Posts

Showing posts with the label सन्दर्भ - मानव अधिकार दिवस

मानवअधिकार जन्मसिद्ध अधिकार

-दामोदर पौडेल-    सन् १९४८ डिसेम्बर १० मा मानव अधिकारको विश्वव्यापी घोषणा भएको हो। यो घोषणापत्रमा मूलभूतरूपमा मानिसको जन्मसिद्ध केही अधिकारहरूले राष्ट्रको सीमाको आधारमा सीमित हुन पर्दैन र गर्न सकिंदैन भन्ने सन्देश दिएको छ। मानव अधिकार भनेको मानिसको जन्मसिद्ध अधिकार मात्र होइन, राष्ट्रका सीमाहरूले रोक्न नसक्ने अधिकार पनि हो। यसैकारण मानव अधिकारको उल्लङघन भएको कारणले कतिपय देशहरूमा अन्य राष्ट्रहरूले मानव अधिकार रक्षाको लागि कारबाई चलाएको पनि पाइन्छ। हुनत यो अधिकारको प्रयोग बलिया राष्ट्रहरूले स्वार्थको लागि अपेक्षाकृत कमजोर राष्ट्रहरूमा गरेको पनि अनुभव हुन्छ। त्यस्तै कतिपय बलिया राष्ट्रहरूले मानव अधिकार उल्लङघन गरिरहंदा आफनो राष्ट्रभित्रको विषय तथा आन्तरिक मामिला भन्ने गरेका छन्। त्यसैले मानव अधिकार उल्लङघन पूर्णरूपले रोक्न सकिएको छैन। त्यसकारण मानव अधिकारको प्रयोग व्यवस्थित र निर्विघ्न एवं समानरूपमा, घोषणाअनुसार हुन सकेको छैन। मानव अधिकारको विश्वव्यापी घोषणापछि पनि विभिन्न मानव अधिकारसंग सम्बन्धित महासन्धिहरू भएका छन्। त्यसमा बिग सिक्स भनेर चिनिने अधिकारपत्रहरूले मानिसका राजनीतिक, आर्थिक