Posts

Showing posts with the label फरक मत

संविधानसभाहरू तथा सङ्घीयता

- आत्माराम साह     श्री गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रित्वकालमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेपाल सरकारबीच सम्पन्न ८ बुँदे सम्झौताका मुख्य बुँदाहरू आजसम्म कार्यान्वयन हुन सकेको छैन । मधेस स्वायत्त प्रदेशको माग त संविधानसभाको बैठकबाट पास भई लागू हुने हो तर नेपाल सरकारको निर्णयले हुने समावेशीकरण तथा मधेसीहरूको नेपाली सेनामा सामूहिक प्रवेश प्रक्रियाप्रति सरकारको उदासीनता सरकारी संयन्त्रको मधेस विरोधी मानसिकताको परिचायक हो । मधेसी भोटको लोभले नेपाली काङ्ग्रेस तथा एमालेले उक्त मागको नेपथ्यमा विरोध गरे र कानुन निर्माणार्थ विधेयक संसद्मा पेश हुन नदिने विगत संविधानसभामा षड्यन्त्र गरे र आउने दिन पनि गर्नेछन् भन्ने कुरामा कुनै शड्ढा छैन । माओवादीले विगतमा देखाएको एमाले–चरित्र पनि प्रकारान्तरले यी मागविरुद्ध रहेको महसूस गरिएकै हो । तर आन्दोलनकारी मधेसी दल, मधेसी जन अधिकार फोरम, नेपाल तराई–मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीका शीर्षस्थ नेताहरूको मौनता र अकर्मण्यता दु:खदायी हो । संविधानसभा–२ निवाचनपूर्व चार शक्तिबीच सम्पन्न ११ बुँदे सम्झौतामा ८ बुँदे सम्झौताको पक्षमा केही नबोल्न

राष्ट्रियताको सङ्कटमोचन

Image
- प्रकाश उपाध्याय  नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री अर्थात् काङ्ग्रेसजनका प्रेरणा मात्र नभएर हालसम्म पनि ऊर्जाका स्रोत विपी कोइरालाले कुनै बेला आफ्नो अपिलमा भन्नुभएको थियो–“आज देशमा स्वार्थपरायणता, साम्प्रदायिकता र व्यक्तिवादी मनोवृत्तिका कारण विदेशप्रति आमुख हुने प्रवृत्ति बढेको छ । यस्तो परिस्थितिमा सबभन्दा पहिले राष्ट्रियताको हत्या हुन्छ ।” विपीको यो चिन्ता आजको परिवेशमा पनि उत्तिकै सान्दर्भिक यस अर्थमा छ कि सत्ताका लागि ‘विदेशी प्रभु’ को अगाडि लम्पसार पर्ने राजनीतिक नेतृत्वको प्रवृत्तिका कारण राष्ट्रियता सड्ढटमा छ । राष्ट्रियता, सार्वभौमिकता प्रजातन्त्र/लोकतन्त्रका लागि पटक–पटक भएका राजनीतिक परिवर्तनको सार जनताले अनुभूत गर्न पाएको छैन । नेपाली राजनीतिमा विद्यमान दास प्रवृत्ति नै राष्ट्रियताको बाधक हो । यसमा द्विविधा छैन । लोकतान्त्रिक गणतन्त्रको संस्थापनको मार्गमा उत्पन्न अवरोध पनि यसैको परिणाम हो ।       नेपाली राजनीतिक इतिहासमा लोकतन्त्रका लागि विगत सात दशकयता हरेक कालखण्डमा शहादतपूर्ण आन्दोलनहरू भएका छन् । यसमा जनताले बलिदान दिएको छ । तथापि राष्ट्रियता बलियो हुनुको साट