Posts

Showing posts with the label समाचार विश्लेषण

शिक्षामा नाटक भइरहेको छ

प्रस, वीरगंज, १४ असोज/     हालै सरकारले जारी गरेको वैकल्पिक शिक्षा प्रणालीमा तोकिएको कार्यप्रणाली सुन्नमा अति राम्रो लागे तापनि व्यवहारमा उतार्न धेरै कठिनाइ भइरहेको शिक्षकहरूले बताएका छन्।     विद्यालयहरूलाई मौखिक सूचनाको आधारमा टोलटोलमा गएर तथ्याङ्क सङ्कलन गर्न र पढाउन भनिए तापनि कुनै पनि प्रकारको पत्र विद्यालय वा शिक्षकहरूलाई नदिएको गुनासो उनीहरूले गरेका छन्। केही विद्यालयले शिक्षकहरूलाई सहयोग गर्नु भनी पत्र दिएका छन्। यस कुरालाई सम्बन्धित टोलका अभिभावकहरूले स्वीकार गरेका छैनन्।     एकजना शिक्षक रानीघाटमा पढाउन जाँदा प्रहरीले पत्र मागेको र ती शिक्षकसँग पत्र नहुँदा पढाउन दिइएन। अर्का एकजना  शिक्षकसँग अभिभावकहरूले तपाईंहरूको कोरोना बीमा सरकारले गरिदिएकोले तपाईंहरू ढुक्क हुनुहुन्छ तर हाम्रो सन्तानलाई कोरोना भएमा विद्यालय वा महानगरपालिका कसले उपचार खर्च बेहोर्ने भनी सोधेका थिए। यसैगरी, एकजना वडाध्यक्षले प्रहरीलाई फोन गरी शिक्षक टोलमा पढाउन आएका छन् के गर्ने भनी सोध्दा प्रहरीले जिल्ला प्रशासन कार्यालयलाई सोध्नु भनेको थियो।     अर्कोतर्फ जिल्ला प्रशासन कार्यालयले वैकल्पिक शिक्षा प्रणाली अँ

चुरे संकटमा

Image
– जीतलाल श्रेष्ठ     ‘चुरे रहे पानी—पानी रहे हामी, चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई’ यस्तै/यस्तै चुरे जोगाउने अनि हामी आपूm पनि जोगिने र भावी पुस्तालाई पनि सुन्दर प्राकृतिक वातावरण सुम्पिनुपर्ने सबैको साझा दायित्व हो।     माथिल्ला हरफहरू केही वर्ष वा दशकमा नैं चुरे जोगाउने दिव्य उपदेश बन्न बेर लाग्ने छैन। संरक्षणभन्दा उत्खनन, विकासभन्दा बढी विनाश अनि जथाभावी चुरे, खोलाखोल्सी, बगर उत्खननले सीमा नाघ्दै गएको छ।     जीवन गुजारा गर्नेदेखि हुनेखाने, स्थानीय निकायदेखि ठेकेदारसम्मको आँखा चुरे, वन र नदीजन्य वस्तु ग्रेभल, ढुङ्गा, बालुवातिर सोझिएको छ। कसरी तत्काल धनाढ्य बन्ने अधिकांशलाई यही चिन्ता छ। हातमुख जोर्नेलाई भन्दा पनि हुनेखाने, ठूलाठालू कार्यकर्तादेखि नेता सम्मलाई धनी बन्ने रोगले दिन दुई गुना रात चार गुनाका दरले सताइरहेको देखिन्छ।     यस्ता विकृत सोच, मनोविज्ञानले प्रायः जहिल्यै पनि प्राकृतिक स्रोत साधन माथिं आक्रमण गरिरहेको पाइन्छ। चाहे वनजङ्गल होस्, चाहे नदीजन्य वस्तुको उत्खन्न, सड्ढलन, बिक्री र ओसारपसार होस्। पाँच/सात वर्ष अघिसम्म वन जङ्गलबाट हरियो सालका रूख काटेर चोरी तस्करी

विशेषदूतको आगमनले प्रम चयनमा असहजता

-अधिवक्ता वीरेन्द्रप्रसाद यादव     प्रधानमन्त्रीको चौथो निर्वाचनको संघारमा भारतीय विशेषदूतको आगमनले विभिन्नखाले विश्लेषण भइरहेका छन्। कसैले हस्तक्षेप भनेको छ भने कसैले स्वाभाविक। कसैले भारतको नेपालमा शान्ति स्थापनाप्रति स्वाभाविक चासोको संज्ञा दिएका छन्। यद्यपि भारतीय पक्षले नेपालको स्थायी शान्ति र संविधाननिर्माणमा विशेष सहयोगात्मक चासो राख्दै बाधक बनेको राजनीति गतिरोध फुकाउन सहायक पहल गरेको दाबी गरेको छ। भारतले नेपालको शान्ति र आर्थिक विकासलगायत कुरामा चासो राख्नु अस्वाभाविक होइन किनभने नेपाल अशान्त भयो वा आर्थिक विशृङ्खलतामा भांसियो भने नेपाल जतिकै प्रतिकूल प्रभाव भारतलाई पनि पर्छ। नेपालको अशान्तिले भारतमा अशान्ति हुन सक्छ भने आर्थिक अभावले ग्रस्त नेपाली भारतमा रोजगारीका लागि जान बाध्य हुन सक्छ। नजिकको छिमेकी र घनिष्ठ मित्र भएको कारण खाद्यान्नलगायत आर्थिक सहयोग गर्न पनि भारत बाध्य हुन सक्छ। भारत यतिखेर हिंसाको चपेटमा फस्नुमा नेपालमा बार्‍ह वर्षसम्म चलेको माओवादी जनयुद्धको प्रभाव छैन भनी नमान्नु भूल ठहरिने छ। यद्यपि भारतको वर्तमान पहल समय परिस्थिति अनुसार कुबेलाको पहल भन्न सकिन्छ। यस