयोग ग–यो। सोही बेलामा पानीबाट जोगिन सानो पाइलाले सो बस्तीमा त्रिपाल सहयोग गरेको थियो।     अहिले उनीहरूको हाल बेहाल छ। रोजगार नभएकोले खानको लागि उनीहरूलाई समस्या भएको छ। केही मुसहर दिनभरि माछा मारेर गाउँमा बिक्री गरी जेनतेन गुजारा गरिरहेका छन्। माछाको पैसाले मुस्किलले एक छाक गुजारा हुने गरेको उनीहरूले बताए। बस्तीका धेरै परिवारका सदस्यहरू भोकै सुत्नुपरेको उनीहरूको भनाइ छ।     मुसहर बस्तीका बासिन्दाले भोकै बस्नुपरेको कारण सहयोगी हातहरूलाई सहयोग गर्न आग्रह गरेका छन्।

पिसिआर परीक्षणको लागि कुर्दै

Image
मलेसियाबाट पर्सा जिल्ला घर फर्केका ९ जना व्यक्ति त्रिजुद्ध माविअगाडि पिसिआर परीक्षणको लागि कुर्दै। काठमाडौंमा शनिवार उत्रेका उनी हरू त्यहाँबाट ट्याक्सीमा वीरगंज पठाइएको थियो। वीरगंजमा पिसिआर परीक्ष्Fण समयमा नहुँदा पीडित भएको उनीहरूले बताए। मलेसियामा खाना खाएका उनीहरूले अहिलेसम्म खाना खान नपाएको दुःखेसो पोखेका छन्। तस्वीरः प्रतीक

अन्नबालीभन्दा राम्रो आम्दानी

Image
आयुर्वेद औषधिमा प्रयोग हुने क्यामोमाइल बाली भित्र्याउँदै बारा, कोल्हवीकी महिला। अन्नबालीभन्दा राम्रो आम्दानी क्यामोमाइलबाट हुने भएपछि यसको खेतीतर्फ किसानहरूको आकर्षण बढ्दो छ। तस्वीरः जीतलाल श्रेष्ठ

कोसेली (सन्नेसा) लिएर जाँदै थारू समुदायका महिलाहरू

Image
आफन्तजनकहाँ कोसेली (सन्नेसा) लिएर जाँदै थारू समुदायका महिलाहरू । बाराको कोल्हवी, ककरी, मनहर्वा, जैतापुरलगायतका स्थानमा थारू समुदायको बाहुल्यता छ । तस्वीरः जीतलाल श्रेष्ठ

सेढवा बजारमा माछा बेच्दै

Image
जीराभवानी गाउँपालिका–२ सेढवा मुसहरबस्तीमा मुसहर समुदायका महिलाहरू खोला, कुलोमा मारेर ल्याएको माछा सेढवा बजारमा बेच्दै। तस्वीरः ओमप्रकाश चौधरी

यताबाट उताबाट जानुस्:

Image
 स्थानीय प्रशासनले शनिवारदेखि वीरगंज महानगरपालिकाभित्र अनिश्चितकालीन निषेधाज्ञा जारी गरेपछि मुख्य सडकबाट हिंड्ने मानिसहरूलाई भित्री बाटोको प्रयोग गर्न प्रहरीले निर्देशन दिंदै। पछिल्लो समय वीरगंजमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। तस्वीरः सफल खतिवडा

मौसम परिवर्तन भएपछि विभिन्न रोगको सङ्क्रमण बढ्यो

Image
प्रस, पंचगावाँ, ६ साउन/     पर्साका ग्रामीण क्षेत्रमा मौसम परिवर्तनसँगै विभिन्न रोगको सङ्क्रमण बढेको छ।     लकडाउन शुरू भएयता मौसममा यस वर्ष व्यापक परिवर्तन आएकोले मानिसहरूको स्वास्थ्यमा पनि परिवर्तन आएको छ। प्राथमिक स्वास्थ्य केन्द्रमा वर्षायाम शुरू भएसँगै विभिन्न रोगको उपचार गराउनेहरूको सङ्ख्या बढेको छ। खासगरी, यो मौसममा टाउको दुख्ने, बान्ता हुने, रुघाखोकी, ज्वरो, पेट दुख्ने, छाला चिलाउने, घमौरा, लुतो आउनेजस्ता रोगका समस्याहरू देखिने गरेको निचुटा स्वास्थ्य चौकीका इन्चार्ज प्रमोद कर्णले बताए।     चौकीमा दैनिक चालीसदेखि साठीजनासम्म मानिस उपचारको लागि आउने गरेको उनले बताए। सामान्य अवस्थामा बीस–पचीसजना मात्र आउने गरेका थिए। पटेर्वासुगौली, सोनवर्षा, निचुटाका मानिस यस्ता समस्या लिएर आउने गरेका पटेर्वासुगौली स्वास्थ्य चोकीका इन्चार्ज दिनेश रौनियारले बताए। गत असारदेखि यस प्रकारका बिरामीहरूको सङ्ख्या बढेको उनको भनाइ छ।     मौसममा आएको परिवर्तनको परिणाम बिरामीहरू बढेको इन्चार्ज रौनियारले बताए। कहिले घाम, कहिले पानी परिरहेकाले यस्ता खाले रोगहरू देखिएको उनको भनाइ छ। गापा संयोजक जगन्नाथ साहले

पर्सागढीमा माछापालकहरूको सङ्ख्या बढ्दै

Image
नरेश यादव, पर्सागढी, ६ साउन/     पर्सागढी नगरपालिकामा माछापालन गर्नेहरूको सङ्ख्या बर्सेनि बढ्दैछ। खेतीबारीभन्दा माछापालनबाट मनग्य आम्दानी हुन थालेपछि मानिसहरू मत्स्यपालनमा आकर्षित भएका हुन्।     गत आवमा पर्सागढी नगरपालिकामा मात्र १३ हेक्टर क्षेत्रफलमा पोखरी खनेर मत्स्यपालन गरिएको मत्स्य सञ्चालन समिति बिरुवागुठी, पर्सागढीका उपसंयोजक अच्छेलाल यादवले बताए। उनले गत वर्ष सयभन्दा बढी पोखरी सञ्चालनमा आएको जानकारी गराएका छन्।     पोखरी सञ्चालन गर्नेहरूलाई दोब्बर नाफा भएको कारण यसतर्फ आकर्षण बढेको उनको बुझाइ छ। उपसंयोजक यादवले खर्चको तुलनामा दोब्बरी आम्दानी माछापालनबाट भइरहेको बताए। प्रतिकट्ठामा तीन महीनामा तीन क्विन्टल माछा उत्पादन हुने र एक क्विन्टल माछा खर्च काटेर दुई क्विन्टल माछाको बिक्री आम्दानी हुने उनले बताए।     समितिका संयोजक सहिम अन्सारीले पर्सागढी नगरपालिकामा अहिले ५ सय हेक्टर जग्गामा सानातिना गरी हजारभन्दा बढी पोखरी रहेको बताएका छन्। उनले पर्सागढीमा मासिक १२ सय क्विन्टलभन्दा बढी माछा उत्पादन हुने र स्थानीय हाटबजार तथा जीतपुरमा बिक्री हुने गरेको बताए। उनले उत्पादित माछाको खपत पर्

चुरे पर्वत, वन र मानवजीवन, चुरेविना तराईको अस्तित्व सङ्कटमा

Image
जीतलाल श्रेष्ठ, निजगढ, ४ साउन/     ‘चुरे रहे पानी, पानी रहे हामी, चुरेको माटो चुरेलाई सफा पानी सबैलाई’ भनिरहँदा ‘चुरेको माटो चुरेलाई, घना हरियाली वन र सफा पानी सबैलाई’ भन्ने हरफ जोड्दा सुनमा सुगन्ध हुन्छ।     चुरे पर्वत शृङ्खलाको विषय उठान गर्दा माटो र वनलाई टाढा राख्नुहँुदैन। यी सबै एकअर्कासँग जोडिएका महत्वपूर्ण पाटो हुन्। यस्तै, चुरे जोगाउने अनि हामी पनि जोगिने र भावी सन्ततिलाई पनि सुन्दर प्राकृतिक स्रोत, साधन, सम्पदा, वातावरण सुम्पिनुपर्ने हामी सबैको साझा दायित्व, कर्तव्य र जिम्मेवारी रहन्छ।     माथिल्ला यस्ता हरफहरू केही वर्ष वा दशकमा नै चुरे जोगाउने दिव्य उपदेशको रूपमा सत्य साबित हुन सक्ने देखिएको छ। संरक्षणभन्दा कटान, उत्खनन, विकासभन्दा बढी विनाश अनि जथाभावी चुरे, खोला, खोल्सी, बगर उत्खननले सीमा नाघ्दै गइरहे विकास होइन विनाश निश्चित छ।     चुरेलाई जिस्काउनु अर्थात् चलाउनु मानवजातिका लागि मात्रै नभई चुरे पर्वत शृङ्खला आसपास, वन क्षेत्रमा रहने वन्यजन्तु, प्राणीहरूका लागि पनि हितकर नहुने चुरे–तराई मधेस संरक्षण विकास समिति कार्यक्रम एकाइ भरतपुर चितवनका प्राविधिक अनिल सिन्हा बताउँछ

यस्तो घटना पटक–पटक भएपछि प्रहरीकहाँ आएकी हुँ –उमादेवी

Image
विमला गुप्ता, वीरगंज, १ साउन/     “दैलोबाट घिसार्दै आँगनमा पु–याए, कपाल काटेपछि अर्धनग्न पारेर कालोमोसो दल्दै पूरै गाउँँ घुमाए। मलाई डाइन (बोक्सी) भन्दै कसैले कपाल भुत्ल्याए, कसैले मेरा हात समाए र खुट्टा समाइ मुक्काले खुब पिटे,” बिहीवार पर्सा प्रहरीसमक्ष  पीडा पोख्दै ४८ वर्षीया एकल महिला उमादेवी ठाकुरले उक्त कुरा बताएकी हुन्।     पर्साको छिपहरमाई गाउँँपालिका–३ छोटकी जयमङ्गलापुर बस्ने उमादेवीमाथि बुधवार बोक्सी र अनैतिक सम्बन्ध रोखेको आरोप लगाउँदै उनका देवर राजदेव शर्मा, कार्यपालिका सदस्य सुवास साह कानू, सञ्जय गिरी र स्थानीय गायक मुन्नीलाल परदेशी, राजदेव शर्मा र दुईजना देवरानीसमेत गरी ९ जनाले यस्तो दुव्र्यवहार गरेका थिए।     घटना भएको दिन स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएपछि बुडगाइँ प्रहरी चौकीको टोली घटनास्थलमा पुगेर एकल महिलाको उद्धार गरेको थियो। घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय पोखरियाबाट थप प्रहरी मदतको लागि पुगेर आरोपितमध्ये पाँचजनालाई  पक्राउ गरेको छ भने गाउँँपालिका सदस्य सुवास साह कानूलगायत आरोपित चारजना अझै फरार छन्।     उमादेवीमाथि बुधवारदेखि अपराध भएको ह

खोइ कोरोनाको त्रासः

Image
 तस्वीरमा देखिएको दृश्य वीरगंजमा रहेको यातायात व्यवस्था कार्यालय सवारी शाखाको हो। सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो गरेसँगै कोरोना भाइरससम्बन्धी तोकिएको मापदण्डभित्र रहेर काम गर्न निर्देशन गरेको थियो। २५ जनाभन्दा बढी सेवाग्राही भेला हुन नदिएर काम गर्ने र दैनिक दुई समय बिहान ८ देखि दिउँसो १ बजेसम्म र दिउँसो १ देखि ६ बजेसम्म कार्यालय सञ्चालन गर्ने निर्देशन पर्सा जिल्लामा लागू छैन। जनशक्ति अभाव भन्दै यहाँका सरकारी कार्यालयहरूले एउटै समयमा सेवाप्रवाह गरिरहेका छन्। यही कारण हो आम मानिसको बढी भीड हुने कार्यालयमध्ये यातायात कार्यालय सवारी शाखा वीरगंजमा यसरी भीड भएको। सवारी शाखाका सबै कोठामा मानिसहरूको शारीरिक दूरी कायम छैन। यसैगरी मास्क लगाउने, सेनिटाइज गर्नेतर्फ पनि लापरवाही देखिएको छ। कार्यालयसँगै नगद बुझाउने ग्लोबल बैंकको काउन्टरमा पनि थामि नसक्नु भीड छ। कुनै बेला सिनेमा टिकट काट्न लाग्नेभन्दा बढी भीड बैंकमा देखिन्छ। यो कार्यालयमा कसैले पनि कोरोना भाइरसलाई सम्झने काम गरेका छैनन्। र उनीहरूलाई सम्झाउनेतर्फ पनि कार्यालयका कर्मचारीहरू जिम्मेवार देखिएका छैनन्। तस्वीरः प्रतीक