Posts

Showing posts with the label सन्दर्भ: विश्व एड्स दिवस

एचआईभी र एड्सविरुद्ध सञ्चार

Image
- शीतलप्रसाद महतो    झन्डै एक दशकअघिसम्म सञ्चारकर्मीहरूले एचआईभी सङ्क्रमितहरूलाई भेट्न खोज्दा तर्सिने अवस्था थियो । न त सञ्चारमाध्यमले एचआईभी विषयलाई चासो, खोजी, रिपोर्टिङ वा ‘एक्सक्ल्युसिभ’ समाचार बन्छ भन्ने कुरा सोच्न सक्थ्यो । प्रकाशित वा प्रसारित समाचार पनि सङ्क्रमितलाई थप पीडा पुग्ने, समाजमा थप घृणा फैलाउने खालका हुन्थे । एचआईभी डरलाग्दो, प्राणघातक र कहिल्यै निको नहुने रोग तथा नराम्रो काम गर्नेलाई मात्र लाग्छ भन्ने आम बुझाइ थियो । तर अचेल यसमा ठूलो परिवर्तन आएको छ । एचआईभी र एड्सलाई हेर्ने दृष्टिकोणमा अग्रगामी परिवर्तन आएको छ ।     यतिखेर आम सञ्चारमाध्यमका लागि यो चासो र खोजीको विषय बन्न पुगेको छ । प्राय:जसो सधैं सानातिना समाचार, कहिलेकाहीँ मुख्य र विशेष प्राथमिकताका समाचार, आलेख समाचार, खोजमूलक र अनुसन्धानमूलक समाचार, सम्पादकीय तथा विस्तृतरूपमा लेखहरू प्रकाशित तथा प्रसारित हुनुले पनि यो कुराको पुष्टि गरेको छ । सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित भएका यस्ता समाचारका कारण कतिपय सङ्क्रमितहरूले सेवा, सुविधा, सहारा र सहयोगसमेत पाएका छन् । त्यसैले अब एचआईभी र एड्सको मुद्दा विगतमा चि

एचआईभी र एड्सलाई गरिबी, विकास र सुशासनको दृष्टिले हेर्नुपर्दछ

Image
- शीतलप्रसाद महतो     नेपालमा पहिलोपटक सन् १९८८ मा एकजना विदेशीलाई एचआईभी सङ्क्रमण भएको तथ्य फेला परेपछि २५ वर्षमा यसको जोखिम झनै बढेर गएको छ । एचआईभी सङ्क्रमितहरूमध्ये अधिकांश गरीब नेपाली छन् । त्यसैले नेपालमा गरिबी र विकाससँग गाँसिएको एउटा सशक्त मुद्दा हो, एचआईभी र एड्स । विश्वका एचआईभी र एड्सको इतिहासलाई केलाएर हेर्ने हो भने गरीब मुलुकहरूमा यसको सङ्क्रमण दर बढ्दो छ । नेपालमा पनि एचआईभीको सङ्क्रमण दर बढ्नुका मुख्य कारण गरिबीलाई चित्रण गरिएको छ । एउटा सशक्त र महत्त्वपूर्ण कारण गरिबी रहे पनि यो मात्र एड्स उत्पत्तिको कारक तत्त्व भने होइन । नेपालको सामाजिक एवं आर्थिक परिस्थिति, स्रोतको केन्द्रीकरण, वैदेशिक रोजगारीमा जाने दरमा वृद्वि, जातीय, लै·िक र आर्थिक विभेदका कारण शिक्षाबाट वञ्चित रहेको अवस्था, चेतनाको अभाव, असुरक्षित यौनसम्पर्क, छाला छेड्ने अप्रशोधित सुईको अत्यधिक प्रयोग तथा द्वन्द्व यस सङ्क्रमणका प्रमुख कारक तत्त्वहरू हुन् ।     त्यस्तै पितृसत्तात्मक सामाजिक परिपाटीका कारण बालविवाह, बहुविवाह, घरेलु हिंसा, यौनजन्य यातना तथा बलात्कार र महिलामाथि हुने हिंसाहरूले पनि उनीहरू बाध्यात्

नेपालमा एचआईभीको २३ वर्ष

शीतल महतो     नेपालमा पहिलोपटक सन् १९८८ मा एकजना विदेशीलाई एचआईभी सङ्क्रमण भएको तथ्य फेला परेपछिको २३ वर्षमा यसको जोखिम झनै बढेर गएको छ। एचआईभी सङ्क्रमितहरूमध्ये अधिकांश गरिब नेपालीहरू रहेका छन्। त्यसैले नेपालमा गरिबी र विकाससँग गाँसिएको एउटा सशक्त मुद्दा हो, एचआईभी र एड्स। विश्वमा एचआईभी र एड्सको इतिहासलाई केलाएर हेर्ने हो भने गरिब मुलुकहरूमा यसको सङ्क्रमण दर बढ्दो छ। नेपालमा पनि एचआईभीको सङ्क्रमण दर बढ्नुका मुख्य कारण गरिबीलाई चित्रण गरिएको छ। एउटा सशक्त र महत्त्वपूर्ण कारण गरिबी रहे पनि यो मात्र एड्स उत्पत्तिको कारक भने होइन, नेपालको सामाजिक, आर्थिक परिस्थिति, स्रोतको केन्द्रीकरण, वैदेशिक रोजगारीमा जाने दरमा वृद्वि, जातीय, लैङिगक र आर्थिक विभेदका कारण शिक्षाबाट वञ्चित रहेको अवस्था, चेतनाको अभाव, असुरक्षित यौनसम्पर्क, छाला छेड्ने अप्रशोधित सिरिञ्जको अत्यधिक प्रयोग र द्वन्द्व यस सङ्क्रमणका प्रमुख कारक तत्त्वको रूपमा रहेका छन्।     त्यस्तै पितृसतात्मक सामाजिक परिपाटीका कारण बालविवाह, बहुविवाह, घरेलु हिंसा, यौनजन्य यातना तथा बलात्कार र महिलामाथि हुने हिंसाहरूले पनि उनीहरू बाध्यात्मक द