Posts

Showing posts with the label प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस

प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस

Image
    पाकिस्तानको हैदरबादस्थित सिन्ध परिवारमा सन् १८७६ मा बल्वाभारी भक्त कुलमा लेखराज दादाको जन्म भएको थियो । बाल्यकालदेखि नै श्री नारायणको अनन्य भक्त र पूजापाठमा तीक्ष्ण हुनुहुन्थ्यो । उहाँ बाल्यकालदेखि नै व्यवहार कुशल, अथक परिश्रमी, आफ्ना नाता–कुटुम्ब, छिमेकी, मित्रगण र व्यापारी क्षेत्रमा सम्बन्ध सम्पर्कमा सबैलाई सन्तुष्टि प्रदान गर्नुभएको थियो । मृदुभाषी सात्विक संस्कार र मुग्ध मुस्कानयुक्त जीवनका धनी लेखराज आफ्ना कलाकौशल, लगन, परिश्रम, इमानदारिता र वफादारिताको प्रतिफल एक सामान्य पारिवारिक व्यक्तिबाट प्रसिद्ध हीरा जवाहरातका धनाढ्य व्यापारी बन्न पुगे । आफ्नो गुण र विशेषताका कारण सबैको मन जित्न सफल हुनुभयो । विशाल हृदयका कारण दान वा तर्पण गर्नुहुँदा उहाँ सर्वात्माको भलाइको लागि निरन्तर चिन्तनशील हुनुहुन्थ्यो । धर्मकर्म र भक्तिभावमा उहाँलाई अगाध आस्था र अटल श्रद्धा थियो । उत्तिकै अरूप्रति स्नेह, विश्वास, आज्ञाकारिता पनि थियो । दादा लेखराजको जीवनकालको ६०औं वर्षमा नवसृष्टिका रचयिता परमधाम निवासी ज्योतिबिन्दु परमपिता परमात्मा, ज्ञानका सागर, शान्तिका सागर, दु:खहर्ता, सुखकर्ता, सर्वात्माक