Posts

Showing posts with the label सन्दर्भ: रमजान पर्व

रोजा

–हलीम अन्सारी  रोजा (व्रत)लाई अरबी भाषामा शौभ र उदूर् भाषामा रोजा र संस्कृत र हिन्दीमा उपवास भनिन्छ । यो धु्रवसत्य हो, रोजा अल्लाहको हुकुम आदेश हो । इस्लाम धर्म मान्नेहरूले रोजालाई अनिवार्यरूपले गर्छन् । इस्लाम धर्म ५ बुँदामा आधारित छ– (क) इमान (ख) नेमाज (ग) रोजा (घ) हज (ङ) जकात ।     यी बुँदामध्ये एक बुँदा रोजा हो । रोजालाई रहमतको महिना भन्ने गरिन्छ । यो ईश्वरबाट प्राप्त भएको उपहार, इनाम वा सौगात हो ।     यो रोजा हामीलाई मात्र पाएको होइन । रोजा सबैभन्दा पहिले आएको पुरुष आदम (मनु) माथि पनि अनिवार्य थियो, त्यस्तै अरूनबी र रसुलका उम्मतहरूमाथि पनि फर्ज थियो । जस्तै– नू एलै., इब्राहिम एलै. मुसा एलै. अर्थात् एक लाख चौबीस हजार कमोबेस नबी  र नबीका उम्मत (भक्तजन)माथि फर्ज अनिवार्य थियो ।     रोजा यस्तो इबादत (पूजा) हो, जुन अल्लाह (ईश्वर)लाई सबैभन्दा प्यारो छ । अरू पूजाको फल फरिश्ता अर्थात् (देवदूत)हरूले दिन्छन् तर रोजाको फल स्वयं ईश्वर (अल्लाह)ले दिन्छन् ।     यस रोजाको धेरै नै विशेषता छन् । १) हजुर मोहम्मद स. अ.स. ले भन्नुभएको छ– “साबरन (सोबरातवाला महिना) मेरो महिना हो र रमजान ईश्वर (अल्लाह)