Posts

Showing posts with the label सन्दर्भ भानुजयन्ती

भानुभक्तको बिन्तीपत्र

प्रस्तुतकर्ता उमाशङकर द्विवेदी ‘दधीचि’     नेपाली भाषामा कविताको सुरुआत गर्ने कविहरू इन्दिरस, विद्यारण्य केशरी, वसन्त कवि, वीरशाली पन्त आदिका नाम नेपाली साहित्यको इतिहासमा देखिए पनि वास्तविक नेपाली कविताको सुरुआत भानुभक्त आचार्यबाट नै भएको हो भन्ने कुरा नेपाली विद्वान्हरूको मान्यता छ। कविका काव्यमा हुनुपर्ने मुख्य गुण तीन छन् लालित्य, सरलता र विचारको मौलिकता। भानुभक्तको रामायण अध्यात्म रामायणको (संस्कृतबाट नेपाली) अनुवाद भएको हुनाले त्यसमा मौलिकता कम पाइन्छ तापनि यिनको ‘रामायण’ काव्यको लक्षणले भरिएको हुनाले नेपाली भाषाको आदिकविको गरिमामय पगरी भानुभक्तलाई नै गुंतेर नेपाली विद्वान्हरूद्वारा यिनलाई आदिकविको भद्रासनमा विराजमान गराइएको छ।     भानुभक्त आदिकवि मात्र नभई आशुकवि पनि थिए। रामायण, बधू शिक्षा, प्रश्नोत्तरी, रामगीताबाहेक उनका थुप्रै फुटकर कविता पनि छन्। धर्मपत्नी हाँसेकोमा, मित्रको अनुपस्थितिमा मित्रकी घरबूढीद्वारा घरमा बास न दिएकोमा, निस्तै मकै भुटेर थालमा पस्किदिएकोमा, मित्रपुत्रले शिष्टाचार न देखाएकोमा उनको कलमबाट तत्काल स्वस्फूर्त कविता फुरेको देखिन्छ। त्यति बेलाको सरकारी कामक