Posts

Showing posts with the label व्यङ्ग्य

छिनाझपटी

Image
-कुमार रुपाखेती     नेपाली राजनीतिमा अब अंशबन्डा, भागबन्डाको राजनीतिक समय समाप्त भएको छ, राजनीतिक स्तर खस्केर अब छिनाझपटीको युगमा प्रवेश गरेको बुझिन्छ। विश्वासको सङ्कट आएकोले आलोपालो प्रणाली उहिल्यै ध्वस्त भएको हामीलाई थाहै छ। मुलुकमा लाखौं कुर्सी छन्, बिचरा विरम्त्या (बिरामी) ओलीले मुखै फाडेर दुईवटा मात्र मागेका छन्, एउटा प्रधानमन्त्रीको, अर्को पार्टी अध्यक्ष। अब सोच्नुस् त हिजो सैकडौं महत्वपूर्ण कुर्सी र पद अरूलाई बाँड्ने हैसियतका ओली एकाएक आफ्नैलागि कुर्सी रिजर्भ गर्न असमर्थ देखिन्छन्। तर सोच्ने कुरा के छ भने एउटा दुर्दान्त अपराधीलाई त फाँसी चढाउनुअघि उसको अन्तिम इच्छा सोधिन्छ तर नेपाली राजनीतिक जल्लादहरू उनलाई सोझै घोक्रेठ्याक लगाउने चक्करमा छन्। तर म अझै पनि ओलीलाई बूढो, बिमार र अशक्त अनि कमजोर मान्दिनँ, जसले यस्तो लाचारीको हालतमा समेत प्रचण्ड एन्ड कम्पनीलाई आच्छु–आच्छु पारेका छन्। जत्तिकै जोर लगाके हैसा भने पनि ओलीको दुवै कुर्सी टसमस भएको छैन। रावणका लागि हनुमानको पुच्छर भारी भएझैं प्रचण्डका लागि ओलीको कुर्सी सङ्कट साबित भइरहेको छ। सबैखाले जादु, टोना, टोडका नाकाम भइरहेछन्। कुर्स

सफेदझूट

Image
 - कुमार रुपाखेती     पृथ्वी गोलो छ भनेर पछि प्रमाणित भयो। त्यसअघि त पृथ्वी चेप्टो छ भन्ने धारणा थियो। पृथ्वी चेप्टो छ भन्ने मान्यता यति विकराल थियो कि पृथ्वी गोलो छ भनी पत्ता लगाउनेको ज्यान नै जोखिममा थियो। बिचराले लुकेर ज्यान बचाउँदै पृथ्वीको गोलो रूप प्रमाणित गरे, जुन आजसम्म कायम छ। सत्य प्रमाणित गर्न त्यो बेला र अहिले पनि सङ्घर्ष गर्नुपर्छ। घुमिफिरी रूम्जाटार भनेझैं भानु जयन्तीमा हाम्रा प्रधानमन्त्रीले भगवान् राम नेपालको पूर्वी भाग वीरगंजदेखि अलि पर ठोरीतिर जन्मेको भनेर भारतको कान रातो पारिदिएका छन्। “भारतको अयोध्या कृत्रिम, राम नेपाली नागरिक” भन्ने सुन्नासाथ भारतका शासक अनि सन्तमहन्त एकैचोटि जागिहाले। रिसले आगबबुला भएका भारतीय नेता करण सिंहले ओलीको यस्तो दाबीले संसारभरिकै हिन्दूहरूको आस्थामा चोट पुगेको र नेपाल–भारतको सम्बन्धमा थप सङ्कट आउन सक्ने चेतावनी दिए। केही मठाधीश र जोगी बाबाहरूले करण सिंहलाई उछिन्दै ओलीले माफी माग्नुपर्ने, अन्यथा धार्मिक आन्दोलन गर्ने घुर्की लगाए।      नेपालको कपिलवस्तुमा जन्मिएका बुद्ध, राजा शुद्धोधनका छोरा भएको अकाट्य साँचो कुरा थाहा पाउँदा–पाउँदै

दशैं आयो महँगी छायो

Image
कुमार रुपाखेती     ‘दशैं आयो, खाउँला–पिउँला, कहाँ पाउँला, चोरी ल्याउँला’ अर्थात् परापूर्वकालदेखि नै उतिबेलाका बनियाँहरूले समेत दशैंको मुखमा, दशैंको नाममा महँगी बढाउँदै आएका रहेछन् ।     अचेलका व्यापारीहरू पनि मौकामा चौका हान्न दशैं नै कुर्छन् र निमुखा गरीबहरूको दशैं होइन दशा शुरू हुन्छ । दशैं बजारमा अनुगमनको नाममा पुग्ने सरकारी ओहदावालहरूले त जुँगा मुसार्दै भव्य दशैं मनाउँछन् । किनकि यतिखेर कालाबजारी व्यापारीहरूले उनीहरूसँग मितेरी गाँसिसकेका हुन्छन् । दशैं मुखमा आएको भन्ने आभास हामीलाई बजारभाउले जानकारी गराइदिन्छ । असारे सरकारी बजेट भाषणपछि महँगी बढ्ने अर्को निर्णायक शक्ति दशैं नै हो । यसपटक लुगाफाटा मात्र होइन, आलु–प्याजसमेत छोइ नसक्नु छ, माछा–मासुको त कुरै नगरौं ।     जाबो तासको दाम त अचाक्ली बढेको छ । ओहदावालहरूले यसपालि रहरलाग्दो दशैं मनाउने पक्कापक्की छ । तलब बढेको छ, विदेश भ्रमण निरन्तर जारी छ । अब उपेन्द्र यादवलाई नै हेर्नुस् । २०७५ जेठदेखि अहिलेसम्म सबै मन्त्रीभन्दा बढी २५ पटक विदेश गए । अहिले पनि कम्मल ओढेर घ्यू पिउने बानी लागेका उनी संविधान दिवस छल्न अस्ति अमेरिका पुगे । मन

दुवैतिरका काङ्ग्रेस

Image
कुमार रुपाखेती     भारतमा भाजपाले र नेपालका कम्युनिस्टहरूले ‘काङ्ग्रेस हौं’ भन्ने दुवैतिरकालाई थिलथिलो पारेका छन् । भारतको इन्दिरा काङ्ग्रेस र नेपालको कोइरालाहरूको नेपाली काङ्ग्रेस पाकेर थिलथिलो भएको बेस्वादिलो मालदह आँपझैं भएको छ । जहाँ नेपाली काङ्ग्रेसको कुरा छ, यो पार्टी वास्तवमा नेपालकै पुरानो र धेरै थरीका क्रान्ति देखेको, भोगेको रैथाने दल हो । प्रजातन्त्रका लागि अथक सङ्घर्ष गरेको यो राजनीतिक दल आप्mनो स्थापनाकालदेखि नै आन्तरिक कलहमा फसेको देखिन्छ । छत्तीसे गुट, सुवर्ण शम्शेर र विपीबीच टकराव, गिरिजा र गणेशमानबीच छत्तीसको आँकडा, कृष्णप्रसाद भट्टराईको असन्तुष्टि, देउवा, पौडेल र सिटौलाको मतभेद आदि इत्यादि कारणहरूले गर्दा नेपाली काङ्ग्रेसको अवस्था ‘घरका भेदी लङ्का ढाए’ सरह बनेको छ ।     गत प्रतिनिधिसभा निर्वाचनमा टिकट वितरणदेखि सृजित विवाद, घात–अन्तर्घातमा परिणत हुँदै अकल्पनीय पराजयमा मात्र सीमित नभई आलो घाउझैं अझैसम्म टिस मार्दैछ ।     काङ्ग्रेसका वर्तमान हर्ताकर्ता शेरबहादुर देदउवा नबुझिने गरी लठेब्रो पाराले बोल्ने मात्र नभई पूर्वराजा ज्ञानेन्द्रका अक्षम आरोप खेपेका प्रधानमन्त्रीसम

बहुदलको नाम र बदनाम

Image
कुमार रुपाखेती     नेपालमा बहुदल आएपछि राष्ट्रियस्तरका र ख्यातिप्राप्त उद्योगधन्दा, कलकारखाना, राजमार्ग आदि ठप्प हुने, लोप हुने गरेको पाइएको छ । स्व. राजा महेन्द्रको अथक प्रयासपछि रूसले निर्माण गरेको वीरगंज चिनी कारखाना, जनकपुर चुरोट कारखानाको हबिगत सबैलाई थाहै छ । अचेल चुरोट उत्पादन हुने जचुकालिमा मुख्यमन्त्री कार्यालय र मन्त्रिपरिषद्को कार्यालय छ भने वीरगंज चिनी कारखानामा सशस्त्र प्रहरीको अखाडा छ । चिनीमिलको क्वार्टरमा त कतिले अवैध कब्जा गर्ने, भाडामा लगाउने, आप्mनो घर भाडामा दिई चिनीमिलको क्वार्टरमा बस्ने नानाभाँती हुन्छन् अचेल त्यहाँ । करीब ५२ बिघामा पैmलिएको वीचिकालि अचेल वस्तुभाउ चराउने चरण बनेको छ । त्यस्तै, वीरगंजको कृषि औजार कारखाना, बाँसबारी छाला जुत्ता, हेटौंडा कपडा उद्योग, चोभार सिमेन्ट कारखाना पनि बहुदलको शिकार बने । हुलाकी राजमार्गको अवस्था उस्तै दयनीय छ । बाँदरले आप्mनो घर पनि बनाउँदैन, अरूको पनि बिगार्छ भनेझैं पञ्चायतकालका माथि उल्लिखित ऐतिहासिक धरोहर मात्र ध्वस्त बनाइएका छैनन्, बहुदलकालका ऐतिहासिक र बहुचर्चित मेलम्ची खानेपानीको अवस्था, काठमाडौं–हेटौंडा सुरुङ मार्ग, न

बूढो सुगा

Image
कुमार रुपाखेती     भोजपुरीमा एउटा उखान छ– बूढ तोता का पढी । नेपाली राजनीतिमा अचेल बूढो, रोगी सुगाहरूको हालिमुहाली छ । महन्थ ठाकुर, केपी ओली, मोहन विक्रम सिंह, नारायणमान बिजुक्छे, रामचन्द्र पौडेल आदि इत्यादि । सरकारी नियम अनुसार जतिसुकै अनुभवी भएपनि बूढो र रोगी कर्मचारीहरूलाई अनिवार्य अवकाश दिने चलन छ ।     भारतीय पूर्वविदेशमन्त्री सुषमा स्वराजले स्वास्थ्यको कारण देखाइ सन् २०१९ को निर्वाचन लड्न अस्वीकार गरिन् र उनी केही दिनअघि स्वर्गवास भइन् । हाम्रोमा त सरकारी खजाना रित्याउँदै अगुवा, पछुवा अघिपछि लगाएर सिङ्गापुर, अमेरिका पुगी औषधोपचारको नाममा करोडौं स्वाहा पारिंदैछ । बूढा र रोगी भएकै कारण काङ्ग्रेसका त्रिमूर्ति गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीचको हानाथाप र विजोग वर्णन गरिनसक्नु थियो ।     आप्mनो कार्यकालको अधिकांश समय प्रधानमन्त्री ओलीले स्वास्थ्य उपचारमैं खर्चिदैछन्, सरकारी खजाना भुस्कुट पारेका छन् । जो अगुवा उही बाटो हगुवा भएपछि सुजाता कोइराला जस्ता धनाढ्य राजनीतिज्ञहरूले समेत औषधोपचारको नाममा सरकारी द्रव्यमोचन गरिरहेका छन् ।     भनिन्छ, ओली लामो समयसम्म ज

हिन्दुस्तान–पाकिस्तान घमासान

Image
कुमार रुपाखेती     सन् १९४७ मा अंग्रेजले भारतलाई आजाद गरिदिए पनि एउटा यस्तो बीउ रोपेर गयो, जसबाट भारत र पाकिस्तान दुवै आजाद हुन सकेनन् । हिन्दू–मुस्लिम नामको त्यो अंग्रेजी बीउलाई भारत र पाकिस्तान स्वयंले यति मलजल गरे कि आज यसले दक्षिण एशिया मात्र नभई विश्वमै अशान्ति मच्चिने आशङ्का छ । आधा अधूरा कश्मीर लिएर यी दुवै देशलाई अधकल्चो कश्मीरले बेला–कुबेला थला पार्ने गरेको छ । नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाउको अनुहार बनेको कश्मीर भारतका लागि ठूलै सिरदर्द र बदनामीको घाँडो बनेको छ । हायल कायल भई भारतले कश्मीर र लद्दाखलाई केन्द्रशासित राज्यमा परिणत गरेको छ ।     भारत शासित कश्मीर लामो समयदेखि अशान्त र जवाहरलाल नेहरूको पालादेखि जलिरहेको कश्मीरलाई शान्त पार्ने बुता कुनै भारतीय राजनायकमा देखिएन । झन् मोदीमय भारतमा त यसले उग्ररूप धारण गरेको छ । भारतले खेलकूददेखि आतङ्कवादसम्म र नक्कली नोटदेखि राजनीतिसम्म एकताका चीनलाई र अचेल पाकिस्तानलाई मोहरा बनाएर खेल्न थालेको छ । पाकिस्तानसँग क्रिकेट खेल्दा भारतीय पारा युद्धस्तरमैं रहन्छ, आतङ्की घटनामा पाकिस्तानलाई देख्छ, नक्कली नोट पाकिस्तानले पठा

मच्चियो मच्चियो थच्चियो

Image
कुमार रुपाखेती     मह जोडीलाई नेपालमा सर्वश्रेष्ठ हास्यव्यङ्ग्य जोडी मानिन्छ । मह जोडी अर्थात् मदन कृष्ण र हरिवंश आचार्य । त्यसो त एक जमानामा सन्तोष पन्तहरूले पनि पेट मिचिमिचि हसाउँथे दर्शकहरूलाई । अचेल नेपालमा थुप्रै यस्ता हास्य कलाकारहरू छन्, जसले दर्शकलाई हसाएर लोटपोट पार्दछन् । कलाकार त कलाकार अचेल त सङ्घीय सरकार अन्तर्गत डिभिजन सडक कार्यालयसमेतले जनतालाई हँसाउन थालेको छ । सडक विभागले अस्ति २०७६/३/७ गते शनिवार भन्सारदेखि दामेचौर मकवानपुरसम्म त्रिभुवन राजपथ तथा महेन्द्र राजमार्ग अन्तर्गतको बाराको धन्सार पुलदेखि लोथर मकवानपुरसम्म राजमार्गको दायाँ–बायाँ २५/२५ मिटर सीमाभित्र बनेका संरचना भत्काउन, हटाउन अन्तिम सूचना जारी गरेको थियो । यस्तै सूचना सडक डिभिजन कार्यालय हेटौंडाले २०६९ भदौ १५ गते अर्थात् आजभन्दा झन्डै ७ वर्षअघि पनि जारी गर्दै यस क्षेत्रमा हडकम्प मचाएको थियो । यस ७ वर्षको अवधिमा सडक विभागले पटकपटक गरी ६ पटक यस्तो सूचना जारी गरिसकेको छ । एकैखाले यस्तो सूचना बर्सेनि पढेर हास्य रसको निश्शुल्क मजा लिन  नेपालमा बाहेक अन्यत्र कहाँ पाइन्छ र ?     सबैलाई थाहै छ, वीरगंजको मूल सडक (मे

को बन्छ करोडपति ? सांसद बन्छ करोडपति

Image
कुमार रुपाखेती     अमिताभ बच्चनको ‘कौन बनेगा करोडपति’ अथवा राजेश हमालको ‘को बन्छ करोगपति’को हटसिटमा बस्न राम्रो अध्ययन, समसामयिक घटनाबारे जानकारी, इतिहासको ज्ञान, सामान्यज्ञान आदिमा पोख्त हुन जरुरी हुन्छ । राम्रै पढाकुहरूले समेत करोड रुपैयाँ जित्न जितोड मेहनत गर्छन् र केही भाग्यमानीले मात्र सबै प्रश्नहरूको सही जवाफ दिएर करोडपति बन्छन् ।     तर हाम्रा भाग्यमानी सांसदहरूले अलि होहल्ला, टेबुल ठोकाइ गरेर विनामेहनत करोडपति बन्ने सौभाग्य पाएका छन् । करोडपति मात्र नभै ६ करोडपति बनेका छन् । विकास निर्माण गर्न रकम छैन भन्ने गरीब सरकारले नवधनाढ्य सांसदहरूका लागि लखटिया (१ लाख पर्र्ने) ल्यापटप समेत दाइजो दिने भएको छ । को बन्छ करोडपतिमा भाग्यले एकजना मात्र करोडपति बन्दछ भने यहाँ त एकमुस्ट होलसेलमा ३३४ सांसदको तालुमा आलु फल्दैछ । नेपालको सङ्घीय संसद्ले यी दुईवटा सुविधा घोषणा नगरून्जेल विचरा सांसदहरूको दिनको चैन र रातको निद्रा हराम भएको थियो । निर्वाचन क्षेत्र विकासको नाममा आगामी आर्थिक वर्षका लागि प्रत्येक सांसदको टाउको गन्तीका हिसाबले बजेट छुट्याइएको छ । अब भन्नुस् बच्चन र हमालको हटसिटभन्दा हाम्

देखिन थाल्यो असारे विकास

Image
कुमार रुपाखेती     अहिले नेपालमा असारे विकासको मौसम हो । असारे विकास अर्थात् टालटुले काम गरेर सरकारी खजाना रित्याउँदै रकम झ्वाम्म पार्ने बेला हो यो । वर्षभरि सुतेर बस्ने अनि जब प¥यो राति तब बूढी ताती भनेझैं झाडातिरुवा काम गरेर, जनताको आँखामा विकास गरेको छारो हालेर गोजी गरम गर्न पल्केका सम्बन्धित निकायहरूलाई अहिले भ्याइनभ्याइ छ ।     वीरगंज महानगरको दुर्दशा र मार्मिक कथा कसैसँग छिपेको छैन । सुक्खा मौसममा बुङबुङ्गी धूलो उड्ने, वर्षात्मा असरल्ल पानी र हिलाम्य हुने, झिङ्गा, लामखुट्टे र छाडा वस्तुको बिगबिगी, सडक ढाकेर पसल थाप्ने रामकहानी यहाँको सदाबहार समस्या हो । त्यसमाथि पनि अचेल विकासको नाममा ‘बापका राज’झैं ठेकेदारहरू चलनचल्तीका सडकहरूमा दिनदहाडै आवागमनमा अवरोध, बाधा पु¥याउँदै बाँसको ढाट हालेर सडकजाम गर्दै असारे विकासको मजा लिंदै, आमजनतालाई सास्ती दिंदैछन् । यस्तो चलनचल्तीको सडकमा दिउँसो सडकजाम गरेर सर्कस देखाउनुभन्दा राति सुनसानमा काम गरे यिनको बाउको के जान्थ्यो र ?     तर भनिन्छ रातारात यसरी विकास गर्दा जनताले विकास देख्न नपाउने भएकाले दुःख दिंदै धूलो, धूवाँ उडाउँदै दिउँसै काम देखाउ

भुस्याहा कुकुरको आत्मवृतान्त

– विश्व विनोद     हो मलाई यो टोलमा भुस्याहा कुकुर भनेर निकै हेला गर्छन् । अझ ढुङ्गाले हानेर घाइते बनाएको पनि थिए । इमानदार हुनुको कारण विभिन्न महल हुँदै यो सडकसम्मको मेरो यात्रा निकै रोचक हुन सक्छ । गन्ध र सुगन्ध, इमानदारिता र स्वाभिमानको बीचमा रमल्लिएर म यो सडकको चिसोमा कठ्याङ्ग्रिइरहेको छु भने वर्षात्को बेला रूझेर निथ्रक्क हुन्छु । कुरो बुझेर निथ्रुक्क हुनु र पानीमा भिजेर निथ्रुक्क हुनुका दुई फरक परिवेश रहेछ ।     म कता जन्मिएँ थाहा त भएन तर सानोको याद हुँदा म यो टोलको त्यो ठूलो महलमा हुर्केको याद भने छ । अनि हामीलाई इमानदार हुनुपर्छ, वफादार हुनुपर्छ भनेर मेरी आमाले निकै सुनाउँथिन् । यो टोलका धनाढ्य साहुको घरमा मेरो बाल्यकाल बित्दै थियो । एक दिन साहुको घरमा एकजना किशोरी साँझपख साहुनी नभएको बेला सुटुक्क आइन् । मैले चोर भन्ठानेर तिनलाई कराउँदै झम्टिएँ । उत्ति नै बेला ठूलो होहल्लाले घरका सबै सदस्य मूलढोकामैं आइपुगे, त्यतिन्जेल ती किशोरी डरले होला बेहोश भइसकेकी थिइन् । पछि थाहा लाग्यो, उनी त घर मालिककी गर्लफ्रेन्ड पो रहिछिन् । उनका छोरा छोरीले रंगेहात पक्रन नसकेकोमा मैले समात्दा मैले

नयाँ भारदारहरू

Image
कुमार रुपाखेती     राणा शासनकालमा भारदारहरूको निकै चलनचल्ती हुन्थ्यो । तिनले यो धर्तीमा आँखा खोल्नुअघि नै मानपदवीले विभूषित भइसकेका हुन्थे । त्यत्तिखेर राणाशासनको बर्खिलाप गर्ने भाइ भारदारलाई डाँडा कटाइ सजाय दिने चलनसमेत थियो । शाह शासनकालमा समेत दरबारिया नातेदारहरूको बिगबिगी थियो । महेन्द्र राजा हुँदाका बखत उनका भाइ वसुन्धरा र हिमालयको निकै चकचकी थियो । वीरेन्द्र राजा हुँदा ज्ञानेन्द्र र धीरेन्द्रको रवाफ र फुर्ती निकै चर्काे थियो । त्यस बेला पनि ज्यादती गरेको भन्दै दण्डस्वरूप राजकुमार धीरेन्द्रको पगडी खोसेर मुलुक छाड्न बाध्य बनाइएकै हो । यसरी निरङ्कुश राणाशासन र पञ्चायतकालमा समेत आप्mनो खलकलाई माथि उकास्ने र उस्तै परे कडा सजाय दिने कडा नियम थियो । उखान नै थियो– न्याय नपाए गोर्खा जानू । हुनत दक्षिण एशियामैं विरासतमा राजकाज चलाउन पाउने, चलाउन चाहने खलकहरू हावी देखिन्छन् । भारतमा नेहरू परिवार, पाकिस्तानमा जुल्फिकार अलि भुट्टोको परिवार, बङ्गलादेशमा शेख हसिनाको परिवार, भुटानको राजपरिवार र नेपालमा कोइराला परिवार आदि इत्यादि । यदाकदा पूर्वराजा ज्ञानेन्द्रले समेत सत्ताको केन्द्रमा आउने रहर

चियापसल र पसले

Image
विनोद तिमिल्सिना     कुनै घटनाको नालीबेली थाहा पाउन, कसैको बारेमा बाङ्गाटिङ्गा कुरा जान्न, रोग प्रमाणित नगरी जथाभावी औषधि लेखिदिने, घाट नपु¥याउनुपर्ने मसानघाट पु¥याउने डाक्टर पो हुन् कि । कुरा नबुझी कसकहाँ जाने त ? राजनीतिको सौदाबाजीमा खानेनीति हौदा कसेर, सुन्न आउनेलाई भाषण, भन्न आउनेलाई आश्वासन राम्रो होइन । हाम्रो प¥यो भने छानीछानी दिने रासन, कति छन् तेरा जान्न त खसखस लाग्ला । तर जान्ने साधन के ? पत्नी हुँदै बरालिने पोइले अरूको जोई भगाएर ल्यायो । कसले कति लभ गर्दै गयो, छोड्दै गयो । को आधुनिक किचकन्येको जालमा परी हरिकङ्गाल भयो । कुन जँडयाहाले जाँडको सुरमा तारबार लाएको घरबार स्वाहा पा¥यो र कुन थुत्नेले तिनलाई थुतेर आप्mनो घर कति सिंगा¥यो । आउने आशमा, कतिले घरबार पुँmके र तापे जुवा र तासमा । सत्तामा जानकै लागि देश बन्धकी राख्ने खालका कति होलान् ।     कुरा जान्न मनमा कौतुहल जाग्दैमा कहाँ जाने । कोसित कुनै बेला कहाँ कसरी भेट गर्ने । कति झर्केर कुरा गर्लान् । कति फर्केर पनि नहेर्लान् । कति कुरा मात्रै थुत्ने, आप्mनो पेटको एक छेउको भेउसम्म थाहा नदिने चिप्ले होलान् । कति त कुराको भर पर्न न

मीठो क्रान्ति: समय क्रान्ति

Image
मुकुन्द आचार्य     आन्दोलन, बन्द, तोडफोड, आगजनी, लूटपाट, हत्याहिंसाको राम्रो सुन्दर मौसम देखेर प्रतीकलाई पनि क्रान्ति गर्न मन लागेछ । यै मौका हो, चौका हानिहाल्नुपर्‍यो भन्ठानेर प्रतीकले समयक्रान्ति शुरु गर्‍यो ।     तर ठूलठूला आन्दोलनको हुलमुलमा समय क्रान्तिजस्तो फुच्चे क्रान्तिलाई कसैले त्यतिसारो वास्तै नगर्ने भएपछि मेरो मन कुँडियो । सार्‍है माया लागेर आयो । त्यसैले समय क्रान्तिलाई टेवा दिन कलम कुदाउनै पर्‍यो, भन्ठानेर क्यै यसो कोर्दैछु । समय क्रान्तिको जगमा एउटा भए पनि इँट थर्पौ जस्तो लागेर आयो ।     उन्तीस वर्षे दैनिक प्रतीकको जन्मोत्सव १ हेर्दाहेर्दै लक्का जवान, जुँगामूठे पो भइसकेछ प्रतीक त १ तीस वर्ष छुन–छुन लागेकोलाई अर्थोक के भन्नु १     जन्मोत्सवको निम्तो कार्डमा लेखेको थियो– ‘हामी समय क्रान्तिमा छौं । निर्धारित समयभन्दा दस मिनेट बढी मात्र पर्खन्छौं ।’ यो त कैलालीको कफ्र्यूजस्तो भयो ।     म पनि समयमैं निस्कें । एक मन त लागेको थियो, एक घण्टा ढिलो गरी जाउँm । हाम्रो नेपाली समय र संस्कार अनुसार । तर अचेल सबैले धमाधम नेपालीपन छाड्दैछन् । मैले पनि नेपाली समयको माया मारेर समय–क्रान

अनुसन्धान र अवरोध

Image
–कुमार रुपाखेती     कानुनको मातहत रहेर मुलुकभर शान्ति–सुव्यवस्था कायम गर्ने जिम्मा प्रहरीको हो । सरकारले पर्याप्त सुविधा प्रदान गर्न नसके पनि जिल्लाहरूमा प्रहरीले आप्mनै प्रयत्न र बलबुताले भ्याएसम्म शान्ति–सुव्यवस्था कायम गर्न, अपराध न्यूनीकरण गर्न नयाँनयाँ आइडिया प्रयोग गर्दै आएको छ । तर जसरी अपराध र अपराधीहरूको बिगबिगी बढिरहेको छ, त्यसको तुलनामा प्रहरीसँग न साधन छ, न स्रोत, न स्थानीयको सहयोग न सरकारबाट भरथेग । प्रहरीले जे गर्नुछ, आप्mनै स्टाफ र जवानहरूको बलबुता र काबिलियतले गर्नुपर्छ ।     नेपालमा सरकारमा रहेका राजनीतिक दलहरू प्रहरी सुरक्षाकर्मीको पक्षमा र सरकारमा नरहेका– विपक्षी दलहरू प्रहरी–प्रशासनको विपक्षमा उभिने परम्परा नै छ । ‘प्रहरी–प्रशासन मुर्दाबाद’ को नारा लगाएर घुमिरहेको सानोभन्दा सानो जुलुसमा पनि तपाईं विपक्ष्Fी राजनीतिक दलहरूको सहभागिता र स्याल हुइँया सुन्न सक्नुहुन्छ । राजधानीको एउटा प्रहरी कारबाईमा एमालेका गुण्डा ‘चरी’को हत्या हुन्छ र एमालेकै गृहमन्त्रीले मुठभेड भनेर घटना ठण्ढा पारिदिन्छन् । यदि एमाले सरकारमा नभएर विपक्षमा भएको भए वितण्डा नै मच्चिन्थ्यो ।     पञ्चायत

भारत–पाकिस्तान र तूँ तूँ–मैं मैं

Image
–कुमार रुपाखेती     भर्खर म·ल ग्रहमा पुगेको मीठो स्वादलाई पाकिस्तानले अमिलो–टर्रो बनाइदिएको छ । कुरा भारतको हो । दक्षिण एसियाको नाइके भारतलाई पाकिस्तानले मौका–कुमौका चुनौती र टेन्सन दिइरहन्छ । सबै थोकले सबै क्षेत्रमा पाकिस्तान, भारतभन्दा निकै निचा -तल० र कमजोर छ । कहिले धार्मिक क्ष्Fेत्रमा, कतै सार्वजनिकस्थलमा, त कहिले विधानसभा र संसद् भवनसम्म अनि कारगिलसम्म समेत आएर पाकिस्तानले भारतलाई ललकारी रहन्छ, नाक में दम गरिरहन्छ । खिसियाइल बिल्ली खम्बा नोचे भनेभैंm भारत हल्लीखल्ली गर्छ र शान्त बस्छ । पाकिस्तान र भारतबीचको कुकुर–बिरालोको झगडा जवाहरलाल नेहरूको समयदेखि नरेन्द्र मोदीको पालासम्म रूकी रूकी चलिरहेको छ । अहिले त पाकिस्तानले हदै गरिदियो । युद्धविराम उल्लङ्घन गर्दै सीमा क्षेत्रमा भारतीय पक्षको धनजनको निकै क्षति गरिदियो । विश्वशक्ति बन्ने होडमा छु भन्ने भारत आखिरकार पाकिस्तानी मामिलामा किन यति दब्बु देखिन्छ भन्ने प्रश्न आज संसारभरि नै उठ्न थालेको छ । परि आए चीनसँग समेत दो–दो हात करने को तैयार भन्ने भारतीय नेताहरू किन चीनभन्दा निकै कमजोर र लाचार पाकिस्तानीसँग जोरी खोज्नुपर्दा वक्तव्यबाजी

बाबा वामदेव

Image
–कुमार रुपाखेती     पञ्चायतकालमा जोगमेहर श्रेष्ठ, पद्मसुन्दर लावती, प्रजातन्त्रमा खुमबहादुर खड्का र विजय गच्छदारपछि वामदेव गौतम नामुद चल्तापूर्जा गृहमन्त्री मानिन्छन्।     बाप रे बाप, अधिकार दुरुपयोग कसरी गर्नेबारे यिनीहरूसँग थुप्रै नायाब फर्मुलाहरू छन्। गृहका यिनीहरू छक्का होइनन्, एक्का हुन्। ‘चट् मङगनी पट् ब्याह’ अर्थात् यिनको प्रवृत्ति तानाशाही हुने गर्दछ र व्यवहार सनकी।     यिनै वामदेवले ०५२/०५३ सालतिर गृहमन्त्री हुँदा प्रहरी महानिरीक्षक (प्रमनि) अच्युतकृष्ण खरेलको फुली खोस्ने असफल प्रयास गरी चर्चामा आएका थिए । स्मरणीय छ, तत्कालीन समयमा अच्युत कडक प्रमनि मानिन्थे।     अहिले काङ्ग्रेससँग ठूलै घुर्की लगाएपछि विचरा वामदेवले गृहमन्त्रीको पगरी गुथेको जगजाहेर छ। ठूलै नोकझोंकपछि गृह हासिल भएपनि नेपालको राजनैतिक इतिहासमा स्वयम् प्रधानमन्त्रीले अविश्वास र आनाकानी गरेको पहिलो गृहमन्त्री हुन्, वामदेव।     ‘कुनै बखत तेरी आमाले मलाई खोलाको जुठो पानी ख्वाई भनेर अत्तो थापेर एउटा बाघले खोलामा पानी खान आएको एउटा पाठोलाई शिकार बनाएको’ कथा धेरैले सुनेका पढेका होलान् ।     त्यस्तै गृहमन्त्रीको पदवी प

लगन जुर्ला त ?

Image
रामकुमार शर्मा दाहाल     पण्डितजीको पात्रोमा लगन जुरेर मात्र पुग्दैन, जोरीपारीले पनि लगन जुराउन र नजुराउनमा दरो भूमिका खेल्छन् भन्ने कुरा सरल जीवनशैली जिउने जो कोहीलाई थाहा नहुन सक्छ। भाग्यमा भरपर्नेहरू लगन नजुर्दा ‘ललाटमा भावीले जे लेखेको छ, त्यो मात्र पाइन्छ’ भनी चित्त बुझाउँछन्। सामाजिक घुन–पुतलीको चर्तिकलाबाट सरल जीवन जिउनेहरूको जिन्दगीमा कत्तिको कसिङगर थुप्रयाइन्छ, वा मानसिक ऐठन दिइन्छ भन्ने एक दुई छनक प्रस्तुत गर्छु।     छोराको उमेर २६ वर्ष भैसकेपछि वधूको खोजीमा सर्वत्र चहारें, मानौं हराएको वस्तु खोजेझैं। समुदायका पण्डित, नेता, डाक्टर, चित्रकार, शिक्षक, पत्रकार आदि जो कोही पनि वधू–खोजीका सूत्राधार बनाएँ। प्रत्येकलाई आफूभैंm ठानेर मुटुको ढोका खोल्दै अन्तर्मनका कथा–गथेसा सुनाएँ। यसो गरेको पनि ४ वर्ष कटिसकेछ। समय फुत्केको थाहै भएन। अझै लगन नजुरेको हो कि कसो, वधूको अत्तोपत्तो नाईं। तपाईंलाई अब त मनभित्र चिसो पस्यो होला, यो नाथेले बुहारी भित्र्याउन किन सकेन ? पण्डितजीको पात्रोले जुराएको लगन पटक–पटक पल्टो खाँदा म तीन छक परें। लगन नजुर्ने दोष निवारणका लागि शनिवार पिपलको बोटमा पानी चढ

चुनावी दाउपेच

Image
–कुमार रुपाखेती     यसपटकको संविधानसभामा फर्जरी भोट खस्ने सम्भावना एकदमै न्यून छ । विगतभन्दा यसपटक मतदानको प्रतिशत बढ्ने पनि पक्कापक्की छ । दलहरूको ‘घोषणापत्र’मा समेत उही घिसापिटा पुरानै राग अलापिएको छ । धेरै उम्मेदवार र दलहरूसमेतले दोस्रो संविधानसभा निर्वाचनलाई महत्त्व दिनुको साटो गौण बनाएका छन् । चुनाव प्रचारप्रसारमा कुनै नयाँपन छैन, पुरानै परम्परागत तरिका प्रयोग हुँदैछ । कतिपय दल र उम्मेदवारहरूले ‘आचारसंहिता’ पोलेर खाइसके । सम्बन्धित निकाय मस्त निद्रामा छ । थोरबहुत सेना बजारमा मार्चपास गरेका देखिन्छन्, सेना हरकतमा आएपछि स्थानीय प्रहरी प्रशासन ढुक्क देखिन्छन् । निर्वाचनको समय भएकोले कालोबजारियाहरू सक्रिय छन्, बजारमा दान दिने र दान लिनेहरूको बसिबियाँलो चालू छ । तैपनि उम्मेदवारहरू त्रासरहित होइन, त्राससहित ‘दे दे राम दिला दे राम’ भन्दै भोट माग्दैछन् । कुनै बखत राति राति भोट मागिन्थ्यो, आजकल दिउँसै त्यो पनि सुरक्षित भएर घेराबन्दीमा बसेर ‘मलाई मत देऊ’ भन्दैछन् । पुछारमा सबैले संविधान बनाउने भन्दैछन् ।     दल र उम्मेदवारमा आत्मविश्वास र भरोसा नभएकोले यसपटक तपसिलबमोजिम भोट माग्न थालिएको