Posts

Showing posts with the label कुरोको चुरो

वीमनपा ठीक्क ! बिरालो भन्छ थुक्क

Image
                मुकुन्द आचार्य वीरगंज वीरहरूको नगरी हो किनभने यसको नामको ‘वीर’ वीर शमशेरको नामकै मूल अंश हो। यसको न्वारन कसले, कहाँ, कसरी गरायो, त्यसको वीरता कुन विषयमा थियो, ती सब कुरा तपसीलका हुन्। हालसाल तिनलाई खोतलखातल पार्न जरुरी देखिन्न। त्यसो त अहिले सबै आफूलाई वीर (हीरो) नै ठान्छन्। वर्तमानमा चहार्दा यो वीरगंज नगरी पहिलेको दाँजोमा निकै तन्किएको छ। पूर्व, पश्चिम, उत्तर, दक्षिण चारै दिशामा यसको तन्काइ निकै बढेको छ। चुइङ्गम भएको छ। यसको आकार, प्रकारलाई उपध्रोसँग तन्काउने श्रेय यसको नगरीकरण–शहरीकरण गर्ने सोचलाई जान्छ। सबै दिशाबाट यहाँ आएर वीर भएर वीरतापूर्वक बस्ने सबै वीरबहादुर प्रशंसनीय छन्, वन्दनीय छन्। उनीहरू आआफ्नो जीवनचक्रमा खुङ्खार अपराधी हुन सक्लान्स तर त्यो खोतलखातल गर्ने काम हामी नगरौं। त्यो हाम्रो काम हैन। अब कुरोको चुरोतिर लागौं। वीरगंज नगरपालिकाले उपध्रो उन्नति गरेको छ, यसमा रौं बराबर शङ्का गर्ने ठाम छैन। ठाउँ–ठाउँमा कालाचिल्ला सडकहरू दक्षिण भारतीयको अनुहारजस्तै टिलिक्क टल्केका छन्। अस्पताल, रोगी, विद्यालय, महाविद्यालय, होटेल, वाणिज्य–व्यवसाय, प्रहरी प्रशासन, अपराधी, तस

राष्ट्रिय घोडेजात्रा

Image
मुकुन्द आचार्य हाम्रो देशमा अनेकथरीका जात्राहरू भइरहन्छन्। सित्तैमा जात्रा हेर्न पाउने हामी नेपाली कति भाग्यमानी छौं भनेर साध्य छैन। कहिले रथजात्रा, कहिले गाईजात्रा, कहिले घोडेजात्रा, कहिले नारा जुलुसको जात्रा आदि इत्यादि १ राजनीतिक समर्थन र विरोधका जात्राहरू छँदैछन्। प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधान मिच्दै गरिएको सदन विघटनलाई सर्वोच्चले लत्याएपछि देशमा जात्राहरू पुनः शुरू भएका छन्। अब फेरि नयाँ सरकार बन्ने सुरसार हुन थाल्यो। तसर्थ सरकार भएर सरकारी तबेलामा बाँधिन, घुम्ने मेचमा अन्धो भएर बस्न नेता–नेत्री भनाउँदा घोडाहरूको घोडदौड कार्यक्रम शुरू भॉको छ। कसैलाई मन्त्रीज्यू बन्नु छ, कसैलाई मन्त्राणी बन्नु छ, कसैलाई  सचिव बन्नु छ, कसैले प्रमुख जिल्ला अधिकारीको कुर्सी ताकेको छ। अर्थात् घोडेजात्रामा सहभागी भएर पुरस्कृत हुनलाई घोडाघोडीहरू हिं...हिं...हिं...को हँसिलो नाद गर्दै दगुरिरहेका छन्– राजधानीको चउरमा चर्न। अझ रमाइलो त के छ भने यस घोडेजात्रामा सहभागी हुन आउने सबै घोडाघोडीसँगै नयाँ–नयाँ उमेरका युवायुवती, घोडाघोडी पनि ठूलै सङ्ख्यामा राजधानी भित्रिंदै छन्। राजधानी अहिले घोडामय नै बन्

बिहेमा को–को थिए ?

Image
मुकुन्द आचार्य     विवाह शब्द नै खिइएर बिहे बन्न गएको हो। छोटकरीमा भन्नुपर्दा, जिब्रोको सजिलोका लागि अङ्ग्रेजीको ‘ब्रदर’ ब्रो भयो, युनाइटेड किङ्गडम युके भयो, युनाइटेड स्टेट्स अफ अमेरिका ‘युएसए’ बन्न पुग्यो, मार्केट–मार्ट भयो, मदरबाट मम भयो। मान्छे सा–है छोटो हुँदै गयो।     त्यसैले अचेल बिहेवारी पनि छोटकरीरूपमा हुन थाल्यो। त्यसो त हाम्रो हिन्दू समाजमा चट मँगनी पट शादीको चलन पहिलेदेखि नै नभॉको त हैन। शुभस्य शीघ्रम भनिने टुक्काले पनि चटपट बिहे गरिहाल्नेलाई रौस्याएकै हो नि त। अनि त आइहाल्यो नि ‘मियाँ बीबी राजी तो क्या करेगा काजी !’ आँखा मात्र जुध्नुपर्छ अनि त धेरै थोक जुध्न थाल्छन्।      म पनि हालसालै एक मित्रको छोराको बिहेमा साक्षी किनाराको सदर बन्दै जन्त भएर गॉको थिएँ। पाए अन्त नपाए लखनेको जन्त भन्ने आहानलाई चरितार्थ गर्दै म जन्त भएर दक्षिणकालीको सुरम्य शक्तिपीठमा दाखिल हुन पुगें। हुलमुलमा जीउ जोगाउनू भन्छन्। मातालाई टाढैबाट ढोग गरें।     जन्तीमा विविधखाले मानव आकृतिका जीवजन्तुहरू हुनु स्वाभाविकै हो। जन्त हिंड्नुअघि नै यौटा धक्कुबाजले गुड्डी हाँक्यो– म त खाँटी काङ्ग्रेसी ! मेरा बाजेले वि

अमवा के डारी में बोले रे कोयलिया

Image
मुकुन्द आचार्य हाम्रँे सानो देशमा धेरै थरीका भाषाभेष छन् । एकजना त भेषबहादुर थापा थिए, धेरैलाई सम्झना होला । भेषभाषा आदिको भिन्नताले नै त देश रमाइलो, घमाइलो हुँदो रै‘छ । तसर्थ नेपालको तराई भेगमा पनि भोजपुरी, मैथिली, अवधी, थारू, राजवंशी आदि भाषाको राम्रँे उपस्थिति छ । भोजपुरी भाषाको लोकगीतको यो सर्वप्रसिद्ध त्रबोल हो । कोइलीले कुहु–कुहु गर्दा कतिलाई रोमाञ्च हुन्छ रे ! वसन्त ऋतुदेखि कोइलीले पनि मिलनको गीत गाउन थाल्छ भन्ने प्रचलन रहिआएको छ । कुनै पुस्तक पढेको जस्तो लाग्छः वसन्त ऋतु आएको बेला कोइली र कविलाई पहिले थाहा हुन्छ रे । वसन्त आउनासाथ कता हो कता लुकीबसेको कोइली पञ्चम स्वरमा गाउने र कविले पनि ताली बजाएर सुसेलेर उसैको तालमा नाच्ने गाउने गर्छ भन्ने मान्यता हामीले पालिरहेका छौं । कवि, कोइली र वसन्त ऋतुको एक्का ट्रायल नामी र दामी मानिन्छ । हाम्रँ पूर्वीय शास्त्रीय वर्णनहरूमा वसन्त ऋतुको शुभागमनको निहुँमा वसन्तोत्सव धूमधामले मनाउने प्रचलन रहिआएको थियो । राजा रजौटाहरू आफूलाई इन्द्र र दरबारिया स्त्रीलिङ्गहरूलाई अप्सरा मानेर निकै उल्लासका साथ जिस्किने, मस्किने, ठुस्किने, लट्ठिने गर्थे रे ।

गाली शब्दकोष बजारमा !

Image
मुकुन्द आचार्य बजारमा हजार ! भन्सारमा संसार ! व्यापारमा अपार ! तैपनि यो संसार असार ! एक दिन सधैं छोडेर जानु छ। कालले खटाएको मानु खानु छ। तैपनि सर्वत्र सधैं हाहाकार। थुक्क साला संसार !! यस्तो बेथितिको संसार कुन चै भँडुवाले बनाएको होला। फेला त परोस्, मैले जान्या छ ! प्रिय पाठकवर्ग ! माथिल्लो पाराग्राफ पढेर तपाईंहरूलाई लाग्न सक्छ, यो बूढोले पक्कै पनि आज नीमको दतिउन गरेर करैलाको भुटुवा खाएर लेख्न बसेछन्। कति गाली गर्न सक्या हो। त्यो पनि संसारलाई नै। यो त अचाक्ली नै भयो। अति गर्नु अतिसार नगर्नु भन्या यै हो। गाली गर्नु पनि यौटा कला हो। सबैलाई गाली गर्न आउँदैन। जसरी राम्रो, मीठो, स्वादिलो, पौष्टिक, हेर्दै खाउँ–खाउँ लाग्ने भोजन तयार गर्नु स्वयंमा एक कला हो। त्यसैगरी, विपक्षीलाई सत्तोसराप गर्नु पनि यौटा सुन्दर आकर्षक ललितकला हो। तँलाई हरियो बाँस, तँलाई छेरौटीले लगोस्, तेरो घरमा काङ्ग्रेस पसोस्, तलाई कोरोना लागोस्, तेरो वंश मासियोस्, तैंले भीख मागेर खान परोस, तँलाई नर्कमा पनि ठाउँ नपाइयोस्, जुनी–जुनी नर्कमा बास होस्, तेरो घरमा दरिद्रा देवीले बास गरून्। आदि सबै गाली, श्राप, कुभलो चिताइएका अभिशाप

आयो जुलूस मौसम

Image
मुकुन्द आचार्य जुलूस, आन्दोलन, नारा, बन्द, आमसभा, प्रचारप्रसार, विपक्षीको सारा जन्मकुण्डली हेरेर उसको कमीकमजोरीको व्यापक प्रचार, एकअर्कामाथि दोषारोपण (दोष भएपनि न भएपनि) जुलूसमा शक्ति प्रदर्शन, सानो कुरालाई बढाएर ठूलो पार्ने, सानो असमझदारीलाई ठूलै झगडाको रूपमा परिणत गर्ने जस्ता घटना, दुर्घटना, अन्तिममा कुटाकुट, पछि–पछि आफ्ना प्रतिद्वन्द्वी, विपक्षीको रहस्यमय मृत्यु आदि इत्यादि सम्पूर्ण चर्तिकला मिसाएर यौटा ‘राजनीति’ शब्द बन्छ। ‘जुलूस’ हटाइदियो भने राजनीति लङ्गडो हुन्छ। कसैको समर्थन गर्नुपरे पनि भव्य जुलूस, कसैको विरोध गर्नुपर्दा पनि जुलूस नभई नहुने, जन्मदा पनि न्वारन गराउने बाहुन बाजे चाहिने, मरे पनि श्राद्ध गराउन बाहुनै हुनुपर्ने जस्तै हो यो मेलोमेसो पनि। बेला–कुबेला जुलूस नारा आदि भइरह्यो भने देशमा प्रजातन्त्र, लोकतन्त्र, ठोकतन्त्र सबै तन्त्र–मन्त्र सक्रिय छ भने जस्तो लाग्छ। यो हाम्रFे देश नेपाल भनाउँदो बाँचेको छ। त्यति मात्र कहाँ हो र नारा, जुलूसको समाचार सुन्दा मात्र पनि नेपालीहरू ऊर्जावान् छन् भन्ठानेर मन फुरुङ हुन्छ। हाम्रो यो आर्यावर्तीय भूभागमा ६ थरीका ऋतु सक्रिय हुने मानिन्छ।

देश ठूलो कि कुर्सी ?

Image
मुकुन्द आचार्य देश ठूलो कि कुर्सी भनेर कसैले सोधे भने हामी ‘कुर्सी’ भन्छौं। देशभन्दा कुर्सी किन ठूलो भनी पुनः प्रश्न गर्दा जवाफ आउँछ– कुर्सी भनेको माहुते हो, जसले विशाल हात्ती (देश)लाई हाँक्दछ। आज प्रश्न यस्तो किन ? किनभने हाम्रो नेपालमा अहिले कुर्सी महापुराणको अखण्ड पाठ, कुर्सी कीर्तन, कुर्सी जप, कुर्सी चिन्तन–मनन आदि राष्ट्रियस्तरमा अहोरात्र चलिरहेको छ। कुर्सीका बारेमा चौबीसै घण्टा बोल्न सक्ने पण्डितहरू केपीशर्मा ओली, पुष्पकमल दाहाल, माधव नेपाल, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, झलनाथ खनाल, बाबुराम भट्टराई, वकीलहरू, भूतपूर्व न्यायाधीशहरू, सबै पार्टीका नेताहरू, झोलेहरू आदि इत्यादि तथाकथित नेताहरू र तिनका आफन्तजन कहलिने सबै भाग्यमानी पर्दछन्। सबैको अर्जुनदृष्टि एकमात्र प्रधानमन्त्रीको कुर्सीमा टिकेको हुन्छ। अहिले प्रमको कुर्सीमा विराजमान ओलीलाई सो कुर्सीबाट तल झारी जसरी हुन्छ आफू वा आफ्नो मान्छेलाई बसाउन पाए देशलाई लुटेर खान सकिन्छ भन्ने दाउ सबैको छ। यस्ताखाले लुटेराहरूलाई राजनीतिशास्त्रको भाषामा नेता, देशभक्त, जनसेवक, राष्ट्रनायक, जननेता आदि इत्यादि भव्य शब्दले सम्बोधन गरिन्छ। सोही अन

स्वार्थ र अहङ्कार

Image
मुकुन्द आचार्य एकताका हाम्रो नेपालमा राजनीतिक पण्डितहरूलाई ‘दादा’ भन्ने चलन थियो। फिलिमहरूमा चैं गुन्डा, बदमाशलाई दादा भन्थे। वर्तमानमा चैं नेता जति सबै दादा र दादा जति सबै नेता भएर छ्यासमिस भएका छन्। को नेता हो, को दादा हो, को बाहुबली हो– यो छुट्याउनै गा–हो भएको छ। एक आदरणीय व्यक्तित्व छन्। जिन्दगीभरि राजनीति गरे। अचेल राजनीतिलाई बाइपास गरेर घरमैं बस्छन्। तर जतिखेर पनि राजनीतिकै कुरा गर्नु उनको विशेषता र कमजोरी बनेको छ। जुनसुकै घटनालाई पनि राजनीतिको थोत्रो चश्मा लाएर हेर्छन्। आफ्नै खाले विश्लेषण गरेर सुनाउँछन्। लास्टै बोर गर्छन्। गाईभैंसीले जस्तै खाएर अनि फुर्सतमा उग्राएर बस्छन्। ती विद्वान् विश्लेषकको गफ सुन्न त्यस्तै कामधाम नभएका जनता जनार्दन भेला हुन पुग्छन्। पुराण भन्ने पण्डितले व्यासासनमा पल्थी मारेर प्रवचन गरे जस्तै पारामा यी बिचरा असफल राजनीतिज्ञ पनि चपाइचपाइ कुरा गर्छन्। पहिले आफूलाई वामपन्थी भन्थे पछि काङ्ग्रेसी झन्डा बोकेर उफ्रन थाले। वल्लो घाटका न पल्लो तिरका भए। ‘द्विविधा में दोनो गए माया मिली न राम’ भनेजस्तै चौटा खान गएका नेताजी त झोलमा डुबेर मरेछन्। ‘इतो भ्रष्ट, उतो भ्रष

सांसदहरूको भाउ बढ्यो

Image
मुकुन्द आचार्य मान्छे जतिखेर वस्तु बन्छ अनि उसको पनि बजारभाउ बढ्छ–घट्छ। चुनाउको मौसम आएपछि मतदाता (भोटर) र ती मतदातालाई खरीद–बिक्री गर्ने चतुर नेता (जसलाई सोटर भनी बोलचालको भाषामा सम्बोधन गरिन्छ) को पनि ह्वात्तै भाउ बढ्छ। कोरोनाभन्दा पनि छिटो र प्रभावशाली ढङ्गले बढ्छ। व्यापारमा आजको विश्वमा यी शब्दहरू निकै प्रचलित भएका छन्– मार्केट, सप्लाई, सर्टेज, एक्सपोर्ट, इम्पोर्ट, बिजनेस, टे«ड, बैंकिङ, दलाली, नाफा, नोक्सान, कर (टैक्स) छली, परसेन्ट, एभरेज इत्यादि। हामी हिन्दूहरू वर्षमा एक दिन कुकुरको पनि पूजा गर्छौं। अनि भन्छौं एक वर्षमा भएपनि एक दिन सबैको पालो आउँछ। यो हाम्रो मुलुकमा श्रीमान् नेताजीहरूका केही नेत्रीहरूको बजार भाउ निकै चर्को भएको छ। जेहोस्, खरीद–बिक्रीका लागि राजनीतिक बजारमा नेता र नेत्री भनाउँदाहरू बेच्न राखिएका शोकेशका जिनिस भएका छन्। विकास युग हैन, दासयुग आए जस्तो छ। जता बढी मोल पाइन्छ, उतैतिर टाँसिने (बिक्री हुने) सुनौलो अवसर अहिले प्राप्त भएको छ। अर्थात् बजारमा राम्रो मोलमा खरीद–बिक्री भइरहेको छ, नेता भनाउँदो जिनिसको। दशैंमा भेंडा, खसी, बाख्रा, बोका बिकेझैं। यस्ता जिनिस किन्ने

मान्छेको लड्ने प्रवृत्ति

Image
मुकुन्द आचार्य मान्छे भनिने जन्तु पशुप्राणी हो । यद्यपि उसको सिङ हुँदैन, खुट्टा पनि चारोटा हुँदैन, पुच्छर पनि हुँदैन, ऊ घाँसपात खान मन पराउँदैन, मांसाहारी हुनमा रमाउँछ । मांसाहारी–मदिरापायी, जनम कोटि जीव नरकमा धायी १ मैले मान्छेको जातिलाई पशुसँग दाँजेकोमा धेरैलाई चित्त नबुझ्न सक्छ । किनभने जहिलेदेखि कोरोनाको कथा–व्यथा थालनी भयो सबैले नेता, डाक्टर, वैज्ञानिक, शासक, चिन्तक, शोषक, सङ्कटमोचक यावत्ले आआफ्नो ज्ञान–ध्यान–मान–सम्मान खतरामा परेको अनुभूति गर्न थाले । यस विराट सृष्टिमा आफ्नो अस्तित्व त सङ्कटमा परेको दुःखद अनुभव भएपछि बिचरो घमण्डी मान्छे भनिने पशुको सातोपुत्लो उडि नै हाल्यो । उसका हातखुट्टा काम्न थाले । अब जाबो यौटा कीराले (कोरोनाले) एउटा खेपमैं लाखौं मान्छेलाई सहजै सोत्तर पार्न सक्छ भने मान्छेले विकास गरें भनेर के फुर्ती लाउनु १ आफूलाई विश्वकै दादा भन्ठानेर बसेको अमेरिकामैं धेरै मान्छे मरे । कीरा, भुसुना, कीट, पतङ्गभन्दा पनि कमजोर प्रमाणित भएनौं त हामी ? सोच है सोच बिचरा मनुवाहरू १ तिम्रो वास्तविक क्षमता के कति रै‘छ १ कुनै मँन्छेले नै भनेको छ, बुद्धिर्यस्य बलं तस्य अर्थात् मान्छे

नेताको नाटक ! जनतालाई प्राणघातक !!

Image
मुकुन्द आचार्य हामीले तराई भेगमा रहँदा बस्दा सुनेका थियौं– चिडिया के जान जाए, लइका के खिलोना। अर्थात् बालबालिकाले कुनै चरा समाएर खेलाउन थाले भने चरा चैं मर्न सक्छ, बालबालिकाको लागि चैं त्यो फगत एक खेल मात्र हुन्छ। मनोरञ्जन हुन्छ। तर चराको ज्यान फुर्र...! अचेल नेपालको राजनीतिक अवस्था हेर्दा बालपनको त्यो भोजपुरी उखान घरीघरी सत्य भइरहेको पाउँछौं। खासगरी राजनीतिक वृत्तमा। कमनिस्ट भनाउँदाहरू आफू आफैंमा लडिरहेका छन्, कुर्सीका लागि ! यौटा राजा थियो रे, नीरो भनिने। सिङ्गो शहर जलिरहेको अवस्थामा ऊ त बाँसुरीमा प्रेमरागको तान फुकिरहन्थ्यो भन्छन्। जनताको दुःख, सुखमा साथ नदिने शासक हो, सावधान ! हाल विश्वभरि नै कोरोना कहरको नाङ्गो नाच चलिरहेको छ। नेपालमा पनि नाङ्गो नाच हेर्न पल्केका जनतालाई नेताहरूले थरीथरीका नाच देखाइरहेका छन्। ‘कमरिया....।’ सुन्ने बित्तिकै कम्मर कर्माउनेहरूको लामो लाइन छ। नाच्न नआए पनि नाचे जस्तो गरेर नाटक देखाउने हाम्रा नेता र नेत्रीहरू धन्य छन्। तिनीहरूलाई भित्रैदेखि सलाम ठोक्न मन लाग्छ १ अर्थोकले ठोक्न मिल्दैन के गर्नु ! यो संसार यौटा रङ्गमञ्च हो। हामी त्यस रङ्गमञ्चमा नाटक देखाउ

कुर्सीको कुरो !

Image
            मुकुन्द आचार्य विद्यार्थी जीवनका आफ्नै रमाइलाहरू हुन्छन् । यसबारेमा सबैका सबथरी अनुभव हुन्छन् । हाम्रो देशको कुनै विद्यालयमा छात्रछात्राको परीक्ष्Fा चल्दै थियो । त्यसो त अचेलका विद्यार्थी, गुरुजी सबैले परीक्ष्Fा शब्दको मानपदवी बढाएर ‘एक्जाम’ भन्न थालेका छन् । पढाइ भो नेट, बाँकी सब चेट् १ परीक्ष्Fामा यौटा अनौठो प्रश्न सोधिएको रहेछ । प्रश्न यस्तो खालको थियो– तलका प्रश्नहरूको सङ्क्षेपमा उत्तर देऊ। ठूलो भए‘नि क्यै नाप्दैन । प्रश्नहरू– कुर्सी केलाई भनिन्छ ? देखेका छौं ? उत्तरहरू– कुर्सी यौटा आसन हो । पहिले काठका कुर्सी हुन्थे । पछि फलामले त्यो बजार लियो । फलामे कुर्सीलाई प्लास्टिकको कुर्सीले अचेल विस्थापित गरिसकेको छ । त्यसो त कुर्सी बस्ने यौटा ठाँडो मात्र हो । प्रश्नहरू– यीबाहेक पनि कुर्सीका अन्य जात हुन्छन् कि ? उत्तरहरू– सुत्नै मिल्ने कुर्सीलाई अचेल सोफा भन्छन् । पद अनुसार कुर्सीहरू पनि अनेकथरीका हुन्छन् । पद, पैसा, अधिकार, शक्ति अनुसार यो जिनिस पनि चिल्लो, मोटो, गद्दा भएको, अनेकथरी चम्किला पदार्थ जडिएका भव्य र आकर्षक हुन्छन् । राजाहरू राज गर्ने पहिलेका सिंहासन नै समाजवादी भन

कहाँ गए ती दिन ?

Image
      मुकुन्द आचार्य सबैलाई थाहा छ, समय परिवर्तनशील छ। सम्भवतः समयको यसै विशेषतालाई ध्यानमा राख्दै कसैले पुकार गरेको थियो– समय बडा बलवान रे भैया, समय बडा बलवान ! यससम्बन्धी यस परम सत्यतथ्यलाई हाम्रो मानवीय तुजु्रकले झट्ट स्वीकार्दैन। मन आफ्नो मौजमा हिंड्ने हुनाले ‘मनमौजी’ शब्द बनेको होला। मान्छेका सकल इन्द्रियलाई काममा जोत्न यै मोरो मन त हो नि। मन एवं मनुष्याणां कारण बन्ध मोक्षयो अर्थात् मनकै कारणले मानिस बन्धनमा पर्छ वा मोक्ष हुन्छ। यो गीताको वचन हो। यसलाई सत्य नमाने त सकिगयो नि ! अब यै छठको पर्वलाई हेरौं न। पर्वको लम्बाइ–चौडाइ त बढ्यो, अर्थात् छठका श्रद्धालु भक्तजनहरू तराईदेखि पहाडसम्म सलहझैं फैलिए, तर यसको गहिराइतिर मान्छेले ध्यान दिनै छाडे। बाहिरी देखावटी तडकभडकले कुरोको चुरोलाई नै ओझेलमा पा–यो जस्तो लाग्दैन ? श्रद्धा भक्ति गायब, फेशन भो जायज !! सजावट गर्ने बेपारीले आफूलाई नयाँ सृष्टि गर्ने विश्वामित्रको स्थानमा राखेर आफ्नो हैसियत ह्वात्तै बढाउँछ, साथसाथै आम्दानी पनि। त्यसैगरी, अर्को छट्टु टेन्टको सजावट भनेर मोटो रकम कुम्ल्याउन सफल हुन्छ। यसरी छठको ठेकुवा खाने थुप्रै छन्। चतुर, चला

हे ! छठीमाई !!

Image
      मुकुन्द आचार्य प्रायः सर्वमान्यजस्तै यौटा मान्यता के छ भने हरेक समाजमा केही चाडबाड, पर्व, उत्सव त हुन्छन् नै र ती उत्सव, चाडबाडको जन्म चैं सम्बन्धित समाजलाई स्वस्थ मनोरञ्जन दिनु नै हो। सँगसँगै त्यसबाट शिक्षा प्रेरणा पनि पाइन्छ भने त्यो त झन् सुनमा सुगन्ध भइहाल्यो नि १ रौंचिरा विवाद र विरोध गर्नेहरूलाई टाढैबाट प्रणाम छ। तराईतिरको लामो जीवनयापनका क्रममा ‘हे छठीमाई !’ को गुहार, पुकार लाएर अनेकथरी माग प्रस्तुत गरेको अथवा कसैको उछित्तो काढ्नु छ भने छठीमाईको पुकारा गरेर, सरापेको पनि प्रशस्तै दृश्यहरू देख्न, सुन्न पाइन्थ्यो। हाललाई यस प्रवृत्तिलाई वा प्रचलनलाई सामाजिक अस्वस्थ मनोरञ्जनकै रूपमा मान्दा हुन्छ। लागेको बानी, समाजले पनि छोड्न सक्दैन। षष्ठी तिथि नै ‘छठी’ भएर लोकमा प्रसिद्ध भएको हुन् भन्ने मान्यता त छँदैछ। छठीमाताले माफ गरून्। छठीमाताको प्रसाद भन्दै ठेकुवा एक महीनासम्म खाने, ख्वाउने चलन हाम्रो समाजमा देखिन्छ। महीना दिनसम्म दिउँसोको खाजा ठेकुवै हुन्थ्यो। तर अब त्यो रमाइलो चलन पनि हराउँदै जान थाल्यो। कस्तो दुःखको कुरा ! तराईमा छठदेखि जाडोयामको थालनी हुन्छ, यो मान्यता अझै पनि ज्यूँ

दुई मित्रको टेलिफोन वार्ता

Image
    मुकुन्द आचार्य –    हेलो ! के छ यार हालखबर ? –    उस्तै–उस्तै हो । एजन एजन नै हो । खासै क्यै छैन यार ! –    विशेष खबर खाबर क्यै छ कि ? अचेल कोरोनाको करामात के कस्तो छ ? वीरगंज त दुई नम्बर प्रदेशको हीरो शहर हो नि ! यहाँबाट निस्कने आर्थिक तरङ्गले सिङ्गो देशकै आर्थिक जलाशयलाई तरङ्गित पार्दछ । पुरानो नामूद नगरी पो हो त वीरगंज चानचुने नठान्नु । –    जेहोस् कोरोनाको कुरा छ, त्यो अब प्राथमिकतामा कदापि पर्दैन । वीरगंजको सदाबहार विषय त तस्करी नै हो । त्यो अमर छ । –    कस्तो कुरा गर्छौ यार तिमी पनि । कोरोना भाइरस अहिले विश्वव्यापीरूपमा नम्बर एक खतरा बिमारी हो । सजिलोसँग सरूवा–बढुवा हुन सक्ने निजामती कर्मचारी जस्तै त हो नि यो मोरो ज्याद्रो कोरोना पनि ! –    यार ! तिमीले त लास्टै हावादारी गफ ग¥यौं नि । हो, केही समयअघिसम्म भने दुई नम्बर प्रदेशमा कोरोनाको बिगबिगी थियो । तर अब त्यो स्थिति छैन । यस प्रदेशको जनताले आफ्नो वीरता, शौर्य, आँट र चतु¥याइँले कोरोनालाई लखेटेर मारिसके । कोरोना त अब अतीतको दुःस्वप्नजस्तो भइसक्यो । बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी कतै पनि कोरोनाको काइँकुइँ सुनिंदैन । अब

रातो टीका निधारमा...

Image
मुकुन्द आचार्य     कसै–कसैले भन्छन्, हेर त यो संसार कति सुन्दर छ ! प्रकृतिको सौन्दर्य हेर। कतै विशाल पहाडहरू छन्। कतै डरलाग्दा समुद्रहरू छन्। कतै अनकन्टार वन। कतै बालुवाको खानी रेगिस्तान छ। सुन्दर चराचुरुङ्गी पनि कतै छन् भने डरलाग्दा भयानक नरभक्षी पनि यहीं छन्। तर आजको मान्छे यस्तै सौन्दर्यमा भुल्न चाहन्न।     मानवको स्वाभाविक प्रवृत्ति हो, ऊ पनि चराझैं उड्न र गाउन चाहन्छ। आफूलाई सुरक्षित जोनमा राखेर ऊ नरभक्षी हिंसकलाई नजीकबाट नियाल्न खोज्छ। आहा, पाटेबाघ पनि कति चित्ताकर्षक देखिन्छ। टिभीमा हेर्नुस् त कोरोनाका कातिल कीटाणु पनि कति कमालका देखिन्छन्। हेरिरहुँजस्ता!     अनि त रातो टीका निधारमा टलक्क टल्कियो, नेपालीको चाडबाडमा कोरोना सल्कियो ! यस्तै विरहको गीत सुसेलेर बस्नुपर्ने बाध्यतामा हामी बाँचिरहेका हुन्छौं। नभन्दै यसपालाको दशैं खल्लोमल्लो नै भयो। खोई कहाँ छ, उमङ्ग–उत्साह–खुशी ?     आफ्नै सहोदर दाजुभाइ एकअर्कालाई भेट्न डराउँछन्। आउने–जाने दाजुभाइले कोरोनाको कोसेली पो बोकेर ल्याएका छन् कि ? त्रास र अत्यासको अँध्यारोमा हामी बाँच्न बाध्य छौं, हिंड्न बाध्य छौं। अनि रमाइलो घमाइलो कहाँबाट ल्

सक्कली हरायो ! नक्कली आयो !!

Image
  - मुकुन्द आचार्य     म सानै छँदा कहिलेकाहीं सीमावर्ती भारतीय बजारतिर पुग्ने संजोग जुथ्र्यो। हाटबजारमा अनेकथरीका साइनबोर्डले आकर्षित पार्थे। ‘यहाँ शुद्ध डालडा मिलता है’ लेखिएको साइनबोर्डले मलाई चिन्तित बनाउँथ्यो। किनभने हामीलाई थाहा थियो, यो डालडा भनेको नक्कली घिउ हो।     नक्कली घिउ डालडा, अनि त्यसको पनि नक्कली रूप प्रकट भइसकेछ ! यो सत्य तथ्यलाई मैले पचाउन भने सकिनँ। तर पचहत्तरी कटेपछि ‘डालडा’, ‘वनस्पति’ घिउ सबै पचे। अर्थात् नक्कलीले सक्कलीलाई पछा–यो।     यसको परिणाम के भयो भने सक्कली घिउ त हेर्नु पनि दुर्लभ भयो। सुँघ्न र खान त परै जाओस्। अब कुनै छमियालाई मात्र नक्कली भनेर नाकमुख खुम्च्याउन पाइन्न है ! किनभने सारा संसार नक्कली भइसक्यो।     हिजो हाम्रFे छिमेकमा एकजना बुढीमाउले स्वर्गारोहण गरिन्। छिमेकीको नाताले म पनि त्यहाँ पुगें। आउनेजानेहरूको लर्को थियो। एउटा बाइकमा कुनै प्रौढ महिला हुर्रर्र आइन्। अनि भित्र आँगनमा पुगेर लाश नजीक गई विचित्र आवाजमा कराइन्, रोइन्। म जिल्ल परेर हेरिरहेको थिएँ। एकै छिनपछि ती रुने महिला को थिइन् त भनी बुझ्न खोज्दा उनी त नक्कली पारामा रोएर फर्केर गइसकिछन्।

कठै, मान्छे कति एक्लो भयो

Image
- मुकुन्द आचार्य     हुनत सबैले यो ज्ञानको क्याप्सुल सानैदेखि खाँदै आएका छन्– तिमी चिन्ता नगर १ संसारमा रित्तो हात आयौं र जाँदा पनि तिम्रो हात रित्तै हुन्छ। अनि भुत्राको चिन्ता गर्नु त !     यस्ता बैरागी कुरा सबैले सुन्छन् र  उडाइदिन्छन्। पश्चिमा कुनै विद्वान्ले भनेका छन् रे– पूर्वीय देशमा अबोध बालक जन्मन्दैनन्, त्यहाँ जन्मने त सानैदेखि दार्शनिक हुन्छन्। ज्ञानी हुन्छन्।     हो पनि १ हाम्रFे समाजमा यस्तो हुनु सजिलो पनि छ। ‘कर्म’ गर फलको आशा नराख ! भन्ने ज्ञानीहरू थुप्रै होलान्, तर यस लोभीपापी समाजमा फलको आशा नराखी काम मात्रै गर्दै जानेलाई मूर्ख शिरोमणि भनिन्छ। ...मूलप्रश्न नै हुन्छ– मलाई के फाइदा।     विडम्बना हेर्नुस्, मान्छे आफूलाई सामाजिक प्राणी भन्दछ, तर आज ऊ नितान्त एक्लो भएको छ। मान्छेले कहिल्यै पनि स्वयंलाई यति निरीह, अशक्त, कायर पाएको थिएन।     एक/दुई दिन मात्रै अघिको कुरा हो। सामाजिक सञ्जालमा यौटा दुःखद दृश्य देखियो। देशको एउटा नामूद अस्पतालमा हल्लीखल्ली मच्चिएको थियो। यौटी युवती चिच्याउँदै थिइन्– यो मान्छेलाई बचाउने अस्पताल हैन, यो त कसाइखाना रै‘छ। मेरो पिता जेलबाट यहाँ ल्याइए

कोरोना संस्कृति

Image
- मुकुन्द आचार्य     संस्कृति बन्न र बिग्रन लामो समय लाग्दछ। कुनै समयको कुनै समुदायको समाजको संस्कृति त्यत्तिकै बन्दैन। युगौं युग लाग्छ यसका लागि। यो चानचुने कुरो हैन।     तर कुनै ठूलो घटना, दुर्घटनाले सभ्यता र संस्कृतिको निर्माण र विनाशमा ठूलो प्रभाव पार्न सक्छ। यस्ता परिवर्तनकारी तत्वहरूमा युद्ध, महामारी, कुनै ठूलो घटना, दुर्घटना र राजनीतिक परिवर्तन हुन सक्छन्।     कोरोना अहिले यति व्यापक शब्द भएको छ। जसले बच्चादेखि बूढाबूढीसम्मलाई हल्लाइदिएको छ। हेर्दाहेर्दै कोरोेना संस्कृतिको विकास भयो। अब कसैले इतिहास लेख्न बस्यो भने कोरोनाकालको उल्लेख गर्नै पर्ने हुन्छ। नगरे मानव इतिहास पूर्ण हुुँदैन।  अचेल कसैको घरमा जान मिल्दैन। जसकोमा तपाईं जानुहुन्छ, त्यो अभागी मान्छे भित्रभित्रै तर्सेको हुन्छ। उसको मनमा बारम्बार यस्ता खाले प्रश्न जन्मिरहन्छन्, त्यो अतिथि भएर आएको सोमत नभएको मुर्दाले कोरोना कीटाणुको उपहार पो ल्याएको छ कि ? हुनत यसले मास्क त लाएको छ। तर हात त खुल्लै  छ, यो मोराले कोरोना सारेरै मर्ने भयो कस्तो बेसोमती मुर्दो रे‘छ। यस्तालाई त पुलिसले ड्याड्ढा ड्याङ लाठोले किन हान्दैन होला। क्वै

गुरु–चेला !

Image
- मुकुन्द आचार्य     मान्छेलाई सामाजिक प्राणी भनिन्छ। त्यै सामाजिक प्राणीलाई अचेल कोरोनाको डरले ‘सोशल डिस्टेन्सिङ’ सिकाउने काम गरिंदै छ। अर्थात् कसैसँग हात नमिलाउनु, कसैसँग अङ्कमाल नगर्नु, भीडभाडमा नजानू आदि इत्यादि।     संसारभरिको स्वास्थ्यको ठेक्का विश्व स्वास्थ्य सङ्गठनले लिएर आफूलाई जगद्गुरु घोषणा गरेको छ। विश्व स्वास्थ्य सङ्गठन गुरु, अनि सारा संसार उसको चेला भएको छ अचम्म !     तर कोरोनाको ताण्डव नृत्यलाई डब्ल्युएचओले रौं बराबर पनि रोक्न सकेन। कोरोनाले प्रमाणित गरिदियो– आजको मान्छे सर्वोच्च मूर्ख जन्तु हो। अब मान्छेसँग मान्छे डराउने !     यो मानव समाजमा कोही पनि चेला बन्न चाहँदैन। सबै गुरु बन्न चाहन्छन्। अहिले जल्ले पनि भन्छस साबुन–पानीले हात मलीमली धुनु, मास्क लाउनु, मान्छेहरूबाट टाढै बस्नु, यो यो खानु, यो यो नखानु आदि इत्यादि। सबै सजिलैसँग डाक्टर भएका छन्। सबै स्वघोषित डाक्टर भइसके।     संसार हल्लाइदिने कोरोनाको कीराले सोशल मिडियामा देखिएको दृश्य अनुसार आफ्नो जुँगा बटारेर भन्छ रे– यो मान्छे त कीराभन्दा पनि गएगुज्रेको जन्तु हो। अब कोरोना जगत्गुरु भयो कि भएन ? जितेको जुवाडे गुरु सम