Posts

Showing posts with the label सन्र्दभ विश्व पर्यावरण दिवस

पोलीथिन झोलाको विकल्प हाम्रो सङकल्प

जसपाल सिंह     प्रतीकमा सम्पादकीय पोलिथिन झोला र विकल्प अति समय सान्दर्भिक तथा यथार्थपरक लाग्यो, तर विकल्पबारे केही लेख्न मन लाग्यो। असम्भव केही छैन, गार्‍हो हुन सक्छ। पोलिथिन झेलाको विकल्प हाम्रो सङकल्प हुनुपर्दछ। त्यसपछि कागजको थोंगा, कागजको झोला, पात, बोहोता, टपरी, कपडा, जूटको झोला हो। हामी सानो छँदा तथा पुर्खाको पालादेखि नै चलिआएको त्यही हो र अब त्यही हाम्रो विकल्प हुनेछ। जसरी उहिले चलेको थियो अब पनि चलाउने हाम्रो पहल र जिम्मेवारी हुनुपर्छ। १८औं शताब्दीको उत्तर्राधमा बेलायतबाट आविष्कार, उत्पादन भएको पोलिथिन आज विश्वव्यापीरूपमा मानव जीवनको दैनिकी र कमजोरी बनेको छ। तर आज यो स्वास्थ्य र पर्यावरणको लागि अति नै हानिकारक प्रमाणित भइसकेको भनिरहनु पर्दैन। यसमा विद्यमान विभिन्न विषालु रसायनहरूले यसमा राखिने खाद्य पदार्थहरूमा त्यसको मिश्रण हुन्छ। यस्तो वस्तु पकाएर खाँदा विषालु रसायन हाम्रो शरीरमा प्रवेश गरेर मधुमेह, रक्तचाप, क्यान्सर, ग्यास्ट्रिक, बाँझोपनजस्ता रोगको कारक बन्ने गरेको छ। विगत वर्षहरूमा उक्त रोगहरू बढ्दो क्रममा छ । अब बेलायतलगायत पश्चिमा अति विकसित मुलुकहरू, अमेरिका तथा भारत,