Posts

Showing posts with the label महाभारतबाट सङकलित

उद्योगपर्व–६१

Image
उमाशंकर द्विवेदी     दु्रपदका युवा पुत्र सत्यजित त आठ रथिको बराबर छन्। उसलाई धृष्टद्युम्नको समान एउटा महारथि मान्नुपर्दछ। राजा पाण्ड्य पनि पाण्डवसेनाका एक महान् रथि हुन्। यसबाहेक श्रोणिमान् र राजा वसुदानलाई पनि म अतिरथि मान्दछु। पाण्डवहरूतिर रोचमान पनि एउटा महारथि छ। पुरुजित् कुन्तिभोज बडो धनुर्धर र महाबली छ। ऊ भीमसेनको मामा हो। मेरो विचारमा ऊ अतिरथि हो। भीमसेनको पुत्र राक्षसराज घटोत्कच बडो मायावी छ। उसलाई म रथयुथपतिहरूको पनि अधिपति मान्दछु। मैले तिमीलाई यी पाण्डवसेनाका प्रधान प्रधान महान् रथि, अतिरथि र महारथिहरूको बारेमा वर्णन गरें। मैले श्रीकृष्ण, अर्जुन अथवा अन्य राजाहरूमध्ये जो कोही जहाँ फेला पर्नेछन्, उनलाई त्यही रोक्ने प्रयत्न गर्नेछु तर यदि शिखण्डी मेरोसामुन्ने आएर युद्ध गर्न थाल्यो भने म उसलाई मार्दिनँ, किनकि मैले समस्त राजाहरूको सामुन्ने आजन्म ब्रह्मचर्य पालना गर्ने प्रतिज्ञा गरेको छु। अतः मैले कुनै स्त्रीलाई अथवा पहिला स्त्री रहेको पुरुषलाई मार्न सक्दिनँ । तिमीले सुनेकै होलाउ, यो शिखण्डी पहिले स्त्री नै थियो। त्यसैले ऊसित म युद्ध गर्दिनँ। यसबाहेक रणभूमिमा अरू जुन जुन राजाहर

उद्योगपर्व–१९

Image
उमाशङ्कर द्विवेदी     राजा धृतराष्ट्रले भने– “सञ्जय, उसले अवश्य नै युद्ध गरेर मेरा जम्मै अल्पवीर्य पुत्रहरूलाई मारिदिनेछ । उसलाई सम्झेपछि मेरो मुटु काम्न थाल्दछ । बाल्यावस्थामा पनि मेरा पुत्रहरू खेलखेलमा ऊसित युद्ध गर्ने गर्दथे । त्यति बेला पनि उसले हात्तीले भैंm तिनीहरूलाई धूलाम्य पारिदिन्थ्यो । भविष्यमा पनि जुन बेला ऊ रणभूमिमा क्रोधित हुनेछ, त्यति बेला आप्mनो गदाले रथ, हात्ती, मानिस र घोडाहरूलाई कुल्चिदिनेछ । उसले मेरो सेनाको बीचबाट बाटो बनाइ सेनालाई यताउति धपाइदिनेछ तथा हातमा गदा थामी रणाङ्गणमा नृत्य गर्न थालेपछि प्रलयभैंm मच्चाइदिनेछ । हेर, मगध देशका राजा महाबली जरासन्धले यो सम्पूर्ण पृथ्वीलाई आप्mनो वशमा राखेको थियो, तर भीमसेनले श्रीकृष्णको साथ उसको खोपी अन्तःपुरमा छिरेर उसलाई मारिदिएको थियो । भीमसेनको बललाई मैले मात्र होइन, भीष्म, द्रोण र कृपाचार्यले पनि राम्ररी जानेका छन् । शोक त मलाई तिनीहरूको लागि पनि छ, जो पाण्डवहरूसित युद्धको लागि तम्सिएका छन् । विदुरले आरम्भमा नै जुन गुनासो गरेका थिए, त्यो प्रत्यक्ष सामुन्ने आइपुगेको छ । यस बेला कौरवहरूमाथि जुन महान् विपत्ति आउन लागेको छ,

पाण्डवहरूको अज्ञातवास–२३

Image
उमाशङ्कर द्विवेदी     अर्जुनले भने– “राधापुत्र, अहिले भर्खरै तिमी मेरै सामुन्ने मसितको युद्धबाट भागेर गएका थियौ र तिम्रो ज्यान बच्यो, केवल तिम्रो भाइ मात्र मारियो । तिमीबाहेक को अर्को मान्छे होला, जो भाइलाई मार्न लगाएर युद्धबाट भागेको होस् र सत्पुरुषहरूको सामुन्ने उभिएर यस प्रकारको अनर्गल कुरा गरिरहेको होओस् ।”     यति भनेर अर्जुनले कर्णमाथि कवचलाई पनि छिन्नभिन्न गरिदिने खालका बाणहरूको प्रहार गर्न थाले ।  कर्णले पनि बाणवृष्टि गर्दै अर्जुनसित भिडिहाले । अर्जुनले अलगअलग बाण हानेर कर्णको घोडाहरूलाई मारिदिए, हस्तत्राण काटिदिए । अनि कर्णले पनि बाण हानेर अर्जुनको हात बाँधिदिए । तत्पश्चात् अर्जुनले कर्णको धनुष काटिदिए । आफ्नो धनुष काटिएको देखेर कर्णले अर्जुनमाथि शक्ति प्रहार गरे । अर्जुनले आफ्नो बाणवर्षाले त्यस शक्तिलाई पनि टुक्राटुक्रा पारिदिए । यो देखेर कर्णका अनुगामी योद्धाहरू एकैपल्ट अर्जुनमाथि आक्रमण गरिदिए तर अर्जुनको गाण्डिवद्वारा हानिएका बाणहरूबाट ती जम्मै योद्धाहरू यमराजका पाहुना बन्न पुगे । अनि अर्जुनले धनुषको डोरी आफ्नो कानसम्म तानेर एउटा तेजस्वी बाण कर्णको छातीमा हाने । त्यो बाण

पाण्डवहरूको अज्ञातवास–२१

Image
उमाशङ्कर द्विवेदी     कर्ण भागेपछि दुर्योधन आदि वीरहरू आआफ्नो सेनाको साथमा बिस्तारै बिस्तारै अर्जुनतिर आइलागे । अनि अर्जुनले हाँस्दै दिव्यास्त्रहरूको प्रयोग गर्दै प्रत्याक्रमण गर्न थाले । त्यतिबेला कौरवसेनाको रथ, हात्ती, घोडा र कवच आदि मध्येबाट कुनै पनि यस्तो बचेको थिएन, जसमाथि दुई/दुई औलाको फरकमा तीक्ष्ण अस्त्रबाट घाउ भएको नहोस् । अर्जुनको दिव्यास्त्रको प्रयोग, घोडाको शिक्षा, उत्तरकुमारको रथ हाँक्ने कला, पार्थको अस्त्र सञ्चालनको क्रम र पराक्रम देखेर शत्रुहरूले पनि स्याबासी दिन थाले । अर्जुन प्रलयकालीन अग्निको समान शत्रुहरूलाई भष्म पार्दै थिए । त्यसबेला उनको तेजस्वी स्वरूपको सामु शत्रुले आँखा उठाएर हेर्न पनि सकिरहेका थिएनन् । उनको दगुरिरहेको रथ समीप आएपछि एकैचोटि कुनै पनि शत्रुले चिन्न सक्दथे, अर्को पटकको लागि उसले यसको अवसर नै पाउँदैनथे । किनभने सामना भएपछि अर्जुनले छिट्टै त्यसलाई रथबाट लडाएर परलोक पठाइदिन्थे । समस्त कौरववीरहरूको शरीर उनीद्वारा छिन्नभिन्न भएर कष्ट पाइरहेका थिए । त्यो अर्जुनकै काम थियो, अन्य कसैसित अर्जुनको तुलना गर्न सकिन्नथ्यो । अर्जुनले द्रोणाचार्यलाई त्रिहत्तरी,

पाण्डवहरूको अज्ञातवास–१४

Image
उमाशङकर द्विवेदी     यो देखेर युधिष्ठिरले भीमसेनसित भने– "महाबाहो, त्रिगर्तराज सुशर्माले महाराज विराटलाई लिएर जाँदैछन्। तिमीले उनलाई छोडाऊ।" भीमसेनले भने– "महाराज, तपाईंको आज्ञाले म अहिले नै राजा विराटलाई सुशर्माबाट मुक्त गराउनेछु। यो सामुन्ने देखिएको रूख गदाभैंm देखिइरहेको छ, यसलाइ नै उखेलेर यसद्वारा नै शत्रुसेनालाई सोतर पारिदिनेछु।" भीमसेनको कुरा सुनेर युधिष्ठिरले भने– "भाइ भीमसेन यस्तो अतिमानुष कर्म नगर। यदि तिमीले यस्तो गर्‍यौं भने मान्छेहरूले तिमीलाई चिन्नेछन् र भन्नेछन्, यिनी त भीमसेन हुन्। त्यसैले तिमी कुनै मनुष्योचित अस्त्र लिएर जाऊ ।"     युधिष्ठिरको कुरा सुनेर भीमसेनले आफ्नो धनुष लिएर सुशर्मामाथि बाणवर्षा गर्न थाले। यो देखेर भाइहरूका साथ सुशर्मा आफ्नो धनुष लिएर प्रत्युत्तरमा भीमसेनमाथि जाइलागे। भीमसेन तथा सुशर्मा आपसमा भिडी हाले। भीमसेनले गदा लिएर राजा विराटकै सामुन्ने हजारौं रथी, गजारोही, अश्वारोही र प्रचण्ड धनुषधारी शूरवीरहरूलाई मारेर सोत्रयाम्म पारिदिए तथा अनेकौं पदाति सैनिकहरूलाई कुल्ची दिए। यस्तो विकट युद्ध देखेर रणोन्मत्त सुशर्माको सम्प

पाण्डवहरूको अज्ञातवास–१३

उमाशङ्कर द्विवेदी     कर्णको कुरा सुनेर दु:शासनले भने–राजन्, विश्वासी गुप्तचरहरूलाई मार्गव्यय दिएर पाण्डवहरूको खोजी गर्न पठाउनुहोस् । कर्णले भनेको कुरा ठीक हो । त्यसपछि परमपराक्रमी द्रोणाचार्य, भरतवंशीहरूका पितामह भीष्मजीले, शरद्वानपुत्र कृपाचार्य आदि महानुभावहरूले पाण्डवहरूको खोजीको विषयमा आआफ्नो राय–सम्मति दिए । अन्त्यमा त्रिगत्र्तदेशका राजा शुशर्माले कर्णतिर हेर्दै दुर्योधनसित भने–राजन्, मत्स्यदेशका शाल्ववंशीय राजा पटकपटक हाम्रो देशमाथि आक्रमण गरिरहन्छन् । मत्स्यराजका सेनापति महाबली सूतपुत्र कीचकले म र मेरा बन्धु–बान्धवहरूलाई दिक्क पारेको थियो । कीचक बडो बलवान, क्रूर, असहनशील र दुष्ट प्रकृतिको पुरुष थियो । उसको पराक्रम जगत्विख्यात थियो । त्यसैले हाम्रो केही लाग्दैन्थ्यो । अब त्यस पापकर्मा र नृशंस सूतपुत्रलाई गन्धर्वहरूले मारिदिएका छन् । त्यो मारिएपछि मत्स्यनरेश राजा विराट् आश्रयहीन र निरुत्साह भइसकेका होलान् । त्यसैले तपाईंलाई समस्त कौरवहरूलाई तथा महामना कर्णलाई राम्रो लाग्दछ भने म त्यस देशमाथि आक्रमण गर्न चाहन्छु । त्यस देशमाथि विजय गरेर जुन विविध प्रकारको रत्न, धन, ग्राम र देश हात

पाण्डवहरूको अज्ञातवास–१२

उमाशङ्कर द्विवेदी     नगरवासीहरूले यो सम्पूर्ण काण्ड देखेपछि राजा विराटसित निवेदन गरे कि गन्धर्वले महाबली सम्पूर्ण सूतपुत्रहरूलाई मारिदिए तथा सैरन्ध्री उनीहरूको पाशोबाट उम्केर राजभवनतिर जादैछिन् । उनीहरूको कुरा सुनेर राजा विराटले उनीहरूसित भने–“तपाईंहरूले सूतपुत्रहरूको अन्त्येष्टि गर्नुहोस् ।” अनि उनी कीचकको वधको कारणले भयभीत हुँदै महारानी सुदेष्णा समीप गई भने– “सैरन्ध्री यहाँ आएपछि तिमीले मेरोतर्फबाट भन्नु कि सुमुखी, तिम्रो कल्याण होस्, अब तिम्रो जहाँ मन लाग्छ, त्यहाँ जाऊ किनकि महाराज तिम्रा गन्धर्वहरूसित तर्सिएका छन् ।”     मनस्विनी द्रौपदी सिंहबाट तर्सिएकी मृगीभैंm आफ्नो शरीर र वस्त्रहरूलाई धोएर नगरमा आउँदा उनलाई देखेर पुरवासीहरू गन्धर्वहरूबाट तर्सिएर यताउति भाग्न थाले । अझै कोही कोहीले त आफ्नो आँखा नै चिम्ले । बाटोमा द्रौपदीले नृत्यशालामा अर्जुनसित भेटिन्, जो विराटकी कन्यालाई नाच्न सिकाउँदथे । उनले भने– “सैरन्ध्री, तिमी ती पापीहरूको हातबाट कसरी फुत्कियौ र उनीहरू कसरी मारिए ?” सैरन्ध्रीले भनिन्– “बृहन्नले, अब तिमीलाई सैरन्ध्रीसित के काम ? किनकि तिमी त यी कन्याहरूसित मोजमा यिनीहरूको

पाण्डवहरूको अज्ञातवास–१०

उमाशङ्कर द्विवेदी     यस प्रकार कुराकानी गरेर दुवैले शेष रात्रि बडो विकलताले व्यतीत गरे तथा आफ्नो उग्र सड्ढल्पलाइ मनमैं लुकाइराखे । बिहान भएपछि कीचक पुन: राजमहलमा गयो तथा द्रौपदीसित भन्यो–“सैरन्ध्री, हिजो देख्यौ मेरो प्रभाव । राजसभामा राजाको सामुन्ने नै तिमीलाई भुइँमा लडाएर मैले लातीले हानेको थिएँ ।” अब तिमी मजस्तो वीर बलवानको हातमा परिसकेकी छयौ । मबाट अब कसैले पनि तिमीलाई बचाउन सक्दैन । विराट त भन्नको लागि मात्र मत्स्य देशका राजा हुन्, वास्तवमा मैं यहाँको सेनापति र स्वामी हुँ । त्यसैले तिमी खुशीपूर्वक मलाई स्वीकार गर । म तिम्रो दास भइहाल्नेछु ।”     द्रौपदीले भनिन्–“कीचक, यदि यस्तो कुरा छ भने मेरो एउटा शर्त स्वीकार गर । हामी दुवैको मिलनबारे तिम्रा भाइ तथा मित्रहरूलाई पनि थाहा नहोओस् ।” कीचकले भन्यो–“सुन्दरी, तिमीजस्तो भन्दछयौ, त्यस्तै गर्नेछु ।” द्रौपदीले भनिन्– “राजाले जुन नृत्यशाला बनाएका छन्, त्यो रात्रिको समयमा चकमन्न रहन्छ । अत: अँध्यारो भइसकेपछि तिमी त्यही आइपुग, म त्यहीं हुनेछु ।” यस प्रकार कीचकसित कुरा गरेपछि द्रौपदीलाई शेष आधा दिन पनि महिनौंभैंm लाग्न थाल्यो । तत्पश्चात् कीचक

पाण्डवहरूको अज्ञातवास–८

उमाशङ्कर द्विवेदी     राजा विराटको सभामा बसिरहेका युधिष्ठिरले द्रौपदीसित भने– “सैरन्ध्री, अब तिमी यहाँबाट रानी सुदेष्णाको खोपीमा जाऊ । तिम्रा गन्धर्व पतिले अहिले अवसर देखिरहेका छैनन्, त्यसैले आइरहेका छैनन् । उनले अवश्य तिम्रो प्रिय काम गर्नेछन् र जसले तिमीलाई कष्ट दिएका छन्, त्यसलाइ नष्ट पार्नेछन् ।”     युधिष्ठिरको कुरा सुनेर द्रौपदी त्यहाँबाट फर्किइन् । उनको कपाल खुलेको थियो र आँखा क्रोधले राताराता भएका थिए । रानी सुदेष्णाले उनी रुँदै, आँसु चुहाउँदै गरेको देखेर सोधिन्– “कल्याणी, तिमीलाई कसले के गर्‍यो र तिमीले आँसु चुहाउँदै छयौ ?” द्रौपदीले भनिन्– “आज दरबारमा राजाको सामुमैं कीचकले मलाई लात्तीले हान्यो ।” सुदेष्णाले भनिन्–“सुन्दरी, कीचक कामविह्वल भएर बारम्बार तिम्रो अपमान गर्दैछ । तिम्रो राय भए म उसलाई आजै मार्न लगाउन सक्दछु ।” द्रौपदीले भनिन्– “उसले जसको अपराध गर्दैछ, उनीहरूले नै उसको वध गर्नेछन् । अब ऊ अवश्य पनि यमलोकको यात्रा गर्नेछ ।”     कीचकले जबदेखि लात्ती हानेको थियो, त्यसै बेलादेखि राजकुमारी द्रौपदी उसको वधको बारेमा सोच्दै थिइन् । यस कार्यको सिद्धिको लागि उनले भीमसेनको स्मरण

पाण्डवहरूको अज्ञातवास–६

उमाशङ्कर द्विवेदी     अज्ञातवासको क्रममा पाण्डवहरू मत्स्य देशको राजधानी विराट नगरमा छद्म भेषमा बसिरहेको दश महिना भइसकेको थियो । यज्ञसेनकुमारी द्रौपदी जो स्वयम् स्वामिनीभैंm सेवा पाउन योग्य थिइन्, विराट राजाकी रानी सुदेष्णाको सेवा गर्दै बडो कष्टका साथ समय बिताइरहेकी थिइन् । अज्ञातवासको समयावधि बित्नै लागेको बेला यो घटना भयो ।     एक दिन राजा विराटका सेनापति महाबली कीचकको कुदृष्टि द्रौपदीमाथि पर्‍यो । कीचक विराट राजाको सालो थियो । उसले सैरन्ध्री रूपी द्रौपदीलाई देख्ने बित्तिकै कामवाणले पीडित भएर उनलाई चाहन थाल्यो । कामनाको आगोमा डढ्दै कीचक आफ्नी बहिनी सुदेष्णाको छेउमा गएर हाँसीहाँसी भन्न थाल्यो– “सुदेष्णे, यो सुन्दरी, जसले मेरो मनलाई उन्मत्त पारिरहेकी छे, पहिला त यस महलमा थिइन । देवा·नाको समान यसले मेरो मनलाई मोहित पारिसकेकी छे, भन यो को हो ? कसकी स्त्री हो ? र कहाँबाट आएकी छे ? मेरो चित्त यसको अधीनमा भइसकेको छ । अब यसको प्राप्तिबाहेक अरू कुनै पनि औषधि छैन । बडो आश्चर्यको कुरा त के छ भने यो तिम्रो खोपीमा दासीको काम गरिरहेकी छे, यो कार्य कदापि यसको योग्य छैन । म त यसलाई आफ्नी तथा आफ्नो स

पाण्डवहरूको अज्ञातवास–५

Image
उमाशङ्कर द्विवेदी     पाण्डवहरू धृतराष्ट्रका पुत्रहरूसित सधैं सशड्ढित रहन्थे, त्यसैले उनीहरू द्रौपदीको सधैं हेरचाह गर्दै छद्मभेषमा रहन्थे । यस प्रकारसित तीन महिना बितेर चौथो महिना लागेपछि मत्स्य देशमा ब्रह्मोत्सवको धेरै ठूलो समारोहको आयोजना भयो । त्यस महोत्सवमा चारै दिशाबाट हजारौं पहलमानहरू भेला भए । उनीहरू जम्मैजना एकभन्दा एक ठूला पहलमान थिए तथा राजाले उनीहरूको ठूलो सम्मान गर्दथे । उनीहरूका काँध, कम्मर र घाँटी सिंह समान थियो, शरीर गोरो र·को थियो । राजाको समुपस्थितिमा उनीहरू अनेकौंपटक अखाडामा विजय पाएका थिए ।     ती जम्मै पहलमानहरूमा पनि एकजना सबैभन्दा बलिया ‘जीमूत’ नामका पहलमान थिए  । उनले अखाडामा आएर एक/एक पहलमानलाई कुश्तीको लागि डाँके तर उनी विभिन्न किसिमका कसरतहरू गर्दै उफ्रिरहेको देखेर कसैको पनि उनीछेउ जाने आँट पलाउन सकेन । जम्मै पहलमानहरू उत्साहहीन र उदास भएको देखेर मत्स्य नरेशले आफ्नो भान्छेलाई उनीसित भिड्न आज्ञा दिए । राजाज्ञाको सम्मान गर्दै भीमसेनले सिंहको समान धीर गम्भीर सुस्तरी चालमा हिंडेर रणभूमि (अखाडा)मा प्रवेश गरे । अनि उनले ल·ोट धारण गरिरहेको देखेर त्यहाँ उपस्थित तमाश

पाण्डवहरूको अज्ञातवास–४

Image
उमाशङ्कर द्विवेदी     तदन्तर सहदेव पनि गोठालोको भेष बनाएर तथा गोठालाहरूकै भाषा बोल्दै राजा विराटको गौशालाको निकट पुगे । त्यस तेजस्वी पुरुषलाई बोलाएर राजाले सोधे– “तिमी कसको मानिस हौ ? कहाँबाट आएका छौ तथा कुन काम गर्न चाहन्छौ ?” सहदेवले भने– “म जातिको वैश्य हुँ । मेरो नाम अरिष्टनेमि हो । पहिला म पाण्डवहरूको गाईवस्तुहरूको स्याहार गर्दथें तर अब उनीहरू कहाँ गए, पत्तो छैन । काम नगरेर जीविका चल्न सक्दैन र पाण्डवहरू नभएपछि तपाईंबाहेक अन्य कुनै राजा मलाई मन पर्दैन, जसकहाँ म नोकरी गर्न सकूँ ।” राजा विराटले सोधे– “तिमीलाई कुन कामको अनुभव छ ? कुन सर्तमा तिमी काम गर्न चाहन्छौ तथा त्यसको लागि मैले कति तलब दिनुपर्छ ?”     सहदेवले भने– “महाराज, मैले पहिले नै भनिसकेको छु कि म पाण्डवहरूको गाईवस्तुको स्याहारसुसार गर्दथें । त्यहाँ मलाई मान्छेहरूले तन्तिपालको नामले चिन्दथे । चालीस कोसभित्र जति गाईहरू रहन्छन्, तिनीहरूको भूत, भविष्य र वर्तमानकालको सङ्ख्या मलाई सधैं थाहा रहन्छ । कति गाईहरू थिए, कति छन् र कति रहनेछन्, यसको मलाई ठीकठीक ज्ञान रहन्छ । जुन उपायले गाईहरूको सङ्ख्या बढिरहनेछ, उनीहरूलाई कुनै प्रकार

पाण्डवहरूको अज्ञातवास–३

Image
उमाशङ्कर द्विवेदी     तदन्तर सिंहझैं चालले हिड्दै भीमसेन राजा विराटको राजसभामा आइपुगे । उनको हातमा डाडु–पन्यूँ तथा तरकारी काट्ने फलामे कालो चक्कू थियो । वेश त भान्छेको थियो तर उनको शरीरबाट भने दिव्य तेज निस्किरहेको देखिन्थ्यो । उनी दरबारमा हाजिर हुने बित्तिकै भने–राजन्, मेरो नाम वल्लभ हो । म खाना पकाउनमा सिपालु छु । महाराज मलाई भान्छेको कामको लागि नियुक्त गर्नुहोस् । राजा विराटले भने–वल्लभ, तिमी भान्छे हौ भन्ने कुरा मैले पत्याइनँ । तिमी त इन्द्रको समान तेजस्वी र पराक्रमी देखिइरहेका छौ । भीमसेनले भने–महाराज, विश्वास गर्नुहोस्, म वास्तवमा भान्छे नै हुं तथा म तपाईंको सेवा गर्नको लागि यहा आएको छु । महाराजले भनेको कुरा पनि ठीकै हो । बल र पराक्रममा कोही पनि मेरो बराबरी गर्न सक्दैन । पहलमानीमा पनि कसैले मेरो बराबरी गर्न सक्दैन । म सिंह र हात्तीसित युद्ध गरेर महाराजको मनोरञ्जन पनि गर्नेछु । राजा विराटले भने–बेस, तिमी आफूलाई भोजन बनाउनमा सिपालु छु भन्दैछौ भने मेरो भान्छाको काम तिमी नै सम्हाल । यद्यपि यो काम तिम्रो योग्य छैन, तैपनि तिम्रो इच्छा देखेर स्वीकार गरिरहेको छु । तिमी मेरो पाकशालाको प

पाण्डवहरूको अज्ञातवास

Image
उमाशङ्कर द्विवेदी     यक्षबाट वरदान पाएपछि एक दिन धर्मपुत्र राजा युधिष्ठिरले आफ्ना जम्मै भाइहरूलाई एकै ठाउँमा भेला गराएर भने– “आफ्नो राज्यबाट बाहिर वनमा हामीहरू बार्‍ह वर्षदेखि बस्दै आयौं, अब तेर्‍हौं वर्ष लाग्दैछ । यस वर्ष बडो कष्टका साथ कठिनाइहरूको सामना गर्दै हामीहरू गुप्तरूपमा बस्नुपर्नेछ । अर्जुन, तिमीले आफ्नो रुचि अनुसार कुनै राम्रो निवासस्थान बताऊ, जहाँ हामीहरू एक वर्षसम्म बस्न सकौं तथा शत्रुहरूले हाम्रो सुइँको नपाउन सकून् ।” अर्जुनले भने–“महाराज, निस्सन्देह धर्मराजले दिएको वरको प्रभावले कुनै पनि मानिसले हामीलाई चिन्न सक्नेछैन । अत: हामीहरू स्वच्छन्दतापूर्वक यस पृथ्वीमा विचरण गर्नेछौं । तैपनि म तपाईंसित निवास गर्न योग्य केही रमणीय तथा गुप्त राष्ट्रहरूको नाम बताउँदैछु । कुरुदेशको छेउछाउमा धेरै सुरम्य प्रदेशहरू छन् । जहाँ धेरै अन्न उब्जन्छन् । ती प्रदेशहरू हुन्–पञ्चाल, चेदि, मत्स्य, शूरसेन, पटच्चर, दशार्ण, मल्ल, शाल्व, युगन्धर, कुन्तिराष्ट्र, सुराष्ट्र र अवन्ती । यसमध्ये कुनै पनि देशलाई तपाईंले निवासको लागि छान्नुहोस्, जहाँ हामी यस वर्षभरि निवास गर्न सकौं ।”     युधिष्ठिरले भने–

यक्ष र पाण्डवहरू–५

Image
उमाशङकर द्विवेदी     यक्षले भने– “तिमीले मेरा जम्मै प्रश्नहरूको ठीक ठीक जवाफ दियौ, म प्रसन्न भएँ। अत: तिमीले आफ्ना भाइहरूमध्येबाट एकजनालाई ब्यूँताउन सक्दछौ। भन कसलाई जीवित गरूँ ?”     युधिष्ठिरले भने– “यक्ष, यो जुन श्यामवर्ण, अरुणनयन, सुविशाल शालवृक्षको समान अग्लो तथा फराकिलो छाती भएको महाबाहु नकुल छ, यसलाई जीवित पारिदिनुहोस् ।”     यक्षले भने– “राजन्, जसमा दश हजार हातीहरूको बल छ, त्यस भीमसेनलाई छाडेर नकुललाई किन जीवित पार्न चाहन्छौ ? जसको बाहुबलमाथि जम्मै पाण्डवहरूको गर्व छ, त्यस अर्जुनलाई छाडेर नकुललाई किन जीवित पार्न चाहन्छौ ?”     युधिष्ठिरले भने– “यदि धर्मको नाश गरियो भने त्यो नष्ट गरिएको धर्मले नै कर्तालाई नै नष्ट गरिदिन्छ तथा यदि धर्मको रक्षा गरियो भने धर्मले नै कर्ताको रक्षा गरिदिन्छ। त्यसैले म धर्मको कहिले पनि त्याग गर्दिनँ, जसको कारणले नष्ट भएको धर्मले मेरो नाश नगरिदेओस् । मेरो विचारमा सबैप्रति समान भाव राख्नु परम धर्म हो। मेरो पिताका दुईवटी श्रीमती थिए, ती दुवैजना पुत्रवती भइरहून् यही मेरो विचार छ । मेरोलागि कुन्ती र माद्री समान छन। दुवै माताहरूप्रति समान भाव राख्दछु, त्यसै

यक्ष र पाण्डवहरू

Image
उमाशङकर द्विवेदी     पाण्डवहरू बार्‍ह वर्षे वनवासको क्रममा द्वैतवनमा आश्रम बनाइ बसिरहेका थिए। एक दिन एउटा मृगलाई पछयाउँदै पाँचैजना पाण्डवहरू गहन वनमा पुगे। उनीहरू मृग नपाएर निराश, थकित तथा भोकप्यासले पीडित भई एउटा वटवृक्षको सियाँलमा गई बसे। भाइहरूको दुर्दशा देखेर युधिष्ठिरले नकुलसित भने– “भाइ, तिम्रा यी दाजुहरू तिर्खाएका तथा थकित छन्। यता कतै जलाशय वा जलाशयको छेउमा उत्पन्न हुने कुनै रूख, बिरुवा छ कि ? हेर त भाइ।” दाजुको कुरा सुनेर नकुल एउटा रूखमाथि चढेर यताउति हेर्दै भन्न थाले– “राजन्, अलि पर मैले जलाशयको छेउमा उम्रिने रूख देख्दैछु तथा जलपक्षी सारसको स्वर पनि सुन्दैछु । त्यहा अवश्य नै पानी हुनुपर्दछ।” नकुलको कुरा सुनेर सुखद आश्चर्य मान्दै युधिष्ठिरले भने– “त्यसो हो भने भाइ, तिमी गएर पानी ओसारी ल्याऊ।”     दाजुको आज्ञानुसार नकुल हस्याङग–फस्याङग गर्दै हिंडेर जलाशयको छेउमा पुगे। त्यहाँ निर्मल जलमा जलकलरव गरिरहेका सारसहरूलाई देखेर खुशी भई नकुल पानी पिउनको लागि जलाशयमा प्रवेश गरेर पानी पिउनै आँटेका थिए कि यत्तिकैमा आकाशवाणी सुनियो– “नकुल, पानीमा पसेर पानी पिउने साहस नगर । पहिलेदेखि नै मेरो