Posts

Showing posts with the label पोषण

गर्मीयाममा शीतलता प्रदान गर्ने खानेकुराहरू

Image
मीरा शाह     मौसम परिवर्तनसँगै विभिन्न रोगहरू पनि सक्रिय हुन थाल्छन्। गर्मी महीनामा मौसम परिवर्तन हुँदा सबै मानिसको शरीरको तापक्रममा विभिन्न उतारचढाव, सङ्क्रमण, रोग, झाडापखाला, ज्वरो, रुघाखोकी आदि देखा पर्छन्। हाम्रो शरीरको तापक्रम सन्तुलित राख्न यस्ता किसिमका खानेकुराहरू खानुपर्ने हुन्छ, जसले शीतलता प्रदान गर्नुका साथै रोगसँग लड्ने क्षमता बढाओस्।     गर्मी महीनामा शरीरमा पानीको कमी हुन नदिन र शीतलता प्रदान गर्ने खालका खानेकुरामा विशेष ध्यान दिनुपर्छ । यसको साथै शरीरमा रोग लाग्न नदिन रोग प्रतिरोधात्मक शक्ति उत्पादन गर्ने खानेकुरा दैनिकरूपमा भोजनमा समावेश गर्नुपर्छ। यो बेलामा सङ्क्रमण बढी हुन सक्ने सम्भावना हुन्छ ।     शरीरलाई स्फूर्ति तथा शीतलता प्रदान गर्ने खानेकुराहरू तल उल्लेख गरिएका छन्– १) खरबुजा–     गर्मी मौसमको लागि अति नै उपयोगी फलफूलमा खरबुजाले शरीरमा शीतलता प्रदान गर्ने, रोग प्रतिरोधात्मक शक्ति बढाउने आदि काम गर्दछ। यसमा ९१.४५ प्रतिशत पानीको मात्रा हुन्छ, जुन हाम्रो शरीरको लागि अति नै महŒवपूर्ण हो। शरीरको अनावश्यक तौल नियन्त्रण गर्न, तिर्खा मेटाउनसमेत खरबुजाको मुख्य भूमिका

रोग प्रतिरोधात्मक शक्ति बढाउने खानेकुरा

Image
मीरा शाह     अहिले कोरोनाको त्रास चारैतिर टड्कारो देखा परेको छ। नेपालमा पनि यो देखा पर्यो। यस महामारीबाट जोगिन सरकारले गरेको लकडाउन सराहनीय कदम हो। किनभने हामीले जति सामाजिक दूरी बनाउन सक्छौं, त्यति नै हामी र हाम्रो परिवारमात्र होइन, समाज नै सुरक्षित हुन्छ। अहिले कोरोनाको जटिलता दिनहुँ देखा परिरहेको छ, कैयौं मानिस अकाल मृत्युको शिकार भएका छन्। अहिले २०४ देशमा यसको विनाशकारी रूप देखा परिसकेको छ। कोरोना भाइरसको जोखिम सबैभन्दा बढी ज्येष्ठ नागरिक, गर्भवती महिला, मधुमेह, मुटु, दम र मिर्गौलाका बिरामीमा उच्च रहेको पाइएको छ। किनभने माथि उल्लेख गरिएका व्यक्ति, बिरामीहरूमा रोग प्रतिरोधात्मक शक्ति कम हुने हुँदा चाँडै सङ्क्रमित हुने सम्भावना रहन्छ। शरीरमा रोग प्रतिरोधात्मक शक्ति कम हुँदा रोगसँग लड्ने क्ष्Fमता कम हुन्छ। त्यसैले यस्तो बेला घरमा बस्नु, सरसफाइमा बढी ध्यान पुर्याउनु राम्रो हो। परिवारका सदस्य कसैलाई ज्वरो वा रुघाखोकी लागेको छ भने ज्येष्ठ नागरिकलाई छुट्टै कोठामा अलि दूरी बनाएर राख्नुपर्छ।     ज्येष्ठ नागरिकले आफ्नो नियमित औषधि समयमा खान बिर्सनुहुन्न। चिकित्सकसँग फोनबाट सल्लाह सुझाव लि