Posts

Showing posts with the label नारी हस्ताक्षर

महिला शिक्षा र प्रदेश नं. २

Image
रोशनी श्रीवास्तव     भनाइ छ, ‘आमा शिक्षित छिन् भने परिवारका सबै सदस्य शिक्षित हुन्छन् ।’ एउटी पढेकी महिलासँग सीप, स्वावलम्बीपन, विभिन्न कार्यको जानकारी हुने भएकोले उनी एउटा राम्रो अभिभावक, कार्यकर्ता, कुशल गृहिणी र असल नागरिक बनेर समाजमा सुधार ल्याउन सक्छिन् ।     हाम्रो मुलुकमा अधिसङ्ख्य महिला आज पनि शिक्षाबाट वञ्चित छन् । हाम्रो मुलुकको जस्तै महिला शिक्षाको अवस्था अविकसित अनि रुढीवादी संस्कार छोडन नसकेका मुलुकहरू सोमालिया, केन्या, पाकिस्तान, इरान र इराकलगायतमा पनि पाइन्छ ।  यसको मतलब हामी पनि उनीहरू जस्तै हुने हो ? महिला मुक्ति, महिला अधिकार, विकास र स्वतन्त्रताको पक्षमा हामी स्पष्ट छौं, फेरि पनि महिला शिक्षाको दुरवस्था किन ? सुधारको नितान्त आवश्यक छ ।     घर, परिवार, समाज तथा राष्ट्र विकास र समृद्धिको लागि महिला–पुरुष दुवैमा शिक्षा र सचेतना अनि सक्रिय भूमिका अपरिहार्य छ । पुरुष वृक्षको बलियो काण्ड हो भने महिला त्यस वृक्षको जरा हो । एउटा पुरुषले मात्र समाज बन्दैन र देश बन्दैन, त्यहाँ महिलाको पनि त्यत्तिकै ठूलो भूमिका हुन्छ । बलियो काण्डरूपी पुरुषलाई ठड्याउने जराको रूपमा प्र

बिर्सिनै नसकिने त्यो दिन

Image
यमुना प्रधानाङ्ग ‘मुना’     म एउटी जागिरे स्वास्नी मान्छे ।  घरनजिकै सरुवाको लागि मैले धेरैपटक  मन्त्रालय र विभाग चहारेकी छु । विडम्बना, सरुवा हुन सकेन । कारण, हाम्रो देशमा अरू क्षेत्रमा जस्तै यस क्षेत्रमा पनि आफूले चाहेको ठाउँमा सरुवा हुन, पार्टीका नेता वा कर्मचारी हकहितका लागि खोलिएका विभिन्न पार्टीसँग आबद्ध सङ्घ, स·ठनका नेताकहाँ पहुँच पुगेको हुनुपर्छ । पहिलोपटक सरुवाको लागि मेरो सबै प्रक्रिया पुगेको भए तापनि पहुँच नपुगेको कारण भएन भने त्यही बेला नेताहरूको पहुँच पुगेका कर्मचारीहरूको सरुवा हुँदा साह्रै चित्त दुखेको थियो ।     सरुवाकै विषयलाई लिएर तेस्रोपटक कर्मचारी हकहितका लागि खोलिएका सङ्घ/स·ठनका साथीमार्फत् दुई वर्ष पहिले काठमाडौं जाने तरखरमा लागेकी थिएँ । घरमा म मात्र स्वास्नी मान्छे । बिहान चट्टै घर छाडेर पनि हिंड्न सकिनँ । टाटा सुमो गाडी जतिखेर पनि पाइहाल्छ भनी सबैलाई खुवाइवरी ११ बजेतिर वीरगंज बसपार्क पुगें । सुमो त एउटा पनि थिएन, किनकि भर्खर मात्र छट पर्व सकेकोले यहाँबाट काठमाडौं जाने यात्रुको चापले गर्दा सबै गाडी काठमाडौंमैं थुप्रेको थियो । रात्रिबसमा  म एक्लै जाने भएको कारण

एउटी आमा

Image
यमुना प्रधानाङ्ग ‘मुना’     प्रसव पीडाले छट्पटाइरहेकी एउटी आमा शिशु जन्मिएपश्चात् आफ्नो सन्तान जन्माउँदाको प्रसव पीडा बिर्सेर सारा खुशी सन्तानमा बाँड्छिन्, उसैमा हराउँछिन्, उसैको सेवामा तल्लीन हुन्छिन् । सन्तानप्रति वात्सल्य माया खन्याउँछिन् । त्यो क्षणको बयान गरी साध्ये हुँदैन । भनिसाध्ये नै छैन ।  केही आमाले भने समय, परिस्थिति र गल्ती गरिनुका कारण ‘आमा’ भन्ने शब्दमा कालो पोतेको देख्दा दु:ख लाग्छ ।     आमाको माया मानवमात्रमा नभई संसारकै सबै प्राणीमा पनि आमाले सन्तानप्रति गर्ने माया हामीले गर्ने माया सरह नै हो । प्राणी र मानिसमा फरक यो छ कि मानिस चेतनशील छ । प्राणी निरीह हुन्छन् । हो, म त्यही पशुपक्षीमध्ये मेरो घरमा पालेको कुकुर्नी खुशीको बारेमा लेख्दैछु । कुकुरलाई जनावरहरूमध्ये वफादार, इमानदार, नजिकको साथीको रूपमा हेरिन्छ । कुकुर मन नपराउने मानिस बिरलै भेटिन्छन् ।     यही पुस महिनाको ७ गते सोमवारका दिन ४ बजे मेरो घरमा पालेको खुशीले ६ वटा सन्तान जन्माइन् । उसको यो दोस्रो बेत हो । पहिलो बेतको सन्तानमध्ये चारवटा जाडोको कारण मरे । बल्लतल्ल दु:खकष्टले एउटालाई हामीले बचाएका थियौं । त्यो प

परिवर्तनका साथ परिवर्तित होऔं

Image
यमुना प्रधानाङ्ग ‘मुना’     पृथ्वीको उत्पत्ति पछि विभिन्न जीवजन्तु बोटबिरुवाका साथ हाम्रो पनि उत्पत्ति भएको हो । यसमा दुई मत छैन होला । हाम्रा पुर्खा ज·ली थिए तर अरू प्राणीभन्दा चेतनशील भएका कारण मानव विकासक्रमसँगै हामीले आफूलाई परिवर्तन गर्दै यहाँसम्म आइपुगेका छौं । पहिले जातपात भन्ने पनि थिएन, महिला र पुरुष मात्र थिए । प्राकृतिक इच्छा र चाहनाले गर्दा अरू प्राणी जस्तै महिला र पुरुषबीचको सम्पर्कबाट परिवार बढ्दै गयो । सङ्ख्या बढ्दै जानेक्रममैं र कामको बाँडफाँटको क्रममा टाठाबाठाहरूले राम्रो काम गर्ने गरी विभेदपूर्ण तरिकाले जातपात छुट्याए ।  धर्मसंस्कृति आआफ्नै तरिकाले मनाउने रीति एवं प्रथा बसालियो । जुन आज पनि कायमै छ ।     पितृसत्तात्मक सोच भएको हाम्रो समाजमा पुर्खौंदेखि महिलाहरू घरभित्रको काममात्र गर्ने गरी बाँधिदै आइरहेका छन् । आज पनि हाम्रो समाजभित्र कतिपय समुदायमा त महिलाले बाहिर खुलेर बोल्न र हाँस्नसमेत पाउँदैनन् । उनीहरूका इच्छा र चाहनालाई भित्रभित्रै कुण्ठित गर्ने काम गरिएको छ । जसले गर्दा महिलाहरू चाहेर पनि बाहिर आउन सकेका छैनन् ।     पहिला पहिला पतिको मृत्यु हुँदा पत्नीलाई प

हाम्रो रीति एवं प्रथा

Image
- यमुना प्रधानाङ्ग ‘मुना’     परिवर्तनशील संसारमा हामी पनि परिवर्तन हँुदै आइरहेका छौं । यदि यसो नहुँदो हो त हामी अहिले पनि ज·ली अवस्थामा नै हुन्थ्यौं । मानिस चेतनशील प्राणी भएकोले आफूलाई परिवर्तन गर्दै आइरहेको छ । हाम्रा पुर्खाले कामधन्धा सुम्पिने क्रममा विभिन्न जातजातिमा बाँडे । धर्म, संस्कृति, मनोरञ्जन आआफ्नै तरिकाले मनाउने रीति एवं प्रथा बनाइयो र त्यसै अनुसार अहिले हामी चल्दै आइरहेका छौं जस्तो लाग्छ ।  हाम्रा रीतिरिवाज एवं प्रथा राम्रा नराम्रा दुवै छन् । आजका दिनसम्ममा हामीले केही नराम्रा पक्षलाई हटाउन सकेका छौं । अहिले पनि केही नराम्रा पक्षहरू हाम्रो समाजमा विद्यमान छन् । रीतिरिवाजमा वैज्ञानिकीकरण छैन भने त्यस्ता कुरीतिहरूलाई हटाउँदै लानुपर्छ जस्तो लाग्छ । हामीले जातजाति अनुसार आफ्नो भाषा, धर्म, संस्कृतिका साथ पहिचान बोक्दै आइरहेका छौं । संस्कृति जोगाउने नाममा नराम्रा पक्षलाई पनि छाड्न सकिरहेका छैनौं । हामी २१ औं शताब्दीमा आइपुग्दा पनि हामी नारीहरू नराम्रा पक्षलाई अँगाल्दै हिंडिरहेका छौं ।     रीति एवं प्रथाकै कुरा गर्दा नेवार समुदाय (नेवार समुदायमा पनि परम्परा ठाउँ अनुसार फरकफरक

महिला हिंसाको पराकाष्ठा

- रेणु गुप्ता महिला हिंसा अहिले देशमा कुनै ठूलो महामारी फैलिएजस्तै फैलिएको छ । देशमा सबै किसिमका महिला हिंसाका घटनाहरू अहिले सार्वजनिक भइरहेका छन् । हरेक दिन हत्या र बलात्कारजस्ता जघन्य अपराधका घटनादेखि कुटपिट, आगो लगाउने, बोक्सीको आरोप लगाएर अमानवीय व्यवहार गर्नेजस्ता कार्यहरू भएको देखिन्छ । महिलामाथिको अत्याचारले गाउँ र शहर भनेको छैन, पहाड र तराई भनेको छैन । अन्यायले पूर्व र पश्चिमको भेदभाव मानेको छैन । ज·लमा घाँस–दाउरा गएकी युवती बलात्कृत भएकी छिन् भने राजधानीमा नै राज्यको उच्च तहका कर्मचारीले धन र धर्म दुवै लुटेको अवस्था छ । तीन र छ वर्षकी अबोध बालिकामाथि मानवता नै लज्जित हुने गरी दुष्कर्म गरिएका खबरहरू सार्वजनिक भएका छन् । बाबुले नै छोरीको हत्या र बलात्कार गरेका छन् भने श्रीमान्बाट समेत मारिएकी छिन् महिला । छिमेकीहरूले बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटेको पाइएको छ । महिला हिंसासम्बन्धी सोह्रदिने अभियान सञ्चालन भएदेखि यताकै उदाहरण लिने हो भने महिला हिंसाका घटनाले देश नै लाजले शिर निहुराउने अवस्थामा पुगेको देखिन्छ ।     शिवा हासमीलाई घरकै सदस्यले जिउँदै जलाउनेदेखि रौतहट र धनुषा