Posts

Showing posts with the label सन्दर्भ: बाल दिवस

औपचारिकता

– समीर पाख्रिन     वीरगंजस्थित एक गैससले बाल दिवसको उपलक्ष्य पारेर बर्सेनि कार्यक्रम आयोजन गर्दै आएको थियो । विगत केही वर्षदेखि लगातार आर्थिक सहयोग उपलब्ध गराउँदै आएका स्वीस दम्पत्ति यस पल्टको कार्यक्रमका मुख्य अतिथि थिए । कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, सरकारी निकायका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू र विभिन्न बाल क्लबका भाइबहिनीहरूको बाक्लो उपस्थिति थियो । कार्यक्रममा अतिथिहरूले बाल अधिकार, नेपालमा बालबालिकाहरूको अवस्था, शिक्षा, पोषण आदि विषयमा सारगर्भित मन्तव्य व्यक्त गरेका थिए । मन्तव्य कार्यक्रम सकेलगत्तै शैक्षिक प्रगति, चित्रकला, हस्तकला, साहित्य, गायन, अभिनय, नृत्य क्षेत्रमा अब्बल दर्जाका बाल क्लबका भाइ बहिनीहरूलाई प्रमुख अतिथिद्वयको बाहुलीबाट पुरस्कार वितरण गरिएको थियो । पुरस्कार वितरणपछि प्रमुख अतिथि स्वीस दम्पत्तिले बालबालिकाले बनाएको हस्तकला, चित्रकला, लोकनृत्य अवलोकन गरेर खुशी व्यक्त गरेका थिए । पुरस्कार वितरणपछि चियापान कार्यक्रम रहेको थियो तर यतिञ्जेल सभाहलमा चियापानको ठेक्का लिएका व्यक्ति (होटल साहु) चियानास्ता लिएर आइ नपुगेकाले अतिथिहरू परस्पर कुराकानी गर्नम

बालविवाह बाल अधिकारविरुद्धको हिंसा

- मञ्जु श्रेष्ठ (विद्यावारिधि)     बालविवाह बाल अधिकारविरुद्धको हिंसा हो । बालविवाह मानव अधिकार हननको एउटा प्रबल कारक तत्त्व हो । विश्वमा आज पनि कतिपय बालबालिका वालविवाहबाट पीडित छन् । यस्ता विवाहबाट शारीरिक तथा मानसिक प्रभाव परेको हुन्छ । केन्द्रीय तथ्याङ्क विभागको आधारमा सम्पूर्ण जनसङ्ख्याको ४७ प्रतिशतको विवाह १५–१९ वर्ष सम्ममा भएको छ । १५–१९ वर्ष समूह अन्तर्गत ५५.५ प्रतिशत् र ३० वर्षपछि विवाह गर्ने १ प्रतिशत महिला छन् । यु.एन.को रिर्पोट र केन्द्रीय तथ्याङ्क विभाग अनुसार नेपालमा वालविवाह प्रचलन कायम छ । यसले गहिरो जरो गाडेको छ । नेपालमा वालविवाह दशौ स्थानमा रहेको छ । पश्चिमको पहाडी समुदायमा होस् वा तराईको मधेसी समुदाय, दुर्गम क्षेत्र होस्  वा महानगरपालिकामा बालविवाहको जरो  गहिरोसम्म गाडिएको पाइन्छ ।     वालविवाह परिभाषित गरिरहनुपर्ने शब्द होइन, यो छलफल गर्नुपर्ने विषय पनि होइन । पटकपटक यस सम्बन्धमा गोष्ठी, छलफल, वादविवाद, र्‍याली, सडकनाटक तथा अन्तक्र्रिया भइरहेकै छ । अन्तर्राष्ट्रिय कानुन,  मानव अधिकार घोषणापत्र, बालअधिकार महासन्धि, महिलाविरुद्ध सबै प्रकारका घरेलु हिंसा सम्बन्धी महास