Posts

Showing posts with the label सन्दर्भः भारतको स्वतन्त्र दिवस

नेपाल–भारत सम्बन्ध

Image
- श्रीमन्नारायण     नेपाल र भारतबीचको सम्बन्ध अद्वितीय र दुवै देशको इतिहासभन्दा पनि पुरानो छ। नेपाल र भारत दक्षिण एशियाका दुई यस्ता मित्रराष्ट्रहरू हुन्, जसलाई भूगोल र इतिहासले एशियाको मानचित्रमा सँगसँगै गाँसिदिएको छ। खुला सिमाना, धार्मिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सम्बन्धले हामीबीचको मित्रतालाई अझै बढी प्रगाढ बनाइदिएको छ। खुला सिमाना, धार्मिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सम्बन्धले हामीबीचको मित्रतालाई अझ बढी प्रगाढ बनाइदिएको छ। अर्को शब्दमा भन्नुपर्दा नेपाल र भारतबीचको भौगोलिक सन्निकटता, आर्थिक अन्तरसम्बन्ध राज्यस्तरमा मात्रै सीमित नभई जनस्तरमा समेत गहिरो र फराकिलो रहेको छ। दक्षिणी छिमेकी भारत आफ्नो ७४औं स्वतन्त्रता दिवस मनाइरहेको छ। स्वतन्त्र भारतले विगत ७४ वर्षमा प्राप्त गरेको उल्लेखनीय प्रगति हामी सबैको निम्ति प्रेरक साबित हुन सक्दछ।     नेपाल र भारतको सम्बन्धलाई परिभाषित गर्नु सहज र सरल छैन। सरकारहरूको आफ्नै समस्या, परिस्थिति र अवस्था हुन सक्दछ तर नयाँ दिल्ली र काठमाडौंले निर्धारण गरेको सम्बन्धभन्दा निकै गहिरो र व्यापक यी दुई देशका जनताबीचको सम्बन्ध छ। त्रेतायुगमा अवधका राजक