Posts

Showing posts with the label धर्म संस्कृति

ईश्वरको दर्शन

Image
अभय भट्टराई     आँखा हुनेहरूले मात्र देख्दैनन्, आँखा नहुनेहरूले पनि देख्छन् । त्यसैले आँखा नहुनेहरूलाई अन्धो भन्नु हाम्रै अज्ञानता हो । चर्मचक्षु हुँदैमा सबै चीज देख्न पनि सकिंदैन । संसारका हरेक प्राणीहरूका आँखाले समान दृष्टि राख्न नसक्ने हुनाले चर्मचक्षुले पक्षपात गर्दछ । चर्मचक्षुले पक्षपात नगर्दो हो त आँखामा पट्टि बाँधेर तराजु लिएको चिह्न न्यायालयको प्रतीक बन्न सक्दैनथ्यो । तसर्थ पक्षपातपूर्ण व्यवहार नगर्ने ज्ञानचक्षु नै चर्मचक्षुभन्दा महान् हुन पुगेको हो । हामीहरू ताते ताते गर्न नपाउँदै र राम्ररी बोली फुट्न नपाउँदै ज्ञानको मार्गमा अग्रसर त हुन्छौं तर झन्झन् बुझ्यो झन्झन् कठिन भनेर ज्ञानी बन्न हिंडेको मार्गलाई हामीले छाडिदिन्छौं । हामीले चर्मचक्षुले देखेको कुरामा विश्वास गर्छौं र चर्मचक्षुले देख्न नसकेका विषयलाई हामीले भ्रम वा आडम्बर ठान्न पुग्छौं । साकारबाट निराकारको यात्रामा लम्किनुपर्ने हाम्रो हिंडाइ साकारमा मात्र सीमित रहिदिनाले हामीले निराकार ईश्वरको दर्शन गर्न नसकेका हौं । हामीभित्र अनन्त शक्ति छ, तर त्यसलाई जोगाउने क्षमता हामीमा छैन । त्यसका लागि हामीलाई प्रत्यक्ष वा अप्रत्

टोपीमा सजिएको मानिस

Image
शीतल गिरी     नेपालको पहाडी भाषाभाषीमात्र हैन तराईका आदिवासी थारू, धिमाल र मुसलमानहरूको पनि शिरको शोभा बन्ने शौभाग्य टोपीलाई प्राप्त छ। टोपी धारण गर्नुको शान नै बेग्लै छ। तर यसको मान सबैले राख्न सकेका छैनन्। यस्तो सोच्नेहरू पनि छन्– टोपी धारण गर्नु भनेको अरूको दासत्व स्वीकार्नु हो। यथार्थमा मन नै कलुषित भएपछि सोच स्वच्छ कसरी बनोस्। जोसँग जे छ त्यसैको बारेमा त सोच्ने हो। यसरी सोच्नेहरूको हिजो पनि कुनै मूल्य थिएन र भोलि पनि कुनै मान रहनेछैन। शिरको शोभामात्र होइन, अद्भुत वस्तु हो टोपी । जाडोबाट बचाउँछ। धारण गर्नेलाई गर्मीमा राहत पुर्‍याउँछ। तर खास समयमा धारण गरे पनि धेरैले यसको महत्त्व भने बुझेका छैनन्। टोपीको गुण एक/एक गरी गन्ती गराए पनि, ग्रहण गर्न चाहँदैनन्। आफ्नो पहिचान भनेको नै आफ्नोपन हो। एक/एक गरी छाड्दै जाने हो भने पक्कै हामी मौलिकताविहीन बन्न पुग्छौं।     नेपालमा विशेष गरेर नेवार र खस संस्कृतिमा टोपीको खास आफ्नै सांस्कृतिक महत्त्व छ। मेरो मन टोपीप्रति आरम्भमा नै प्रशंसाले भरिएको छ। तर पनि मनमा प्रश्न उठ्ने गर्दछ। तर सहानुभूति भने यसप्रति छ। टोपी शिरमा धारण नगरे पनि मैले मनमा, आस

मिथिला समाजमा पौनी–पसारीबारे चर्चा

Image
बासुदेवलाल दास गताङ्कको बाँकी हजाम:–     यसैगरी मिथिला क्षेत्रको समाजमा पौनी–पसारी वर्ग अन्तर्गत सामाजिक सेवा कार्यमा संलग्न रहने हजाम जातिको निवास रहेको पाइन्छ । यिनीहरूको जातीय उपाधि ‘ठाकुर’ तथा ‘शर्मा’ हुने गर्दछ । मिथिला क्षेत्रमा ‘ठाकुर’ तथा ‘शर्मा’ उपाधि ब्राह्मण र भूमिहार जस्ता उच्च जाति मानिने अन्तर्गतसमेत हुने गर्दछन् । हजाम जातिलाई अर्को शब्दमा नौआ पनि भनिन्छ । मैथिली भाषाको ध्वनिशास्त्रमा ‘न’ ध्वनिलाई कतिपय अवस्थामा ‘ल’ ध्वनिबाट समेत उच्चारण गरिने परम्परा रहेको पाइन्छ । यस कारण मैथिली बोलीमा नौआ शब्दको उच्चारण लौआ भनेर पनि गरिएको सुनिन्छ । यस्तै प्रचलनअनुरूप हजामले प्रयोग गर्ने नङ काट्ने उपकरण ‘नहरनी’लाई ‘लहरनी’, नयाँ वस्तुका लागि प्रयोग हुने शब्द ‘नव’ अथवा ‘नवका’लाई ‘लब’ अथवा ‘लबका’ भनेर उच्चारण गर्ने गरिएका पाइन्छन् ।     समाजमा हजाम वा नौआ जातिको ठूलो महत्त्व रहेको हुन्छ । यिनीहरूका अधिकार क्षेत्र अन्तर्गत गाउँ क्षेत्र रहेको हुन्छ, जसमा निवास गर्ने गृहस्थ परिवारहरू हुने गर्दछन् । ब्राह्मण पुरोहित तथा महापात्रका यजमान हुने गरे जस्तै हजामका पनि गिरहस–यजमान हुने मान्य

आयुर्वेद–एक परिचय

Image
बासुदेवलाल दास     सामान्यत: आयुर्वेदबारे विवेचन गर्दा यसलाई प्राच्य चिकित्सा पद्धतिको रूपमा व्याख्या गर्ने गरिएको पाइन्छ । चिकित्साको क्षेत्रमा मात्र अध्ययन गर्दा यसको स्वरूपलाई प्राकृतिक अथवा नैसर्गिक भन्न सकिन्छ । यस अन्तर्गत प्रणालीगतरूपमा आधारभूत रस–प्रक्रियात्मकताको असन्तुलन विषयक अध्ययन गरिन्छ, जसबाट रोगका लक्षणहरूको पहिचान गर्न सजिलो हुने गर्दछ । यसका साथै यस प्रणालीमा रोगलाई मन र आत्मामा हुने विस·ति विषयक विवेचन गरी हेर्ने गरिन्छ । आयुर्वेदको रीतिबाट गरिने उपचार सम्यक रूपबाट स्थायी हुने तथा यसका कुनै पनि प्रकारका सहप्रभावहरू नहुने भनिन्छ ।     विद्वान्हरूको विचारमा विगत पाँच हजार वर्षको पृष्ठभूमि रहेको आयुर्वेद प्रणाली एउटा उपचार–पद्धति मात्र होइन, वस्तुत: जीवन विज्ञानको एउटा भाग हो । आयुर्वेदको अन्तिम लक्ष्य भनेको स्वास्थ्य मात्र होइन, अपितु शरीर, इन्द्रिय, मन र आत्मालाई प्राप्त हुने सर्वोत्तम शान्ति हो । वास्तवमा यो समस्त मानवीयताको लक्ष्य हो । मन र आत्मामा शान्ति रहे मात्र शरीर स्वस्थ रहन्छ । प्राचीन आचार्यहरूले आयुर्वेदको अर्थ यसमा आएका ‘आय’ु र ‘वेद’ यी दुई शब्दका आधारमा

बज्जि र बज्जिका

- शीतल गिरी बौद्ध ग्रन्थ ‘अंगुतर निकाय’ एवं जैनग्रंथ ‘भगवती सूत्र’ मा बज्जिसङ्घको उल्लेख प्रमुख गणराज्यको रूपमा छ । बज्जिका हठारह गणराज्यहरूको प्राचीन बज्जि सङ्घको आधुनिक भाषा हो । डा. योगेन्द्र मिश्रको अनुसार बज्जिसङ्घको अस्तित्व ७२५ ई.पू. देखि ४८४ ई.पू. सम्म थियो । नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक र भौगोलिक विविधताले युक्त सुरम्य देश हो ।     बुद्धको समयमा बज्जि एउटा प्रसिद्ध महाजनपद थियो । यस अन्तर्गत आठ जनपदहरूमा विदेहको राजधानी मिथिला एवं बज्जिसङ्घको राजधानी वैशाली थियो । पाणिनीले आफ्नो ग्रन्थ ‘अष्टाध्यायी’ (४.२.३) मा यसको स्मरण ‘मद्रवृज्जयो’ को रूपमा गरेका छन् । बुद्धको जीवनकालमा नै जनकवंशको पतनको साथै बनेको बज्जिसङ्घमा विदेहलाई विशेष प्रतिष्ठा प्राप्त थियो । आजको कोशी पश्चिमको भूभाग प्राचीन बज्जि विदेह सङ्घको अवशिष्ट रूप हो । वैष्णव पुराणबाहेक रामायण तथा महाभारतमा वैशालीमा गणराज्यको स्थापनाभन्दा पहिलेका राजा विशालको वंशावली उपलब्ध छ ।     राजा विशालको वंशको तेतीसौं राजा सुमतिले ग·ाको उत्तरी किनारस्थित विशालापुरीमा विश्वामित्रको साथमा राम र लक्ष्मणको राजकीय सत्कार गरेका थि

जनकवंशी राजाहरू

- शीतल गिरी    हेर्दा हेर्दै यो समाचार जनकपुरमा फैलियो ।     नगरजन हर्षोन्मत्त भए । जनकपुरमा म·लवाद्य बज्न थाल्यो । राजमार्ग सजिए, नगरभवन, कलश, पताकाले सुशोभित भएको थियो । फूलका मालाहरू, तोरणहरूले सम्पूर्ण घर भरिएका थिए । म·लगान, वेणुवाद्य, शङ्ख आदि बज्न थाले । राजमार्ग दर्शकहरूले भरियो । वारा·ना नृत्य गर्न थाले । विविध होम, पूजा र म·ल अनुष्ठान हुन थाले । सुरभित, सुगन्धित पदार्थहरूको गन्धले चारै दिशा मगमगाए । प्रत्येकको मुखमा जनक विदेहको बहुदक्षिणा यज्ञको चर्चा थियो । नगर–नागर एक हजार गाई र तिनीहरूको सिङमा बाँधेको तामाको सिक्का कसको हुने इत्यादि चर्चा गर्दै थिए ।     बहुदक्षिणा यज्ञ अनुष्ठानमा आफ्नो विद्वत्ता प्रदर्शन गर्न पञ्चालराज , मद्रदेश, कुरुदेश आदिबाट याज्ञवल्क्य, जारत्कारव आन्र्तभाग, भज्युलाहयापनि, उषीस्त चाक्रायण, कहोल कौषीतकेय, गार्गी वाचकनवी, विदग्ध साकल्य, जित्वा शैलिनि, उदंक शौल्वायन, वर्क वार्षा, गर्दभीविपीत भारद्वाज, सत्यकाम जालव आदि आएका थिए ।     जनक विदेहको घोषणा थियो— ब्राहमणहरूमा सर्वश्रेष्ठ को हो ? जो श्रेष्ठ ब्राह्मण हो, उसले सिङमा तामाको सिक्का बाँधेको एक हजार ग

विद्याको व्यवसाय

उमाशङकर द्विवेदी     अचेल पत्रपत्रिकाहरूमा नयाँ भर्ना हुने विद्यार्थीहरूका लागि पाठ्यपुस्तकको अभावका खबरहरू छापिएका हुन्छन्।  नयाँ भर्ना हुने समयमा शहर तथा गाउँहरूमा च्याउ उम्रेभैंm खुलेका विद्यालयहरूद्वारा विभिन्न सञ्चारमाध्यमहरूमा विद्यार्थी तथा अभिभावकहरूलाई लोभ्याउने विभिन्नखाले विज्ञापन प्रकाशित भएका देखिन्छन्। प्रतिस्पर्धाको वर्तमान समयमा आ–आफ्नो विद्यालयमा नामाङकन गराउनका लागि विद्यार्थीहरूलाई आकर्षित गर्न होड नै चलेको जस्तो देखिन्छ। नामाङकनका लागि विभिन्नखाले प्रलोभन, छुट तथा सुविधाहरू घोषणा गरिएका पाइन्छन्। अभिभावकहरूका सामुन्ने आफ्ना बालबालिकाको नामाङकन गराउनुपर्ने बाध्यता हुन्छ। विद्यालयहरूद्वारा घोषित प्रलोभन, छुट तथा सुविधाहरूको लोभमा परेर एकचोटि बालबालिकाको नामाङकन भइसकेपछि बल्ल विद्यालयको चर्तिकला उजागर हुँदै जान्छ। पाठ्यपुस्तक र स्टेसनरीको सूची अभिभावकको हातमा पर्दछ, जसमा ती पाठ्यसामग्रीहरूको प्राप्तिको स्थान, पसल स्पष्टरूपमा निर्देशित हुन्छन्। व्यक्तित्व विकासमा सहयोग गर्ने नाममा प्राय: प्रत्येक विद्यालयको आफ्नो निश्चित रङगको पोशाक निर्धारित हुन्छ, जुन विद्यालयद्वारा

लोकव्यवहारमा विद्यमान प्राग्ऐतिहासिक अवशेष

Image
उमाशङकर द्विवेदी     पुरातत्ववेत्ताहरूका अनुसार आधुनिक मानवको आदिपुर्खाको रूपमा ‘ड्रियोपिथेकस’ नामक वानराभ मानिसलाई मान्यता दिइएको पाइन्छ। सोही ‘ड्रियोपिथेकस’लाई मानिसका साथै चिम्पान्जी, गोरिल्ला, ओराङगउटन तथा आदिम वनमान्छेको आदिपुर्खाको पदवी दिइएको छ। प्रकृतिको कुनै विशेष कारणवश मान्छेका अन्य सम्बन्धीहरू जङगलमैं रहिरहे तथा मान्छे आज सम्पूर्ण पशुहरूबीच बल, विद्यामा राजा भैंm रहिरहेको छ। मानव विकासको क्रममा प्रकृतिमा निरन्तर परिवर्तन भइरहयो। त्यस परिवर्तनअनुसार जुन पशुले आफूलाई अनुकूलित पार्न सक्यो त्यसको अस्तित्व कायम रहन सक्यो तथा जुन पशुले त्यस परिवर्तित परिस्थितिलाई वरण गर्न सकेन त्यसको अस्तित्व समाप्त हुन पुग्यो अथवा अनुकूल मौसमका अनुसार आफ्नो स्थान परिवर्तन गरेर अस्तित्व जोगाउनुपर्‍यो।      उदाहरणको रूपमा मौसममा जाडो असह्यरूपमा बढेको अवस्थामा उष्ण मौसम अनुकूलित हात्तीले उनीको न्यानो कोट बनाएर लगाउन सक्दैन। त्यस्तै मौसममा असह्य गर्मी बढेको अवस्थामा हिमाली मौसममा अनुकूलित हिमाली भालूले आफ्नो रौंदार छाला काढेर अलग राख्न सक्दैन। यस्तो अवस्थामा आफ्नो अस्तित्व जोगाइ राख्नको लागि

नेपाली राजदरबारमा भोजपुरी भाषा

Image
उमाशङकर द्विवेदी     बाइसे चौबीसे राज्यहरूलाई जितेर पृथ्वीनारायण शाहले वर्तमान नेपाल राज्यको स्थापना गर्दासम्म नेपालमा नेपाली जस्तो कुनै खास भाषाको जन्म भइसकेको थिएन भन्ने कुरा इतिहास शिरोमणि बाबुराम आचार्यले ‘पुराना कवि र कविता’ पुस्तकमा सकारेका छन् । त्यसै पुस्तकमा उनी अगाडि भन्छन्–कविता लेख्दा प्राय: संस्कृत भाषा नै व्यवहार हुन्थ्यो। यी कविताहरूबाट सर्वसाधारणलाई विशेष लाभ हुँदैन्थ्यो। कुनै ठूला मानिसको दिल बहलाउनाका लागि उनले बुझ्ने गरी लेखी दिनुपर्‍यो भने अवधि वा भोजपुरी बोलीमा लेखिदिन्थे। नमूनाका निम्ति उन्नाइसौं शताब्दीका नेपालका बडा पण्डित वाणीविलास पाण्डेलाई अघि सार्न सकिन्छ। तिनले काजी धौकल सिंहका बयानमा निजका महलको अगाडि जो शिलापत्र लेखिदिएका थिए, त्यसमा संस्कृत भाषा र भोजपुरी, अवधि मिसिएको खिचडी भाषा व्यवहार गरेका थिए। त्यसै पुस्तकमा इतिहास शिरोमणिले पाठकहरूको मनोरञ्जनको लागि त्यस शिलापत्रको लेखलाई उद्धृत पनि गरेका छन्– मानसरोवरमो करत हंसी हंस विलास। कही नाम सब देशकी करत सुरत परिहास।। कहे हंस हंसी सुनो देषो दस दिगपाल। अमर नगरतै आगरो सोहत सहर नेपाल।। चक्रवर्ती भूपाल है रणब

अखण्ड अष्टयाम

Image
   पुस तथा चैत महिनामा पर्ने खरमासको अवसरमा गृहस्थका माङगलिक कार्यहरू प्राय: निषेधित हुन्छ। यसै अवसरको लाभ उठाइ तराईका गाउँ गाउँहरूमा भगवान् विष्णुको पूजा अर्चन र भक्तिको क्रममा अखण्ड अष्टयामको आयोजना भएका देखिन्छन्। अखण्ड भन्नाले अटूट तथा अष्ट+याम भन्नाले आठ+प्रहर बुझिन्छ। एक प्रहरमा तीन घण्टा हुने भएकोले अहोरात्रदिन अर्थात् चौबीस घण्टे अटूटरूपमा भगवान्को नाम कीर्तनलाई अष्टयाम भनिन्छ। भगवान्को नवधाभक्तिको क्रममा आत्मनिवेदन, सख्य, दास्य, वन्दन, अर्चन, पादसेवन, स्मरण, श्रवणका साथै कीर्तन पनि पर्दछ । भगवान्समक्ष आत्मनिवेदन गर्नु, सखाको रूपमा आफूलाई प्रस्तुत गर्नु, दास अर्थात् सेवकको रूपमा प्रस्तुत गर्नु, भगवान्को वन्दना गर्नु, भगवान्को पूजन अर्चन गर्नु, भगवान्को चरण सेवन गर्नु, भगवान्को निरन्तर स्मरण गर्नु, भगवान्को दिव्य चरित्र श्रवण गर्नुका साथै नाम संकीर्तन गर्नु जस्ता नौ प्रकारको भक्ति धर्मशास्त्रहरूले प्रतिपादित गरेका पाइन्छन्। सोही अनुसार भगवान्को नाम संकीर्तनको लागि अखण्ड अष्टयामको आयोजना गर्ने परम्परा रहेको छ।     अनिष्ट शान्ति वा मनोवाञ्छित फल प्राप्तिको लागि अष्टयामको भाकल ग