Posts

Showing posts with the label गजब

९० वर्षपछि बरमुडाको मायाजालबाट निस्क्यो जहाज

Image
       मान्यता अनुसार यस रहस्यमय क्षेत्रमा वायुयान र जलयान रहस्यमयरूपले लापत्ता हुने गर्दछ । सन् १९६४ मा एउटा पत्रिकाले यस क्षेत्रको नाम बरमुडा त्रिभुज राखेको थियो, तबदेखि यस क्ष्Fेत्रबारे सनसनीखेज समाचार, कथा लेखकहरूले लेख्दै आइरहेका छन् । यस बरमुडा त्रिभुजलाई शैतानको त्रिभूज पनि भनिन्छ । यो उत्तर पश्चिम अटलान्टिक महासागरको एउटा क्षेत्र हो जसमा केही विमान र पानीजहाज गायब भएका छन् । केही व्यक्तिको दाबी अनुसार यी गायब भएको कुरा मानव त्रुटि वा प्रकृतिको कृत्यको सीमाभन्दा बाहिर हो । केही व्यक्तिले यसलाई असामान्य गतिविधिसँग सम्बद्ध रहेको बताएका छन् ।     क्युबाको कोस्ट गार्डले एउटा जहाज भेट्यो, जुन लावारिस थियो । यसलाई एसएस कोटोपक्सी भन्दैछन् । यो सन् १९२५ मा बरमुडा त्रिभुजमा लापत्ता भएको थियो । क्युबन अधिकारीले यसलाई हवानामा १६ मईको मिलिट्री जोनमा भेटेको बताएको छ । उनीहरूले धेरैपटक यसको त्रूm मेम्बरसँग सम्पर्क गर्ने कोशिश गरेका थिए तर सफल भएनन्, किनभने यस जहाजमा कोही पनि थिएन । त्यसपछि तीनवटा पेट्रोलिङ बोट पठाएर यसको जानकारी लिइएको थियो ।     जब उनीहरू यस शिपमा पुगे उनीहरू अचम्म परेका थि

प्रकृतिको प्रेरणाबाट हाइटेक मेसिनको आविष्कार

Image
    आकाशमा पक्षी उडेको देखेपछि मनुष्यभित्र पनि उडने चाहना जागेको थियो । यस उडने चाहनाले मनुष्यभित्र हवाइजहाजको आविष्कार गर्ने प्रेरणा उत्पन्न भयो । त्यस्तै मनुष्यले चन्द्रमालाई देखेपछि त्यहाँ पुग्ने चाहना बढ्यो र एक दिन मनुष्यले चन्द्रमामा पनि पाइला टेकी छाड्यो । कैयौं यस्ता घटना छन् जसमा मनुष्यले केही नयाँ गर्ने प्रेरणा पाएको छ । मनुष्यलाई प्रेरणा प्रदान गर्नमा प्रकृतिको ठूलो हात छ । त्यसैमध्ये केही यस्ता आविष्कार छन् जसको पछाडि प्रकृतिले प्रेरणा दिएको छ । बुलेट रेल किङ्गफिसर पक्षीबाट प्रेरितः किङ्गफिशर पक्षी तेज गतिका साथ पानीभित्र पसेर बिना कुनै लहर पैदा नगरी शिकारलाई समात्न सक्छ । किनभने यस पक्षीको बनावटको कारण नै यसले यस्तो गर्न सकेको हो । जापानी इन्जिनियरले नै यसै बनावटको प्रयोग गरेर बुलेट रेलको डिजाइन गरे, जसबाट गतिको समय यसमा कम्पन पैदा हुँदैन । साबुनको फोकाबाट प्रेरित छ बेइजिड्ढो वाटर क्युब स्टेडियमः सन् २००८ मा बेइजिङ ओलम्पिकको दौरान यस रङ्गशालालाई विशेषगरी पौडी प्रतियोगिताको लागि तयार गरिएको थियो । यस डिजाइनको प्रयोग गरेर चिनियाँ इन्जिनियरले रङ्गशालालाई सुन्दर मात्रै