Posts

Showing posts with the label उपन्यास

जीवनगङ्गा

Image
गताङ्कको बाँकी - रितु गुप्ता मायाले दौडेर मुरलीको हातबाट चक्कू खोसेर फ्याँकिन्, अलिकति हात काटिएको ठाउँलाई आफ्नो हातले छोप्दै, थिच्दै मायाले मुरलीसँग माफी मागिन् । मुरलीको हात छोडेर, मायाले ओमलाई  जोडले बेस्सरी एक  थप्पड गालामा  हिर्काइन् ।     “तलाई बोल्ने तरिका थाहा छैन । आफ्नो पितासँग तैंले यसरी कुरा गर्ने  हो ? यही हो, तेरो संस्कार,” भनेर माया मुरलीसँग माफी माग्न गइन् ।     “मलाई माफ गरिदिनोस् । मैले मेरो  मात्र स्वार्थ हेरें । तपाईंको मात्र दोष हेरें । मैले छुट दिएकोले आज हाम्रो छोरो  यसरी तपाईंको मुख लाग्न, तपाईंलाई  कुशब्द बोल्न सकेको हो । मलाई क्षमा  गरिदिनोस्,” भन्दै माया मुरलीको खुट्टा ढोग्न पुगिन् ।     मायाको मनबाट मुरलीका लागि  रहेका गुनासाहरू समाप्त भएको देखेर ओम सार्‍है खुशी भयो । उसको उद्देश्य पूरा भयो । उसले आमाको थप्पडलाई  आशीषको रूपमा लियो ।     “होइन माया, गल्ती मेरो मात्र थियो । मैले तिम्रो सोझोपनको कदर गर्न सकिनँ । तिम्रो चाहना, इच्छा र भावनाको कहिल्यै कदर गरिनँ । मलाई क्षमा गरिदेऊ । म  मेरा बच्चाहरूको पनि अपराधी हँु । म तिम्रो पनि अपराधी हुँ । म तिम्रो पनि अपरा

जीवनगङ्गा

Image
गताङ्कको बाँकी - रितु गुप्ता “हरे,  जगदीश र बहिनीलाई  लिएर  माथिको कोठामा गएर पाठ बनाऊ, जाऊ यहाँबाट,” दाइको आज्ञा मानेर ती अबोध बालकहरू माथिको कोठामा गएर शान्त  भएर तल ठूलाबडाको बीचमा  चलिरहेको कुरा  सुन्न तम्सिए ।     उता मायाले  आँसुमार्फत् आफ्नो पीडा र दु:ख प्रस्ट्याउन र आफ्नो छोरालाई  आफूमाथि विश्वास दिलाउन दिल खोलेर रुँदै भन्न थालिन,“यो अधर्मीले मेरो र  मेरा बच्चाहरूको जीवन बर्बाद  पारिसक्यो । तिमीलाई र जयलाई मैले  मामाघरमा यस कारणले राखेकी छु कि तिमीहरूमाथि यस राक्षसको छाया  पनि नपरोस् ।”     “कस्तो भाग्य मेरो १ कस्तो न्याय  मसित १ बुबाआमा जिउँदै छँदा टुहुरोभैंm  जीवन बिताउँदै छु । मेरी आमाले मलाई  आफूबाट टाढा राख्ने आँट गर्न सक्छिन् । कस्तो विशाल हृदय उनको । मेरो बुबा  हुँदाहुँदै मलाई अनाथभैंm बुबाको छाया  पनि खोस्न चाहन्छिन् मेरी आमा । कस्तो अनौठो मातृत्व उनको,” ओमले आफ्नो पीडा पोख्यो ।     “होइन बाबु, तैले मेरो कुरो बुझिनछस् । कुन काठकी हृदय भएकी  आमा होली र आफ्नो सन्तानबाट टाढा बस्न चाहने तर तिमै्र भलाइको लागि मन दर्‍हो पारेकी थिएँ,” मायाले सफाइ दिइन् ।     मुरली भने आफूमाथ

जीवनगङ्गा

Image
- रितु गुप्ता     ओम र जयको पनि खुशीको सीमा  थिएन । तर विचरा हरे र लक्ष्मीले  ओम र जयलाई त्यति चिन्दैनथे, त्यसैले  आमाको पछ्यौरा मात्र समातेर उभिरहे । ओमले हरेलाई र  जयले लक्ष्मीलाई  बोकेर म्वाइँ खान  थाल्यो तर ती दुवै  असमञ्जस्यमा थिए । “तपाईं को हो ?” लक्ष्मीले सोधेपछि  ओमले उसको गाला तान्दै भन्छ,“तिम्रो दादा हुँ नि, अरू को ?”     दाजु र माया कोठाभित्र बसेर  कुराकानी गर्दै थिए, बच्चाहरू आँगनमा  खेल्दै थिए । त्यही बेला मुरली, रक्सी  खाएर मस्त भएर आए । ओमलाई  काँखमा लिएर उनले भने,“तँ मसित  नरिसाउनू है बाबु । म तेरो बुबा हुँ । मलाई एकपटक बुबा भन न ।”     रक्सीको गन्धले ओम केही डरायो र काँखबाट ओर्लेर पर भाग्यो । मुरलीले  एकपटक फेरि आफूलाई एक्लो र मोलहीन भेट्टाए । कोठाभित्र गएर  दाजुुलाई नमस्कार भन्दा मुरलीको खुट्टा लड्खडायो । नशामा धुत्त देखेर दाजुले  नमस्कार मात्रै भने । मायाले अनुहार अँध्यारो पारिन् । त्यहाँ आफ्नो कुनै औचित्य नरहेको सम्झी मुरली अर्कै  कोठामा गए ।     “मुरलीजी जस्तो भलामानसले रक्सी खाएको मलाई पचेन,” दाजुले मायालाई भने । शुरूमा मायाले आफ्नो पीडा र आँसु दुवै लुकाउन खोजि

जीवनगङगा

Image
रितु गुप्ता गताङकको बाँकी एकचोटि मायासँग क्षमा माग्ने  निर्णय उनले गरे। भोलिपल्ट बिहानै मुरली तीनैजना सन्तानलाई लिएर मायालाई भेट्न गए। जगु, हरे र लक्ष्मीलाई देखेर माया निकै  खुशी भइन् तर मुरलीलाई उनले वास्ता नै गरिनन्।     मुरलीले अस्पतालमा कुरा गर्नु उचित नठानेर केही पनि बोलेनन्। “तिमीलाई घर लान आएको हुँ,” भनेर मायाको  सरसामान उठाएर मुरली अगाडि हिंड्न थाले। माया र बच्चाहरू पनि पछि–पछि लागे।     बसन्तपुरमा पुग्दा झमक्क साँझ  परिसकेको थियो। माया र बच्चाहरू खुशी–खुशी घरभित्र पसे तर मुरली भने  बरण्डामैं बसेर आत्मग्लानीमा  डुबिरहेका  थिए।     उता आज मुरली घर फर्कनेछन् भन्ने  जानकारी भएकोले लीलावती सरासर  मुरलीको घर आई। मुरलीलाई  बरण्डामा बसेको देखेर नक्कल पार्दै रुन्चे  मुख बनाउँदै बहाना गर्न थाली– “हिजैदेखि  मलाई ज्वरो आइरहेको छ। एक त ज्वरो, कमजोरी, घरको काम, बच्चाहरू   मैले सबै गरेर थाकेपछि भर्खरै केही छिनअघि घर गएको थिएँ। घरमा  बुबालाई पनि सञ्चो छैन।”     लीलावतीको यस्तो झूटो सफाइ सुनेर  मुरलीलाई साहै्र क्रोध आयो। तर उनले  आफ्नै गल्ती र मूर्खताले यस्तो अवसर उसले पाएकी हो भन्ने सोची

जीवनगङगा

Image
गताङकको बाँकी रितु गुप्ता उता गाई पनि भोकले कराइरहेको  थियो। अनि जगुले लक्ष्मीलाई भाइको  ख्याल राख्न भन्यो र आपैंm पानीमंै भिजेर  घरपछाडिको आँगनबाट घाँस उखेलेर  ल्याएर गाईलाई  दियो। जगुले सधैं गरिबनारायणसित बसेर दूध दुहुने  तरिका हेरेको थियो । सकी—नसकी उसले एक लोहटा दूध निकाल्यो अनि लक्ष्मी, हरे र आफ्नो  भोक मेटायो।     साँझसम्म त्यो एक लोहटा दूध तीनैजनाको पेटमा टिक्न सकेन। पुन: भोकले उनीहरूको पेटमा खलबली मचाउन थाल्यो। साँझ झमम्क  परिसकेको थियो। त्यत्रो ठूलो घरमा तीनजना अबोध बालकहरू मात्र थिए। तीनैजना भोकले तड्पिरहेका थिए र अँध्यारोमा डरले त्रसित भएर रोइरहेका  थिए। तीनैजना एकै ठाउँमा एकअर्काको  हात समातेर, एकअर्काको आँसु पुछेर  बसिरहेका थिए।     घरमा एउटा टुकी पनि बलेको  थिएन। त्यो दृश्य यस्तो थियो कि मानौं उनीहरूको जीवनमा जुन अदृश्य  अन्धकार थियो, त्यही बाहिर दृश्यमान  भइरहेको थियो। आकाशमा कड्किरहेको–चम्किरहेको बिजुली, कालो  बादल र निस्पट्ट अँध्यारो घरमा तीनजना  असहाय आमाबुबा भएका टुहुरा बालकहरू मात्र थिए।     रातिको आठ बजिसक्यो। ढोकामा कोही आवाज दिंदै थियो– “लक्ष्मी, हरे, जगदीश.

जीवनगङ्गा

Image
गताङ्कको बाँकी - रितु गुप्ता मुरलीले गाउँको चिकित्सकसँग  सल्लाह गरे । चिकित्सकले नशाको सुई  दिएर राँची लैजानु भनेर सल्लाह दिए । सोही अनुसार मुरलीले गरे पनि । उता  चेतनामा आएपछि  आफू राँचीमा रहेको   थाहा पाएर माया  कराउन थालिन्, रुन  थालिन्, मुरलीको कपाल लुछ्न थालिन् र मुरलीको शरीरमा थुक्न थालिन् ।     मायालाई अस्पतालमा भर्ना गरेर, आफ्नो हृदयमाथि पत्थर राखेर मायालाई  त्यस हालतमा छोडेर मुरली त्यही दिन  बसन्तपुर फर्के । मुरलीले हप्ता दिनसम्म  आफ्ना पाँचैजना बच्चाहरूको स्याहारसुसार आपैंmले गरे । खेतमा पनि  जाँदैनथे । वीरगंज पनि जाँदैनथे । तर  लोग्नेमान्छेलाई कति दिन घरमा बस्न  सम्भव हुन्छ ? उनले गाउँका एकजना  अर्को गरिब, गरिबनारायणकी बुहारी  लीलावतीलाई बच्चाहरू र घरको हेरचाह  गर्ने काममा लगाए ।     उता रक्षाबन्धनको मौका पारेर  मायासित भेट्न उनका दाइ राँची पुगेछन् । हुनत मायाको परिवारमा  रक्षाबन्धन होस् कि दीपावली कुनै पनि पर्वको उमङ्ग थिएन । औंसी होस् कि  पूर्णिमा दुवै बराबर थियो । गाउँका अन्य बच्चाहरू र परिवारले खुशी–खुशी  चाडपर्व मनाएका मुरलीका छोराछोरीहरू लालायित आँखाले टाढाबाट हेरेर

जीवनगङ्गा

Image
गताङ्कको बाँकी - रितु गुप्ता आफूले घर र खेत दुवै ठाउँमा  नभ्याएर मुरलीले एकजना गाउँकी गरिब  समालाई घरको काम र बच्चाहरूको  हेरचाह गर्न राखे । समाले घरको र  बच्चाहरूको ख्याल  राख्थी तर जे भएपनि ती चारैजना आमाबिनाका  टुहुराभैंm थिए । बच्चाहरूको आत्मबल खस्कँदै गयो । उता  माया पनि दिनरात आफ्ना बच्चाहरूको  बारेमा सोचिरहन्थिन् । बेलाबेलामा मुरली  उनलाई भेट्न पनि आउँथे । तर घर  फर्कने अनेक बिन्ती गरे पनि मुरलीले  मायालाई सान्त्वना मात्र दिएर फर्कन्थे । मुरलीले बच्चाहरूलाई खुब माया गर्थे । घरमा मीठो—मीठो खानेकुरा र नयाँ—नयाँ कपडा ल्याइदिन्थे र समालाई पनि  त्यसबाट दिन्थे । यो सोचेर कि उसले  मेरा बच्चाहरूलाई माया गर्ली ।     समय बित्दै गयो । छ महिनापछि मुरली मायालाई लिन राँची गए । चिकित्सकले थप केही औषधि दुई/चार  दिनका लागि लेखिदिए । माया घर फर्कने  कुरा सुनेर सार्‍है खुशी भइन् । खासगरी  आफ्ना बच्चाहरूका लागि ।     घर आउनेबित्तिकै मायाले आफ्ना आँखाका नानी, हृदयका टुक्राहरूलाई  अँगालोमा लिएर विछोडले सल्काएको  विरहको अग्निलाई शीतल पारिन् ।     ती अबोध बालकहरूको अनुहारमा  पनि एक अद्भुत किसिमको मुस

जीवनगङ्गा

Image
- रितु गुप्ता त्यही कुरा सम्झेर उनी आफ्नो र बच्चाहरूको भविष्यप्रति चिन्तित थिइन् । नाता–कुटुम्ब र स्वयम् मायाकी आमाले  जति सम्झाए पनि, अनुरोध गरे पनि उनका पिताले  मानेनन् । तसर्थ  मुरलीसँग यस  विषयमा कुरा गर्नु पनि उनलाई व्यर्थ  लागेको थियो ।     मायाको कुरा सुनेर शान्ति  हड्बडाइन् र मायालाई सान्त्वना दिन  थालिन् । “नरोऊ १ किन यसरी पागल  भएकी ? केही बिग्रेको छैन । मलाई  आफ्नो समस्या प्रस्ट भन । म सकेसम्म  तिम्रो सहायता गर्छु । तिम्रो पीर म देख्न  सक्दिनँ । यो सुनेर मायालाई केही बल  प्राप्त भयो र उनले सबै वृतान्त  शान्तिलाई सुनाइन् ।     सबैकुरा सुनेर शान्तिले भनिन्— “केही दिनअघि आउँदा सबै ठीक थियो । एक्कासि कसरी यो पहाड टुट्यो ।” शान्तिले मायालाई धैर्य धारण गर्न भनिन्  र आफूले मुरलीलाई सम्झाउने बताइन् । धेरै बेरको कुराकानीपछि मायाको मन  पनि केही शान्त देख्न थालेपछि शान्ति  आफ्नो घर फर्किन् ।     मायालाई आश्वासन दिएर गएपछि, कुनै बेला मुरलीलाई देखेर र हालखबर  सोधा—सोध हुँदा पनि गेनहरियाको  बारेमा भने शान्तिको मुखबाट कहिल्यै कुरा फुत्केन । किनभने मुरली त्यस गाउँका  एक प्रतिष्ठित व्यक्ति

जीवनगङ्गा

गताङ्कको बाँकी - रितु गुप्ता रातिको आठ बजिसक्यो । ओम र जय जगुलाई झुलुवामा झुलाएर खेलाउँदै  थिए । माया भन्सामा खाना पकाउँदै  थिइन् । “हैन १ यो गेनहरिया जहाँ गए  पनि बेलुकी समयमा  घर फर्कनुपर्दैन ? हेर  त तिमीलाई खाना  पकाउनुपरिरहेको छ । अब ऊ आए  त्यसको खबर लिन्छु म ।” मायाले एकपटक मुरलीतिर हेरेर भनिन्—“मैले उसलाई घर फर्काइदिएको छु । मलाई चाहिन्नँ सुसारे–फुसारे...।”     यो सुनेर मुरलीले केही बोलेनन् । त्यसै पनि मायाको हालत ठीक थिएन, यस्तोमा उनीसँग बहस गर्नु मुरलीले ठीक  ठानेनन् । त्यसै पनि उनलाई माया  प्राणभन्दा  बढी  प्यारी  थिइन् । मायाको  दु:खित अवस्था देखेर मुरली पनि कम  विचलित थिएनन् ।     पुरुष जातिको स्वभाव र जमिनदारहरूमा मानिएको फेसन र मनोरञ्जनको कारण मात्रै उनी  गेनहरिया वा अन्य कुनै परस्त्रीसँग जिस्कन्थे । अन्यथा उनको प्राण त  मायामा नै बसेको थियो ।     खानपिन गरेपछि सबैजना सुत्न गए । तर आज मायाको आँखामा निद्रा छैन । संसार शान्त भइसक्यो तर मायाको  मनमा उथलपुथल मच्चिरहेको छ ।     मायालाई आफ्नो पतिप्रति अपार  विश्वास, श्रद्धा र माया थियो तर अहिले  त्यो विश्वास टुट्ने अवस्थामा

जीवनगङ्गा

Image
गताङ्कको बाँकी छोरो   पाएको  छैंटो  दिन  आज  छठियार गर्ने  चालन अनुसार  भोजभतेर  तयार गरिंदै  छ । पूजाआजाका  सामानहरू  पनि  जुटाइँदै छ । छठियारको  पूजापछि माछा, भात, सलाद, पापड, चार किसिमका  मिठाइ ख्वाउने  चलन अनुसार  भोजभतेर गरियो । चार गाँउका मानिस  त्यहाँ भोज खान, मुरलीलाई बधाई र  बालकलाई आर्शीवाद दिन आएका थिए । छ दिनको दिनमा छठियारको पूजा गरिए पनि कलवारहरूमा बार्‍ह दिनसम्म जूठो बार्ने चलन छ ।     दिन बित्दै गए । आज १२ दिन पुगेर  नुहाइधुवाइ गरी माया र नयाँ बालक  चोखो भए । आज घरमा मुरलीका कुल पुरोहित तिवारी बाबा आउनुभएको छ । पण्डितजी नयाँ बालकको नामाकरण गर्न  आउनुभएको हो । पात्रो पल्टाएर उहाँले  त्यस बालकको शुभ नाम जगदीश राख्नुभयो । सबैजना खुशी भए । “मेरो  जगदीश” माया र मुरलीले एकैचोटि  भने र मायालु आँखाले बालकतिर  मुस्कुराएर हेरे ।     पण्डित बाजेलाई सम्मानका साथ  भोजन गराइयो र दान–दक्षिणा दिएर, आशीष लिएर बिदाइ गरियो ।     बेलुकी तीनैजना छोराहरूलाई  सुताएर माया बार्‍ह दिनमा घरमा कता  के सामान बिग्ेरछ–भत्केछ हेर्न कोठाहरूमा  पसिन् । चारैतिर सफासुग्घर थियो । कुनै वस्तु पनि बीसबाट उन

जीवनगङ्गा

Image
- रितु गुप्ता ‘गङ्गा’ सुन्ने बित्तिकै मनको  गहिराइमा शान्ति र चोखोपन मिश्रित  छाल उठ्छ । पवित्रताकी पर्याय, संसारका असङ्ख्य पाप, दुष्कर्म र मैला पखाल्दै, सबैलाई चोखो पार्दै आफू पनि शुद्ध  छिन्– गङ्गा ।     पूजाआजा, तीर्थ–धाम, जहाँ पनि प्रयोग हुन्छ, गङ्गाजल । मानिसले पिउन, पाप धुन, नुहाउन र खेतमा अन्नबाली उब्जाउन  पनि नदी भनौं कि देवी गङ्गाको बखान  शब्दमा सम्भव छैन । विद्युत् उत्पादनदेखि  अनेकौं व्यापार र मनोरञ्जनको स्रोत  भएकी गङ्गा माताले आफ्ना  सन्तानहरूमाथि सदैव कृपादृष्टि राख्छिन् । गङ्गा भनेको कुनै ठाउँ विशेषको कुनै नदी विशेष नभएर जलकी देवी, प्राणीकी जीवनधारा, पृथ्वीको ७० प्रतिशतसम्म ओगटेको जलस्रोतका समूहहरूलाई सम्बोधित गरिएको हो ।     गङ्गाले पृथ्वीका सबै प्राणीलाई माया  त गर्छिन् तर रिसाउने बित्तिकै मानिसले गरेका दुष्कर्मको फलस्वरूप उनीहरूलाई  सजाय पनि दिन्छिन् । खेतको उर्बरता  मरूभूमिपनमा बदलिन्छ । मानिस, गाउँ–शहर, देश अझ भनौं संसारै ध्वस्त पार्न  सक्छिन् ।     यही नीतिलाई अपनाएको छ हाम्रो  जीवनले पनि । कहिले हर्षको बन्दुकबाट  चल्दछ गोली त कहिले दु:खको अबिर दलिन्छ शरीरभरि ।