Posts

Showing posts with the label व्यक्तित्व

महान धरोहर मैथिलीका महाकवि विद्यापति

Image
श्रीमन्नारायण     मैथिली भाषाका महाकवि विद्यापतिको जन्म विक्रम संवत् १४०७ मा प्राचीन मिथिला र आधुनिक भारतको बिहार प्रान्तको दरभ·ा जिल्लाको विसफी भन्ने गाउ“मा भएको थियो । कार्तिक धवल (शुक्ल) त्रयोदशीमा उनको जन्म भएको थियो । विद्यापति जन्मेको गाउ“ विसफीमा प्रत्येक वर्ष विद्यापति स्मृति दिवस मनाइन्छ । कवि कोकिल विद्यापतिलाई भारतको बिहार, पश्चिम ब·ाल प्रान्त तथा हाम्रो देश नेपालले पनि आप्mनो देशको राष्ट्रिय विभूतिको रूपमा सम्मान दिंदै आएको छ र धरोहरको रूपमा मान्यता दिएको छ । महाकवि विद्यापतिलाई ब·ालीहरूले पनि आप्mनो कवि मान्दछन् जबकि नेपाली भाषा–साहित्य तथा संस्कृतिमा पनि विद्यापतिको प्रभाव परेकै हो ।     बिहार सरकारले सन् १९६६ देखि नै विद्यापतिको टिकट पनि चलनमा ल्याएको छ । हाम्रँे देशमा पनि विद्यापतिको टिकट  चलनमा केही अघि आएको हो । भारत सरकारले मैथिली भाषालाई त्यहा“को संविधानको आठौं अनुसूचीमा उल्लेख गरी राष्ट्रभाषाको रूपमा मान्यता दिएको छ । हाम्रो देशमा राष्ट्रभाषा नेपालीपछि सर्वाधिक बोलिने दोस्रो भाषाको रूपमा मैथिली भाषाको स्थान अवश्य छ, तर यसले अहिलेसम्म त्यस अनुरूपको राजकीय संरक्षण