Posts

Showing posts with the label फिचर समाचार

वीरगंज कोरिडोरको अबको समस्या, न्यून पूँजीगत खर्च, महँगो बिजुली, जनशक्ति अभाव र बन्द सीमा

Image
राधेश्याम पटेल/ कोरोना महामारीको कारण चौपट बनेको वीरगंज कोरिडोरका उद्योगहरूले केही महीनायतादेखि पूर्ण गति समात्न थालेका छन्। दशैं–तिहारपछि करीब ५० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका उद्योगहरूले अहिले पनि कोरोनाको असरबाट पूर्ण मुक्ति हासिल गर्न सकेका छैनन्। बजारमा पैसाको अभाव र आम उपभोक्ताको क्रयशक्तिमा आएको –हासका कारण उत्पादित सामानको माग न्यून हुँदा उद्योगले ८० प्रतिशत मात्र उत्पादन गरिरहेका छन्। वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले कोरोना महामारीको असर उद्योग–व्यवसायमा लामो समयसम्म रहने बताएका छन्। उनले भने– “वीरगंज कोरिडोरमा करीब ७ सय ठूला उद्योग छन् भने करीब ३ हजारको हाराहारीमा साना–ठूला उद्योग छन्, सबैमा कोभिडको ९ महीनाको बन्दाबन्दीले नराम्रो असर पारेको छ, चाहेर पनि पहिलेको लयमा फर्कन सकिरहेका छैनन्, अझै तीन महीना लाग्नेछ।” कोरोनाबाट प्रभावित उद्योगहरूमा बढी फलाम, सिमेन्ट उद्योग तथा पर्यटन व्यवसाय रहेको वीरगंजका अर्का उद्योगी तथा निम्बस समूहका अध्यक्ष जगदीश अग्रवाल बताउँछन्। उनका अनुसार कोरोना प्रभावित उद्योगी–व्यवसायीलाई सहुलियत दरमा पुनर्कर्जा उपलब्ध गराउने राष्ट्र

जयपाल सहनी ः निरन्तर समाजसेवाका मौन यात्री

Image
प्रस, गरुडा, १५ कात्तिक/     कोही समाजसेवाको क्षेत्रमा कमै काम गरे पनि सामाजिक सञ्जाल तथा सञ्चारमा भएको पहुँचले चर्चित बन्दछन् तर कोही समाजसेवामा निरन्तर लागिरहे पनि गुमनाम रहन्छन्। यस्तै, समाजसेवाको बाटोमा दशकौंदेखि निरन्तर लागेको भएपनि गुमनाम रहेका पात्र हुन्, रौतहटको गरुडा नगरपालिका–२ गेडहीगुठीका ७६ वर्षीय जयपाल सहनी।     गेडहीगुठी गाउँ पञ्चायत हुँदाको समयमा नै युवाकालमा पञ्च निर्वाचित भएर समाजसेवामा लागेका सहनी दशकौं विद्यालय व्यवस्थापन समितिमा रहेर काम गरेका छन्। जम्मा कक्षा ८ सम्म औपचारिक शिक्षा लिएका सहनी अहिले पनि स्थानीय श्री माध्यमिक विद्यालय गेडहीगुठीका विव्यस सदस्य हुन्।     तत्कालीन विद्यालय सञ्चालक समितिमा अध्यक्ष हुँदा तत्कालीन प्राथमिक विद्यालयलाई उच्च प्राथमिक विद्यालयमा स्तरोन्नति सहनीकै नेतृत्वमा भएको थियो।     जिल्ला सदरमुकाम गौरमा एकमात्र कृषि विकास बैंक रहेको अवस्थामा आफ्नो पहलमा नै कटहरियामा बैंक आएको सहनी दाबी गर्छन्। बैंक कटहरिया ल्याउन आफूले लिखितरूपमा माग गरेको र तत्कालीन कार्यालय प्रमुखले कृषि विकास बैंक कटहरियामा ल्याउँदा आफूसित पनि हस्ताक्षर गराएको गर्वका

यस्तो छ बारामा ‘लकडाउन’

Image
प्रस, पथलैया, १६ चैत/     कोरोनाको सङ्क्रमण पैmलन नदिन सरकारले जारी गरेको ‘लकडाउन’ले बाराका अधिकांश क्षेत्र ठप्पजस्तै छ। जिल्लाको जीतपुरसिमरा, निजगढ, कलैया, परवानीपुरलगायतका क्षेत्रमा छिटपुटबाहेक यातायात, उद्योग, होटल र बजार क्षेत्र बन्द छन्।     अस्पताल, औषधि, तरकारी, डेरी, खाद्यान्नका पसल खुलेका देखिन्छन्। त्यसबाहेक अन्य क्षेत्र सञ्चालनमा आउन नदिन प्रहरी परिचालित छ। निर्णयलाई अटेर गरी खुलेका पसल बन्द गराउन प्रहरीसँगै जनप्रतिनिधि हिंडिरहेका छन् । अत्यावश्यक काम नभई सडकमा गुडेका सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ।      सडकमा झोला बोकेर फाटफुट पैदल यात्रु हिंडिरहेका भेटिन्छन्। लकडाउनले यातायात ठप्प भएपछि सर्वसाधारण पैदलै घर फर्कनेक्रम जारी छ। लकडाउनको अर्थ जहाँ छौ, त्यही बस्नु हो, तर सर्वसाधारणलाई घर पुग्न हतारो देखिन्छ। अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन प्रहरी प्रशासनले अनुरोध गरेपनि काठमाडौंसहित देशका विभिन्न शहरबाट हिंडेर सर्वसाधारण घर फर्किरहेका छन्।     राजमार्गमा एम्बुलेन्स, दमकल, प्रेस, इन्धन, दूध, तरकारी, फोहोर र प्रशासनबाट अनुमतिप्राप्त सवारीसाधन मात्रै सञ्चालनमा

ब्याग उद्यमी यशोदा गजुरेलको सफलताको कथा

Image
विमला गुप्ता, ८ भदौ /     यशोदा ब्याग तथा रेडिमेड उद्योगकी सञ्चालिका यशोदा गजुरेल उद्यमी महिलाका साथै आफ्नो समुदायको लागि एक उदहारणीय पात्र पनि हुन् । अनावश्यक खर्च नगरी बचत गर्ने बानीले उनी आज औद्योगीक नगरी वीरगंजमा उद्यमी महिलाको रूपमा परिचय बनाउन सफल भएकी छन् ।     माइती घर चितवन भएकी यशोदाको १० वर्ष अघि तत्कालीन वीरगंज–१३ मा विवाह भयो । दुई सन्तानकी आमा यशोदा विगत डेढ वर्षदेखि आप्mनै उद्योग सञ्चालन गर्छिन् । स्कूलदेखि कलेज, अफिसलाई चाहिने फाइल, लगेज ब्याग उनको उद्योगमा उत्पादन हुन्छ । गृहिणी महिला भएर सफल उद्यमी बन्न सकेकोमा उनी साह्रै खुशी छिन् ।     घरकी एक्ली बुहारी भएकीले घर खर्चको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा छ । उनका पतिको पनि छुट्टै ब्यागको कारखाना छ । यशोदा गजुरेल भन्छिन्– “सामान्य परिवार भएपनि घरमा खान लाउन कमी थिएन । म पतिको कमाइमा रमाउनुभन्दा आप्mनै कमाइमा रमाउन चाहन्थें”–उनी अगाडि थप्छिन्–“महिला भएर पुरुष सरह केही गर्न चाहन्थें । तर कसरी गर्ने ? बुहारी भएकीले सहज थिएन, फेरि पनि मनमा दृढ विश्वास थियो कि केही गर्छु ।”     यशोदा पतिले दिएको घर खर्चको पैसाबाट जोगाएर थो

जम्दैछ माट्रिका आँखा अस्पताल, फाइदा भन्दा सेवा मुख्य उद्देश्य

Image
प्रस, परवानीपुर, १८ पुस/     भारतीय आँखा रोगीहरूको लागि नेपाल र तराईका जिल्लाका आँखा अस्पतालहरू अवसरको रूपमा छन् । जसका कारण वीरगंजमा पछिल्लो समय चिया पसलजस्तै देखिने भवनमा पनि आँखा उपचार केन्द्र र अस्पताल सञ्चालन भइरहेका छन् । एक दर्जनभन्दा बढी आँखा अस्पतालको भीडभाडमा दुई महीना अघि जन्मेको एउटा अस्पताल छोटो समयमैं लोकप्रियता पाउन थालेको छ ।     त्यो हो, पानीटंकी चोकमैं खुलेको माट्रिका आँखा अस्पताल । माट्रिका आइ फाउन्डेशनद्वारा सञ्चालित उक्त अस्पताल खुलेको दुई महीनामात्र भएको छ, तर बजारमा अन्य आँखा अस्पतालको चासोमा परेको छ । किनभने गुणस्तरीय सेवा र फाइदाभन्दा बढी सामाजिक सेवाका लागि अस्ताल स्थापना भएको बताइएको छ।     अस्पतालले दुई महीनामा करिब साढे चार सय बिरामीमध्ये ३ सयजनाको निश्शुल्क मोतियाबिन्दु शल्यक्रिया गरेको नेत्र अधिकृत महेशसिंह धामीले बताए । काठमाडौंका वकिल तथा व्यवसायीको समूहले यो अस्पताल स्थापना गर्न शुरूमा सहयोग गरेका थिए । लन्दन भिजन क्लिनिकले प्राविधिक उपकरण सहयोग गरेको थियो । विशेषगरी नेपाली र भारतीय रोगीलाई लक्षित गरी अस्पतालले सामाजिक पहिचान बनाउन सञ्चालनमा आएको धाम

ठोरीको जननी र ऐतिहासिक बस्ती ‘शिकारीवास’ सुनसान बन्दै

प्रेम लामा, ठोरी, १२ कात्तिक/     ठोरीको ऐतिहासिक बस्ती ‘शिकारीवास’ सुनसान प्रायः बनेको छ । बस्ती स्थापनादेखि बस्दै आएका समुदायले थातथलो छाडेर हिंड्न थालेपछि अहिले गाउँ खाली बन्दैछ ।     आदिवासी थारू समुदायको बस्ती शिकारीबासमा मानवको निम्ति अति आवश्यक न्यूनतम पूर्वाधारको समेत विकास हुन नसकेपछि उनीहरू विस्थापित हुने क्रम बढेको हो ।     मुलुकमा ठूलै राजनीतिक परिवर्तन भएपनि शिकारीवासले कहिल्यै परिवर्तन महसूस गर्न नपाएको स्थानीय भगन चौधरीले बताए । चौधरी भन्छन्– “स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, बिजुली, सञ्चार, सुरक्षालगायत सेवासुविधा केही पनि पाएका छैनौं । सामान्य ज्वरो आउँदा सिटामोल खोज्न दिनभर लाग्छ ।”     ७ किलोमिटर घना जङ्गल पार गरेर सिटामोल खोज्नुपर्ने अवस्था छ । सिकिस्तै बिरामी परे एम्बुलेन्स पुग्ने बाटो छैन । बिरामीलाई डोकोमा बोकेर अस्पताल पु¥याउने बाध्यता छ । समयमा अस्पताल पु¥याउन नसक्दा यहाँका धेरैले अकालमा ज्यान गुमाउनुपरेको चौधरीको भनाइ छ ।     ठोरी गाउँपालिका–३ शिकारीवास पुग्न वीरगंज–ठोरी हुलाकी सडकखण्डको ब्रह्मनगर र निर्मलबस्तीदेखि उत्तरको घना जङ्गल पार गर्नुपर्छ । ब्रह्मनगर

बजेटबारे वीरगंजवासीको यस्तो छ प्रतिक्रिया

Image
कुन चमत्कार हुन्छ कि जिडिपी ८ प्रतिशतले वृद्धि होला –सहप्राध्यापक इन्दुशेखर मिश्रा (ठाराब क्याम्पस)      जुन किसिमको आशा राखिएको थियो, त्यो बजेटमार्पmत नआएको तर केही सकारात्मक पक्ष पनि बजेटमा समावेश गरिएको छ। बजेटमा नीति नियम कार्यान्वयनको पक्ष एकदमै फितलो रहेकोले कुन यस्तो चमत्कार होला कि कुल गार्हस्थ उत्पादन वृद्धिदर ८ प्रतिशतले वृद्धि हुनेछ। आजको अर्थ मन्त्रालयको प्रतिवेदन अनुसार विकासको वृद्धिदर ५.९ प्रतिशत, कृषिको २ देखि अढाई प्रतिशत, उद्योगको वृद्धिदर ६–७ प्रतिशत र सेवामूलक व्यवसायको वृद्धि १० प्रतिशत रहेको अवस्थामा सरकारले लक्ष्य राखेको जिडिपी ८ प्रतिशतले वृद्धि गर्न कृषिमा ४ प्रतिशत, उद्योगमा १२ प्रतिशत र अन्यमा ८ प्रतिशतले वृद्धि गर्नुपर्ने हुन्छ, जुन अर्थशास्त्रको हिसाबले असम्भव देखिन्छ। त्यस कारण बजेटमा समावेश गरिएका नीति तथा कार्यक्रम सफल हुनेमा विश्वास कम छ।      कार्यक्रम ल्याइएको छ तर कुन काम कसरी र कति समयमा गर्ने भन्नेबारे स्पष्ट व्याख्या नगरिएकोले कार्यान्वयनको पक्ष्F फितलो रहेको अनुमान छ। अर्थमन्त्री डा. खतिवडा एउटा कुशल व्यवस्थापक र प्रशासक भए तापनि उनका कत

कार्यकारी प्रमुखमा महिला नाम ः अप्सरा खत्री

Image
प्रस, परवानीपुर, १८ साउन/     बारा जिल्लामा दुई  उपमहानगरपालिका, ४ नगरपालिका र ९ गाउँपालिका गरी कुल १५ वटा स्थानीय तह छन् । जसमध्ये दुईवटामा कार्यकारी प्रमुख महिला छन् । कलैया उपमहानगरपालिकामा वन्दना झा कार्यकारी अधिकृत छिन् भने परवानीपुर गाउँपालिकामा पछिल्लो लोक सेवा आयोगको शाखा अधिकृत परीक्षा उत्तीर्ण गरी कार्यकारी प्रमुखको जिम्मेवारी पाएकी छिन्, अप्सरा खत्रीले ।     २५ वर्षको उमेरमा कार्यकारी प्रमुखजस्तो जिम्मेवार कुर्सीमा बसेकी अप्सरा खत्रीले प्रतीकसँग गरेको कुराकानीमा कसरी सङ्घर्ष गरी यहाँसम्म पुगिन् बेलिविस्तार सुनाइन् । उनी भन्छिन्–“मधेसी कोटाबाट शाखा अधिकृतमा नाम निस्केकोमा त्यति सन्तुष्टि भएन । मेरो स्थानमा कुनै मधेसी महिलाको नाम निस्केको भए खुशी लाग्ने थियो ।”     पहाडी मूलकी अप्सराले मधेसीसँग बिहे गरेकी हुन् । “पहाडी भएर एक कतिपल्ट कोशिश गरें, नाम निकाल्न सकिनँ । त्यसपछि मधेसी प्रमाणित गराएर आवेदन गरेपछि मधेसी कोटामा नाम निस्कियो”–उनले भनिन् ।     उनका पति बारा जिल्लामैं जिल्ला ट्राफिक कार्यालयमा प्रहरी निरीक्षकको रूपमा कार्यरत छन् । सर्लाही, बलरा गाउँपािलका–४ निवासी दिपेन

डोम बस्तीका १०० भन्दा बढी बालबालिका शिक्षाबाट बञ्चित सरोकारवाला निकायको बेवास्ता

Image
जीतलाल श्रेष्ठ , निजगढ, १ असार/     ‘शिक्षा पाउनु सबै नागरिकको नैसर्गिक अधिकार हो’, ‘शिक्षाबाट कोही बञ्चित नहोऊन्’ — यो राज्यको नारा हो । तर डोम बस्तीमा शिक्षाको ज्योति अहिलेसम्म पुग्न सकेको छैन ।     बाराको सदरमुकाम कलैया उपमहानगरपालिका–४ स्थित रामपुर टोलमा रहेको डोम बस्ती यसैको प्रत्यक्ष उदाहरण हो । जुन बस्ती जिल्ला अदालत बारा, जिल्ला विकास समितिको कार्यालय नजिकै छ । यो बस्ती जिल्ला प्रशासन, जिल्ला शिक्षा कार्यालयभन्दा पनि धेरै टाढा छैन । सदरमुकाम भित्रै रहेको डोम बस्तीका दर्जनौं बालबालिकाहरू शिक्षाको उज्यालो घामबाड वञ्चित हुँदै आउनुमा कसको गैरजिम्मेवारीपना हो । यस बस्तीको दुरवस्थाले सबैको मन दुःखित बनाइरहेको छ ।     जिल्ला विकासको लागि जिम्मेदारजिल्ला विकास समिति, शिक्षाको विकास गर्ने जिल्ला शिक्षा कार्यालय, बस्ती व्यवस्थित गर्ने उपमहानगरपालिका यी सबै सरोकार राख्ने निकायहरूको पनि निगरानी राख्ने जिल्ला प्रशासन कार्यालय, बाराको समेत यस बस्तीमा ध्यान जान सकेको देखिंदैन ।     यस बस्तीमा ५ वर्षदेखि माथि २० वर्षदेखि मुनिका ३०/४० जना बालबालिका, किशोरकिशोरीहरू छन् । यिनीहरू चाहेर पनि

वीरगंजमा भोजपुरी सांस्कृतिक कार्यक्रम गर्न चुनौतीपूर्ण

Image
प्रस, परवानीपुर, २४ कात्तिक/     वीरगंजमा भोजपुरी गीतसङ्गीतको सांस्कृतिक कार्यक्रम गर्न चुनौतीपूर्ण रहेको देखिएको छ।     असुरक्ष्Fाको कारण ठूलाबडा कलाकारहरूलाई वीरगंज बोलाएर कार्यक्रम गर्न समस्या पर्ने गरेको आयोजकहरूले बताएका छन्।     छठको भोलिपल्ट वीरगंजको आदर्शनगरमा यस्तै समस्या देखिएको हो। त्यो दिन सिटी डान्स एकेडेमी वीरगंजले भोजपुरिया तरङ्ग नामक कार्यक्रम आयोजना गरेको थियो, जसमा नेपालका स्थानीय गायक सुनील पण्डित र भारत विहारका भोजपुरी लोकप्रिय गायक रितेश पाण्डेलाई बोलाइएको थियो।     कार्यक्रममा दर्शकहरूले उत्पात नै मचाएको आयोजकले बताएको छ। केही व्यक्तिहरू बेलाबेलामा मञ्चमा गएर भीडभाड गर्ने, फोटो खिचाउने, हात मिलाउने, अँगालो मार्ने जस्ता कार्यले गर्दा सो कार्यक्रम आम दर्शकको लागि बेमज्जा भएको थियो ।     वीरगंजमा भोजपुरी कार्यक्रम आयोजना गर्दा सुरक्ष्Fाको प्रबन्ध नगर्दा आयोजकलाई ठूलो घाटा लाग्ने गरेको छ। उक्त कार्यक्रमको लागि अढाई सय र १ हजार दरका टिकट राखिएका थिए ।     १ हजार भिआईपीको लागि र अढाई सय आम दर्शकको लागि राखिएको टिकटमा अढाई सयका दर्शकहरू कार्यक्रम शुरू भएपछि मञ्चअगाडि

सेनाले खोलेको फास्ट ट्रयाक पुरिंदै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम हल्लामैं सीमित

Image
प्रस, निजगढ, २४ कात्तिक/     तराई—काठमाडौं जोड्ने राष्ट्रिय गौरवको योजना फास्ट ट्रयाक (द्रुतमार्ग) बर्सेनि पुरिंदै गएको छ।     बाराको निजगढस्थित चुरे पहाड हुँदै ललितपुरको खोकना–काठमाडौ निस्कने दु्रतमार्गका अन्य कामलाई सरकारले निरन्तरता नदिंदा सो मार्ग पुरिंदै गएको हो। सरकारले निर्माण प्रक्रियालाई छिट्टै शुरू गर्ने जनाए पनि अन्य बाँकी कार्य नगर्दा राष्ट्रिय गौरवको योजनामध्येको सो फास्ट ट्रयाक अलपत्र बनेको हो।     यसैगरी निजगढमैं बन्ने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको पनि चार किल्ला छुट्याउने कामबाहेकको अन्य काम अघि बढेको छैन। राष्ट्रिय गौरवको योजनामध्ये अन्तर्राष्ट्रिय विमानस्थल पनि छिट्टै शुरू गर्ने सरकारले घोषणा गरेको थियो। मुलुकमा सरकार परिवर्तनसँगै नयाँ प्रधानमन्त्रीले अन्य राष्ट्रिय गौरवका योजनासँगै फास्ट ट्रयाक र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुरा चर्कोसँग उठाउने गर्छन् । तर कामले निरन्तरता भने पाउँदैन। यसअघि पटकपटक संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले अनुगमन गरी सरकारलाई चाँडै निर्माण गर्न निर्देशन दिइसकेको छ।     केही वर्षअघि नेपाली सेना लगाएर द

निजगढमा रैथाने मालभोग केराको एक छत्र राज

Image
प्रस, निजगढ, ११ असोज/     निजगढमा व्यावसायिक केराखेती फस्टाएसँगै डढुवा रोगले सताउन थालेपछि कृषकहरू चिन्तित भएका छन् ।     निजगढ नगरपालिकाको निजगढ, भरतगंजसिगौंल, रतनपुरीमा गरी लगभग ३५० बिघा क्षेत्रफलमा व्यावसायिक केराखेती भइरहेको कृषि सेवा केन्द्र निजगढका कृषि प्राविधिक साधुराम खरेलले जानकारी दिए । अन्य खेतीको तुलनामा केराखेतीबाट बढी आम्दानी र झन्झट कम हुने भएकोले यहाँका कृषकहरू केराखेतीतर्फ आकर्षित भएको उनले बताए ।     प्रति कठ्ठा थोरैमा १५ हजारदेखि २०/२५ हजारसम्म यस खेतीबाट आम्दानी हुने गरेको छ । निजगढमा १५० बिघा, रतनपुरीमा बढीमा १० बिघा र बाँकी क्षेत्रफल भरतगंजसिगौंलमा केराखेती लगाइएको कृषि सेवा केन्द्र निजगढले जनाएको छ । व्यावसायिक केराखेतीले यहाँका कृषकको जीवनस्तर एकदमैं बढेको देखिन्छ । राजनीतिक पार्टीको कार्यक्रम, कुराकानीमा समय व्यतीत गर्नेहरू अहिले केराखेती गर्न भ्याइ नभ्याई छन् । आवश्यकताभन्दा बढी समय अनावश्यक बिताउनुभन्दा आर्थिक उपार्जन, आम्दानीको बाटोमा लगाउनुपर्ने धेरैंले अहिले बुझेका छन् ।     बलौटे, दोमट माटो भएको जग्गामा पनि केराखेतीबाट मनग्य आम्दानी लिन सकिने कृषि सेवा

डोकोबाट जीवन गुजरा गर्दै निर्मलबस्तीका जीतबहादुर

Image
प्रस, ठोरी, ४ असोज/     पिठ्यूँमा झन्डै आधा दर्जन जति डोको । डोको माथि सोलारको प्यानल । हातमा सानो मोबाइल । मोबाइलको ब्याट्री लो हुने बित्तिकै प्यानलबाट आएको तारले मोबाइल चार्ज गर्छन् उनी । यो उनको दैनिकी हो । मोबाइलबाट गीत सुन्नका लागि र ग्राहकको फोन आउँछ कि भनेर मोबाइलको ब्याट्री डाउन हुन नदिन डोकोमा नै सोलारको प्यानल बोकेर हिंड्छन् निर्मलबस्ती–१ रामनगर बस्ने ६० वर्षीय बृद्ध जीतबहादुर दंगाली।     अर्धाङ्गिनी मैनमायालाई पनि डोको बोकाएर दंगाली सँगै हिंड्छन् । ठट्यौली पाराका देखिने दंगाली डोको बेच्न हिंड्ने क्रममै्र पङ्क्तिकारसँग जम्काभेट भयो ठोरी, चोकबजारमा । मेरो समाचार लेख्ने हो र हजूर ? उनले प्रतिप्रश्न तेर्साए । डोको बेचेर हिंड्ने डोकेको पनि के समाचार हुन्छ र हजूर भन्दै पन्छिन खोजे । मैले उनलाई डोकोको भारी बिसाएर केही बोल्न बाध्य पारें ।     दंगालीले मेरो जिज्ञासाको उत्तर ठट्यौली पारामा दिंदै गए । ८ छोरा र ४ छोरीका धनी दंगालीले डोको बेचेरै मासिक रु १५ देखि २० हजार आम्दानी गर्छन् । ८ छोरामध्ये दंगालीका ६ छोरा भारतमा मजदुरी गर्न गएका छन् । उनीहरू आफै कमाउFछन् आफै खर्च गर्छन उनी सुन

गाउँमैं उच्च शिक्षा पाउन थालेपछि छात्राहरूको सङ्ख्या बढ्दै

Image
धर्मेन्द्र चौरसिया     ग्रामीण क्षेत्रमा उच्च मावि तहको  शिक्षा उपलब्ध भएकोले प्रवेशिका परीक्षापछि उच्च मावि अध्ययनमा छात्राहरूको सङ्ख्या बढ्दो छ ।             एक दशकभन्दा बढी समयदेखि जिल्लाको विभिन्न विद्यालयहरूका उमावि तहको अध्ययन हुन थालेपछि ग्रामीण क्षेत्रमा छात्रभन्दा बढी छात्राहरूको सहभागिता बढेको छ । रामदेव कल्वार जिल्ला उच्चाङ्गल उमाविमा अहिले ४५ जना छात्र भर्ना भएका छन् भने उनीहरूभन्दा दोब्बर सङ्ख्यामा  छात्राहरूले नामाकरण गराएका छन् । उमाविले यस वर्ष ७८ जना छात्राहरूले नामाकरण गराइसकेको बताएको छ ।     गत वर्ष ६६ जना छात्र थिए भने ४४ जना छात्रा थिए । सो उमाविको तथ्याङ्ग हेर्दा लामो समयदेखि छात्राहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको पाइन्छ । शुरुमा छात्राहरूको सङ्ख्या न्यून थियो तर यता केही वर्षदेखि छात्राहरूको सङ्ख्या छात्रको तुलना उल्लेखनीयरूपमा  वृद्धि भएको छ ।     पर्सा जिल्लामा अहिले १५ वटा उमावि सञ्चालनमा छ । श्री जनता उमावि पकडिया बडनियारको तथ्याङ्क अनुसार गत वर्ष ४५ छात्रा र ३० छात्र भर्ना भएका थिए भने यसपालि ६० छात्रा र ४० छात्र छन् ।     २०६४ सालदेखि सञ्चालित सो उमाविम

बच्चाको चौतर्फी विकासको लागि बाआमा दुवैको माया आवश्यक

Image
प्रस, परवानीपुर, १८ फागुन/   तराईका अधिकांश समुदायमा प्राय: जसो बच्चालाई हुर्काउने जिम्मेवारी घरको महिलाको काँधमा हुने गर्छ । त्यसैले होला कुनै घरमा पुरुषले बालबालिकाको देखभाल तथा हेरचाह गरिरहेको छ भने समाजमा नौलो मानेर हेरिने गर्छ । वीरगंज –१५ मुर्ली निवासी कमल मानन्धर आफ्नो बच्चाको हेरचाहमा जुटेका एकजना पुरुष पात्र हुन् ।     उनी आफ्नो ६ वर्षीय  छोरो आकृष मानन्धरलाई बेबी चेयरमा राखेर साँझपख डुलाउने गर्छन् । हरेक साँझ घरदेखि करिब ५ सय मिटरको दूरीसम्म  सयर गराउने गरेको कमल बताउँछन् । छोरोलाई साँझको सयर गराउँदै गरेका उनलाई सुरेश आयल स्टोर्स आसपासमा प्राय: देख्न सकिन्छ । बेबीचेयरमा बालक छोरो लिएर हिंडेका उनलाई देख्नेहरू धेरैले अनौठो मानेर हेर्ने गरेको कमलले प्रतीकसँग कुराकानीको क्रममा सुनाए ।             नेपाल प्रहरीमा प्रहरी नायब निरीक्षक पदमा कार्यरत कमल मानन्धरलाई पनि अरूले आफूलाई हेरेको देख्दा शुरुशुरुमा अनौठो लाग्थ्यो तर विस्तारै त्यो हेराइ मन पर्न थालेको छ । अब त उनी छोरोलाई माया गरेको समयमा अरूले देख्दा उनीहरू पनि आफ्नो परिवारमा माया प्रेम स्थापित गर्छन् र यसबाट प्रेरित हुन्छन्

मधेसमा ज्वरो, निमोनिया र झाडापखाला: सतवरिया मृत्युकथाको भित्री पाटो

Image
वीरगन्जबाट २० किलोमिटर पर एउटा गाउँ सतवरियामा दुई महिनायता एउटै वडाका २६ जनाको मृत्यु भयो । सरकारी निकाय जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले ‘ज्वरो आएर’, ‘चिसोले’, ‘निमोनिया भएकोले’ उनीहरूको निधन भएको बतायो । आजको दिनमा कुनै व्यक्तिले मृत्युवरण गर्नुमा यी कारण पर्याप्त छन् ? सतवरिया घटनाको भित्री पाटो : राधेश्याम पटेल, सतवरिया पर्सा  ‘खोज पत्रकारिता केन्द्रका लागि’     वीरगन्जबाट २० किलोमिटर पश्चिममा पर्छ पोखरिया नगरपालिका । गएको वर्ष मात्रै नगरपालिका घोषणा भएको यसको वडा नम्बर ४ मा पछिल्लो दुई महिनामा २६ जनाको मृत्यु भयो । १३ माघमा वीरगन्जका सञ्चारमाध्यमले यो दु:खद घटना बाहिर ल्याए । त्यसको भोलि र पर्सिपल्ट राजधानीका केही सञ्चार माध्यमले यसलाई छिटफुट स्थान दिए ।     घटनास्थल पुग्न कठिन हुने पहाडको कुनै दुर्गम गाउँ होइन, मधेसको त्यो गाउँ, त्यो पनि नगरपालिका । २०७२ मङ्सिर पहिलो सातादेखि र माघ पहिलो सातासम्म दुई महिनामा एउटै वडाका २६ जनाको मृत्यु । कारण जेसुकै भए पनि एउटै वडामा यति ठूलो मानवीय क्षति हुनु सामान्य घटना थिएन । अनि हामी सतवरियाको त्यो बस्तीमा पुगेर खोतल्यौं यस प्रकरणको भित्

प्रतीक्षालयको बस्ती भरतगंजसिगौंल

Image
प्रस, निजगढ, ५ माघ/     प्रतीक्षालयको बस्तीको नामले निजगढ नगरपालिकाको भरतगंजसिगौंललाई चिनिन्छ । यहाँको हरेक टोलमा प्रतीक्षालय बनाइएका छन् । ३ वटा वडामा गरी ठूला साना ६ वटाभन्दा बढी सार्वजनिक प्रतीक्षालय छन् ।     यहाँका बासिन्दाहरू सार्वजनिक सरोकारमा बहस एवं छलफल यही प्रतीक्षालयमा नै गर्छन् । गाउँघरमा भएका विवाद समाधान पनि   सार्वजनिक प्रतीक्षालयमा बसेर गर्ने गरेका छन् । प्रतीक्षालयमा हुने जमघटबाट नै वडा, बस्तीका सार्वजनिक, सामाजिक विषयवस्तु तथा घटनाका बारे स्थानीय धेरैले थाहा पाउने गरेका छन् ।     यहाँ रहेका काठे एवं पक्की  प्रतीक्षालयहरू सिंचाइ कुलो तथा नहरमाथि बनाइएका छन् । जसले गर्दा जग्गाको बचत, हेर्नमा सुन्दर र गर्मीयाममा शीतलसमेत हुने स्थानीयको भनाइ छ ।     बढ्दो मानवबस्तीले जमिनको अभावमा यहाँका प्रतीक्षालय निर्माणस्थलको चयन वैज्ञानिक ढ·बाट गरिएको देखिन्छ ।     चुरे फेदमा रहेको यस बस्तीले भौगोलिक परिचयसमेत बोकेको छ । अधिकांश प्रतीक्षालयमा पङ्खा र केहीमा टेलिभिजनसमेत राखिएका छन् ।     गर्मीमा शीतल हावाका साथ  टेलिभिजनमा प्रसारण हुने विविध कार्यक्रम गाउँलेहरूले सामूहिकरूपम

विद्यालय सञ्चालनतर्फ दलहरू संवेदनशील देखिएनन्

प्रस, वीरगंज, १७ असोज/     विद्यालय शान्ति क्षेत्र घोषणापत्रमा हस्ताक्षर गरेका राजनीतिक दलहरूले आफूले आयोजना गर्ने बन्द, हडतालमा विद्यालय प्रभावित नहुने प्रतिबद्धता जनाए पनि जारी मधेस आन्दोलनमा ५१ दिन लामो बन्द हुँदा पनि विद्यालय सञ्चालनतर्फ आन्दोलनरत मधेसवादी दल अहिलेसम्म संवेदनशील देखिएका छैनन् ।     पर्सामा रहेका १४ भन्दा बढी राजनीतिक दलका स्थानीय अध्यक्ष, नेताहरूले सामूहिकरूपमा हस्ताक्षर गरेको विद्यालय शान्ति क्षेत्र घोषणापत्र विपरीत अहिले ५१ दिनदेखि बन्द विद्यालय सञ्चालनका लागि निजी विद्यालयहरूको स·ठन प्याब्सन पर्सा र एन प्याब्सन पर्साले बन्द विद्यालय सञ्चालनका लागि गरेको पहल सफल हुन सकेको छैन ।     विद्यालय शान्ति क्षेत्र घोषणापत्रमा मधेसवादी दलका स्थानीय अध्यक्ष, नेताहरूले पनि हस्ताक्षर गरेका छन् । तर विद्यालय सञ्चालनतर्फ उनीहरू टसमस भएका छैनन् । थुप्रै वार्ता पहल भए तर आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विद्यालय सञ्चालनतर्फ सकारात्मक नहुँदा वार्ता सफल हुन सकेको छैन ।     मोर्चाका परिचालन समिति संयोजक सरोज यादवले विद्यालय सञ्चालन हुन दिंदा विगतका बन्दहरूमा व्यापक दुरुपय

मोहोरी व्यवस्थित पिकनिकस्थल बन्ने प्रतीक्षामा

Image
जीतलाल श्रेष्ठ, निजगढ, ७ पुस/     आन्तरिक पर्यटन र पिकनिक मनाउन सकिने स्थलको रूपमा परिचित निजगढस्थित मोहोरीमा अहिलेसम्म विकासको उज्यालो पुग्न सकेको छैन । नेपाली वा अङ्ग्रेजी नयाँ वर्षलगायत विभिन्न खुशीयालीसँगै चुनावी जितेपछि पिकनिक खेल्ने समूहको बाक्लै भीड हुने गरे पनि पिकनिकस्थल बनाउन कसैले पहल गरेको छैन ।     उत्तर र दक्षिण चुरे पहाड, पूर्व फास्ट ट्रयाक र पश्चिम बकैया खोलाले घेरिएको खुला फाँट भएको मोहोरी पिकनिक स्थलका लागि सार्‍है उपयुक्त देखिन्छ ।     निजगढ राजमार्गबाट झन्डै ७ किलोमिटर उत्तर र नजिकैको बस्तीबाट दुई किलोमिटर पर १० हेक्टरभन्दा बढी क्षेत्रफल भएको मोहोरी चउरलाई व्यवस्थित गर्ने हो भने पिकनिक मनाउन उत्तम स्थल हुन सक्छ । तराई (मधेस) र काठमाडौं जोड्न उक्त स्थान भएर फास्ट ट्रयाकको बाटो खुलेपछि यस स्थानको महत्त्व झनै बढेको छ । गर्मी याममा बतास चल्ने, नजिकैको लालबकैया खोलामा पौडी खेल्न सकिने, जाडोमा बिहानै घाम लाग्ने र मोबाइल फोनका लागि एनटिसी, एनसेल, स्र्माट, युटिएलको टावर सजिलै टिप्ने भएकोले पनि यो क्षेत्रलाई पिकनिकस्थलको रूपमा विकास गर्न सके निजगढको महत्त्व झनै बढ्ने नेपाल

उपभोक्ता दुर्गन्धित र दूषित पानी पिउन विवश

Image
प्रस, निजगढ, १ पुस/     धारामा वितरण गरिएको खानेपानीमा दूषित पानी आए पनि स्थानीय उपभोक्ता सोही पानी पिउन विवश छन् । अमलेखगंज–४ का झन्डै डेढ दर्जन धारामा दुर्गन्धित दूषित पानी आएको तीन साता बिते पनि खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अमलेखगंजले अहिलेसम्म सुधार नगरेको स्थानीय उपभोक्ताहरूको गुनासो छ ।     उक्त समितिबाट वितरण गरिएको अन्य पाइप लाइनमा सो समस्या नआएको खानेपानी समिति अमलेखगंजले जनाएको छ । ५ सय धारा वितरण भइसके पनि पर्याप्त पानी पुर्‍याउन नसकिने समस्या झेल्दै आएको खानेपानी समितिलाई एक्कासि दुर्गन्धित र दूषित पानी धारामा झर्न थालेपछि समस्या परेको छ । आफ्नै टोल र आफ्नै धारामा दूषित पानी आइरहेको खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अमलेगंजका अध्यक्ष नारायण थापाले स्विकारेका छन् ।     पुरानो पाइप लाइन विस्तार गरी पानी सप्लाई भइरहेकोले पाइपलाइन माथि नैं घर निर्माण भएपछि पाइप फुटेर दूषित पानी मिसिन गएको हुन सक्ने अध्यक्ष थापाको अनुमान छ । खानेपानी समितिले झन्डै १ सय १७ वर्ष अघि देवशमशेर राणाको पालामा निर्माण गरिएको नेपालकै दोस्रो ठूलो खानेपानी ट्ंयाकी प्रयोगमा ल्याई पानी वितरण गर्दै