Posts

Showing posts with the label सरोकार

प्राचीनकालमा तिलक, गौना र दोङ्गाको महत्व

Image
                राजेश मिश्र कालान्तरमा तिलक दहेजको आवरणमा थिएन। किनभने विवाहलाई धार्मिक अनुष्ठान मानिन्थ्यो। धार्मिक संस्कार अन्तर्गत दुलहालाई विवाहपूर्व तिलक गर्ने परम्परा थियोे। विवाहमा धार्मिक संस्कार, पूजापाठ र लोकपरम्परा आदि उच्च प्राथमिकतामा थिए। बेहुला पक्षलाई पूज्य मान्ने उहिलेको मान्यता अहिले पनि निरन्तर छ। पुरोहित, हजाम र नितान्त आफन्तजनको उपस्थितिमा तिलकोत्सव हुन्थ्यो। एकाध सम्भ्रान्तजनबाट तिलकमा शुरू भएको दहेज प्रदर्शनको सङ्क्रमण समाजमा फैलिंंदै गयो। एकअर्काको अनुसरण हुन थाल्यो। तिलकमा दहेज लिने/दिने मात्र होइन, प्रदर्शनजन्य परम्पराको सुरुआत भयो। तिलकोत्सव बिस्तारै दहेज प्रदर्शनको केन्द्र बन्दै गयो। तामझाम बढ्न थाल्यो। खर्चिलो बन्दै गयो। उच्च भीड र अकुत दाइजो प्राप्तिलाई ‘सामाजिक औकात मापक यन्त्र’ मान्न थालियो। अहिले अस्ताउँदो तिलकको प्रचलन ‘छेका’ र ‘अँगुठी समारोह’ जस्ता नयाँ स्वरूपमा उदीयमान छ। तिलकलाई स्थानीय भाषामा ‘तिल्काउने’ अर्थात् तिलक गर्ने भनिन्छ। मधेसको सन्दर्भमा ‘तिलक’ अति प्रचलित शब्द हो। तिलक के हो ? भन्ने प्रश्नको जिज्ञासामा अपवादबाहेक मस्तिष्कमा दहेज लेनदेनको

बहुआयामिक पर्व–फागु

Image
                    राजेश मिश्र राम खेले होरी, लक्षुमन खेले होरी, लङ्गा में राजा, रावण खेले होरी, फागु पर्वको प्रसिद्ध लोकगीतहरू थुप्रै छन्। जसमध्ये उपरोक्त गीत उनलाई असाध्यै मनपर्छ। उपरोक्त लोकगीतले राम–लक्ष्मण तथा लङ्काधिपति रावणले होली खेलेको प्रसङ्ग व्यक्त गर्दछ। अर्थात् अयोध्यादेखि लङ्कासम्म फागु पर्व मनाइन्थ्यो भन्ने कुरा ज्ञात हुन्छ। उपरोक्त लोकगीत पौराणिककालदेखि नै अस्तित्वमा आएको मान्यता छ। फागु पर्वलाई देहातमा होली, होरी, फगुवा आदि भनिन्छ। ‘फगुवा कहिया बा (होली कहिले हो ?) ?’ जनमानस जान्न आतुर रहन्छ। देहातीजन गाउँका पुरोहितसँग सोध्दछन्। परदेशीजन घरमा फोन गरेर बाआमासँग सोध्छन्। दिन यकीन भइसकेपछि हर्ष यति हुन्छ कि घर जाने मनोकाङ्क्षा तीव्र हुन्छ। उल्टोक्रममा दिन गिन्ती शुरू गर्न थाल्छन्। फागुन मासमा मौसम शान्तिप्रिय महसूस हुन्छ। खेतमा लहलहाउँदो अन्नका बालाहरूले आफूतिर आकर्षित गरिरहेको आभास हुन्छ। नयाँ लताले वृक्षहरू सुशोभित हुन्छन्। ह्दयमा तीक्ष्ण खुशीको भाव उत्पन्न हुन्छ। रङ्गोत्सवको पावन अवसरमा मन प्रफुल्लित हुन्छ। पर्साको पोखरिया–४ का उनी हुन् मदन मिश्र। ७० वर्षीय अवकाशप्राप

जिउँदो इतिहास

Image
राजेश मिश्र     पर्सा जिल्लाको देहातमा रहेको सुहपुर भन्ने गाउँ वीरगंजदेखि पश्चिम–उत्तर कुनामा अवस्थित छ। हुलाकी राजमार्गले देहाती जनजीवनलाई वीरगंजसँग नजीक ल्याएकोले यतिबेला देहात हर्षित छ। वीरगंजदेखि बहुअर्वा–पोखरिया हुँदै सुहपुर करीब २५ किलोमिटर टाढा पर्छ। सुहपुर वीरगंजदेखि बहुअर्वा–माधोपुर हुँदै करीब १९ किलोमिटर टाढा पर्छ। कालान्तरमा देहाती जीवन सडकको दुरवस्था र खोलानालामा पुलको अभावले दुर्गम क्षेत्रको रूपमा विद्यमान थियो। यद्यपि कालान्तरमा राज्यपक्षबाट उपेक्षित देहातको अवस्था थोरै भएपनि हालको दिनमा सुधारोन्मुख भन्नुपर्छ।     सोही क्षेत्रका एक वृद्ध जसले हैजा महामारीदेखि कोरोनाकालसम्म देखेका छन्। ती वृद्धसँग सम्पर्क गराउने व्यक्ति हुन्, सामाजिक अभियन्ता बृजेश्वरप्रसाद चौधरी। उक्त क्षेत्रको यात्राको क्रममा गहुँ र तोरीबालीको मनमोहक दुश्य अवलोकन गर्दै हामी वीरगंजदेखि देहात सुहपुरतर्फ लाग्यौं। १०८ वर्षीय जीतमन दास थारूसँग भेट भयो। दिउँसोको समयमा उनी घरअगाडि घाम ताप्दै थिए। वृद्धसँग संवाद भइरहँदा मोहन साह तेली, सुरेन्द्र ओझैया, भोलाराम थारू, उनका छोरा नागेन्द्रदास थारूलगायतले उत्सुकतापूर्

दहेजको ओतमुनि विलुप्त कानून

Image
राजेश मिश्र वरपक्षः सुनीं, मोटरसाइकल नायाँ चाहीं (सुन्नुस्, मोटरसाइकल नयाँ चाहिन्छ) । वधूपक्षः (दुलहीको मामा अनुनयविनय गर्दै) सुनिना, जाथापाथा बहुत कम बा बहनोई साहेब लगे, तनी रहम करल जाँव (सुन्नुस् न, सम्पत्ति थोरै छ भिनाजुसँग, अलि विचार गर्नुहोस्) । वरपक्षः (वरका फुफाजु चुरोटको धूवाँ मुख र नाकबाट फाल्दै) अपने के पाता बा ? (कन्याको बुबालाई औंला देखाउँदै, रूखो स्वरमा) ऐथी वाला आइल रहलन त का–का देत रलन, ओतना त कह दियाई त अपने सकबे ना करेम (तपाईंलाई थाहा छ ? फलानो आएका थिए त के–के दिन भनेका थिए, त्यति बताइदियो भने त तपाईं सक्दै सक्नुहुन्न) । वधूपक्षः (दुलहीका बुबा गम्छाले अनुहार पुच्छ्दै) सम्धीजी । (लवज अवरूद्ध हुन थालेपछि, भुइँतिर हेर्दै) बच्ची हमर शिक्षित हिं ना सुशील भी बिया । अपने के घर के लायक बिया । कृपा कर के स्वीकार करीं । खातिरदारी में कौनो कमी ना होखे देहेम । (छोरी मेरो शिक्षित मात्र होइन सुशील पनि छिन् । तपाईंको घरको लायक छिन् । कृपया स्वीकार गर्नुहोस् । स्वागतमा कुनै कमी हुन दिने छैन ।) माथि उल्लिखित संवादजस्तै देहातमा दहेजको विषयमा वाद प्रतिवाद हुने गर्दछ । शिक्षित वर्गका पक्

थाहै नदिई सङ्घर्षको परिणामनजीक आइरहेको हुन्छ

Image
राजेश मिश्र “सङ्घर्ष हो जीवन जीवन सङ्घर्ष हो जीवनदेखि थाकेर बस्छु नभन जीवनदेखि हारेर मर्छु नभन।” श्याम तमोटको उपरोक्त गीत सबैले मनन गर्नुपर्छ। जीवनमा सङ्घर्ष गरेर लक्ष्य हासिल गरेका थुप्रै व्यक्तित्व पहिले पनि थिए र आज पनि छन्। कुनै पनि व्यक्ति जीवनमा कति सफल वा असफल हुन्छ भन्ने कुरा ऊ बाल्यावस्था र किशोरावस्थामा कसरी हुर्किएको छ भन्नेमा निर्भर गर्छ। ‘सङ्घर्ष’ शब्दले के जनाउँछ ? यसको भावार्थ अपवादबाहेक सबैलाई अवगत हुनुपर्छ। हो, अठोटसहितको अथक सङ्घर्ष सफलताको संवाहक हो। आज यस स्तम्भमा एक महिलाको सङ्घर्षको कथा प्रस्तुत छ। एक महिलाको लगनशीलता र सङ्घर्षले लक्ष्य हासिल गरेको कथा सबैका लागि प्रेरणादायी हुन सक्छ। विसं २०३८ सालमा बाआमाको दोस्रो सन्तानको रूपमा उनको जन्म रौतहट जिल्लाको वनबहुअरीमा भएको थियो। अहिले उक्त गाउँ रौतहटको चन्द्रपुर नगरपालिका–७ मा पर्छ। बुबा गोविन्द अधिकारी र आमा भैरवी अधिकारी निकै खुशी थिए। पुरोहितसँग छोरीको ग्रहगोचर आदि देखाए। पुरोहित बाजेको सल्लाह अनुसार बाआमाले छोरीको औपचारिक नाम नर्मदा अधिकारी राखिदिए। अहिले उनी ३९ वर्षकी भइन्। उनी बैंकको शाखा प्रबन्धकको जिम्मेवारी

‘लकसी र झाटाहा’को चोट खाइरहेको ‘लोकतन्त्र’

Image
राजेश मिश्र बच्चाः बाबुजी गाछी (रूख)में से एगो रूनी (अम्बा) तुर दीं ना (बुबा रूखबाट एउटा अम्बा टिपिदिनुस् न)। बुबाः देखतार केतना उपर बा, रूक लकसी से तुर दे तानी (हेर न, कति माथि छ। पख ‘लकसी’ ले टिपिदिन्छु)। लकसी सानो भएकोले बुबाको प्रयास विफल भयो। उता बच्चा भने जिद्दी गर्न थाल्यो। रुन कराउन थाल्यो। बच्चाः बाबुजी जैसे भी तुर दीं, नात हम पढे ना जाएम  (बुबा जसरी भएपनि टिपिदिनुस् नत्र म पढ्न जादिनँ)। बुबाः बडी तङ्ग कैलख इ लइका हो (बडो जिद्दी ग–यो यो केटाले त)। रूक झाटाहा से मार के तुर दे तानी (पख ‘झाटाहा’ ले हानेर झारिरहेको छु) बुबाको लामो सङ्घर्षपछि अन्ततः अम्बा भुइँमा झ–यो।    ‘लकसी’ र ‘झाटाहा’ देहातमा रूखबाट फल झार्ने प्रचलित उपक्रम हो। लकसी र झाटाहा भनेको के हो ? विस्तारमा बुझाउने प्रयास गर्दैछु। अग्ला–अग्ला रूखका हाँगामा लटरम्म फलेको आँप र अम्बालगायतका फल हातले टिप्न सकिंदैन। लक्ष्यसम्म हात पुग्दैन। त्यसैले देहातीजनहरू ‘लकसी’को सहयोगले फल टिप्छन्। केटाकेटीहरू ‘झाटाहा’ हानेर फल झार्छन्। बाँसको लामो कोइन (बाँसको हाँगा)मा एकातर्फ सामान्यतया १० वा १२ इन्चको कोइनको टुक्रा तेर्सो पारी डोरील

कोरोना ‘काल’ र कर्तव्य

Image
राजेश मिश्र सीमित शब्दमार्फत कोरोना अवधिभरिको वर्णन साध्य छैन। यद्यपि विपत्ति भोगाइका केही परिदृश्य पस्किने सानो प्रयास गरिएको छ। कोरोनाकालमा अन्य क्षेत्रहरूका साथै सञ्चारजगत् पनि प्रभावित थियो। वीरगंजमा प्रथमतः कोरोना सङ्क्रमित पुष्टि भएपछि जनजीवन निकै तनावग्रस्त भएको थियो। दिल्लीको जमातीबाट नेपाल आएका दुई भारतीय नागरिक र एक नेपालीसहित तीनजना सङ्क्रमित फेला परेपछि वीरगंज त्रसित भयो। त्यति बेला भारतमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको थियो। भारतीय सीमा नजीक भएकोले वीरगंज आसपासका नागरिक भयभीत थिए। यस भेगमा काम गरिरहेका सञ्चारकर्मीहरूको अवस्था अत्यन्तै चुनौतीपूर्ण थियो। जनसमुदाय त्रसित थियो। त्यति बेलासम्म कोरोना महाव्याधिको औषधिको विकास भई नसकेकोेले जनमानसमा त्रास उत्पन्न हुनु अस्वाभाविक थिएन।   वीरगंजमा दुईजना सञ्चारकर्मी सङ्क्रमित भएपछि वातावरण झन् भयभीत भएको थियो। पत्रकारको लागि समाचार सङ्कलन गर्ने काम अत्यन्तै जोखिमयुक्त थियो। विषम परिस्थतिमा सञ्चारक्षेत्रको भूमिका र उत्तरदायित्व अझ थप हुन्छ भन्ने कुरा प्रतीक दैनिकका प्रधानसम्पादक आदरण्ीाय जगदीश (शर्मा) अङ्कल पटक

मधेससँग अन्तरङ्ग सम्बन्ध–पद्मा नेपाल

Image
राजेश मिश्र “आइल साल फुलल गाल, भादो महिनवा उहे हाल” अर्थात् अन्नबाली भिœयाइसकेको केही महीनासम्म मीठोमसिनो खान पाइन्थ्यो। वर्षात्को समयमा खाद्यान्न सकिन्थ्यो। खानाको लागि पुनः समस्या झेल्नुपथ्र्यो। उपरोक्त देहाती कहावत ९० वर्षीया वृद्धाको आवाजमा सुनूँ–सुनूँ जस्तो लाग्छ। मधेसको परिवेशसँग जन्मजात उनको अन्तरङ्ग सम्बन्ध छ। सामुदायिकरूपमा मात्र उनी पहाडी हुन्। पर्सा जिल्लाको देहात उनको जन्मधर्ती हो। ७५ वर्षअघि वीरगंज शहरमा विवाह भयो। जीवनको ९ दशक व्यतीत गरिसकेकी वीरगंज मनपा–२ की उनी हुन्– वृद्धा पद्मा नेपाल। संयोग नै भन्नुपर्छ, वृद्धाको नाम पद्मा नेपाल त हो नै उनको सासूको नाम पनि पद्मा नेपाल थियो। अहिले बुहारीको नाम पनि पद्मा नेपाल नै हो। तीन पुस्तासम्म एउटै नामको निरन्तरता आश्चर्यजनक संयोग भन्नुपर्छ। म बिहान करीब नौ बजे पुगें। मौसम चीसो थियो। उनी सिरकले जीउदेखि अनुहारसम्म छोपेर ओछ्यानमा पल्टिरहेकी थिइन्। निद्रामा थिइनन्। नजीक उभिएर मैले भनें, “आमा प्रणाम, तबियत कैसन बा ? उनले सिरकभित्रैबाट उत्तर फर्काइन्, “खुशी रह, तबियत ठीक बाटे।” यति भन्दै उनले प्रश्न गरिन्, “के ह ? कथि नाम ह ? कहाँ घर ह

महलमा विलासिता र झुपडीमा चोखा–भात

Image
राजेश मिश्र ‘नइखे कुछु त, भात–चोखा बना दीह, सुनलु।’ एक समय थियो, जतिबेला सामान्य नागरिकलाई खानाको लागि भात र चोखा मात्र सम्भव थियो। विगतकालका देहाती जीवनशैलीमा भात र चोखा निर्विकल्प भोजन थियो भन्नुपर्दा कुनै अतिशयोक्ति नहोला। सम्पन्न परिवार वा राज्यका हुकुमाधिराजसँग आबद्ध पात्रजनबाहेक सामान्यवर्गको हैसियतमा थरीथरीका व्यञ्जन, मनोरञ्जन र विलासिता स्वप्न जस्तै थियो। उतिबेला रानीगंज दरबार, कलैया दरबार, सिम्रौनगढलगायत विभिन्न दरबारमा नृत्य र सङ्गीतको धुनमा मदिरापानसँगै राजा, महाराजाहरूको विलासिता उफानमा थियो। अर्कोतर्फ आमजन माटोको घरमा भात र सागपातको चोखा खाइरहेको हुन्थ्यो। अन्ततोगत्वा पुर्खाहरूको अश्रुजनित शापले विलासीजनहरूको पापकर्म ध्वस्त भयो र आज हामी गणतन्त्रात्मक व्यवस्थामा छौं।     जीवनका कैयौं दशक पार गरिसकेका पुरनियाँहरूको विगतकालका तन्त्रको सम्झना ह्दयविदारक नै भन्नुपर्छ। उनीहरूका अनुसार राणाकालीन र शाहीकालीन शासन व्यवस्थाताका राज्यमा हुकुमत चलाइरहेका पात्रहरूले मद्यपान, नृत्य र गीत–सङ्गीतमा रमाइरहेका बेला हाम्रा पुर्खाहरू तरकारीको अभावमा भात र चोखा खाएर जीवन धानिरहेका थिए। गाउँदे

राजनीतिक ‘ब्लैक होल’

Image
राजेश मिश्र ‘सब काम ‘चोखा’ हो गइल’ अर्थात् सबै काम ‘खराब’ भयो। देहातमा खाना वा खाजासँग खाइने आलु वा भण्टाको चोखा स्वादिलो त हुन्छ नै यदि घोन्सारमा पकाएको रहेछ भने त स्वादको कुरा वर्णन गरेर साध्य छैन । कडा परिश्रम गरेर प्राप्त गरेको सफलता आफ्नै गलतीको कारणले असफलता उन्मुख भएको सन्दर्भमा काम ‘चोखा’ भयो भन्ने शब्द देहातमा प्रयोग गर्ने प्रचलन धेरै पुरानो हो । ज्योतिषशास्त्रका अनुसार ग्रहगोचरको अनुकूलता र प्रतिकूलताको प्रभाव मनुष्यमाथि मात्र होइन देशमाथि पनि पर्दछ । ग्रहगोचरकै प्रतिकूलताको असर होला, पार्टीभित्रको किंचलो अन्ततोगत्वा देशलाई आर्थिक भार पर्नेगरी उदीयमान भएको छ । कोरोनाबाट थलिएको देशको अर्थतन्त्र मध्यावधि चुनावले झन् थला पार्ने सम्भावनालाई नकार्न सकिन्न । सत्तापक्षबाट भएको पछिल्लो निर्णय देशहितको सवालमा शिशुकालीन गणतन्त्र ‘चोखा’ भएको छ भन्नुपर्दा कुनै अतिशयोक्ति नहोला । देहाती एक कथा यस प्रकार छ । धोबीसँग एक घोडा र एक गधा थियो । एक दिन धोबीले गधामाथि लुगाको विशाल बोझ लादिदियो । घोडामाथि केही लादेन । गधाले ठूलो भार बोकिरहेको थियो । घोडाले गधालाई भन्यो, बोझमध्ये केही मलाई पनि देऊ

सीमा वारि र पारिका बेहुला–बेहुली चिन्तामा

Image
      राजेश मिश्र “लइका देखे जातानी लोगन का हो काका ?” गाउँका एक अधवैंसे पुरुषले यात्रामा निस्किरहेका पडोसिया (छिमेकी)सँग प्रश्न गरे। पडोसियाको उत्तर थियो, “पिछला साल सब तय हो गइल रहे, लकडाउन के कारण पिछला साल बियाह ना हो सकल, जातानीसन एही महीना में दिन उतारे, कहियाले बेटीके बियाह टारल जाँव ? जेतरे होई कइल जाई।” गाउँदेहातका बुजुर्गहरूको मान्यता अनुसार विवाह तय भइसकेपछि बढी समयसम्म रोक्नुहुँदैन। विवाह नभएसम्म दुवै परिवारको एकापसमा अन्तरङ्ग घुलमिल भएको हुँदैन। एकअर्काको पारिवारिक दुःख–सुख पनि बुझेका हुँदैनन्। वैवाहिक प्रक्रिया टुङ्ग्याइसकेपछि धेरै ढिलो भयो भने विभिन्न प्रकृतिका बाधा–व्यवधान उत्पन्न हुन सक्ने सम्भावना हुन्छ। त्यसैले पुरनियाहरू भन्छन्, “विवाह गर्नेबारे टुङ्गो लागिसकेपछि ढिलो गर्नुहुँदैन।” मधेसमा केटाकेटी ‘देखसुन’को प्रक्रियादेखि लिएर ‘दिन उतार्ने’ काम दीपावलीको तेस्रो दिन मनाइने गोवर्धन पूजा अर्थात् बजडी/भाइटीकाको दिनदेखि प्रारम्भ हुन्छ। यद्यपि वर्तमान समयमा विगतको लोकमान्यता समयको गतिसँगै परिवर्तनशील पनि हुँदै गएको देखिन्छ। पहिले ‘बजडी’को दिनदेखि विवाहको लागि कुरा अघि बढा

९२ वर्षीया आनन्द कुमारीको जीवनयात्रा

Image
      राजेश मिश्र सारे मासको दबदबे हिलो, छि मलाई घिन लाग्यो, छि मलाई घिन लाग्यो, पियारी ज्यानलाई फरिया दिंदा, लौ बिसरिन लाग्यो, लौ बिसरिन लाग्यो होई हो...     ९२ वर्षीया आनन्द कुमारीको स्वरमा उपरोक्त लोकगीत जोकोहीलाई पनि सुनुसुनु जस्तो लाग्छ। उनलाई झ्याउरे गीत खूब मन पर्छ। बूढाबूढी पहिलोपटक हेटौंडामा फिल्म हेर्न गएको याद छ, उनलाई। उनलाई असाध्यै मनपर्ने फिल्ममध्ये ‘कुसुमे रुमाल’ पनि हो। रक्सौल–अमलेखगंज रेलसेवा उनको सम्झनामा छ। आनन्द कुमारीसँग हाम्रो भेट कसरी भयो ? उनीसँग प्रभावित हुनुको कारण के हो ? लगायतका प्रसङ्गहरू यस प्रकार छन्। वीरगंजदेखि सबैभन्दा नजीक पर्नेे पर्यटकीय क्षेत्र ‘हात्तीसार’को अवलोकन भ्रमणमा जाने योजना अनुसार विकाश शर्मा, गम्भीरा सहनी, राजेश मिश्र, राधेश्याम पटेल, धर्मेन्द्र चौरसिया, शेखर छतकुली, सञ्जय जैसवाल, गुरुदेव उपाध्याय, रमेश जैसवाल, दीपक जैसवाल गरी हामी दशजना कात्तिक ८ गते दिउँसो करीब २ बजे वीरगंजबाट हिंड्यौं। करीब एक घण्टाकोे यात्रापश्चात् बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं २१ मा अवस्थित ‘हात्तीसार’ पुग्यौं। हात्तीसारको एक होटलमा दिउँसोको खाजा र