Posts

Showing posts with the label सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी

श्रीकृष्ण जन्माष्टमी

    श्रीकृष्ण जन्माष्टमी पर्व अत्यन्तै श्रद्धा एवं उत्साहपूर्वक धूमधामका साथ मनाइन्छ । श्रीकृष्णका यादगार पीठहरूमा यस पर्वका दिन प्रात:कालदेखि नै दर्शनका लागि भक्तजनहरूको घुइँचो लागेको हुन्छ । सम्पूर्ण पवित्रताका धनी श्रीकृष्ण सबैका प्रिय हुनुका साथै पुजन योग्य, गायन योग्य, महिमा योग्य हुनुहुन्छ । श्रीकृष्णलाई जन्मदै पुज्य देखाइन्छ साथै उहाँलाई बाल्यकालका चित्रहरूमा मोरमुकुट, रत्नमणि जडित आभूषण तथा प्रभामण्डलयुक्त देखाइन्छ ।     आज कुनै व्यक्ति कोही राजनीतिक क्षेत्रमा प्रभावशाली छन्, त कोही धार्मिक क्षेत्रमा छन् । तर दुवै पक्षमा श्रीकृष्णको विलक्ष्णता स्पष्ट छ र श्रीकृष्ण जन्माष्टमीको पावन उत्सव धार्मिक र राजनीतिक दुवै सत्ताको पराकाष्ठा प्राप्त श्रीकृष्णको स्मृति दिलाउँछ । उहाँको शारीरिक आरोग्यता, सुन्दरता, आत्मिकबल एवं पवित्रता तथा दिव्य गुणका अत्यन्त पराकाष्ठा मनुष्य चोलामा सर्वश्रेष्ठ, सुन्दर, आकर्षक एवं प्रभावशाली जीवन थियो । श्रीकृष्णको व्यक्तित्व यति महान् थियो कि उहाँ आज पनि यस धर्तीमा केही समयका लागि आए भने उनका भक्तहरूको त कुरै छोडौं, अन्य धर्मावलम्बीहरूमा पनि के मुसलमान, के क

पावन पर्व श्रीकृष्ण जन्माष्टमी

Image
-ब्रह्माकुमारी रविणा     श्रीकृष्ण जन्माष्टमी भन्नाले ३३ कोटी देवीदेवताहरूमध्ये सर्वश्रेष्ठ परमपूज्य देवरूप श्रीकृष्णको शुभ जन्म दिवसलाई बोध गराउंछ।     प्रायः जयन्ती महापुरुषहरूको मनाउने गरिन्छ। जयन्ती त्यस व्यक्तिको मनाइन्छ, जो जनसाधारणभन्दा उच्च हुन्छ वा जसले जीवनमा देश, धर्म, समाजको लागि महान कार्य गरेको हुन्छ। अर्थात् उसले आफनो जीवनकालमा गरेको कठिन प्रयास र सफलतापश्चात् प्राप्त उपलब्धि, महिमा, गरिमा र उपमालाई प्राथमिकता दिएर मनाउने गरिन्छ। तर श्रीकृष्णलाई बाल्यकालदेखि नै एक महान् पूज्यनीय ओजस्वी, तेजस्वी, सम्पूर्ण सुन्दरता एवं गुणहरूले सुसम्पन्न वर्णन गरेको पाउंछौं। साथै नटखट नन्दलाल भनेर पनि वर्णन गरिन्छ अर्थात् नटखट गर्न मन पराउने।     अझ उहांको रूप-लावण्यको वर्णन गर्दै मनमोहनस अर्थात् सबैको मन मोहने-हर्ने भनिन्छ र उहांको छविर्-दर्शनबाट सबै आत्मालाई अलौकिक सुख प्रँप्त हुने हुंदा नयनाभिराम पनि भनिन्छ। उहांमा एउटा अर्को विशेषता के हो भने बाल्यकालदेखि उहांको हातमा मुरली देखाइन्छ र मुरलीको मीठो धुन बजाएर अरूको मन हर्ने भनिन्छ। श्रीकृष्णको मुरलीलाई नै अति महत्त्व दिनुको भावार्थ