Posts

Showing posts with the label नारी हस्ताक्षर

स्वादिलो खिचडी

Image
यमुना प्रधानाङ्ग ‘मुना’     साँझ पनि झमक्कै परिसक्यो, कति चाँडै रात पर्छ भने ? छोटो दिनमा त केही गर्नै भ्याउँदैन । खाना पकाउन पनि ढिलो भइसक्यो । के पकाउँ ? अहिले छोरो आयो भने भोक लाग्यो भनेर थाल ठटाउन थाल्छ । छिटोछरितो पनि हुने, आफ्नो पेट पनि ग्याँसले गर्दा भारी भएको छ । आ... खिचडी पकाउँछु ।     आफ्नो पेटको अवस्था हेरेर बनाउँछु त भनें, छोरा, पतिदेव, देवरले खाने हुन् कि होइनन् ? छोरोले नखाए भने भोकभोकै सुत्छ । छोरोको लागि अरू पनि केही खानेकुरा फ्रिजमा छँदैछ, नखाए भने, त्यही दिउँला । पतिदेवलाई पनि खिचडी मन परिहाल्छ । झन् अलिकता घ्यू, मासको दाल राखी पकाएको हुनुपर्छ, मीठो मानेर खानुहुन्छ । तर आज उनको मुड कस्तो छ ? अलि झोकी मान्छे ? अचेल प्रेसर पनि बढेको छ । झोकिन्छन् कि भन्ने डर पनि लाग्छ । देवरले त खाइहाल्नुहुन्छ होला ।  खिचडी नै बनाउँछु । कहिलेकाहीं त पेट हलुका पनि राख्नुपर्छ । भनिन्छ, हप्तामा एक दिन पेट खाली राख्यो भने स्वास्थ्यको लागि राम्रो हुन्छ । पेट खाली राख्न नसके तापनि राति चाहिं हल्का खाना खायो भने स्वस्थ होइन्छ रे भन्छन् । अहिले त चिनी, ग्यास्ट्रिक, प्रेसर नभएको मानिस नै छैन

विकास विज्ञानको

Image
यमुना प्रधानाङ्ग ‘मुना’     विज्ञानले दु्रत गतिमा फड्को मार्दै छ । वैज्ञानिकहरूले जति पनि आविष्कार गरेका छन्, त्यसले हानि–नोक्सानी दुवै हुन्छ । तर त्यसो भन्दैमा कुनै पनि कुरामा कोशिश नै नगर्ने हो भने एउटा बामे सर्न लागेको बच्चा लड्छ भनेर समाइराख्ने, बोकिराख्ने गर्‍यौं भने भोलि गएर त्यो बालक पूर्णरूपले हिंड्डुल गर्न अक्षम  हुन्छ । त्यस्तै वैज्ञानिकहरूले आविष्कार नगरेका भए अहिलेको युग विज्ञानको युग कहलिंदैन्थ्यो । उही बालकजस्तै संसारको पनि अवस्था हुन्थ्यो, गतिहीन ।  कुनै पनि चीजको सही उपयोग गरेमा, यसले हामीलाई हानिभन्दा धेरै फाइदा दिन्छ ।     विज्ञानको विकासको लाभ उठाउने सञ्चारमाध्यम पनि एक हो । सञ्चारमाध्यम भन्नाले टेलिफोन, मोबाइल तथा नेटवर्किङबारे भन्दैछु । केही वर्ष पहिले अहिलेको जस्तो मोबाइलको जमाना थिएन । शनिवारको दिन आफन्तहरूसँग कुरा गर्न  दूरसञ्चार कार्यालयमा फोन गर्ने ग्राहकहरूको लामो लाइन हुन्थ्यो । दूरसञ्चारको व्यवस्था  सुगम ठाउँमा मात्र थियो । त्यो पनि कुरा प्रस्टसँग बुझिने हुन्थेन । अत्यन्त जरुरी खबर आदानप्रदानका लागि आकाशवाणीको नै भर पर्नुपर्दथ्यो । अझै पनि मेरो मानसपटमा स

समान अवसर र समानताको खाँचो छ महिला पत्रकारलाई

- सावित्रा सुवेदी समय परिवर्तनशील छ । समयको गतिजस्तै परिवर्तनशील छ, मानवजीवन । जीवनलाई गतिशील, प्रगतिशील बनाउन परिवर्तन अत्यावश्यक छ । परिवर्तनका लागि सूचना र सञ्चारको भूमिका उल्लेखनीय हुन्छ । सूचना र सञ्चारबिना मानवजीवनको कल्पना पनि गर्न सकिंदैन । सूचना प्रयोग गरेर मानिसको सामाजिक, आर्थिक र भौतिक स्तर उकास्न आमसञ्चारको रूपमा पत्रकारिताले सशक्त भूमिका खेलेको छ ।     संसार सञ्चारले गर्दा परिवर्तनशील भएको छ । देशविदेशमा घटेका घटना, खबर क्षणभरमैं हेर्न, सुन्न, देख्न र पढ्न पाइन्छ । सञ्चारले गर्दा विश्व गाउँजस्तै बनेको छ । मानिसले आफ्नै घरभित्र बसेर सारा संसार छर्ल·ै हेर्न र नियाल्न पाइरहेका छन् । सञ्चारले गर्दा मान्छेले हरेक क्षणमा नयाँ खोजतलाश, अनुसन्धान तथा सूचना पाइरहेका छन् । सञ्चार क्षेत्रको परिवर्तनसँगै सञ्चारकर्मीमा समेत अत्यधिक मात्रामा परिवर्तन आएको छ । तर पनि सञ्चार क्षेत्रमा लागिपरेका महिलाप्रति लै·िक समानता हुन सकेको छैन ।     दिन प्रतिदिन सञ्चारको महत्त्व बढ्दै गएको अवस्थामा सञ्चारकर्मीहरूको पेशागत र भौतिक सुरक्षाको अवस्था अझै पनि चिन्ताजनक नै छ । त्यसमा पनि यसको बढी प्रभाव