Posts

Showing posts with the label recent

२०७४ जेठ २१ गते आइतवारको प्रतीक दैनिक

Image
पढ्न यहाँ क्लिक गर्नुहोस् ।

अध्यक्षले अनियमितता गरेको उपभोक्ता समितिको आरोप

Image
प्रस, रङ्गपुर, २० जेठ/ सखुवा परसौनी गाउँपालिका–२ परसौनी टोलका उपभोक्ताहरूले पत्रकार सम्मेलन गरी जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले उपलब्ध गराएको धारा जडान कार्यमा उपभोक्ता समितिका अध्यक्ष मोहन चौधरीले नै अनियमितता गरेको आरोप लगाएका छन् । उपभोक्ता समितिका मन्दोदरी देवी राम, हीरालाल महतो, भूटन सहनी, रामनाथ मासी, चन्दर पासवान, रामबालक पडित, जगन्नाथ पासवान, सनोज साह, रघुनाथ पासवान र कमल हजराको घरमा चापाकल जडान गर्दा अध्यक्ष चौधरीले अनियमितता गरेको बताए । सरसफाइ डिभिजन कार्यालयले गत वर्ष १७ वटा र यस वर्ष ३१ वटा चापाकल वितरण गरेकोमा अध्यक्ष चौधरीले चापाकल जडान गरिएको घरपरिवारसँग जनही ३ हजारको दरले रकम असुल गरेको उपभोक्ता समितिका सदस्यहरूले आरोप लगाएका छन् ।यस वर्ष ३१ वटा धारामध्ये १० वटा जडान भएको र सबैसँग रु ३ हजारको दरले रकम लिएको उनीहरूको भनाइ थियो ।पत्रकार सम्मेलन स्थानीय बलराम दलित थारूको अध्यक्षतामा भएको थियो । घटनाबारे जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पर्साका ओभरसियर हरेन्द्र दाससँग बुझ्दा उनले लक्षित वर्गको लागि निश्शुल्क धारा जडान कार्यक्रम भएको र त्

१५ सय मतदाताको नाम छुट

प्रस, वीरगंज, २० जेठ/ स्थानीय तहको दोस्रो चरणमा हुने निर्वाचनमा पर्सा जिल्लाका १५ सयभन्दा बढी मतदाता अनाहक मतदान दिनबाट वञ्चित हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय, पर्सामा निर्वाचन कार्यालयले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावलीका लागि  फोटो खिचाएका १५०० जनाको तथ्याङ्क हराएपछि उनीहरू मतदान गर्नबाट वञ्चित हुने देखिएको छ । २०७० साल माघदेखि चैतसम्मको फोटोसहितको मतदाता नामावलीको तथ्याङ्क हराएको जिल्ला निर्वाचन कार्यालय, पर्साले जनाएको छ । यसबारे केन्द्रीय निर्वाचन कार्यालयमा जानकारी गराउने काम पनि भइसकेको छ । घटनाबारे स्वतन्त्र मानव अधिकार समाज पर्साले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई अवगत गराएको अध्यक्ष कृष्णकुमार खनालले बताए । उनले मतदाताहरूले समाजमा आएर गुनासो गरेपछि यसबारे सोधखोज गरेको र सम्बन्धित निकायमा पत्राचार गरिएको बताएका छन् । 

वीरगंज र जीतपुरमा १०५ जनाद्वारा रक्तदान

Image
प्रस, वीरगंज, २० जेठ/ वीरगंज र जीतपुरमा छुट्टाछुट्टै आयोजित रक्तदान कार्यक्रममा १९ जना महिलासहित १०५ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए । महेश्वरी समाज परिषद् वीरगंज र महेश्वरी महिला मण्डलले वीरगंजको राणीसति अतिथि सदनमा आयोजना गरेको रक्तदानमा ११ जना महिलासहित ४३ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए । डिम्पल लोहिया, पप्पुकुमार गुप्ता, रन्जय माली, ललिता लोहिया, इन्दु मल्ल, पल्लवी काब्रा, निश्चल प्रजापति, दिलीप कर्ण, रमेश साबो, राजेश्वर गुप्ता, रन्जनकुमार र प्रवीण बस्नेतलगायतले रक्तदान गरेका थिए । यसैगरी जीतपुर युवा क्लवले जीतपुरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ८ जना महिलासहित ६२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए । क्लबका अध्यक्ष मनोज साहको अध्यक्षता र युवा सङ्घ नेपाल बाराका अध्यक्ष सुनील गुप्ताको प्रमुख आतिथ्यमा भएको रक्तदानमा मीरा पुरी, बब्लु अन्सारी, अरुण गुप्ता, आत्माराम अधिकारी, भवानी मल्ल, कविता चौरसिया, सुरज झा, किरण पुरी, शेखर ग

सोलखपुरमा मृत भेटिएकी महिलाका बुवा भन्छन्– ‘छोरीले आत्महत्या गरेकी होइन, हत्या हो’

Image
प्रस, परवानीपुर (पर्सा), २० जेठ/ सोलखपुरमा बिहीवार बिहान आप्mनै घरमा मृत भेटिएकी महिलाका बुवाले छोरीले आत्महत्या नगरी हत्या गरिएको बताएका छन् । बिहीवार बिहान साढे ५ बजे सोलखपुरका २२ वर्षीय सन्तोष पाण्डेकी २० वर्षीया पत्नी देवमाया भट्ट मृत भेटिएकी थिइन् ।  मृतकका परिवारजनले देवमायाको रहस्यमय मृत्यु भएको आरोप लगाएका छन् । बुबा ऋषिराम भट्टले छोरी देवमायालाई ज्वाईं सन्तोषले नै मारेको आज सञ्चारकर्मीहरूलाई बताएका छन् । सन्तोष र देवमायाको डेढ वर्ष पहिले प्रेम विवाह भएको थियो । सन्तोषले माया गरी देवमायाको माइतघर बगवन्ना कोइलाभारबाट भगाएर बिहे गरेका थिए । देवमायाको कोखबाट जन्मेको ९ महिनाको दूधे बच्चा छोरी पनि छ । पहिलो छोरी जन्मेपछि पतिपत्नीबीच मनमुटाव शुरु भएको थियो । बितेको शनिवार माइत कोइलाभार बसेकी देवमाया सन्तोषको धम्कीपछि घर फर्केकी थिइन् । देवमाया २० दिन माइत बसेर घर फर्किइन् । पतिले फोनबाट घर आएनौ भने काटेर फाल्दिन्छु भनेर धम्काएका थिए । २५ दिन अघि पतिकै कुटाइबाट रिसाएर देवमाया बाआमाको शरणमा पुगेकी थिइन् । मृत भेटिएकी देवमायाका पति सन्तोषलाई पर्सा प्रहरीले हिरासतमा लिई अन