Posts

Showing posts with the label अन्तराष्ट्रिय समाचार

भारतीय माओवादीद्वारा इटालीका नागरिक मुक्त

Image
भुवनेश्वर, ३० चैत/एपी     भारतका माओवादीले अपहरण गरी आफ्नो नियन्त्रणमा राखेका एकजना इटालीका नागरिकलाई उनीहरूले आज मुक्त गरेको समाचार छ ।     पर्यटक पथ प्रदर्शक रहेका ती इटालीका नागरिकलाई माओवादीहरूले एक महिनाभन्दा अघि भारतको पूर्वी राज्य उडिसाबाट अपहरण गरेका थिए ।     उडिसाका एकजना वरिष्ठ प्रहरी अधिकारी आर के शर्माले भने,“मेरो सूचनाअनुसार महिना दिनभन्दा अघि अपहरणमा परेका इटालियन नागरिक पाओलो बोसुको आज मुक्त भएका छन् ।”     प्रहरी अधिकारी शर्माका अनुसार ती नागरिक सदरमुकाम आउने क्रममा रहेको र अहिलेसम्म सम्पर्कमा भने आएका छैनन् । आजै मुक्त भएका उनी सदरमुकाम आजै आइपुग्ने पनि उनले बताए ।     बोसुको गत मार्च महिनाको १४ तारिखमा अपरहणमा परेका थिए । उनीसँगै उनका साथी अर्का इटालीका नागरिक क्लाउडियो कोलान्गो पनि अपहृत भएका थिए ।     क्लाउडियो भने अपरहणमा परेको ११ दिनपछि नै मुक्त भएका थिए । बोसुकोले उडिसामैं एक साहसिक पर्यटनसम्बन्धी ट्रेकिङ एजेन्सी सञ्चालन गरिरहेका छन् ।     त्यस्तै अर्का इटालियन नागरिक रोमका चिकित्सक हुन् । उनीहरू उडिसाको ग्रामीण क्षेत्र कान्धामालमा ट्रेकिङमा गएका बेला अपर

भूकम्पबाट इन्डोनेसियामा पाँचको मृत्यु, सुनामीको खतरा टर्‍यो

Image
जाकार्ता, ३० चैत/एएफपी     इन्डोनेसियाको उत्तरी द्वीपको सुमात्रा टापूनजिकै बुधवार गएको भूकम्पमा परी पाँचजनाको मृत्यु हुनुका साथै चारजना घाइते भएको पछिल्लो समाचार प्राप्त भएको छ ।     हिजोको ८.६ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण आचेह प्रान्तको एक पुल भत्किँदा ती व्यक्तिको मृत्यु भएको आज जनाइएको छ ।     आचेह प्रान्तका विभिन्न तीन स्थानमा गरी पाँचको मृत्यु भएको आचेह प्रान्तको विपत् व्यवस्थापन संस्थाका निर्देशकले आज जानकारी दिएको बताइएको छ ।     सो भूकम्पले बान्दा आचेहको प्रान्तीय राजधानीमा रहेको एक कैदी घरको पर्खाल भत्किएको पनि समाचारमा जनाइएको छ ।     त्यस्तै, पश्चिम आचेहमा पनि एक पुल भत्किएको र त्यसमा परी अरू चार व्यक्ति घाइते भएको पनि समाचारमा जनाइएको छ ।     भूकम्पको ठूलो धक्का परेको तीन प्रान्तहरू आचेह, पश्चिम सुमात्रा र उत्तरी सुमात्रामा भूकम्पपश्चात् पर्ने प्रभावलाई कम गर्न आपत्कालीन सहायता वितरणको कार्य तयारी हालतमा राखिएको सो विपत् व्यवस्थापन केन्द्रले जनाएको छ ।     सो भूकम्पपछि एसियाका विभिन्न देशमा हिजै सुनामीको खतराको सतर्कता अपनाइएको थियो । त्यस्तै थाइल्यान्डले स

अलकायदाको आक्रमणमा २७ प्रहरीको मृत्यु

हादिथा (इराक), २३ फागुन/एएफपी     पश्चिम इराकको हादिथामा अवस्थित प्रहरी चौकीमा सोमवार  सैनिक पोशाकमा आएका अलकायदा  आतड्ढकारीले  गरेको  आक्रमणमा परी  २७ प्रहरीको मृत्यु भएको सुरक्षा स्रोतले जनाएको छ ।     सो आक्रमण  हादिथाको पूर्वी भूभागमा रहेको दुईवटा प्रहरी चौकीमा भएको समाचारमा उल्लेख छ । दर्जनौंको सङ्ख्यामा आएका आक्रमणकारीले सोमवार स्थानीय समयअनुसार बिहान २ बजेदेखि आक्रमण सुरु गरेका समाचारमा उल्लेख छ ।     यस आक्रमणको अमेरिकाली विदेश विभागका प्रवक्ता भिक्टोरिया नुलान्डले निन्दा गरेका छन् ।     आक्रमणमा मारिएका २७ वटा शव सबै प्रहरीको भएको हादिथा अस्पतालका निर्देशकले एएफपी समाचार समितिलाई जनाएका छन् ।     अस्पतालमा एक बन्दुकधारीको शव पनि प्राप्त भएको उनले जानकारी दिए । हालको आक्रमणको अलकायदा आतड्ढकारीले जिम्मा लिएको जनाइएको छ ।     सन् २०११ को मार्च महिनामा हादिथास्थित एक बैंकभित्र गरिएको आत्मघाती आक्रमणपछि हादिथामा नै भयानक आक्रमण भएको पनि समाचारमा बताइएको छ ।     बैंकभित्र गरिएको आत्मघाती आक्रमणमा ९ सर्वसाधारण नागरिकको हत्या भएको थियो । हादिथा इराकको राजधानीदेखि २१० किलोमिटर उ

यमनमा अक्रमणप्रति अमेरिकाको गम्भीर चासो

आदेन, २३ फागुन/एएफपी/रासस     यमनमा हिजो अलकायदाका लडाकूहरूले गरेको आक्रमणप्रति अमेरिकाले गम्भीर चासो व्यक्त गरेको समाचार छ ।     यमनको तनावग्रस्त दक्षिणी भागमा अवस्थित सैनिक केन्द्रमा हिजो अलकायदाका बन्दुकधारीले गरेको आक्रमणमा एक सयभन्दा बढी यमनी सैनिकको मृत्यु भएको थियो ।     सो घटनाप्रति अमेरिकाले गम्भीर चासो व्यक्त गर्दै नागरिकको सुरक्षाका लागि र अलकायदाको प्रभाव कम गर्ने काममा यमनी सरकार सफल हुने आशा अमेरिकाले व्यक्त गरेको जनाएको छ ।     हिजो भएको दक्षिणी बन्दरगाह नगर आदेनमा एक स्वास्थ्य अधिकारीले आफ्नो परिचय नदिने शर्तमा मारिने यमनी सैनिकको सङ्ख्या १०३ पुगेको बताएका थिए ।     एक सैनिक अधिकारीले आफ्नो नाम नबताउने शर्तमा लडाकूहरूले अकस्मात आक्रमण गरेका र आमहत्याजस्तो अवस्था देखिएकोले यमनमा अल कायदाको प्रभाव बढ्दै गएको टिप्पणी गरेका थिए ।     हामीलाई विश्वास छ अल कायदाजस्तो आतड्ढवादी सञ्जालविरुद्ध लड्नका लागि यमन एक भरपर्दाे र सशक्त साझेदार राष्ट्र रहेको अमेरिकाले जनाएको छ ।     अमेरिकाली रक्षा मन्त्रालयका प्रवक्ताले अलकायदाका लडाकूहरूले यमनका राष्ट्रिय सैनिकसँग नै प्रत्यक्ष

उत्तरी चीनमा हजारौं बुद्धको मूर्ति

सिजीआजुआङ्ग, २२ फागुन/सिन्ह्वा     चीनको हेबेई प्रान्तमा बुद्धको प्राचीन दुई हजारभन्दा बढी मूर्ति पाइएको पुरातत्त्वविद्ले जनाएका छन् ।     उक्त मूर्तिहरू सेतो मार्बल र नीलो ढुङ्गाबाट बनाइएको समाचारमा उल्लेख छ । सो मूर्तिहरू २० सेन्टिमिटरसम्म लामा भएको पनि जनाइएको छ । सो मूर्तिहरू दुई हजार ८९५ वटा पाइएको पनि समाचारमा उल्लेख छ । रासस

टर्कीमा प्रधानमन्त्री कार्यालय नजिक बम विस्फोट

आन्कारा, २२ फागुन/एएफपी     टर्कीका प्रधानमन्त्री रेसेप तायिप इर्डोगानको कार्यालय नजिकै भएको बम विस्फोटमा एक व्यक्ति साधारणरूपमा घाइते भएको निजी टेलिभिजन एनटिभीले जनाएको छ ।      प्रधानमन्त्री कार्यालयको २० मिटर पर एक सानो प्लास्टिकको शीशीमा भएको सो बम स्थानीय समयानुसार ७:३० बजे साँझ विस्फोट भएको समाचारमा उल्लेख छ ।     विस्फोट हुनुभन्दा डेढ घण्टा पहिले यस स्थानमा मन्त्रिपरिषद्को वार्ता भएको पनि जनाइएको छ ।     गत हप्ता पनि इर्डोगानको पार्टीको प्रमुख कार्यालय अगाडि भएको बम विस्फोटमा १५ प्रहरी अधिकारी र एक सर्वसाधारण घाइते भएका थिए ।     यसैगरी राजधानी आन्काराको मध्यमा गत सेप्टेम्बरमा भएको बम विस्फोटमा तीन व्यक्तिको मृत्यु हुनुका साथै कम्तीमा १५ घाइते भएका थिए । रासस

सिरियासम्बन्धी रूस र अरबको छलफल

मस्को २२ फागुन/एएफपी     सिरियामा जारी सड्ढट विषयमा छलफल गर्न रूसले अरब राष्ट्रका विदेश मन्त्रीहरूलाई भेटघाट गर्ने रूसका विदेशमन्त्री सेर्गेइ लाभ्रोभले सोमवार जनाएका छन् । सो छलफल मार्च १० तारिखका दिन हुने पनि उल्लेख गरिएको छ ।     मार्च १० तारिखका दिनमा अरब लिगका राज्यहरूसँग कायरोमा हुने सो वार्ताको विशेष महत्त्व रहेको रूसका विदेशमन्त्री लाभ्रोभले बताएका छन् ।     सन् २०११ को मार्च महिनादेखि सिरियामा जारी आन्दोलनको क्रम अहिले पनि जारी नै रहेको छ ।     अहिले पनि सिरियामा दिनहुँजसो दर्जनौं नागरिकको मृत्यु भइरहेको समाचारमा जनाइएको छ । सो आन्दोलनका लागि सिरियाली सरकारले भने विदेशी शक्तिलाई दोष दिने गरेको छ ।     आन्दोलनकारीहरूले सिरियाली राष्ट्रपतिले राजीनामा दिई प्रजातान्त्रिक सिरियाका लागि मार्ग प्रशस्त गर्नुपर्ने माग गरिरहेका छन् । तर पनि उनी सत्ता नछोड्ने अडानमा रहेको समाचारमा जनाइएको छ ।     सो आन्दोलनका क्रममा जारी हिंसाका क्रममा अहिलेसम्म कम्तीमा सात हजार पाँच सयजनाले ज्यान गुमाइसकेका छन् । रासस

प्रहरी चौकी आक्रमणमा २१ प्रहरीको मृत्यु

फाल्लुजाह (इराक), २२ फागुन/एएफपी     पश्चिम इराकको हादिथामा अवस्थित प्रहरी चौकीमा भएको आक्रमणमा २१ जना प्रहरीको मृत्यु भएको सुरक्षा स्रोतले जनाएको छ ।     दर्जनौंको सङ्ख्यामा आएका आक्रमणकारीले सोमवार स्थानीय समयानुसार बिहान २ बजेदेखि आक्रमण सुरु गरेको समाचारमा उल्लेख छ ।     उक्त आक्रमणमा पाँच प्रहरी घाइते भएका हादिथा अस्पतालका अधिकारी कताब ओमारले जनाएका छन् । सन् २०११ को मार्च महिनामा हादिथाको एक बैंकभित्र गरिएको आत्मघाती आक्रमणमा ती प्रहरी  अधिकारीसहित ९ सर्वसाधारण नागरिकको हत्या भएको थियो ।     हादिथा अल कायदा आतड्ढकारीहरूको बलियो पकड क्षेत्रको रूपमा मानिन्छ । रासस

पोल्यान्डमा रेल दुर्घटना : चौधको मृत्यु, साठी घाइते

वार्सा, २१ फागुन/एएफपी     पोल्यान्डको दक्षिणी भागमा रहेको स्क्जेकोसिनीमा शनिवार राति एक रेल दुर्घटनामा १४ व्यक्तिको मृत्यु हुनाका साथै ६० घाइते भएका छन् भने उद्धारकर्मीले उक्त रेलबाट जीवित व्यक्तिहरू निकाल्ने कार्य जारी राखेका छन् ।     पोल्यान्डका गृहमन्त्री जेसेक सिकोकीले मर्नेको सङ्ख्या १४ पुगेको जानकारी दिए । उनी आइतवार बिहानै घटनास्थल पुगेका थिए । उनले हाल रेलको डब्बामा होश रहेका व्यक्तिहरू नरहेको देखिएको पनि बताए ।     उद्धार अधिकारीहरूले ६० व्यक्तिको हाल अस्पतालमा उपचार भइरहेको जानकारी दिए भने उनीहरूले तीमध्ये आधाको अवस्था गम्भीर रहेको उल्लेख गरे ।     पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले पत्रकारलाई यो पोल्यान्डको इतिहासमा गत केही वर्षमा सबैभन्दा नराम्रो दुर्घटना भएको बताए । घाइते हुनेमा युक्रेनका नागरिक पनि परेका बताइएको छ ।     शनिवार राति एकै रेलमार्गमा दुई रेल ठोकिएको र उक्त समयमा यी दुई रेलमा ३५० व्यक्ति यात्रा गरिरहेका बताइएको छ ।     एक रेल राजधानी वार्साबाट दक्षिणी नगर क्राकोतर्फ गइरहेको र अर्को रेल प्रजमिसलबाट राजधानीतर्फ आइरहेको बेला उक्त दुर्घटना भएको बताइए

अमेरिकामा भूचक्रवातबाट अठतीसको मृत्यु

शिकागो, २१ फागुन/एएफपी     अमेरिकाको मध्यपश्चिम तथा दक्षिणका आठ राज्यमा आएको भूचक्रवात (टोरनाडो) का कारण मर्नेको सङ्ख्या ३८ पुगेको छ भने हाल उद्धारकर्मी तथा स्थानीय बासिन्दा मृतकको खोजीमा घरघर पुगेका छन् ।     शुक्रवार गएको उक्त भूचक्रवातले क्षति गराएको हो । अमेरिकाली राष्ट्रिय मौसम सेवाले जर्जिया तथा फ्लोरिडामा थप भूचक्रवात जाने चेतावनी दिएको छ ।     चक्रवातका कारण रूख उखेलिएका छन् र ट्रक उल्टिएका छन् । विद्यालयका बस घरमा जोतिएका छन्, ट्रकहरू पोखरीमा पुगेका छन्, इँटाका घर धराशायी भएका छन् भने काठका घर ध्वस्त भएका छन् । घुम्ती घरहरू यत्रतत्र ढलेका छन् ।     अमेरिकाली राष्ट्रपति बराक ओबामाले इन्डियाना, केन्टकी तथा ओहायोका गभर्नरहरूलाई समवेदना दिएका छन् र सङ्घीय व्यवस्थापन संस्था सहयोगका लागि तयार रहेको बताएका छन् । उक्त कुरा ह्वाइट हाउसले उल्लेख गरेको हो ।     भूचक्रवात पूर्वतर्फ बढेकोले इन्डियाना, केन्टकी, अलाबामा तथा जर्जियामा यी मृत्यु भएका हुन् ।     यसबीच शिकागोबाट प्राप्त समाचारमा दुई वर्षीया एक बालिका आफ्ना आमाबाबु तथा दाजुभाइको मृत्यु हुँदा पनि जीवित फेला परेकी स्थानीय आमस

चीनको प्रतिरक्षा बजेटमा एघार प्रतिशतले वृद्धि

बेइजिङ, २१ फागुन/एएफपी     चीनको प्रतिरक्षा बजेट सन् २०१२ मा ११.२ प्रतिशतले वृद्धि भई १०६.४१ अर्ब अमेरिकी डलर पुग्ने राष्ट्रिय जन कङ्ग्रेसका प्रवक्ता ली झाओसिङले एक पत्रकार सम्मेलनमा बताए ।     उक्त पत्रकार सम्मेलन चिनियाँ संसद्को वार्षिक बैठकको आरम्भमा आयोजना गरिएको हो ।     सन् २०११ को अङ्कलाई हेर्दा यस वर्षको वृद्धि भने कमै हो । अघिल्लो वर्ष प्रतिरक्षा बजेट १२.७ प्रतिशतले वृद्धि भएको थियो ।     लीले चीनको ठूलो क्षेत्र तथा लामो तटीय क्षेत्रलाई हेरी अन्य प्रमुख मुलुकको तुलनामा प्रतिरक्षाको यो बजेट कमै भएको पत्रकारहरूलाई बताए । उनले सन् २०११ को कुल गार्हस्थ्य उत्पादनमा यो बजेट १.३ प्रतिशत भएको तर अमेरिका तथा बेलायतको प्रतिरक्षा बजेट कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतभन्दा बढी नै रहेको उल्लेख गरे ।     विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको प्रतिरक्षा बजेट गत दशकमा दुई अड्ढका दरले बढेको थियो । विश्लेषकहरूले चीनको प्रतिरक्षामा वास्तविक खर्च उल्लेख गरिएभन्दा निकै बढी रहेको बताएका छन् ।     चीनको जनमुक्ति सेना विश्वको सबैभन्दा ठूलो सेना हो र यसमा २३ लाख सैनिक रहेको अनुमान गरिएको छ ।

अमेरिकामा आँधीबाट २७ को मृत्यु

शिकागो, २० फागुन/सिन्ह्वा     अमेरिकामा यसै हप्ताको सुरुदेखि आएको शक्तिशाली आँधीबाट अहिलेसम्ममा कम्तीमा पनि २७ नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ ।     प्राप्त समाचारमा आज पनि सो आँधीबाट मर्ने व्यक्तिको खोजी गर्ने काम जारी नै रहेको छ । करिब ६ दर्जनवटा साना ठूला आँधीको प्रकोपले अमेरिकाका कैयौं शहरलाई हानेको थियो ।     सो आँधीको प्रकोप कम भएपछि आज शनिवार त्यहाँका उद्वारकर्ताहरूले जीवित रहेको आशामा खोजीलाई तीव्र पारेका बताइएको छ ।     गत बिहीवार आएको सो आँधीबाट सोही दिन नै १२ जना नागरिकको ज्यान गएको थियो । आज पनि सो आँधीका कारण भएको क्षतिका साथै मारिएका नागरिकको खोजी भएको समाचारमा जनाइएको छ ।     सो आँधी पूर्वबाट मध्यपश्चिमतर्फ आएको समाचारमा उल्लेख छ । हारिसबुर्ग इलिजाइमा ६ र अर्काे शहर मिसोअरीमा बाँकी नागरिकको ज्यान गएको सीएनएनले जनाएको छ ।     आँधीको प्रकोप हिजो शुक्रवार पनि निकै नराम्रो रहेको बताइएको छ । हिजो पनि सो आँधीका कारण रूखहरू ढल्नुका साथै सवारीसाधन नै उडाएको पनि समाचारमा जनाइएको छ ।     सो आँधीले विद्यालयको बसलाई समुद्रमा नै पुर्‍याएको तथा घरका इँटा नै झारेर सवारीस

कच्चा तेलको मूल्य बढ्यो

न्यूयोर्क, २० फागुन/एपी     अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा पछिल्लो समयमा यतिखेर अत्यधिक मात्रामा वृद्धि भएको समाचारमा जनाइएको छ ।     साउदी अरबमा तेलको पाइपलाइन फुटेको भन्ने समाचार आएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो ४३ महिनामा सबैभन्दा उच्च बिन्दुमा पुगेको छ ।     न्यूयोर्क बजारमा गत बिहीवार ब्रेन्ट कच्चा तेलको मूल्य पाँच दशमलव ७४ डलरले बढेर प्रतिब्यारेल १२८ दशमलव चार डलर भएको थियो ।     योभन्दा पहिला सन् २००८ को जुलाई महिनामा कच्चा तेलको मूल्य यही स्तरसम्म पुगेको थियो । यो मूल्य लिबियामा पछिल्ला दिनहरूमा आएको अस्थिरताको अवधिमा भएको वृद्धिभन्दा पनि बढी हो ।     यसरी यो तेलको मूल्यमा भएको वृद्धिका पछाडि धेरै कारणहरू रहेका पनि बजार विश्लेषकहरूको भनाइ छ । जसमा इरानको परमाणु कार्यक्रमलाई लिएर चलिरहेको तनाव पनि रहेको छ ।     उता साउदी अरबका अधिकारीहरूले पाइपलाइन फुटेको भन्ने समाचारको भने खण्डन गरेका छन् । जसका कारण हिजो शुक्रवार एसियाका बजारहरूमा यसको मूल्यमा केही कमी आएको पनि समाचारमा जनाइएको छ ।     केही मुलुकहरूमा आइरहेको समस्याहरूका कारण माग र आपू

झडपमा १३ बन्दुकधारीको मृत्यु

मेक्सिको, १९ फागुन/एएफपी     मेक्सिकोको सीमासहर नुएभो लरेडोमा भएको एक झडपमा १३ जना बन्दुकधारीको मृत्यु भएको अधिकारीले जनाएका छन् ।      झडपको क्रममा मेक्सिकन सैनिकद्वारा ती बन्दुधारीको हत्या भएको समाचारमा उल्लेख छ । यसै क्रममा  सैनिकले १२ वटा विभिन्न हातहतियार र लागू औषध पनि कब्जा गरेको जनाइएको छ । रासस

सिरियासँग कुनै विशेष सम्बन्ध छैन– पुटिन

मस्को, १९ फागुन/एएफपी     रूसी प्रधानमन्त्री भ्लादिमिर पुटिनले सिरियामा अहिले भइरहेको आन्दोलनको लागि रूसको कुनैपनि खालको सहयोग नरहेको बताएका छन् ।     उनले सो आन्दोलनका लागि रूसको सहयोग रहेको भनाइको बचाउ गरेका थिए । साथै उनले  भने–सिरियासँग पनि हाम्रो त्यस्तो कुनै विशेष सम्बन्ध नै छैन । असदविरुद्ध कडा नीति अख्तियार गर्न रूसमाथि दबाब परेपछि उनले  रूसले कहिलै पनि असदको समर्थनमा नलागेको प्रस्ट गरेका हुन् । उनले सिरियाका विद्रोहीलाई युद्ध विराम गर्न र राष्ट्रपति असदको सरकारलाई शान्तिका पक्षमा काम गर्न आग्रह गरे ।     तर उनले आन्दोलनमा विद्रोहीलाई सहयोग गरेको भन्दै पश्चिमा राष्ट्रहरूको भने आलोचना गरे । मस्कोस्थित उनको आफ्नै निवासमा संवाददाताहरूसँग कुराकानी गर्दै उनले सो विचार व्यक्त गरेका हुन् । असदका सामु अब राजीनामा दिनु नै सबैभन्दा राम्रो उपाय रहेको पनि उनले बताए ।

पाकिस्तानी गुप्तचरको हत्या

पाकिस्तान, १९ फागुन/एएफपी     उत्तर–पश्चिम पाकिस्तानमा बन्दुकधारीले एक गुप्तचर अधिकारीको हत्या गरेको प्रहरी स्रोतले जनाएको छ ।     मोटरसाइकलमा आएका एक बन्दुकधारी व्यक्तिले ३८ वर्षीय एक गुप्तचर अधिकारी खानलाई गोली हानी हत्या गरेको प्रहरी अधिकारी ताहिर अयुबले एएफपी समाचारलाई जनाएका छन् ।      खानलाई कुन आतड्ढकारी समूहले हत्या गरेको सो प्रस्ट नभएको अयुबले जनाएका छन् । तर यस क्षेत्रमा तालिबानीले गुप्तचर अधिकारीहरूमाथि बारम्बार आक्रमण गर्दै आएको समाचारमा जनाइएको छ ।      अफगानिस्तानको सीमा क्षेत्र नजिकै पर्ने पेशावरमा २५ लाख जनसङ्ख्या बसोवास गर्दै आएको छ । करिब पाँच वर्ष अघिदेखि नै यस क्षेत्रमा तालिबानीसँग आबद्ध आतड्ढकारीहरूले हिंसा फैलाउँदै आएका छन् । रासस

इन्डोसियन दुई मन्त्री अस्ट्रेलिया जाने

जकार्ता, १९ फागुन/सिन्ह्वा     इन्डोनोसियन विदेशमन्त्री मार्टी नाटालेगावा प्रतिरक्षा वार्ताको लागि आगामी मार्च १५ मा अस्ट्रेलिया जाने  अधिकारीले शुक्रवार जनाएको छ ।     विदेश मन्त्रालयका प्रवक्ता मिचएल टेनेले दुई इन्डोनोसियाली मन्त्रीहरू एक विदेशी मामिला सम्बन्धी र अर्को प्रतिरक्षा सम्बन्धी मन्त्री अस्ट्रेलिया जाने  जनाएका छन् ।     यी मन्त्रीहरूले अस्ट्रेलियन समकक्षीसँग वार्ता गर्ने जनाइएको छ । यस क्रममा इन्डोनेसिया र अस्ट्रेलिया द्वीपक्षीय हित सम्बन्धी वार्ता हुने जनाइएको छ ।     इन्डानोसियन राष्ट्रपति सुसिलो बाम्बाङ्गको सन् २०१० को मार्चमा अस्ट्रेलिया भ्रमणको क्रममा भएको सम्झौताको कार्यान्वयन सम्बन्धी पनि वार्ता हुने जनाइएको छ । यस भ्रमणको क्रममा सामरिक, क्षेत्रीय र विश्वसँग सम्बन्धित वार्ता हुने पनि जनाइएको छ । रासस

अफगानी सहकर्मीद्वारा अमेरिकाली सैनिकको हत्या

काबुल, १९ फागुन/एएफपी     अमेरिकाली सैनिक केन्द्रमा कुरान जलाएको विषयमा प्रदर्शन भइरहेकै बेला अफगानी सहकर्मीद्वारा दुई अमेरिकाली सैनिकको हत्या भएको समाचार प्राप्त भएको छ ।     आक्रमणमा अमेरिकाली सैनिकले मुस्लिम धर्मग्रन्थ कुरान जलाइएको भनी अफगानिस्तानमा अमेरिका विरोधी प्रदर्शनको क्रममा अफगानी सहकर्मीद्वारा ६ अमेरिकाली सैनिकको हत्या गरेको समाचारमा उल्लेख छ ।     गत शनिवार दुई अमेरिकाली अधिकारीको गृह मन्त्रालयभित्र अफगानीद्वारा हत्या भएपछि नेटोले सरकारी मन्त्रालयबाट आफ्ना सबै सल्लाहकारलाई फर्काएको छ । अफगानिस्तानमा युद्धरत नेटो सैनिक यस वर्षको सुरुदेखि हालसम्म ६० जनाको हत्या भइसकेको जनाइएको छ ।     अफगानी सहकर्मीद्वारा नै ११ नेटो सैनिकको हत्या गरिएको पनि समाचारमा उल्लेख छ । जसमध्ये चार फ्रेन्च, एक अल्बानियन र ६ जना अमेरिकाली रहेका छन् ।     अमेरिकाली सैनिक केन्द्रमा  मुस्लिम धर्मग्रन्थ कुरान जलाइएको भनी त्यस विरोधमा  अफगानहरूले गरेको प्रदर्शनको क्रममा  ६ दिनभित्र ४२ जना व्यक्तिको मृत्यु भएको अमेरिकाली रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । रासस

भारत पाकिस्तान व्यापार

इस्लामाबाद, १८ फागुन/सिन्ह्वा     पाकिस्तानले भारतबाट हुने अधिकांश आयातमा लगाउँदै आएको प्रतिबन्ध हटाउने जनाएको छ ।     पाकिस्तान सरकारले आज सो कुराको घोषणा गरेको बताइएको छ । भारतसँगको व्यापारलाई उदार बनाउन सो निर्णय गरिएको पनि समाचारमा उल्लेख छ ।     भारत–पाकिस्तान वाणिज्य वार्ताका क्रममा गत वर्ष पाकिस्तानले गरेको प्रतिबद्धताको एक हिस्साको रूपमा यो कदमलाई लिइएको छ ।     भारत र पाकिस्तानका व्यापार विश्लेषकहरूले यो निर्णय अपेक्षित भएको र यसले भारत पाकिस्तानबीच व्यापार सम्बन्धलाई दर्साउने बताएका छन् ।      यी दुई देशबीच वार्षिकरूपमा औपचारिक व्यापार दुई अर्ब ७० करोड डलरको रहेको छ बताइन्छ । तर अनौपचारिकरूपमा भने यो मात्रा निकै धेरै रहेको छ ।     अनौपचारिकरूपमा हुने चोरी पैठारी व्यापारे औपचारिक व्यापारभन्दा करिब तीन गुणा बढी हुने विश्वास विशेषज्ञहरूको छ । रासस

कारबाईमा २२ सशस्त्र लडाकूको मृत्यु

इस्लामाबाद, १८ फागुन/सिन्ह्वा     पाकिस्तानको उत्तरपश्चिम आदिवासी क्षेत्र ओराकाइमा पाकिस्तानी सैनिकले गरेको कारबाईमा २२ जना सशस्त्र लडाकू मारिएका स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।     बिहीवार बिहानै सैनिक विमानद्वारा गरिएको कारबाईमा ओराकजाईको माथिल्लो भागमा लुकेर बसेका २२ जना आतड्ढकारी मारिएका स्थानीय सरकारी टेलिभिजन च्यानल पिटीभिले जनाएको छ । सो कारबाईमा पाकिस्तानका तालिबान कमान्डर मुल्लाह तूफान पनि मारिएको सो टिभी च्यानलले जानकारी दिएको थियो ।     तूफानले पाकिस्तानी सैनिकमाथि यसअघि विभिन्न स्थानमा आक्रमण गरेको समाचारमा उल्लेख गरिएको छ ।      ओराकजाई अफगानिस्तानको सीमामा नपर्ने क्षेत्र हो । पाकिस्तानको सातवटा आदिवासी क्षेत्रहरू अफगानस्तानको सीमा क्षेत्रमा पर्दछ ।     गत अगस्त महिनाको अन्त्यदेखि पाकिस्तानी सैनिकले ओराकजाईमा विभिन्न सैनिक कारबाई गर्दै आएको छ । रासस