Posts

Showing posts with the label भाषा/संस्कृति

बज्जिका र लोकसंस्कृति

Image
शीतल गिरी     बारा, रौतहट, सर्लाहीको बज्जिकाको स्रोत सामग्रीहरूलाई अनुश्रुति, पुराण र साहित्य, ऐतिहासिक ग्रन्थ, लोकसंस्कृति र सामाजिक जनजीवनमा कतिको प्रभाव पारेको छ सो अध्ययन गर्न चाहेको हुँ। कतिपय चिनजानकाले भन्ने गरेका छन्, बज्जिकाको खोजी किन, स्थानीय नै यसप्रति उदास छन् भने। म जहाँ हुर्कें, त्यस ठाउँका मानिस जब भेट्छु स्वत: बज्जिकामा गफिन थाल्छु, गफैगफमा बज्जिप्रति उनीहरूसँग रहेको जानकारी प्राप्त गर्दछु र बज्जी–संस्कृति केलाउन समय खर्चन्छु। अहिले प्राचीन अस्तित्व बोकेको बज्जिकालाई नकार्नेले यसको महत्त्व बुझेपछि स्वत: स्विकार्ने छ।     बज्जिका भाषाको एकएक शब्द मेरो हृदयमा छ। जीवनको लामो समय बज्जिका भाषामा बोलचाल गरें। मधेस आन्दोलनको पीडाले आफ्नो थातथलो छाडें। मानिस जहाँ गएपनि केही लैजान नसके पनि भाषा र संस्कृति त अवश्य लगेकै हुन्छ। तर म नेपालीभाषी र पहाडे संस्कृतिको भए पनि लामो समय रमेको माटोको धूलो त ममा छ। मलाई गौरमा अबुझहरू केहीले मधेसमा नेपाली नबोल भनेको बिर्सेको छैन। मेरो मातृभाषा नभएपनि नजिकको प्यारो भाषा त हो बज्जिका। म अबुझ नभएको हुँदा आफ्नो दायित्व निर्वाह गर्न बज्जिकाबार