Posts

Showing posts with the label युग परिवर्तन कसरी र कहिले

भारतको वायुमण्डलमा बढ्दो विषाक्तता मानवी दुर्बुद्धि र आसन्न सङ्कट

    भारतका कैयौं महानगरमा वायु प्रदूषणको खतराले सीमा नाघिसकेको छ । नागपुरस्थित केन्द्रीय सार्वजनिक स्वास्थ्य इन्जिनियरिंग संस्थानको सर्वेक्षण अनुसार दिल्लीको वायुमण्डलमा सल्फर डाइअक्साइडको मात्रा ०.२२३ माइक्रोग्राम प्रतिवर्गमिटर छ र कोलकातामा ०.७१ माइक्रोग्राम। जबकि यसको मात्रा ०.१ माइक्रोग्रामभन्दा बढी कुनै पनि स्थितिमा हुनुहुँदैन। अति विकसित र औद्योगिक क्षेत्रमा अग्रणी अमेरिकाजस्तो देशमा यसको मात्रा ०.१ माइक्रोग्राम, रूस र जर्मनीमा ०.०५ माइक्रोग्राम निर्धारित गरिएको छ।     दिल्लीका कारखाना तथा तापघरबाट निस्कने धूलोको मात्रा सन् १९७१ मा ८११ टन प्रतिमिल र कोलकातामा ५९० टन प्रतिवर्गमिल पाइएको थियो, जबकि युरोपेली मुलुकहरूमा यो मात्रा १५० देखि २०० टन प्रतिवर्गमिल हुन्छ। यही कारण हो कि औद्योगिक नगरमा निवास गर्ने अधिकांश मानिसमा श्वास, फोक्सो र घाँटीरोग देखिन्छ। औद्योगिक नगरहरूमा सबैभन्दा बढी धूवाँ आँखा, फोक्सो र त्वचाको लागि ज्यादै नोक्सानदायी हुन्छ । मौलाना आजाद मेडिकल कालेजका डाक्टर विपी सिन्हा र डा एस पाण्डेले यस सम्बन्धमा एउटा प्रयोग गरेका थिए । उनीहरूले एउटा कुकुरलाई प्रतिदिन १५ मिनट

मानवी दुर्बुद्धि र आसन्न सङकट

    २७ जुलाई १९६७ को एक प्रसारणमा बीबीसी लन्डनले भनेको थियो– ‘लन्डनमा यातायातको यतिसम्म वृद्धि भएको छ कि ट्राफिक रोकिएपछि १७ मिलसम्मको सडकजाम हुन्छ। यहाँका ट्राफिक प्रहरीले ट्राफिक नियन्त्रण गर्न मुखमा मास्क लगाउनुपर्‍यो, यदि त्यसो नगरे सडकमा उडिरहेको मोटरवाहनहरूको धुवाँमा ५ घण्टा पनि उभिन कठिन हुन्छ। यी क्षेत्रमा स्थायी निवास गर्नेहरूको स्वास्थ्य मनोदशा र स्नायविक दुर्बलताको बारेमा भन्न सकिंदैन।’ आज इङगल्यान्डमा यति धेरै धुवाँ छाएको छ कि त्यहाँको प्रतिवर्गमिटर भूमिमा प्रतिवर्ष एक किलोग्राम खरानी जम्मा हुन्छ।     मोटर, इन्जिन मिल र कारखानाहरू इङगल्यान्ड र अमेरिकामा मात्र होइन, पूरै संसारमा बढिरहेको छ। सन् १९०० को जाँच अनुसार संसारमा पहिलेदेखि नै २ खर्ब ६० अर्ब टन कार्बन ग्यास छाएको थियो, अब त्यसको मात्रा २० गुनाभन्दा बढी छ। रेडियो विकीरणको दुष्प्रभाव त्यसभन्दा अतिरिक्त छ। धुवाँको उडिरहेको बादलले एक दिन सारा पृथ्वीलाई नै मृत्युको घाँटीजस्तो तातो बनाइ बस्न अयोग्य बनाउनेछ। अति भएपछि रूखबिरुवाले त्यस धुवाँलाई पिउँछ तर मनुष्य लुप्तजीवको श्रेणीमा पुग्नेछ।     कलकारखाना, रेलवे इन्जिन, ताप बिज

मानवी दुर्बुद्धि र आसन्न सङकट

विभीषिकाको अन्त छैन     अचेल प्रगति र चमक–दमकको वातावरण छ तर त्यसको आवरण हटाउने बित्तिकै गुम्सिएको विषघट प्रकट हुन्छ। विज्ञान, शिक्षा र आर्थिक क्षेत्रको प्रगतिले सबैलाई विस्मित पार्छ। के आशा गर्न सकिन्छ भने यस उपलब्धिको आधारमा मानिसलाई बढी सुखी, समुन्नत, प्रगतिशील, सुसम्पन्न, सभ्य, सुसंस्कृत बन्ने अवसर प्राप्त हुनेछ। भयो ठीक उल्टो। मनुष्यको दृष्टिकोण, चरित्र र व्यवहारमा निकृष्टता प्रवेश गरेर सङकीर्ण स्वार्थपरता र मत्स्य–न्यायजस्तो अतिक्रमणताको प्रवाह नै चल्यो। मानवीय गरिमा अनुरूप उत्कृष्ट आदर्शवादिताको उपेक्षा, अवमानना भयो अनि विकास, सञ्चय, पक्षपात तथा अहङकारको सिलसिला नै चल्यो। जुन लोभ, मोह र अहङकारलाई शत्रु मान्नु, त्यसबाट जोगिनु र छोड्नु श्रेयस्कर मानिन्थ्यो, त्यसको अब सर्वथा अभाव छ र सबै मानिस तिनै त्याज्य कुरा पाउन मरिमेटी रहेका छन्। परम्परा उल्टो हुँदा परिणति पनि विघातक हुनु नै थियो र भइ पनि रहेको छ। शक्ति सम्पन्नता एकातिर र विनाश–विभीषिका दोस्रोतिर। हेरेर हैरानी त हुन्छ नै, तर यो बुझ्न विलम्ब पनि लाग्दैन कि भ्रष्ट चिन्तन र दुष्ट आचरण अँगाल्दा भौतिक समृद्धिले आफ्नै घाँटी रेटिन्छ