Posts

Showing posts with the label संस्मरण

बायोतडी र बैतडी

Image
शीतल गिरी    अब हामी नेपाली लोकवार्ता तेस्रो राष्ट्रिय स·ोष्ठीमा सहभागीहरूले बैतडी जिल्लाको केही महत्त्वपूर्ण स्थानको दृश्यालोकन गर्न मात्र बाँकी थियो । बैतडी जाने क्रममा डँडेलधुराको उग्रतारा मन्दिर अवलोकन गरेको सम्झना आइरहेको छ । हामी डोटीमा कार्यक्रम समाप्त गरेर खाना खाएर बाटो लागेका थियांै । पुरातात्त्विक, धार्मिक र ऐतिहासिक महत्त्वका वस्तुहरूबारे लेखिएन भने यथार्थ बदलिंदै जान्छ । कारण अलिकति कुरो लेखकको हुन्छ, अलिकति जानकारी गराउनेको हुन्छ, अलिकति समयले ठाउँ लिएको हुन्छ— यी कुराहरू तत्कालीन यथार्थमा मिसिंदै जान्छन् ।     सत्तरी सालको कार्तिक १० गतेको साँझ त हो, हाम्रो बस सुदूरपश्चिमको नागबेली परेको पहाडी बाटोमा गुडिरहेको । हामीलाई चिसो सिरेटोबाट बचाउँदै न्यानो अनुभूति गराउँदै्र गन्तव्य भेट्न एकनासले बत्तिइरहेको । बिस्तारै बिस्तारै रात भने कालो हुँदै गयो, नेपालको कालो इतिहास राणा शासन फाल्न प्राण आहुति गर्ने अमर शहीदको जन्मस्थल नमन गर्ने श्रद्धा भने बढ्दै थियो । सुनेको थिएँ, बायोतडी अर्थात् बैतडी देशमा व्याप्त अन्धकार र निरङ्कुशतालाई हुरी बतास हुँडलेर फाल्ने क्षमता राख्ने पवित्र

जनकलाल शर्माको प्रबन्धमा मानवपूर्खा–२

- सुशील मुडभरी गताङ्कको बाँकी     यस्ता अश्मीभूत अस्थि अवशेषको अध्ययनमा काल निर्धारणको पनि ठूलो महत्त्व हुन्छ । काल निर्धारण दुई प्रकारले गरिन्छ, जसलाई सापेक्ष र निरपेक्ष वा स्वतन्त्र काल निर्धारण विधि भनिन्छ । सापेक्ष काल निर्धारण विधिमा त्यस्ता अश्मीभूत अस्थि अवशेषका साथ पाइएका अन्य जीवजन्तु र वनस्पतिसित तुलना गरेर हेरिन्छ । यस्ता जीवजन्तु र वनस्पतिको अध्ययनबाट भूगर्भशास्त्री र पुरासत्वशास्त्रीहरूले काल निर्धारण गरिसकेका छन् । यस्तै वस्तुसित आफूले प्राप्त गरेका वस्तुको तुलना गरेर काल निर्धारण गरिन्छ । यस्ता विधिबाट भूगर्भको कालो काललाई निर्धारण गर्न समर्थ भए तापनि यदाकदा यसमा पनि समस्या पर्न आउँछ । उदाहरणका लागि युरोप र अफ्रिकामा पाइने ठूला हात्ती वा महागजलाई नै लिन सकिन्छ । जुन समयमा यस्ता हात्ती अफ्रिकामा जीवित अवस्थामा प्राप्त हुन्छन्, त्यस समयभन्दा धेरै पहिले युरोपमा त्यस्ता प्राणी विलुप्त भइसकेका देखिन्छन् । त्यसै प्रकार अफ्रिका र एसियाको अवस्था पनि हुन सक्तछ । वनस्पतिको परिवर्तनको अवस्था योभन्दा पनि छोटो हुन्छ, जसले गर्दा हामीले चाहेको ठीक समय निकाल्न कठिन हुन्छ । यसकारण स्वत

जनकलाल शर्माको प्रबन्धमा मानव–पूर्खा

- सुशील मुडभरी    स्व. जनकलाल शर्माले आफ्नो प्रबन्धमा संस्कृति, साहित्य, दर्शन, मानवशास्त्रका साथै विविध विषयहरू समेट्नुभएको छ । उहाँले हरेक विषयको सूक्ष्म अध्ययन गरी तथ्यको आधारमा पाठकहरूसमक्ष सत्यको उद्घाटन गरिदिनुभएको छ । उहाँले प्रबन्धमा लेख्नुभएका विषय अति नै समयसापेक्ष, गहन र अनुसन्धानात्मक छ । भावी पीढीका लागि उहाँका लेखहरू अति नै उपयोगी छ । यस पुस्तकमा पृथ्वीको उत्पत्ति, मानव विकासको क्रम, धर्म–संस्कृति आदिबारे खुलस्त गर्नुभएको छ । उक्त प्रबन्धमा उहाँले लेख्नुभएको मानव शास्त्रभित्रको ‘नेपालमा मानव जातिको पुर्खा’ नामको लेख अति सान्दर्भिक र गहन छ । विज्ञानमा चासो राख्ने, विद्यार्थी तथा सम्पूर्ण नेपाली पाठकका लागि उहाँको भनाइ जस्ताको त्यस्तै प्रस्तुत गर्ने जमर्को गरेको छु ।     संस्कृतिविद् श्री सत्यमोहन जोशी जनकलाल शर्माका प्रबन्ध भन्ने पुस्तकको आफ्ना दुई शब्दमा लेख्नुहुन्छ– मेरा अनन्य मित्र एवं सहकर्मी स्व. जनकलाल शर्माले लेखेर छोडेर जानुभएका प्रबन्धहरूको बृहत् सँगालो वास्तवमा भन्ने हो भने नेपाल राष्ट्रकै एक अमूल्य सांस्कृतिक सम्पदा भएको छ । यसभित्र नेपालका पुरातात्त्विक, ऐतिहा

कलैयाका तीन मूर्धन्यहरू–३

(स्व. धु्रवर्षि, स्व. जगन्नाथ, स्व. बद्रीनारायण)  गताङ्कको बाँकी बद्रीनारायण दास     उहाँ छातापिपरा गाविस बेहरा वडा नं. ६ बारामा बाबु सुरतनारायण दास आमा सुकुमारी देवीबाट वि.सं. १९८० भदौमा जन्मनुभएको देखिन्छ । कर्मक्षेत्रको हिसाबले थुप्रै ठाउँमा नोकरी गरी अन्तिममा कोष तथा लेखा नियन्त्रणको कार्यालय बारामा कार्यालय प्रमुखको रूपमा देखिनुहुन्छ । सेवानिवृत्त भएपछि उहाँले पूर्ण समय समाजसेवा र साहित्य सेवामा लगाएको देखिन्छ साथै धार्मिक क्षेत्रमा त उहाँ एउटा अनुसन्धानकर्ताकै रूपमा चिनिनुहुन्छ । उहाँले गायत्री विज्ञान, रूद्राक्ष लगायत थुप्रै लेख रचनाहरू गर्नुभएको छ । तीमध्ये गायत्री विज्ञान भन्ने पुस्तक बौद्धिक जगत्मा सार्‍है चर्चित    छ । उक्त पुस्तक हिन्दीबाट नेपालीमा रूपान्तर गर्न वरिष्ठ साहित्यकार मुकुन्द आचार्यले सहयोग गरेको देखिन्छ ।     करिब पाँच सात वर्षअगाघि उहाँ मेरो घरमा आइ परिचय माग्नुभयो र तपाईं राम्रो समालोचक साहित्यकार हुनुहुन्छ भनी सुनेकाले यो मेरो ‘गायत्री विज्ञान’ पुस्तक उपहार छ भन िदिएर जानु भयो । उक्त पुस्तक धेरैपटक पढे पनि आज संयोगले समालोचना अर्थात् उक्त पुस्तकमा के छ

कलैयाका तीन मूर्धन्यहरू–२

गताङ्कको बाँकी (स्व. धु्रवर्षि, स्व. जगन्नाथ, स्व. बद्रीनारायण) जगन्नाथप्रसाद मोदक     वि.सं. १९८९ वैशाखमा बारा बरेवा (कलैया नपा वडा नं. ७) मा जन्मनुभएका मोदकजी उत्कृष्ट समाजसेवी हुनुहुन्थ्यो । बरेवास्थित जनहित पुस्तकालय स्थापनामा उहाँको विशेष योगदान हुनुका साथै संस्थापक अध्यक्षसमेत हुनुहुन्थ्यो । बारा जिल्लामा आर्य समाज नामक संस्था गठन गर्दा उहाँ पहिलो अध्यक्ष भएको देखिन्छ, जसले गर्दा यसको पनि संस्थापक अध्यक्ष मानिन्थ्यो । तत्कालीन गाविस बरेवाको उहाँ प्रधानपञ्च बन्नुभएको थियो र किसान स·ठनको उपाध्यक्ष (जिल्लाको) समेत बन्नुभएको थियो । यसरी सामाजिक क्षेत्रमा निकै राम्रो दखल भएको देखिन्छ । यी सबैभन्दा पनि राम्रो काम उहाँले ‘पूर्वजन्म किसे कहते है’ नामको पुस्तक प्रकाशित गरी केही रचनाहरू पनि गर्नुभएको थियो भनिन्छ । पूर्वजन्म किसे कहते भन्ने उहाँले लेख्नुभएको पुस्तकमा शुरु पानामैं माता स्व. मातोदेवी, स्व. पिता चुनी साह र स्व. पत्नी सिंहासनी देवीको स्मृतिमा समर्पण गर्नुभएको देखिन्छ । उक्त पुस्तकमा नेपाल भोजपुरी प्रतिष्ठानका अध्यक्ष रामप्रसाद साह र साहित्यकार पृथ्वीराज पाण्डेले भूमिका लेखेका

कलैयाका तीन मूर्धन्यहरू

Image
(स्व. धु्रवर्षि, स्व. जगन्नाथ, स्व. बद्रीनारायण)     भवानीपुरका धु्रवर्षि उपाध्याय, बरेवाका जगन्नाथप्रसाद मोदक र घुसुकपुरका बद्रीनारायण दास कलैया नगरभित्रका विगतका तीन बौद्धिक मूर्धन्य स्रष्टाहरू हुन् । कलैयाको सामाजिक साथै साहित्यिक, धार्मिक क्षेत्रमा यी तीनैजनाको विशेष योगदान देखिन्छ । विश्वका हरेक समाज समुदायमा दैनिक लाखौं मानिस जन्मिरहेका छन् र मरिरहेका पनि देखिन्छन् । यस्तो सांसारिक क्रिया प्रक्रिया विश्वभर अर्थात् राष्ट्र, नगर, गाउँ आदिमा भइरहेका छन् । यी प्रक्रियाभित्र आएका वा परेका मानिसहरू मरिसकेपछि शरीर नष्ट भएझैं तिनका नाम निशाना र सम्झनाहरू विलीन हुँदै जान्छन् र अतीत बन्न पुगेका हुन्छन् । तीमध्ये थोरै मानिस मात्र यस्ता हुन्छन् जसले आफ्नो त्याग तपस्याले धेरै लामो समयसम्म आफूलाई जीवित राख्न सफल हुन्छ । अर्थात् शरीर मरेर गए पनि उनीहरूका असल गुणहरू समाजका लागि छाडेर गएका हुन्छन् । त्यस्ता असल सद्गुणीहरू कलैयामा पनि थुप्रै होलान् । तर हाल मेरो सम्झना–संस्मरणमा त्यस्ता तीन व्यक्तिहरू देखिएका छन् । तिनको एक–एक गरी वर्णन गर्न चाहन्छु । त्यस्ता अरू पनि सद्गुणीहरू छन् भने पाठकहरूब

शास्त्रार्थ

Image
- सुशील मुडभरी    म केटाकेटी छँदा अर्थात् ०७ अगाडि पहाडको एउटा पाठशालामा पढ्न भर्ना गरिएको थिएँ । हामी छात्रहरू करिब पचासजना थियौं भने गुरुजी एकजना मात्र हुनुहुन्थ्यो । खरको छाना, बाँस र खरको भित्तालाई माटोले लिपेको दुई साना आँखीझ्याल र एउटा बाँसको ढोका भएको, एउटै कोठाको पाठशाला सानो हलझै लाग्थ्यो । छात्रहरू हार मिलाएर गुद्री–सुकुलमा लाइनमा बसाइन्थे । कक्षाको विभाजन थिएन । सबभन्दा छिटो र धेरै बुझिसकेकालाई पहिलो हारको शुरुमैं अर्थात् योग्यता अनुसार क्रमबद्ध राखिन्थ्यो । वर्णमाला अर्थात् कखरा पढ्ने अक्षर नचिनेकालाई सबभन्दा पछाडिपट्टि राखिन्थ्यो । छात्रहरूलाई अध्ययन गराउँदा गुरुजीले एक छेउबाट एक–एक गरी पढाउँदै अन्तिमतिर पुग्नुहुन्थ्यो । अगाडिका अक्षर चिनेकालाई कम समय दिनुहुन्थ्यो भने पछाडिकालाई धेरै समय दिनुहुन्थ्यो । धेरै जानेकाले गुरुजीको आदेशले कम जानेकालाई कहिलेकाहीं पढ्न पठाउनुहुन्थ्यो । र तिनलाई कखरा पहाडा आदि घोकाउनु पथ्र्यो । म ती गुरुजीकहाँ पढ्न थालेपछि सावा अक्षर चिनेर एक डेढ वर्षमा दुर्गा कवाज घोक्न थालिसकेको थिएँ । दुर्गा कवाज कण्ठ भएपछि तँलाई रुद्री कौमुदी पढाउँछु भन्नुहुन

खुशी हाम्रो चारैतिर छ, चिन्न सक्नुपर्छ

- शीतल गिरी    कुनै पनि कामलाई राम्ररी र समझदारीपूर्वक गर्नु नै कला हो । जीवनको हरेक समय समस्या, निराशा अथवा असमझदारीसाथ जीवन बिताउनु जीवन होइन, मात्र जीवनको भारी बोकेको भन्न सकिन्छ । खुशी हाम्रो चारैतिर छ मात्र चिनेर समाउनुपर्दछ । पचासी वर्षीया अनिता आफ्ना जवान नाति–नातिनाहरूका साथमा बडो खुशी छिन् र उमेरको हिसाबले धेरै फुर्तिली देखिन्छिन् ।     एकदिन नाति हरिले सोध्यो, “हजुरमुआ, एउटा कुरा भन्नुस्, तपाई यो उमेरमा पनि यति खुशी र मोटोघाटो देखिनुहुन्छ, यस्तो लाग्छ तपाईको जीवनमा कहिल्यै कुनै चिन्ता परेकै छैन ।” हजुरमुआले हाँस्दै भन्नुभो, “नाति, मैले र तिम्रा हजुरबुवाले आफ्नो जीवनको प्रत्येक क्षण बडो खुशी साथ बितायौं र खुशीयाली कायम राख्नको लागि अहिलेपनि सजग छौं । प्रत्येक सामाजिक, पारिवारिक दायित्वलाई खुशीसाथ निर्वाह गरेका छौं । अब उमेरको उत्तरार्धमा आफू अथवा अरू कसैसँग कुनै तीतोपना छैन ।”     पानी हाल्दा गिलास जति भरिएको हुन्छ, त्यसलाई देखेर खुशी हुन सिक्नुपर्छ, त्यसको सदुपयोग गरौं, खाली गिलासमा ध्यान केन्द्रित गरेर समय बरबाद गर्नुहुँदैन । मेरा छिमेकी शम्भु र विनिता दुवै पति–पत्नीको आपसक

बिर्सन नसकिएको क्षण

- सुशील मुडभरी छूवाछूत, भूत, बोक्सी, बालविवाह, महिला हिंसा, विभेदजस्ता थुप्रै निकृष्ट सोचका अवशेषले आज २१ औं शताब्दीमा पनि पिरोलेको छँदैछ । हिजो राणाकालीन नेपालमा यस्तो प्रथा जल्दोबल्दो अवस्थामा थियो र समाज आक्रान्त रहने कुरा जगजाहेरै छ । तत्कालीन अवस्थामा राज्य व्यवस्थाले पनि यस्ता कुरालाई टेवा दिएको थियो, अर्थात् जहाँनिया जातीय शासन कायम राख्न पनि अन्ध परम्परालाई प्राथमिकता दिइन्थ्यो । राणाहरूलाई देशको भन्दा आफ्नो रोलक्रममा चिन्तित रहेको पाइन्थ्यो । त्यस्ता राम्रा मान्छेले अन्ध र रूढिको डराई–डराई विरोध गर्नुपथ्र्यो र त्यस्ता राम्रा मान्छेहरू औंलामा गन्न सकिन्थे । सात साल पुग्दा नपुग्दै यस्ता परिवर्तनकामीहरू शहरमा मात्र होइन गाउँका शिक्षित परिवारमा पनि देखिन थालेका थिए । नेपालको इतिहास हेर्दा लिच्छविकालभन्दा अगाडि जातपात र छुवाछूतलाई खास महत्त्व दिएको देखिंंदैन । तर मल्लकालमा, समाजमा रहेको कमजोरी हटाउने नाममा जातपात, उचनीच, छुवाछूत, सतिप्रथाजस्ता जघन्य अपराधलाई बढावा दिएको देखिन्छ । शााहकालमा पनि त्यस्ता अपराधहरू हटाउन ध्यान पुर्‍याएको देखिंदैन । ज·बहादुरको पालामा त यस्ता अर्थात् जात

लाल सलामसहित अलबिदा क. गणेश सर्राफ

- बालगोपाल थापा    मिति २०६९ साउन गते गणेश सर्राफले यस भौतिक संसारबाट बिदा लिनुभएको समाचारले मलाई सारै स्तब्ध तुल्यायो । म आफैं पनि बिरामी भई वीरगंजको आइसियुबाट स्थानान्तरण भई काठमाडौंस्थित ‘ब्लू क्रस’ अस्पतालको आइसीयुबाट दुई दिनपश्चात् जेनरल बेडमा सुतिरहेको थिएँ । त्यति बेला नै क. गणेश सर्राफको शोक समाचारले मेरो मन–मस्तिष्कमा थुप्रै कुराहरू चलचित्रझैं खेलिरहयो । तर मेरो बाध्यता भनेको गणेश सर्राफको अन्तिम यात्रामा सहभागी हुन नपाउनु र अन्तिम लाल सलाम दिन नपाउनु थियो । यसै दु:खको पीडाबोध गर्दै आफ्ना यिनै दुई शब्दमार्फत् अन्तिम लाल सलामको श्रद्धासुमन चढाउन चाहन्छु ।     गणेश सर्राफसँग मेरो कम्युनिस्ट आन्दोलनको सहयात्रा २०४६ सालको जनान्दोलनपछि शुरु भएको हो । यसो त मेरो र उनको उमेरबीच १९/२० वर्षको फरक भए तापनि कम्युनिस्ट आन्दोलनमा उनी म जतिकै जोशिलो, सक्रिय र जिम्मेवार भएको पाएँ । गणेश सर्राफ २०३४ सालमैं नेपाल कम्युनिस्ट पार्टी (मानन्धर समूह)को सदस्यता लिएर कम्युनिस्ट पार्टीमा क्रियाशील थिए । तत्कालीन निरङ्कुश पञ्चायती शासनकालमा कम्युनिस्ट पार्टीको सदस्य बन्नु र जनताप्रति समर्पित हुन खोज

जब कुकुरले व्रत गर्‍यो

Image
- सञ्जय साह ‘मित्र’ धेरै पहिलेको प्रस· होइन । २०६८ साल छठ खरनाको दिनको कुरा हो । एउटा कुकुरको व्यवहारले मेरो अन्तर्मनमा जे प्रभाव पार्‍यो, त्यो कसैलाई पनि असामान्य लाग्न सक्छ । सुन्नेका लागि पनि केही हदसम्म अविश्वसनीय लाग्न सक्छ । मैले त देखेको हुँ । तरपनि मलाई आश्चर्य लागिरहेको छ । आफ्नै घरमा यस्तो नभएको भए शायद कसैले जति विश्वास दिलाए पनि म पत्याउने थिइनँ ।     मेरो बसाइ रहेको मित्रनगर गरुडाभन्दा गेडही गुठीको घर निकै टाढा होइन । साइकलमा जाँदा पन्ध्र मिनेटमा पुगिन्छ । धर्मपत्नी रेणु दिनैपिच्छे घर गइरहन्छिन् तर मलाई उतिसारो फुर्सद भइरहँदैन । कहिलेकाहीं त छ महिनासम्म पनि घर पुग्न सकेको हुँदिनँ । अरू बेला पुगे पनि नपुगे पनि छठ र फगुआको समयमा अवश्य गएको हुन्छु । अहिलेसम्म एउटा फगुआको समयमा बी.ए. को वार्षिक परीक्षा परेकोले हेटौंडामा बिताएको छु र एउटा छठको समयमा अत्यधिक द्वन्द्व चर्केर नेपाल बन्द भएकोले घर आउने अवस्थै नभएको बेला एउटा छठ पनि हेटौंडामा बिताएको छु । तर यी दुवै महापर्वहरूमा घर पुग्न नसक्दा ममा जुन छटपटी र पीडा भएको थियो त्यो मेरो लागि अत्यन्त अप्रिय थियो । आफ्नो घरदेखिको विछो

मधेसी महिला र सम्मान

- सुषमा तिवारी (द्विवेदी) भारतीय च्यानलबाट महिला सम्मानको कार्यक्रम हेर्दाहेर्दै मैले नेपालमा रहेका मधेसी महिलाहरूको सकारात्मक परिवर्तनको पनि सम्मान गरी महिलाहरूलाई अझ विकास क्रियाकलापमा पुरुषको साथ काँधका काँध मिलाएर अगाडि बढ्न हौंसला प्रदान गर्न सकिन्छ भन्ने अनुभव गरें । मधेसी महिलाहरू सहरी क्षेत्रहरूमा उद्यमशीलता, व्यावसायिकता आदिका कारण मूलधारमा आउँदैछन् भने ग्रामीण परिवेशमा उनीहरू स्वास्थ्य स्वयंसेविका, आमा समूह, लघु वित्त र सहकारी माध्यमबाट मूलधारमा आउँदै छन् । पर्सा जिल्लाको गाउँ–गाउँमा गएर हेर्ने हो भने मधेसी महिलाहरूको विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समूह, सामुदायिक वन आदिमा प्रतिनिधित्व उत्साहजनक देखिन्छ । यी महिलाहरू राजनीति तथा रोजगारीमा समेत पुरुषसँग प्रतिस्पर्धा गर्दै अगाडि बढेको हाम्रो अगाडि नै देखिन्छ । कुनै महिलाले कुनै कार्यक्रममा बोल्न पाउँदा, यसले पनि बोल्छे भनेर भलाकुसारी गर्छन् । पुरुषहरू महिलाले भाषण गर्न थालेपछि–‘ओहो वहाँ त बोल्न सक्नुहुँदो रहेछ’ भनेर आश्चर्य प्रकट गर्छन् । हामी नारीहरू पनि मौका दियो भने शिक्षित हुन सक्छौंं, कुनै पनि विषयमा बोल्न सक्छौं । ह

मनोभाव स् बाबुराम भट्टराई र नीतीशकुमारको प्रसङ्ग

Image
- सञ्जय साह ‘मित्र’  केही समय पहिले यसै स्तम्भमा आफ्ना सातजना साथीसित बाबाधाम जाँदाको संस्मरण प्रकाशित भएको थियो जसमा बिहारको सडक यातायातको विकास देखेर नेपालसित तुलना गर्दै नेपालका बाबुराम भट्टराईबाहेक अरू सबै नेतासित एउटा नीतीशकुमारलाई साट्नु परे पनि हामी तयार हुनेछौं भन्ने आशयको कुरो थियो । त्यो त्यत्तिखेरको कुरो हो, जतिखेर डा. भट्टराई प्रधानमन्त्री बनिसकेका थिएनन् । अहिले केही हप्तादेखि बिहारका मुख्यमन्त्री नीतीशकुमार र नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रस· निकै चर्चामा रहेको छ ।                              बिहार एउटा प्रान्त हो र नेपाल एउटा स्वतन्त्र देश हो । बिहार नेपालको प्रान्त होइन र बिहारका मुख्यमन्त्री र नेपालका प्रधानमन्त्रीको राजनीतिक धरातल पनि मिल्दैन, न राजनैतिक विचार नै मेल खान्छ । तर अहिलेको अवस्थामा बिहारबाट विश्वले नै पाठ सिक्नुपर्नेमा नेपाल अछुतो रहन जानु कमजोरी हुन जान्थ्यो । के देखिन्छ भने बाबुराम भट्टराई र नीतीशकुमारको शिक्षाको धरातलको क्षेत्रगत समानता रहेको छ । नीतीशकुमार पनि इन्जिनियर हुन् भन्ने कुरो कतै पढेजस्तो लाग्छ । हाम्रा डाक्टर प्रधानमन्त्री

बाबुराम भट्टराईको मूल्याङकन

Image
सञ्जय साह ‘मित्र’     त्यतिबेला डा. बाबुराम भट्टराई प्रधानमन्त्री भइसकेका थिएनन्। हामी सातजना बाबाधामको बाटोमा निस्किसकेका थियौं। साउनको पहिलो हप्ता थियो २०६६ को। एउटा बोलेरोमा हामी रौतहटको शिवनगरबाट बाबाधामको लागि प्रस्थान गर्दा आइतवारको ११ बजेर ५५ मिनेट गएको थियो। बाबाधाम भन्नेबित्तिकै यहाँबाट अन्दाजी ६ सयकिलोमिटर दक्षिण–पूर्वमा भारत झारखण्डको देवघर जिल्लामा अवस्थित देवघर नगरपालिकाको वैद्यनाथधाम भनेर सबैले बुझ्छन्। मध्य मधेसका हिन्दू मध्यमवर्गीय नागरिकका लागि अत्यन्त आकर्षणको केन्द्र बाबाधाम रहेको छ। उमेरले साथ दिने अवस्थाका हरेक मानिस त्यहाँ पुग्न चाहन्छन्। तीर्थाटनको यस्ता आकर्षण अन्य कुनै धार्मिकस्थलप्रति यस क्षेत्रमा पाइन्न। यसैले साउनदेखि असोज (दशैं)सम्म यस क्षेत्रका मानिसहरू उता गइरहन्छन्। उसो त पूर्वी नेपालका कुनाकुनाबाट गएका मानिसहरू पनि त्यहाँ भेटिन्छन्।     हामी निजी सवारी साधनमा थियौं । यो केही महँगो भए पनि निकै सजिलो हुन्छ। तीर्थ गर्न जाँदा तीर्थ गर्नलाई सजिलो, समयको बचत, आफूलाई मन लागेको ठाउँमा रोक्न सकिने, विश्राम गर्न मिल्ने र आवश्यकता अनुभव भएमा नयाँ ठाउँहरूतिर लैजा

नारायण मेरो आँखामा

रमेशमोहन अधिकारी     आफ्नो उमेर अनुसार ठीकै कदको, लाम्चो मोहडाको, सङ्कोच मान्दै अलिअलि मुस्कुराउँदै आफूतिर आउँदै गरेको आकृति सम्झँदै छु अहिले म। गहुँगोरो त्यस आकृतिले मसँग परिचय गर्दा ऊ १२/१३ वर्षको हुनुपर्छ । अत्यन्त प्रतिभाशाली धियाँले त्यो केटो आज यस संसारमा छैन र पनि मेरो मनभरि, मस्तिष्कभरि अटेसमटेस गरेर रहेको छ।     नारायण सापकोटा हो उसको नाम । मकवानपुरको धियाँलमा जन्मेको नारायण मसँग अलि लजाउँथ्यो। अलिअलि डराउँथ्यो पनि कि १ मैले उसलाई पढाएको थिइनँ। ऊ मेरो नातामा पनि पर्दैनथ्यो। ऊ मेरो गाउँले पनि थिएन र पनि म उसलाई कसरी–कसरी नजिक ठान्थें।     ऊ मकवानपुरको छतिवनमा सुरुमा आफ्नै बन्धुबान्धवसँग सम्पर्कमा आएको थियो। सायद थर मिल्नेसँग नजिकिन सजिलो पर्ने र सहयोग पाइन सक्ने सम्भावना देखेको थियो उसले। त्यसैले मेरा अनन्य मित्र उद्धव सापकोटासँग पहिलो सम्पर्क राखेको थियो उसले। उहाँले उसले सम्पर्क राख्नासाथ मलाई जानकारी गराउनुभएको थियो। उसले प्राथमिक तहको पढाइ पूरा गरेको थियो। उसको गाउँमा निमावि तहको विद्यालय थिएन। ऊ बाँकी पढाइ पूरा गर्न चाहन्थ्यो। उसको घरायसी स्थिति उसको आगामी पढाइका लागि उ