Posts

Showing posts with the label लोकविश्वास

लोकजीवनमा जोङ्ग–टोङ्ग (जादु, टोटका)को यथार्थ

गताङ्कको बाँकी                           डायनले धेरैजनालाई मारिदियो भनेको पनि गाउँघरमा सुन्न सकिन्छ । उसले आँपको रूख सुकाइदियो । उसले अरूको गाईभैंसीको दूध सुकाइदियो ।     ऊ श्मशानमा गएर फलानो व्यक्तिको लाशलाई जिउँदो बनाएर तन्त्रमन्त्र सिकेको थियो, यस्ता धेरैथरीका कुराहरू सुन्न पाइन्छन् । प्रत्येक वर्ष दशैंको समयमा केटाकेटीहरूलाई आमा–बुबा, बाजे–बजैले कालो टीका लगाइदिन्छन् । हिङ, लसुन, सरसौं आदि कालो कपडामा बाँधेर कम्मर, घाँटी अथवा हातमा बाँधिदिन्छन् । यस्तो बाँधेमा बालकलाई भूतप्रेत अथवा नोक्सान पुर्‍याउने जादुको प्रभाव पर्दैन भन्ने विश्वास गरिन्छ ।     मानिसहरू प्रायश: ५ वटा खुर्सानी अथवा कागती आइतवार या म·लवार आफ्नो पसलको अगाडि झुन्डाइदिन्छन् । यस्तो गर्दा व्यापार बढ्दै जान्छ भन्ने मान्यता छ । जसले डायनलाई तन्त्रमन्त्र सिकाउँछ, उसलाई ओझा भनिन्छ । डायनलाई तन्त्रमन्त्र गर्नमात्र आउँछ तर ओझालाई दुवै आउँछ, लगाउन पनि र छुटाउन पनि । फलानो ओझाले झारफुक गरेर बालकलाई ठीक पारिदिएको हुँदा आमाको दूध चुस्न थाल्यो, गाउँघरमा प्रायश: यस्तो सुन्न पाइन्छ । एउटा समय थियो, तन्त्रमन्त्र यानी डायन–ओझाको चकच

लोकजीवनमा जोङग–टोङग (जादु, टोटका)को यथार्थ

Image
शीतल गिरी     अदृश्य र अज्ञानताको बारेमा थाहा पाउने जिज्ञासा मानिसमा धेरै पहिलेदेखिको हो। जुन शक्ति सदैव नै अदृश्य रहने गर्दछ, त्यसप्रति फरकफरक किसिमका कल्पनाहरू गर्न र मान्यताहरू विकसित गर्न मानवको लागि सर्वथा स्वाभाविक छ ।     सोच्दछु, अदृश्य शक्ति दु:खको कारण कसरी बन्न सक्दछ, अनि सुखको । सृजनकर्ता या प्रकृतिको तर्फबाट त बनेर आएको होइन यो अदृश्य शक्ति । मानवजीवनभैंm यसको पनि सृजना एकै किसिमबाट हुने पनि होइन। अनि कुरा किन दु:ख र सुख अदृश्य शक्तिमा रहेको जस्तो लाग्दछ।     यो प्रश्न निकै धेरै पहिलेदेखि मसँग छ। समाधान निकाल्न सकेको छैन। म नास्तिक हुँ र असतको सत्तालाई स्वीकार्न सक्दिनँ। अदृश्य शक्तिमा असत पाउँछु, तब त्यसलाई शक्ति स्वीकार्न सक्दिनँ। शक्ति मान्नेहरूको जमात पनि निकै ठूलो छ। कुनै घटनाहरूलाई जब वस्तुजगत्को कारणहरूले कुनै सम्बन्ध कायम गर्न सकिंदैन, जब त्यो नितान्त अनपेक्षित हुने गर्दछ, तब त्यसलाई दैवी घटना मानेर मनलाई सान्त्वना दिने गरिन्छ। कुनै पनि समाजको सङगठन, त्यसको उपलब्धिहरू र प्रगतिको मापन गर्दा खेरी त्यसको धर्मको पृष्ठभूमि र समाजका सदस्यलाई प्रभावित पार्न सक्ने धार्मिक