Posts

Showing posts with the label ब्रह्मा स्मृति दिवस

प्रजापिता ब्रह्मा स्मृति दिवस

Image
  यथार्थताको धरातलमा उभिएर वास्तविकतालाई उजागर गर्नुपर्दा ब्रह्मा त्यस्तो कुनै अतिशय अलाङ्कारिक र काल्पनिक कोरा चित्र मात्र नभई यसै साकार मनुष्य लोकमा भरिभराउ मानव आत्माहरूमध्यकै एक मानव तर सम्पूर्ण मानव थिए, जसको परमात्माप्रतिको प्रगाढ–अनन्य श्रद्धा र मानवीय तथा आध्यात्मिक मूल्य–मयार्दा र दूरदर्शी चरित्रले स्वयम् गुणका सागर परमात्मा पितालाई पनि आकर्षित गर्‍यो । अनादि अनन्त कालचक्रमा प्रत्येक ५००० वर्षको अन्तिम प्रहर कलिकालको अन्तमा  मानवात्माहरू जब आफ्नो मूल स्वरूप र पिता–परमात्मालाई पूर्णरूपले बिर्सन पुगी सर्वाङ्गीण पतनको उत्कर्षमा पुग्छन्, तब गीताज्ञान दाता भगवान् शिव पूर्वनिश्चित शाश्वत् सृष्टिको विधान अनुसार सर्वआत्माहरूको कल्याणार्थ यस धरामा एक वृद्ध–अनुभवी भक्तको शरीरमा परकाय प्रवेश गरी आफ्नो दिव्य ज्ञान चारै दिशामा सम्प्रेषण गर्नुहुन्छ, यसैको आलङ्कारिक रूप चार मुख भएको वृद्ध देवताको रूपमा ब्रह्मालाई चित्रित गरियो । ब्रह्मा र परमपिता परमात्मा     प्राय: सबै मानिसले परमात्मालाई रचयिताको रूपमा र ब्रह्मालाई सृष्टिको स्थापनाकर्ताको रूपमा मानेका छन् । साथै ब्रह्माद्वारा सृष्टिको स्