Posts

Showing posts with the label राशिफल

वि.सं. २०६८ साल तपाईको वार्षिक राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ.):     मेष राशि हुनेहरूको यो वर्ष मध्यम फलदायी रहने छ। वृहस्पति गृहको भिन्न प्रभावले बोली र व्यक्तित्व बढ्ने, सन्तानसुख, प्रेममा सफलता, व्यापार–व्यवसायमा प्रगति हुने देखिन्छ। विवाह एवं व्रतबन्ध योग्य व्यक्तिका लागि वर्ष शुभ रहेको छ। तीर्थभ्रमण, घरमा मा·लिक कार्यहरू सम्पन्न हुने देखिन्छ। वर्षको पूर्वाद्र्धमा वैदेशिक क्षेत्रका कामहरूमा सफलता मिल्नेछ। वर्षको मङ्सिरदेखि शनि ग्रहको प्रतिकूलताले आर्थिक सङगटको सामना गर्नुपर्नेछ। स्वास्थ्यका क्षेत्रमा खर्च बढ्ने छ। पारिवारिक समस्याले सताउने छ। व्यापार, व्यवसाय र उद्योगहरूमा उतारचढाव देखा पर्नेछ। बौद्धिक वर्ग, विद्यार्थी र कृषकका लागि वर्ष फलदायी रहने छ भने वर्षको उत्तराद्र्धपछि व्यापारी–उद्योगपतिहरूमा असन्तोष, व्यापारमा मन्दी छाउने देखिन्छ। दुर्गा कवच, हनुमान चालिसाको पाठ गर्नु–गराउनु भए अशुभ फलमा कमी आउने छ। आर्थिक दृष्टिले असार, असोज, माघ र फागुन महिना शुभ रहेका छन्। वृष (इ.उ.ए.ओ.वा.वि.बु.वे.वो.):     वृष राशि हुनेहरूको यो वर्ष सामान्य फलदायी रहने छ। राशिबाट बार्‍हौं वृहस्पतिको प्रतिकूलताले गर्दा शिक्षामा खर

वि.सं. २०६८ साल राष्ट्रको भविष्यफल

Image
ज्यो. पं. छविरमण सुवेदी     २०६८ सालमा ६० संवत्सरमध्ये ३८ औं क्रोधी नामको संवत्सर परेको छ। यस वर्ष सौयमण्डलीय मन्त्रिपरिषद् निम्नानुसार गठन भएको छ। राजा: चन्द्रमा मन्त्री: वृहस्पति, सस्येश: सूर्य, धान्येश: शुक्र, मेघेश: बुध, रसेश: म·ल, नीरसेश: शनि, फलेश: बुध, धनेश शनि, दुर्गेश: बुध रहेका छन्। यसरी वर्षको भिन्नाभिन्न फल प्रदानका लागि ग्रह परिषद् गठन भएको छ। २०६८ साल वैशाख १ गते दिउँसो २:५५ बजेको सिंह लग्नमा सूर्य मेष राशिमा प्रवेश गरेपछि २०६८ सालको शुभारम्भ हुनेछ। क्रोधी नाम संवत्सरको फल विचार गर्दा भनिएको छ : क्रोध्यब्दे निखिला लोका: क्रोध–लोभपरायणा: ईतिदोषेण सततं मध्यसस्यार्धवृष्टय:।।     यो क्रोधी नामको संवत्सर परेको वर्ष पृथ्वीभरका जनता क्रोधी, लोभी रहन्छन्। जनतामा नानाभाँतिका रोग ब्याधिले हमेशा सताइरहन्छ। पानी र अन्न उब्जनी सामान्य रहन्छ।     यो साल सौंबारे औंसी २, तिथिक्षय १५ र तिथिवृद्धि ८ छन्। २०६८ साल असार १ गते बुधवार (ज्येष्ठ शुक्ल पूर्णिमा तिथि) तदनुसार १६ जून २०११ र मार्ग २४ गते शनिवार (मार्गशीर्ष शुक्ल पूर्णिमा तिथि) तदनुसार १० डिसेम्बर २०११ का दिन खग्रास चन्द्रग्रहण