Posts

Showing posts with the label शिक्ष्f नेपाल

परीक्षा र यसका चुनौतीहरू

Image
अनन्तकुमार लाल दास     परीक्षाले हरेक मानिसको जीवनमा महŒवपूर्ण भूमिका निर्वाह गर्दछ । विद्यालयमा प्रवेश गर्नासाथ परीक्षासँग हाम्रो साक्षात्कार हुन्छ । यो क्याम्पससम्म मात्र हैन त्यसपछि पनि चलिरहन्छ । परीक्षा हाम्रो ज्ञान र दक्षतालाई परीक्षण गर्ने एउटा औपचारिक प्रक्रिया हो । यस अर्थमा परीक्षा सफलता प्राप्त गर्ने एउटा महŒवपूर्ण साधन पनि हो । यस अर्थमा परीक्षा जीवनपर्यन्त चलिरहने प्रक्रिया हो ।      तपाईं परीक्षामा किन बस्नुहुन्छ ? तपाईं के हासिल गर्न खोज्दै हुनुहुन्छ ? दुर्भाग्यवश यस्तो सजिलो प्रश्नको सही जवाफ भेट्न निकै गा¥हो छ । कसैले सर्टिफिकेट प्राप्त गर्न त कसैले डिग्री हासिल गर्न भन्ने गर्छन् । कसैले अहिले सोचेका छैनौं त कसैले राम्रो नोकरी पाउन भन्ने गर्छन् । यी भनाइका आधारमा परीक्षा विद्यार्थीहरूका लागि शिक्षित हुनुको प्रमाण मात्र हो, जसबाट एउटा राम्रो नोकरी प्राप्त गरी समाजमा सम्मान प्राप्त गर्न सकिन्छ ।     विद्यालय वा क्याम्पस जानुको वास्तविक उद्देश्य सर्टिफिकेट वा डिग्री हासिल गर्नु मात्र नभई शिक्षित हुनु हो किनभने शिक्षाको अर्थ आपूmभित्र अन्तर्निहित क्षमतालाई बाहिर निकाल्नु ह

शिक्षालाई कसरी व्यावहारिक जीवनसँग जोड्ने

Image
अनन्तकुमार लाल दास आजको प्रतिस्पर्धात्मक युगमा शिक्षालाई यदि व्यावहारिक जीवनसँग जोडियो भने त्यो बढी उपलब्धिमूलक हुन सक्छ। यसो भन्नु पछाडिको एकमात्र कारण हो, आजको विद्यार्थीलाई इन्टरेटको माध्यमले विश्वको जानकारी त प्राप्त भइरहन्छ तर आफ्नै छेउको गाउँ वा शहरमा के भइरहेको छ, न्यूनतम पनि जानकारी हुँदैन। वर्तमान पुस्तालाई पुस्तकको बोझबाट बाहिर निकाल्नु आजको खाँचो हो। यसका लागि एउटा शिक्षकले अलिकति सक्रियता देखाएमा पाठ्यक्रमले दिन खोजेको उपलब्धि सजिलै विद्यार्थीहरूलाई प्रदान गर्न सकिन्छ साथै उनीहरूलाई स्थानीयतासँग पनि जोड्न सकिन्छ। आज पाठ्यक्रमभित्रैबाट यस्ता थुप्रै क्रियाकलाप गर्न सकिन्छ जसले उनीहरूको किताबी ज्ञानलाई झन् परिपक्व र रोचक बनाइदिन्छ। यस्ता क्रियाकलाप गर्दा स्थानीय मानिस, सङ्घसंस्था वा सम्बन्धित निकायको मदत लिन सकिन्छ। जस्तै गाउँ वा शहरको जनसङ्ख्या पत्ता लगाउनु–त्यहाँ कति पुरुष, कति महिला, कति केटाकेटी छन्। उनीहरूको शैक्षिक योग्यता, व्यवसाय र उनीहरू कति दक्ष छन् भन्ने कुरा विद्यार्थीहरूका लागि रोचक र ज्ञानवद्र्धक हुनुको साथै उनीहरूमा खोज प्रवृत्ति उत्पन्न हुन्छ। किताब पढेर लेख्नु

मोबाइललाई जीवनोपयोगी बनाउनुपर्छ

Image
अनन्तकुमार लाल दास     “म मोबाइलबेगर एकछिन बस्न सक्दिनँ।” “मोबाइल नहुँदा अपाङ्ग भएजस्तो ठान्छु।” “एसएमएस सुविधाले त जिन्दगी झनै सरल भएको छ। कसैलाई प्रेम सन्देश पठाउनु छ वा गाली, मात्र एउटा सन्देशले काम हुन्छ।” “गाना सुन्नुप–यो वा कुनै फिल्म हेर्नुप–यो, वा क्रिकेटको स्कोर, घरमैं हुनुपर्छ भन्ने छैन। सबै सुविधा मेरो मोबाइलमैं छ।” यी वाक्य आजभोलिका युवाहरू भन्ने गर्छन्। मोबाइल फोन आज जीवनको अभिन्न अङ्ग बनिसकेको छ। हाम्रो दिनको थालनी र अन्त्य यसैबाट हुन्छ। आज अभिभावकहरू पनि झन्झटबाट जोगिन ससाना केटाकेटीहरूको हातमा मोबाइल फोन राखिदिन्छन्।     विश्वव्यापीकरणको यस युगमा प्रविधिले यति विकास गरिसकेको छ कि आधुनिक जीवनशैलीको प्रतिविम्ब बनेका उपकरणहरू हरेकको पहुँचमा छ। खेलौनाजस्तो देखिने मोबाइल फोन आज हाम्रो जीवनको हिस्सा बनिसकेको छ। आज यसको माध्यमले विश्वभरि सजिलै कुरा वा च्याट गर्न सकिन्छ। तर विभिन्न शोधले के देखाएको छ भने केटाकेटीका लागि यो अति नै हानिकारक उपकरण हो। नेशनल रेडियोलाजिकल प्रोटेक्शन बोर्ड, ब्रिटेनले मोबाइल फोनबाट हुने खतराबाट केटाकेटीहरूलाई जोगाउन चेतावनी दिएको छ। यसैगरी, जवाहरलाल य

अध्ययन ः कला र विज्ञान

Image
अनन्तकुमार लाल दास नेपाली परिवेशमा परीक्षामा बढी अङ्क कसरी ल्याउन सकिन्छ भन्ने कुरामाथि लामो अध्ययनपश्चात् के पाएँ भने स्वअध्ययन विद्यार्थीहरूको लागि अति आवश्यक छ। स्वअध्ययनको अभावले गर्दा नै विद्यार्थीहरू परीक्षामा बढी अङ्क ल्याउन सकिरहेका छैनन्। स्वअध्ययन भनेको कसैको सहयोगबेगर आफूलाई सिकाउने प्रक्रिया हो, जसले विद्यार्थीहरूको बुझाइलाई स्पष्ट पार्दछ। यो जुनसुकै ठाउँमा जुन बेला पनि गर्न सकिन्छ। यसले विद्यार्थीहरूलाई कल्पनाशील बनाउँछ। उनीहरूलाई आफ्नो जिम्मेवारीप्रति स्वतन्त्रतापूर्वक लाग्न सिकाउँछ र शिक्षकबेगर पनि रुचि अनुसारका क्षेत्रहरूको पहिचान र खोज गर्न प्रेरित गर्दछ। यस आलेखमा शोधबाट प्राप्त अनुभव विद्यार्थी समक्ष प्रस्तुत गने जमर्को गरिएको छ। अध्ययन प्रक्रियामा यसलाई समावेश गरियो भने धेरै लाभदायक हुनेछ। अध्ययन सम्बन्धमा विन्स्टन चर्चिलले एकपटक के भनेका थिए भने म सधैं सिक्न चाहन्छु तर मलाई सधैं पढाइयोस् भन्ने चाहन्नँ। यसैगरी मैल्कम फाब्सले–“अध्ययनको उद्देश्य खाली मस्तिष्कको ठाउँमा खुला मस्तिष्क निर्माण गर्नु हो” भनेका थिए। त्यहीं रैल्फ वाल्डो इमर्सनले भनेका छन्– विद्यालयमा जे कुरो

मधेसमा महिला शिक्षाको आवश्यकता

Image
अनन्तकुमार लाल दास कुनै पनि राष्ट्रमा शिक्षित नागरिकले नै सभ्य समाजको निर्माण गर्छ र त्यसमा महिलाको अहम् योगदान हुन्छ। एकाइ–एकाइ परिवार मिलेर समाज निर्माण हुन्छ तर परिवारको केन्द्रबिन्दु महिला हुन्छन्। यदि महिला शिक्षित छिन् भने त्यो परिवार शिक्षित हुन्छ र जब सबै परिवार शिक्षित हुन्छ, सम्पूर्ण राष्ट्र शिक्षित हुन्छ। महान् दार्शनिक रूसोले भनेका छन्–“यदि मलाई सयजना आदर्श आमा दिनुहुन्छ भने म एउटा आदर्श राष्ट्र दिनेछु।” २०६८ सालको जनगणना अनुसार नेपालमा महिला साक्षर दर ४४.५ प्रतिशत छ। पुरुषलाई यस संसारमा जति अधिकार छ त्यतिकै अधिकार महिलाको पनि हुन्छ। महिलाहरूलाई पनि शिक्षाको लागि त्यतिकै प्रोत्साहन दिनुपर्छ जति पुरुषलाई दिइन्छ। महिला र पुरुषबीच शिक्षामा लिङ्गभेद गर्नु एक प्रकारको मूर्खता हो। आज यदि महिलाहरूलाई समान शिक्षा दिइयो भने उनीहरू पनि पुरुष सरह नै सबै ठाउँमा आफ्नो वर्चस्व स्थापित गर्न सक्छन्।    मधेस र मधेसी संस्कृति सम्पन्न भए तापनि विकास कार्यमा मधेसी महिलाहरूको सहभागिता न्यून रहेको छ। उनीहरूलाई उन्नति गर्ने पर्याप्त मौका दिइएको छैन। उनीहरूलाई मधेसमा भान्सा र केटाकेटीहरूलाई खेलाउन

विद्यालयमा “विद्यालय सरकार” एउटा नौलो प्रयोग

Image
अनन्तकुमार लाल दास     नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, भौगोलिक विविधतायुक्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश हो। देशको शासन व्यवस्थाका मूल्य र मान्यताहरूलाई लोकतान्त्रिक आचरण भनिन्छ। लोकतान्त्रिक आचरणले लोकतन्त्रलाई संस्थागत गर्न सहयोग गर्छ। लोकतान्त्रिक समाजमा भ्रष्टाचार हुँदैन। त्यहाँ सरकारले पूर्वाधार विस्तार, रोजगारको अवसर र गरीबी निवारणका लागि सक्दो प्रयास गर्दछ। सबैको लागि समान अवसर उपलब्ध हुन्छ। यस आधारमा नेपालको विश्लेषण गर्दा यहाँ लोकतान्त्रिक आचरणको अभाव रहेको पाइन्छ। भ्रष्टाचारको बोलबाला, महँगीमाथि नियन्त्रण नहुनु, रोजगारको अभावमा युवा पलायन हुनु, अर्थतन्त्रलाई बलियो बनाउने मजबुत आधारका बावजूद देशको प्रतिव्यक्ति आयमा वृद्धि नहुनु, पढेलेखेका मानिसले पनि रोजगार नपाउनु र श्रमको सम्मान नगर्नुजस्ता कुरामा सुधार नआउन्जेल सुखी र समृद्ध नेपालको कल्पना साकार हुन सक्दैन।     वर्तमान परिवेशमा लोकतान्त्रिक आचरणको अवधारणालाई साकार पार्ने काम राजनीतिक पक्षबाट मात्र सम्भव छैन। यसको लागि विद्यालयमा नयाँ प्रयोगको खाँचो छ। योग्य र प्रतिस्पर्धी नागरिक तयार गर्ने काम

शिक्षक नै नयाँ कुरो सिक्दैन भने विद्यार्थीले के सिक्छ ?

Image
अनन्तकुमार लाल दास कोरोनाकाल शिक्षकहरूको लागि आआप्mनो दक्षता वृद्धि गर्ने काल थियो। यस कालमा जसले आप्mनो दक्षता वृद्धि गर्न सक्यो ऊ नै भविष्यमा सफल पनि हुन्छ। कोरोनाकालले हामी शिक्षकहरू पनि प्रविधिमैत्री हुनुपर्ने पाठ पढाएको छ। यस कालमा जो प्रविधिमैत्री बने उनीहरूले प्रविधि प्रयोग गरेर अर्थोपार्जन पनि गरे र विद्यार्थीहरूलाई पढाइतिर पनि आकर्षित गर्न सफल भए। जसले यस कालमा आपूmलाई दक्ष बनाउन सकेन उसले आज आप्mनो भाग्यलाई सरापिरहेको छ। कोरोनाकाल चुनौती सँगसँगै अपार सम्भावना पनि बोकेर आएको थियो। काम गर्न मन नपर्नेहरूका लागि काल र कर्मवीरका लागि सुनौलो अवसर थियो। अर्थात् शिक्षकले आपूmलाई दक्ष बनाउँदैन भने उसले पढाएका विद्यार्थी पनि दक्ष बन्न सक्दैनन्। शिक्षक र आमाबुवा यदि विद्यार्थीहरूको शैक्षिक विकासमा रुचि राख्छन् भने उनीहरूले नियमित केही न केही पढ्नुपर्छ। जो पढ्दैन उसले के पढाउँछ ? यो साधारण कुरा यदि शिक्षक र आमाबुवाले आत्मसात् गर्छन् भने शिक्षा सँगसँगै समाजको पनि मुक्ति गर्न सक्छन्। यो मुक्ति कसरी हुन्छ भन्ने कुरामा चिन्तनमनन गर्दा के स्पष्ट हुन्छ भने जसले पढ्दैन, उसलाई शिक्षा भने

मूल्यवृद्धि अहिलेको ठूलो समस्या

Image
  अनन्तकुमार लाल दास     प्रत्येक स्थिति र अवस्थाको दुईवटा पक्ष हुन्छ। पहिलो आन्तरिक र दोस्रो बाह्य। बाह्य अवस्थालाई मानिसले कृत्रिमताबाट सुधार गर्न सक्छ तर आन्तरिक अवस्था बिग्रेपछि मानिसको सर्वनाश नै हुन्छ। बाहिरी शत्रुको मानिसले उपेक्षा पनि गर्न सक्छ तर आन्तरिक शत्रुलाई वशमा गर्न धेरै कठिन हुन्छ। यही नियम हाम्रो देशको स्थितिमा पनि लागू हुन्छ। हाम्रो देशको बाहिरी स्थिति जति सुदृढ वा विदेशमा गएर हामीले जति सम्मान प्राप्त गरे तापनि वा हाम्रो विदेश नीति जति सफल भए तापनि वा हाम्रो सीमा सुरक्षा जति सबल भए पनि, यदि आन्तरिक स्थिति बलियो छैन भने एक दिन अवश्य नै हाम्रो देशको पतन हुनेछ। देशको आन्तरिक स्थिति धनधान्य र अन्नमाथि निर्भर गर्दछ। आज हाम्रो देशको प्रमुख समस्या हरेक दिन सुरसाको मुखजस्तै तन्किइरहेको दैनिक उपभोगका वस्तुहरूको मूल्य रहेको छ। यसबाट सम्पूर्ण देशको जीवन नै अस्तव्यस्त भइसकेको छ। एकातिर कोरोनाजस्तो महामारी र अर्कोतिर मानिसलाई चाहिने खाद्य पदार्थ, विद्युत्जस्ता दैनिक उपभोगका वस्तुहरूको मूल्य दिनानुदिन वृद्धि भइरहेको छ। यसले गर्दा मानिसलाई जीवन निर्वाह गर्न बडो गा–हो

वैचारिक क्रान्ति – आजको आवश्यकता

Image
अनन्तकुमार लाल दास     भविष्यको नेपाललाई कोरोनामुक्त बनाउनका लागि आज नयाँ चिन्तन र नयाँ सोचको आवश्यकता छ जसको जरा समातेर नेपाललाई विकास पथमा डो–याउन सकियोस्। अहिलेको विकास क्रमले नयाँ नेपालको भविष्य कोर्न सक्दैन किनभने त्यसको आधारशिला तर्कहीन र तथ्यहीन छ। यस कारण यस्तो लोक–शिक्षणको आवश्यकता छ जसले हाम्रो पुरातनवादी सोच उखेलेर नयाँ र परिष्कृत शिक्षा नीतिलाई मलजल गर्न सकोस्। यो कार्य कठिन पनि छैन। यसका लागि मात्र हामीले आफूलाई परिवर्तित गर्नुपर्ने खाँचो छ।     समयानुसार लोक मान्यता र व्यवस्थामा परिवर्तन हुनु पनि आवश्यक छ। एउटा निश्चित अवधिपश्चात् यदि मान्यता र व्यवस्थामा परिवर्तन भएन भने यसले समाज र मानिसलाई स्वार्थी बनाउन थाल्छ र त्यसको परित्याग गा–हो हुन जान्छ। यस परिप्रेक्ष्यमा समाजमा अराजकता र भ्रष्टाचारलाई बढावा मिल्छ र यसले सामाजिक शान्तिलाई बिथोल्छ। यस कारण वर्तमानमा देखा परेका हरेक प्रकारका दुराचार, द्वन्द्व वा शोषणका लागि कसैलाई पनि दोष दिएर समस्याको समाधान हुनुको साटो झन् समस्या बढ्ने सम्भावना हुन्छ। यस परिस्थितिमा मानिसको सोचमा परिवर्तन भएन भने समस्या समाधान गर्न गा–हो हुन्छ।

शिक्षा सरकारको विषयसूचीमा सामेल छैन

Image
- अनन्तकुमार लाल दास     कोरोना सङ्क्रमणकाल अत्यधिक लामो र अनिश्चितकालीन हुँदै गइरहेको छ। मानिस सामान्य अवस्थामा बाँच्न बेचैन भइरहेका छन्। आजभोलि सामान्य जस्तो अवस्था लागे पनि विद्यार्थीहरूलाई सपनाजस्तै प्रतीत भइरहेको छ। पछिल्लो समय सारा काम ठप्प भएको थियो तर घरमा थन्केर बस्नु प्रगतिशील मानिसको अनुकुल थिएन। मानिस घरमा बसीबसी भविष्यको तयारीमा पनि जुटेका थिए तर बहुमत प्राप्त हाम्रो सरकार आफ्नै धन्धामा लागेको थियो। सरकारले कहिल्यै पनि गम्भीरतापूर्वक कोरोना कालपछि भविष्यको नेपालबारे चिन्ता र चासो लिएन। किनभने कोरोना कालमा सबैभन्दा बढी मारमा विद्यार्थी, निजी विद्यालय र त्यहाँ काम गर्ने शिक्षकहरू परेका छन्। उनीहरूले हालसम्म ठोस निकास पाएका छैनन्।     शिक्षा मन्त्रालयद्वारा जारी ३१ बुँदे विद्यालय कार्ययोजनाको बुँदा २७ मा संस्थागत विद्यालयले वैकल्पिक शिक्षाबाट लिने शुल्क निर्धारण र कार्यान्वयनको जिम्मा स्थानीय सरकारलाई असोज दोस्रो सातासम्मका लागि सुम्पेको थियो तर हालसम्म स्थानीय सरकारले कुनै ठोस कार्य गरेको देखा पर्दैन। यस अघि जारी निर्देशनमा विद्यालयले प्रचलित कानून अन्तर्गत स्थानीय तहले स्वी

प्रजातान्त्रिक शासन व्यवस्थाको अर्थ

Image
  -अनंतालाल दास           प्रजातान्त्रिक शासन पद्धतिलाई प्रस्ट गर्दै भनिएको छ– “प्रजातान्त्रिक शासन पद्धतिमा जनताद्वारा जनताको हितमा जनताको सरकार गठन गरिन्छ ।” यस परिभाषाले के स्पष्ट हुन्छ भने प्रजातन्त्रमा जनताको चाहना सबैभन्दा ठूलो हुन्छ । यस पद्धतिमा जनताले छानेका व्यक्तिहरूले जनताको हितलाई ध्यानमा राखी शासन चलाउँछन् । प्रजातान्त्रिक शासन पद्धतिको प्रारम्भ अठारौं शताब्दीको अन्तिम चरणमा भएको थियो । पश्चिमा देशहरूमा सबैभन्दा पहिले युनानले यस शासन पद्धतिलाई अँगालेको थियो । त्यहाँ त्यस बेला दासप्रथा भएको कारण शासन त राजाले चलाउँथे तर देशका विभिन्न समस्यामाथि विचार–विमर्श गर्नका लागि शासन पद्धतिमा समयानुकूल सुधार गर्नका लागि ‘सभ्य’ जनतालाई आमन्त्रित गर्ने चलन थियो । बिस्तारै फ्रान्स, स्पेन आदि देशहरूमा राजतन्त्र समाप्त हुँदै गयो र त्यस ठाउँमा प्रजातन्त्रको स्थापना हुँदै गयो । यस प्रकार बिस्तारै विश्वका ठूल्ठूला र ससाना राष्ट्रहरूमा पनि प्रजातान्त्रिक शासन पद्धतिको सुरुआत भयो । हुनत नेपालमा २००७ सालदेखि प्रजातान्त्रिक पद्धति सुरुआत भएको हो तर विक्रम संवत् २०६३ सालमा राजतन्त्रको समाप्तिप

शिक्षक–कर्मचारी र संस्थागत विद्यालय

Image
- अनन्तकुमार लाल दास     कोभिड महामारीको यस कालमा एकातिर सबै थोक रोकिएको अनुभव भइरहेको छ भने अर्कोतिर एउटा अप्रत्यक्ष भयसँग दिनहुँ सामना गर्नुपरिरहेको छ। हुनत कोभिड महामारी रोक्ने कुनै पनि सामाजिक र आर्थिक पर्खाल प्रभावी देखिएन तर यसको अन्तिम प्रभाव तिनैमाथि पर्ने बढी सम्भावना छ जो सामाजिक र आर्थिक रूपले पिछडिएका छन्। विद्यालय शिक्षा जो असमानतासँग जुधिरहेको थियो र जहाँ संस्थागत र सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरूबीच वर्ग बनेको थियो त्यहीं यस महामारीले ती वर्गबीचको दूरी बढाउने काम गरेको छ। विडम्बना त के छ भने देशका धेरैजसो पालिकाहरूले विभिन्न प्रकारको वैकल्पिक व्यवस्था गरी विद्यालय सञ्चालन गर्न सूचना जारी गरिसकेका छन् तर वीरगंजमा शिक्षा छलफलमा मात्र सीमित छ।       एकातिर सामुदायिक विद्यालयलाई सरकारले धेरै सुविधाको घोषणा गरेको छ, त्यहीं संस्थागत विद्यालयमा पढाउने धेरैजसो शिक्षक घरमा बसेका छन्। उनीहरूको लागि विद्यालय वा सरकारले कुनै पनि प्रकारको सब्सिडी वा सहयोग प्रदान गरेको छैन। सहयोगको त कुरै छाडौं, गरेको काम वा श्रमको तलब पनि भुक्तान गरिएको छैन। आज उनीहरू पनि आन्दोलित हुन बाध्य