Posts

Showing posts with the label दृष्टिकोण

कसरी सम्भव छ त नेपालमा सङ्गीत क्षेत्रको दिगो विकास ?

Image
चक्रपाणि तिमल्सिना     स·ीत ध्वनिको कला हो । थोरै शब्दमा धेरै भावलाई विभिन्न लय तथा सुरमा प्रस्तुत गर्न स·ीतको सहारा लिइन्छ । गीतस·ीत धेरैलाई मन पर्ने विषय हो । यसैको माध्यमबाट राष्ट्रनिर्माणमा पनि योगदान पुर्‍याउन सकिन्छ । समाजमा रूपान्तरण ल्याउन, सामाजिक परिवर्तन जगाउन, मानिसको बानीबेहोरामा परिवर्तन ल्याउन पनि गीतस·ीतले राम्रै भूमिका खेलेको हुन्छ । धेरैजसो क्रान्ति, राजनीतिक परिवर्तन र नीतिगत पैरवीमा गीतस·ीतको उपयोग गरिएको हुन्छ । बालबालिकाको सोचाइ, बुझाइ र मनोविज्ञान बुझ्न गीतस·ीतले झनै सहज तुल्याएको हुन्छ । त्यसैले राष्ट्रिय शिक्षामा पनि स·ीतलाई विद्यालयस्तरदेखि नै एउटा विषय बनाउँदा यसले राम्रै प्रभाव पार्न सक्छ ।     नेपालको सन्दर्भमा स·ीत क्षेत्रको दिगो विकासको चर्चा गरिरहँदा विभिन्न जातजातिका स·ीतको संरक्षण हुनु आवश्यक छ । उदाहरणका लागि भोजपुरी, मैथिली, अवधी, थारू, नेवारी, चेपाङ, राउटे, शेर्पा, थकाली, लेप्चा, गुरुङ, मगर, गन्दर्भ, सेलोलगायत अरू धेरै जातजातिका स·ीतको विधाको खोजी र संरक्षण हुन आवश्यक छ । लोक, आधुनिक, पपलगायत विभिन्न समयका र भाखाका गीतहरूको संरक्षण हुनु उत्तिकै आव