Posts

Showing posts with the label हास्यव्यङ्ग्य एकाÍी

अनुगमन–२

Image
– समीर पाख्रिन दृश्य ः सनसेट बोडिङ्ग स्कूलको अफिस कोठा । प्रिन्सिपल महोदया चरम तनावका कारण एक्लै फतफताउँदै अफिस कोठामा ओहोरदोहोर गरिरहेकी छिन् । टेबुलमाथि स्थानीय, राष्ट्रिय समाचारपत्रहरू छरपस्ट देखिन्छन् । महोदया ः ( स्वयंसित ) जुन अखबार हे¥यो उही समाचार । निजीले आपूmखुशी शुल्क बढायो । निजीले वर्षैपिच्छे पाठ्य पुस्तक बदली ग¥यो । कमिशनको लोभले पाठयक्रममा दर्तै नभएको किताब किन्न बाध्य गराएर अभिभावकलाई थप आर्थिक बोझमा पा¥यो । खोइ के के हो के के ? जहिले पनि पिकसिजन आयो कि यस्तै मौसमी समस्याले तनाव गराउँछ । घाम तापेर, गफ गरेर तलब खानेहरूबारे पनि केही लेख्नु नि १ प्रवेशिका परीक्षामा गोलोखानेहरूबारे पनि कहिलेकाहीं लेख्नु नि १ एकातिर विद्यार्थीहरू घटने डर, अर्कोतिर वृद्धि गरेको शुल्क फिर्ता दिनुपर्ने डर १ खोइ टेन्शन पनि कताकताको लिने होला । एउटा अङ्ग्रेजी शिक्षक खोजेको महिना दिन हुन आँट्यो अझै भेटिएको छैन । (यत्ति नै बेला कसैले ढोका ढकढकाउँछ) को हFे भित्रै आउनोस् । ( हातमा फाइल बोकेर एकजना भर्खरको ठिटो अफिसमा प्रवेश गर्छ । ) ठिटो ः (टाउको कन्याउँदै अलिक नर्भस भावभङ्गिमामा ) मैडम, हजुरको बोर