Posts

Showing posts with the label टाकनटुकन

भित्तेहरूको जगजगी

Image
–कुमार रुपाखेती     एकताका प्रचण्डलाई भित्ते राष्ट्रपति भनेर गिज्याइन्थ्यो । किनकि पहिलो संविधानसभा निर्वाचनताका उनको दलले नेपालको भित्ता–भित्तामा उनलाई नेपालको भावी राष्ट्रपति भन्दै चित्रित गरेको थियो । तर त्यतिखेर सबैभन्दा ठूलो दल भए पनि विपक्षीहरूले उनलाई भित्तामैं पु¥याइदिए, भित्तामैं सीमित पारिदिए । जनयुद्धताका पहाडबाट थुप्रैलाई पलायन गराएका उनलाई त्यतिखेरका प्रधान सेनापतिले प्रधानमन्त्री पदबाटै पलाउन गराएको पनि सबैलाई थाहै छ । अचेल रुक्माङ्गद कटवाल पनि प्रचण्डभैmं समूह निर्माण गरेर हिंडेको देखिन्छ । कहिले आप्mनो प्रचार प्रसारमा किताबै निकाल्छन् आदि इत्यादि । सङ्क्षेपमा भन्ने हो भने प्रचण्डको पहिलो प्रधानमन्त्रीकालको उपलब्धि पनि जनयुद्धताकाको सेना र माओवादी भिडन्त भैm लाग्यो, जसमा सेनाको कमान्डर विजयी भएको र माओवादी कमान्डर हारेकै हो । अझ गहिरिएर हेर्ने हो भने उनको त्यो कार्यकाल टायँटायँ फिस्स अर्थात् खोदा पहाड निकला चुहा प्रतीत भयो ।     अहिले उनी दोस्रोपल्ट प्रधानमन्त्री बनिटोपलेका छन् । सक्नेले हाम्रो मुलुकमा जतिपटक पनि प्रधानमन्त्री बने हुन्छ, कुनै रोकटोक छैन । बेकारमा पगार

ओम शान्ति

Image
–कुमार रुपाखेती     एउटा शिकारीले चरा समात्न ठूलो जाल थापेछ। केही बेरपछि त्यो जालमा अजङ्गका बलिया र ठूला एकै जातका दुई चरा फसेछन्। ठूला चरा जालमा फसेको देखेर शिकारी दङ्ग पर्दै जालतिर बढ्न थाल्यो, यो देखेर जालमा परेको एउटा चराले अर्को चरालाई भन्यो –“हामी बलिया छौं, शिकारी आउनु अघि हामीले एक भएर प्रयत्न ग¥यौं, बल प्रयोग ग¥यौ भने यो जालसहित उडेर जान सक्छौं। दुवैले प्रयत्न गरे र जालसहित उड्न थाले। अनि शिकारी पनि जता चरा उठ्थे, त्यतै पछिपछि दगुर्न थाल्यो। बाटोमा एउटा साधुले शिकारीलाई यसरी हताश हुँदै किन दगुरेको भन्दै रोक्न खोज्दा जालसहित उडिरहेको आप्mनो शिकार (चराहरू)लाई देखायो। अनि साधुले शिकारीलाई सम्झाउँदै भन्यो– “अब व्यर्थ छ प्रयत्न नगर।”     तर ती चराहरूको गुण–अवगुणबारे जानकार शिकारीले भन्यो– “साधु महाराज, मलाई यी चराहरूको स्वभावबारे जानकारी छ। यी घमण्डी जातका चरा हुन्, केही बेरपछि यी तँ ठूलो कि म ठूलो, तँ बुद्धिमान कि म, तँ बलियो कि म भन्दै तँछाडमछाड गर्छन्, झगडा गर्छन्, थाक्छन् अनि भुइँमा पछारिन्छन्।” फेरि चराहरूको पछिपछि दगुर्न थाल्यो। नभन्दै उड्दाउड्दै एउटा चराले अर्कोलाई भन्य

मृत्यु शैयामा संविधान

Image
–कुमार रुपाखेती     संसारकै उत्कृष्ट भन्ने उपाधि पाएको नेपालको संविधान २०७२ कार्यान्वयन हुनुअघि नै संशोधनको नाममा धराशयी हुने अवस्थामा पुगेको छ। संविधानको मूल मर्मविपरीत अङ्गीकृत नागरिकता प्राप्त गर्नेहरूसमेतले मुलुकका सर्वोच्च पदहरूमा बहाल हुने चर्चा–परिचर्चा चल्न थालेपछि मुलुक राष्ट्रवादी र गैरराष्ट्रवादी खेमामा विभाजित भएको प्रतीत हुन थालेको छ। भनिन्छ, मुलुकभर कुल जनसङ्ख्याको झन्डै १० प्रतिशत अर्थात् ३० लाख जति अङ्गीकृत नागरिक छन्। मुलुकका सबै ठूला दलहरू र ९० प्रतिशतभन्दा बढी सभासद्हरूले कर्तल ध्वनिले पारित गरेको नेपालको संविधान २०७२ को कार्यान्वयनमा आखिर अप्ठेरो के छ ?     भनिन्छ, नेपालका राजनीतिक दलहरूमा इच्छाशक्तिको अभाव र लोभीपापी प्रवृत्तिको कारण संविधान २०७२ चलायनमान हुनुअगावै मृत्युशैøयामा पुगेको छ। त्यसो त यो संविधान तोकिएको मितिमा नआओस् भनेर भारतले हरसम्भव प्रयत्न गर्दा समेत त्यतिखेरको नेपाली राजनीतिले त्यसलाई लोप्पा खुवाइदिएको सबैलाई थाहै छ। भनिन्छ, त्यसैको बदलास्वरूप भारतले न खुलेर नेपालको संविधानको समर्थन ग¥यो, न यो सफलतापूर्वक लागू होस् भन्ने चाहना नै राख्यो। उल्टै न

हाय लोकमान ! बाय लोकमान !

Image
–कुमार रुपाखेती     अचेल लोकमानको चर्चाको अगाडि तिहारसमेत फेल भएको छ । हिजो रातो कार्पेट बिछ्याएर लोकमानलाई बाइज्जत नियुक्त गर्नेहरू आज उनलाई बेइज्जत गरेर बर्खास्त गर्न तन, मन र धनले लागेका छन् । भनिन्छ, नेपालका शक्तिशाली राजनीतिक दल र तिनका नेताहरूलाई समेत लोकमानले ठे·ा देखाउन थालेपछि उनीहरू असिनपसिन भई लोकमानको पछि परेका छन् । विषालु सर्पलाई दूध खुवाइ पाल्यो भने यस्तै अवस्था निम्तिन्छ भन्नेहरू पनि छन् ।     लोकमान अख्तियारको नाइके नियुक्त भएपछि उनले यो संस्थालाई मनमौजी किसिमले चलाउन थालेको सबैलाई थाहै छ । ठूलो माछा खोज्ने भन्दै उनले तथानाम गरुन्जेल राजनीतिक दलहरू मौन बसे, रमिते बने ।     जब लोकमानको हात केही इना, चुना र गिनाहरूको गर्दनसम्म पुग्न थाल्यो, जब उनले राजनीतिक दल र तिनका शिखर पुरुषहरूलाई ‘त“भन्दा म के कम’ भन्ने सन्देश दिन थाले, तब नेताहरूले यसलाई चुनौतीको रूपमा लिन बाध्य भए । हाम्रा नेताहरूमा चुनौती स्वीकार गर्ने साहस नै छैन किनकि हाम र भ्mवाम गर्ने मामिलामा लोकमान र नेताहरू ‘तु डाल डाल मैं पात पात’ हुन् । लोकमानको नाम सुनेर चिटचिट पसिना आउने नेताहरू पनि तपाईं हामीले देखे

दशैं उहिले र अहिले

Image
–कुमार रुपाखेती     अचेल चाडपर्वका स्वरूपहरू फेरिंदै गएका छन् । झुलन होस् या होली, दशैं होस् अथवा तिहार, सबैका स्वरूप उहिले र अहिले फरक देखिन्छन् । भर्खरै दशैं बितेकाले म यहा“ दशैंको फेरिंदो स्वरूप र तरिका देखेर छक्क परेको छु ।     अचेल दशैंलाई ‘दुर्गापूजा’ भन्ने चलन चलेको छ । सरस्वतीपूजाभैंm दुर्गापूजाको नाममा चन्दा उठाउने, पन्डाल बनाइ मूर्ति राख्ने, जोडजोडले माइक बजाउने, जथाभावी गीत गाउने र पन्डालमा रातबिरात मदिराप्रेमीहरूको जमघट हुने गरेको देखिन्छ । यस्ता कतिपय पन्डालमा रातका बखत भैंmझगडा आम भएको छ । वीरगंजमा दुर्गाका ठूल्ठूला शक्तिपीठहरू छन् । गहवामाई, बिर्तामाई, विन्ध्यवासिनीमाई, बौधीमाई र राधेमाई जस्ता दुर्गाका शक्तिपीठ हु“दाहु“दै किन पन्डाल र मूर्तिको आवश्यकता प¥यो भनी प्रश्न गर्ने थुप्रै छन् । कतिपय पन्डालहरू सार्वजनिक बाटो छेकेर अस्पताल र विद्यालयअगाडि बनाइएको पाइएको छ । यस्ता पन्डालवालाहरूले बेरोकटोक जथाभावी चन्दा उठाउनु आप्mनो अधिकार ठान्न थालेका छन् । राजनीतिक दलको चन्दा आतड्ढभैंm धर्मको नाममा जोरजबरजस्ती चन्दा उठाउनेहरूप्रति प्रशासन अलिक लचिलो हुने भएकोले यिनको असुली धडल

आलोपालो प्रणाली

Image
–कुमार रुपाखेती     नेपालको इतिहासमा थुप्रै बलिया प्रधानमन्त्रीहरू उदाए र अस्ताए । तर यिनीहरू बस्ने कुर्सी सदा कमजोर नै रह्यो । बलिया प्रधानमन्त्रीहरूले कमजोर कुर्सीमा बसेर कमजोर तरिकाले राजकाल चलाए र खाउँखाउँ–लाउँलाउँ भन्ने बेलामा पदच्युत भए ।     भीमसेन थापादेखि सूर्यबहादुर थापासम्म, कृष्णप्रसाद भट्टराईदेखि मनमोहन अधिकारीसम्म, गिरिजाप्रसाददेखि प्रचण्डसम्म र बाबुराम भट्टराईदेखि केपी ओलीसम्म सबैको हश्र एकैनासको रह्यो ।     भर्खरै मात्र प्रचण्डले छापामार शैलीमा ओलीलाई झ्याप्पै पारिदिए । अब प्रचण्डले पनि जतिसुकै ‘जसोजसो बाहुनबाजे त्यसोत्यसो स्वाहा’ गरे पनि, रोजाइ अनुसार भागबन्डा गरे पनि, ओलीलाई खनेको खाल्डोमा नै पुरिने पक्कापक्की छ । भनिन्छ प्रधानमन्त्रीको कुर्सीमा आगमन अगावै बहिर्गमनको रोडम्याप तयार भइसकेको हुन्छ रे ।     बलियो घोडाले लात हानेर मन नपरेको सवारलाई लडाउँछ भने बलिया प्रधानमन्त्रीहरूलाई कमजोर कुर्सीले एकै झट्कामा लडाइदिन्छ । किस्सा कुर्सीका भनेकै यही हो । बलियो घोडाले लडाएका कमजोर सवारहरू फेरि घोडसवारी गर्न आनाकानी गर्छन् तर कमजोर कुर्सीबाट लडाइएका प्रधानमन्त्रीहरू आलोपालो

त्यो विष्णु कोइराला, यो विष्णु कोइराला

Image
–कुमार रुपाखेती     विष्णु कोइरालाले जनकपुरजस्तो ठाउँमा समेत निकै नाम कमाएका रहेछन् । उनी पहिलोपटक वीरगंज उपमहानगरपालिकामा कार्यकारी अधिकृत भएर आउँदा धेरैले उनमा विमल श्रीवास्तववाला क्षमता देखे ।         नगरपालिकाको आन्तरिक प्रशासन र कर्मचारीयन्त्र चुस्तदुरुस्त बनाए । दरुवा कर्मचारीलाई दुरुस्त पारे । विगतको सफाइप्रेमी कार्यकारी अधिकृत रेश्मीराज पाण्डेभैंm वीरगंजलाई चिटिक्क पारे । उपभोक्ता समितिवाला अघोषित ठेक्कापट्टामा रोक लगाइ टेन्डरबाट ठेक्कापट्टा दिनुपर्ने प्रावधान बनाए । शहरी विकासका लागि मैचिङ फन्डको व्यवस्थासमेत गरे ।     विकासमैत्री, महिलामैत्री, बालबालिकामैत्री वातावरण बनाए । असारे वर्षाले बगाउने दश एमएमको सडके पिचलाई स्तरोन्नति गर्दै २० एमएमको ठोस पिच बनाउन लगाए । दैनिक दिनको तीनपटक मेनरोड र सहायक रोड सफा गर्न लगाउने, बिहान चार बजेदेखि नै जाम नाला र अतिक्रमण हटाउने काम आफ्नै निगरानीमा गराउन थाले । नगरपालिकामा हाजिर गरेर टाप कस्ने कर्मचारीहरूमा १०–५ को नियम लगाए । ठेकेदारले होर्डिङबोर्ड राख्नुपर्ने, हिसाबकिताब पारदर्शी बनाउन लगाए । सुँगुरको खोरजस्तो नपा कार्यालयलाई झकास बनाए

पाइला त्रैमासिक साहित्यिक पत्रिका

Image
–कुमार रुपाखेती     अचेल प्राय: आपराधिक गतिविधिका कारण वीरगंज चर्चामा रहन्छ । दक्षिणी खुला सिमाना अपराधीहरूको निम्ति वरदान र दुवै मुलुकका स्थानीय प्रशासनका लागि अभिशाप बन्दै आएको छ । केही समयअघि भारतीय अपराधीहरूद्वारा सीमा क्षेत्रमा अपहरणमा परेका केडिया परिवारका सदस्य सुरेश केडियाको मुक्तिका खातिर स्थानीय प्रहरी प्रशासनको सक्रिय भूमिकालाई सबैले मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ ।     तर आपराधिक चलखेलका बीच पनि सीमावर्ती शहर वीरगंजका बासिन्दाहरूले राम्रो काम गरेर वीरगंज पर्सालाई धोइपखाली गर्न प्रयत्नशील देखिन्छन् । कुरा ‘पाइला’ त्रैमासिक साहित्यिक पत्रिकाको हो । स्थानीय साहित्यिक पत्रिका ‘सगर’ बन्द भएको करिब करिब एक दशकपछि पाइला नामक त्रैमासिक साहित्यिक पत्रिकाको विमोचन  शनिवार १५ जेठमा गीता मन्दिरको प्रा·णमा भयो । धु्रवचन्द्र गौतम, श्यामप्रसाद शर्मा, स्व. भीम विराग, विमल निभा र धनुषचन्द्र गौतम वीरगंजकै निधि हुन् । यिनीहरूको जन्मथलो पर्साको वीरगंज भएपनि अचेल यिनको कर्मथलो राजधानीको काठमाडौं बनेको छ ।     वर्तमान अवस्थामा वीरगंजमा साहित्यकार र साहित्यिक पत्रिकाको खडेरी नै परेको कसैसँग छिपे

घोडचढी

Image
–कुमार रुपाखेती अचेल थुप्रै धार्मिक कार्यक्रम, वैवाहिक कार्यक्रम र राजनीतिक जुलुसको अघिअघि ठूल्ठूला अरबी नश्लका अश्वहरू (घोडा) दौडाइएका  देखिन्छन् । त्रेतायुगमा रामले अश्वमेघ यज्ञ गर्दा यस्तै घोडा दौडाएका थिए, जसलाई लवकुशले बन्धक बनाएका थिए । अचेल गाडी, मोटरसाइकलको युगमा यसरी किन घोडा दौडाइएका हुन् भनी कौतुहलता जाग्दा मैले एउटा धार्मिक कलशयात्रामा घोडावालालाई सोधें । घोडावालाका मालिकले भने– “यसरी कुनै पनि कार्यक्रममा दुई घण्टा घोडा दौडाएको हामी कम्तीमा दुई हजार लिन्छौं । विवाहमा जन्तीको अघिअघि हिंडेको र राति बास बस्दा २५ सय रुपैयाँ लिन्छौं । बास बस्दा घोडसवारको खाना र घोडाको दाना पनि आयोजकले नै दिनुपर्छ । पर्सा जिल्लामा करिब १२ जनाले ठूल्ठूला यस्ता घोडा पालेका छन् । हामीमध्ये कसैलाई पनि सम्पर्क गर्दा जति घोडा चाहिन्छ, हामी अन्य घोडाचालकलाई खबर गरी घोडा लिएर घोडचढी गर्दै सम्बन्धित कार्यक्रमको शोभा बढाउन पुग्छौं ।” वडा नागरिक मञ्च     स्थानीय निर्वाचन नभएको र वडा समितिहरूले उचित ढ·ले वडाको काम गर्न नसकेकाले नेपाल सरकारले वडाहरूमा वडा नागरिक मञ्च गठन गरेको छ । यस्तै एउटा वडा नागरिक मञ्च

विद्युत् शवदाह भवन

Image
–कुमार रुपाखेती     यही माघ १० गते काठमाडौंको पशुपतिस्थित विद्युत् शवदाह भवनको शिलान्यास नागरिक तथा उड्डयनमन्त्री आनन्द पोखरेललले गरे । श्री पोखरेल पशुपति क्षेत्र विकास समितिको सभापति समेत हुन् । विद्युत् शवदाहगृहमा दुईवटा लाश जलाउने चिम्नी भए तापनि अहिले एउटा मात्र सञ्चालित छ । एउटा लाश खरानी) बन्न ४५ मिनेटदेखि बढीमा एक घण्टा लाग्दो रहेछ । एउटा लाश जलाउने शुल्क रु ३ हजार पर्दोरहेछ । विद्युत् शवदाहगृहमा लाशको अन्तिम संस्कार गर्ने सुविधा, भस्म लिन पाइने, दागबत्ती दिन पाइने तथा अन्य अन्तिम क्रियाकर्म गर्न पाइने सुविधा छ । तर लाशमा यदि पेसमेकर छ भने पेसमेकर हटाउनुपर्ने प्रावधान रहेछ । विद्युत् शवदाह भवनमा दैनिक सरदर ७–८ वटा लाश खरानी बनाइन्छ भने अहिलेसम्म २४ घण्टामा १८ वटा लाशको सद्गत गरेको रेकर्ड रहेछ । विद्युत् शवदाह भवन सञ्चालनमा आएपछि पशुपति क्षेत्र वरपर दूषित वातावरणमा कमी आएको स्थानीयहरू बताउँछन् । विद्युत् शवदाह गृह निर्माण भई सञ्चालनमा आएपछि पशुपतिस्थित आर्यघाट, भस्मेश्वरघाटमा परम्परागत शैलीमा दाउरामा लाश जलाउने क्रम घट्दै गएको छ । विद्युत् शवदाहगृहका कर्मचारी अझै पनि सबै लाश वि

वेटिङ प्राइम मिनिस्टर

Image
–कुमार रुपाखेती     उखान–टुक्का प्रमुख श्री ओली अचेल नेपालको प्रधानमन्त्री हुनुहुन्छ । पार्टीभित्र ज·बहादुर नामले प्रसिद्ध उहाँ अहिले जनतालाई फोस्रो नारा बाँड्न व्यस्त हुनुहुन्छ । अन्य प्रधानमन्त्रीभैंm आफ्नो कुर्सी जोगाउन उहाँ सन्त–महात्माको आशीर्वाद लिन र क्रान्तिकारी झझल्को दिन तल्लीन हुनुहुन्छ ।     पाइपलाइनबाट घरघरमा ग्याँस, विद्युतीय यातायात सेवा, लोडसेडिङ मुक्त नेपाल पछि अब राजधानीमा रेलसेवा सञ्चालनको तानाबाना बुन्न मस्त हुनुहुन्छ । यस्तो हावादारी महावाणी न जनताले पत्याउँछन् न गफास्टकहरूको यस्तो गफले कुर्सी नै दिगो बनाउँछ ।     सबैलाई थाहा छ नेपालका प्रधानमन्त्रीहरूको रवैया ‘जुन जोगी आए पनि कानै चिरेका’सरह हुने गरेको छ । ‘नयाँ जोगीले बढी खरानी धसे’भैंm प्रधानमन्त्रीको कुर्सी उक्लिने बित्तिकै नाना भाँति फलाक्नुलाई उनीहरू आफ्नो विशेषता ठान्दछन् । ओली यो मामिलामा अरूभन्दा अलि बेसी नै बुझिन्छन् । पार्टी सञ्चालन गर्नु र सरकार सञ्चालन गर्नु दुई फरक चीज हो भन्ने कुरा नबुझ्ने ओलीहरूको सङ्ख्या यो मुलुकमा कम छैन । ओली सरकारमा सामेल विभिन्न दलहरूका चरित्र र विगत त्यसै पनि दागमुक्त छैन, ब

नेताको हौसला बुलन्द– आन्दोलन पस्त

Image
–कुमार रुपाखेती     नेपालका राजनीतिक दल र तिनका नेताहरूले नेपाली जनतालाई अझै रैती नै ठानेका छन् । सन्दर्भ मधेस आन्दोलनको हो । मधेस आन्दोलनमा होमिएर दर्जनौंले ज्यान गुमाए, कोही अपा· भए, धेरै थुनामा परे, मुद्दा मुकदमासमेत खेपे । आन्दोलनकै नाममा महँगाई खेपे, अभाव खेपे, असुरक्षा र अशान्तिसमेत सहे । तर ५ महिना नाघ्यो यो आन्दोलनले मधेसवासीलाई के उपलब्धि गरायो त भनेर जोडघटाउ, गुणाभाग गर्ने बखत भएको छ । मेरो विचारमा यत्रो ठूलो त्याग र बलिदान हातमा लाग्यो शून्य भएको छ । किनभने लामो आन्दोलनले थाकेहारेका, पस्त भएका थकित नेताहरू एकाएक चुमु्रक्क परेर, मधेससँग नाता तोडेर सरकारमा रहेकाहरूसँग कुममा कुम जोडेर बसेर रमाउन थालेका छन् । दीपक मनाङेको विशाल लावालस्करसहित काठमाडौंमा स्वागत गरिएका राजेन्द्र महतो मधेस नै नपसी “प्रधानमन्त्री ओलीका बुलावा आया है” भन्दै आगापिछा, दायाँबायाँ नगरी सोझै ओली निवास बालुवाटार खोरमा पसे । यिनै राजेन्द्रले रानी भन्सारमा टाउको फुट्ने गरी कुटाइ खाँदा, ओलीले माफी नमागेसम्म कुनै वार्ता गर्दिनँ भनी मधेसका आन्दोलनकारीहरूलाई बाचा गरेका थिए ।      “क्या हुआ तेरा वादा, वो कसम वो

राजेन्द्र महतो

Image
–कुमार रुपाखेती     जसले जेसुकै अर्थ लगाओस्, अचेल म बिचरो राजेन्द्र महतोलाई सुशील कोइराला, केपी ओली र झलनाथ खनालभन्दा अब्बल दर्जाको ठान्न थालेको छु । कमसेकम महतोले सरकारी खजानाबाट नभई आफ्नै खर्चबाट दिल्लीसम्म पुगेर आफ्नो स्वास्थ्यको चेकजाँच गराए । आफ्नो स्वास्थ्यको चेकजाँच गराउनु अपराध होइन । मधेस आन्दोलनका घाइतेलाई सरकारी कोषबाट उपचार गराउने व्यवस्था भएपनि महतोले सरकारसँग हात थापेनन् । मन्त्री हुँदा जसले पनि अपच हुने गरी हसुर्छ, यसमा उनी पनि अपवाद होइनन् । मौकामा चौका कसले हान्दैन ?     मन्त्री हुँदा एसी गाडी, एसी अफिसमा बस्ने उनी ५ महिने लामो आन्दोलनमा टायरको मुस्लो, धुँवाको बीच कालाम्मै हुँदै धर्ना बसेको सबैले देखेकै हो । एकाएक वातावरण परिवर्तन भई एयरकन्डिसनबाट धुँवाको बीचमा बस्दा स्वास्थ्यमा प्रतिकूल असर पर्छ नै । त्यसमाथि पनि सुरक्षाकर्मीले लाठी बर्साइदिंदा उनको बूढो शरीर लर्खरिने भयो नै । त्यसो त राजेन्द्र महतोको मोटो लगानीमा बल्खुमा एउटा सुविधासम्पन्न अस्पतालसमेत छ । तर पनि नेपाली काइदा सबैलाई फाइदा भन्दै उनी दिल्ली गए । कमसेकम दिल्लीसम्मले त उनी घाइते भएको समाचार पायो । नेपाल

सम्झनामा कृष्णमान माडसाप

Image
–कुमार रुपाखेती     कृष्णमान जोशीको जन्म वि.सं. १९९४ सालमा पाटनमा भएको हो । बाल्यकालमा अभिभावकविहीन भएपछि उनी विरक्तिएर वीरगंज आएका थिए र अन्तिमसम्म वीरगंजकै भएर बसे । उनलाई वीरगंजमा शेरबहादुर भन्ने व्यक्तिले  छोराभैंm पालेर राखेका थिए, त्यतिखेर उनीहरू बिर्ताको कृष्णमन्दिर अगाडिको केशर बहादुर मानन्धरको घरमा बस्दथे, जुन खपडाको घर अहिलेसम्म छ । उनको बाल्यकाल निकै कष्टप्रद थियो । उनको पालनहार शेरबहादुर अलि रक्स्याहा थिए । कृष्णमानले जोशी थर तिनै शेरबहादुरबाट पाएका हुन् । शेरबहादुरलाई धेरैले गुभाजु भनेर समेत चिन्थे तर उनको पूरा नाम शेरबहादुर जोशी हो । कृष्णमान जोशीको वास्तविक थर अमात्य हो । शायद त्यसैले होला कतिपय ठाउँमा उनले कृष्णमान जोशी (अमात्य) लेख्थे । तर उनलाई वीरगंजले कृष्णमान जोशी भनेर चिन्दथ्यो ।     जीविकोपार्जनको आफ्नो प्रारम्भिक कालमा उनी कहिले त्रिजुद्ध हाइस्कूलमा जागिरे त कहिले नेपाल राष्ट्र बैंकमा समेत जागिर गरे । त्यतिखेर नेपाल राष्ट्र बैंकमा उनको तलब तीस रुपियाँ थियो । सधैं बिरामी रहने पत्नी इन्दिरा जोशीको सेवा गर्न तथा ससाना छोराछोरी सुरेश, सुनिताको उचित रेखदेख गर्न र

मितेरी पुल– नायक नहीं खलनायक है तु

Image
–कुमार रुपाखेती     मधेस आन्दोलनको लम्बाइ र चौडाइबारे सबै जानकार छन् । तिहार, छठ पर्वअघिसम्म आन्दोलनको रफ्तार तेज थियो । सीमानाकामा दर्जनौं टयाड्ढर, हजारौं मान्छे पूरै गर्मजोशीका साथ पुग्थे । ‘परिन्दा भी पैर मार नहीं सकता’को अवस्था थियो, मितेरी पुलमा ।     तर केही समययता मितेरीपुलको वातावरण खलबलिएको छ । आन्दोलनकारीको कब्जामा भनी प्रचार गरिने मितेरी पुल अचेल रात ढल्दै गएपछि आक्रमणकारीको कब्जामा पर्न थालेको छ । कुनै बेला गन्ती गर्नै नसक्ने गरी ठेलमठेल आन्दोलनकारी दिनरात धर्ना दिने मितेरी पुल अचेल औंलामा गन्न सकिने उपस्थितिका साथ सम्पन्न भइरहेको छ । झन् रात छिप्पिदै जाँदा कारोबारीहरूले आक्रमण गर्न थालेपछि रातका बखत मधेसवादी स्थानीय नेताहरू समेत त्यता जान डराउन थालेका छन् । तर तामझाम पसन्द केही स्थानीय नेताहरू भने मोबाइलको घन्टी बज्नासाथ ‘हम मितेरी पुलमे बानी’ भन्न चुक्दैनन् । कोही कोही त सञ्चारकर्मी मित्रहरूको सदासयता र दरिलो मित्रताले गर्दा जतासुकै भए तापनि मितेरी पुलमैं उपस्थित रहेको छनक दिन्छन् । जसले गर्दा एक आवाजमा ‘जागते रहे रे, बढ्ते चलो रे’ भन्दै मितेरी पुल पुग्ने कार्यकर्ताहरू

कमजोर सरकार

Image
–कुमार रुपाखेती     हिन्दू राष्ट्रको वकालत गर्ने कमल थापा, सङ्घीयताविरोधी चित्रबहादुर केसी, लुकेछिपे थारू र मधेसको दबेस्वर आवाज उठाउने विजय गच्छदार, नेपालमा सशस्त्र सङ्घर्षको वाहक ए माओवादी, ढुलमुले चरित्रको एमाले र कुनै राजनैतिक दर्शन र आदर्श नभएका साना पार्टीहरू मिलेर वर्तमान सरकारको अनौठो निर्माण भएको हो । सरकार टिकाउन र केहीलाई रिझाउन उपप्रधानमन्त्रीको पद मन्दिरमा पुजारीले भक्तजनलाई प्रसाद बाँडेभैंm बाँडिएको छ । तर पनि यो सरकारलाई अब्बल दर्जाको सरकारको संज्ञा दिनेको कुनै कमी छैन । कुनै जमानामा राजा महेन्द्रले पञ्चायती व्यवस्था टिकाउन अनुदारवादी पञ्चहरूबीच खाँटी काङ्ग्रेसी विश्वबन्धु थापा, परशुनारायण चौधरी र कम्युनिस्ट केशरजंग रायमाझीलाई शासनमा ल्याएका थिए ।     भनिन्छ, त्यतिखेर महेन्द्र राजालाई भारतको आशीर्वाद प्राप्त थियो, त्यही आशीर्वादको बलमा राजाले ‘चित पनि मेरो, पट पनि मेरो’ भन्ने गर्दथे । तर अहिले अवस्था ठीकविपरीत छ । अहिले मधेस आन्दोलनका बखत नेपाल सरकारले भारतीय नाकाबन्दीको धज्जी उडाउन कुनै कसर बाँकी राखेन । प्रधानमन्त्री ओलीले त झन् साइकल चढेर काठमाडौं घुम्ने तर दिल्ली नज

संविधानप्रति प्रतिक्रिया

Image
–कुमार रुपाखेती     हामीले राणाकालीन संविधान हेर्‍यौं जहाँ श्री ३ को मौखिक आदेश नै कानुन थियो, हामीले राजतन्त्रको संविधान हेर्‍यौं जहाँ राजपरिवार संविधानभन्दा माथि थियो, हामीले प्रजातान्त्रिक संविधान हेर्‍यौं जहाँ दल र नेताहरू हावी देखिन्थे।     तर अहिले पारित भएको संविधान –२०७२ नेपालीहरूको २००७ सालदेखिको चाहना हो। अनि यही बहुप्रतीक्षित संविधान नै अहिले चर्चा र विवादको विषय बनेको छ। सरकारवादीहरू भन्दछन् यो जनपक्षीय संविधान आउन नदिन एकातिर राजनैतिक मुखौटा लगाएकाहरू षड्यन्त्र गर्दैछन् भने अर्कोतिर विपक्षीको कुरा सुन्नुहुन्छ भने यो संविधान यस अघिको संविधानभन्दा गइल गुजरल छ रे।     तर जसले जे भने पनि जनताका प्रतिनिधिसमेतले संविधानसभाबाट दुई तिहाईभन्दा बढी मतले, कर्कस ध्वनिले नयाँ संविधान पारित भएको छ। देश–विदेशले श्याबासी दिने क्रम जारी छ। निकै तर्क–वितर्क र विवाद र विभाजन पछि राष्ट्रपतिले असोज ३ गते लालमोहर ठोक्न लागेको यो संविधान सबै नेपालीहरूले एकपल्ट अध्ययन गर्नैपर्ने भएको छ। वर्तमान अवस्थामा मत बाझिएका दलहरूले विगतमा भैंm यो संविधानलाई आफूखुशी व्याख्या–अपव्याख्या गर्ने, समर्थन गराउने

जिस थाली में खाया उसी में छेद

Image
कुमार रुपाखेती     निरङ्कुश राजा महेन्द्रले ‘म मरे पनि मेरो देश बाँचिरहोस्’ भन्ने उद्गार बेलाबेलामा व्यक्त गर्दथे। राजा महेन्द्रको यो भनाइमा व्यक्तिभन्दा मुलुक धेरै ठूलो तथा व्यक्ति मरेर जान्छ तर मुलुक ज्यूँका त्यूँ रहन्छ भन्ने देखिन्छ।     ठूला व्यक्तिहरूका यस्ता उद्गारहरूले आम जनतामा देशभक्ति र राष्ट्रभक्तिको सन्देश प्रवाह हुन्छ। राजतन्त्र नेपालका राजाहरूले बेलाबखत थुप्रै यस्ता उद्गारहरू व्यक्त गरेर जनतालाई झक्झक्याउने काम गर्दथे। तर गणतन्त्र नेपालका राजनैतिक दल र तिनका नेताहरूबाट यस्तो उद्गार बिरलै सुन्न पाइन्छ। अचेल त आफूलाई मुलुकभन्दा ठूलो र सर्वेसर्वा ठान्ने होड चलेको छ। फलाना–फलाना मागको सम्बोधन भएन भने मुलुक टुक्रिन सक्छ भनेर ध्वाँससमेत दिन बेर मान्दैनन् नेताहरू।     गणतन्त्र नेपालका पहिलो उपराष्ट्रपतिले पद खुस्किने भएपछि दौरा सुरुवालको फेद समातेर नेपाली भाषा अपनाए अनि पद बचाए। रक्षामन्त्री हुँदा शरदसिंह भण्डारीको विवादास्पद बयानले उनी पजनीमा परे। अचेल तिनै भण्डारीको साइकल छाप मधेसको हिमायती बन्दै कुर्लन थालेको देख्दा सबै तीनछक्क परेका छन्। सत्ताको लागि प्रचण्ड मधेसवादीहरूला