Posts

Showing posts with the label सन्दर्भ: २६ जनवरी

भारतीय महावाणिज्य दूतावास वीरगंज विकास कार्यमा ७ बर्से सहभागिता

Image
जानकी मन्दिरको सांस्कृतिक संग्रहालयको उद्घाटन समारोहमा बायाँबाट विमलेन्द्र निधी, भारतीय राजदूत जयन्तप्रसाद, महन्त श्रीराम तपेश्वर दास वैष्णव एवम् भारतीय महावाणिज्यदूत आशुतोष अग्रवाल ।     सन् २००५ मा वीरगंजमा भारतीय महावाणिज्य दूतावासको स्थापना भएपछि शिक्षा, स्वास्थ्य, संरचनागत विकास र ग्रामीण विद्युतीकरणका विभिन्न कार्यहरू वाणिज्य दूतावास क्रियाशील तराईका आठ जिल्लाहरूमा सम्पन्न भएको छ । अहिलेसम्म सम्पन्न भएका तथा निर्माणाधीन कार्यहरूको विवरण यस प्रकार छ : चितवन जिल्ला:     यस जिल्लामा वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, माडी बहुमुखी क्याम्पस, शारदा माध्यमिक विद्यालय र नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माण कार्य सञ्चालनमा रहेकोमा वीरेन्द्र बहुमुखी क्याम्पसको काम सम्पन्न भइसकेको र माडी बहुमुखी क्याम्पस तथा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, खैरबनीको काम सम्पन्न भइसकेर उद्घाटन हुने तयारीमा रहेका छन् । अन्य दुई योजनाको निर्माण कार्य सन्तोषजनकरुपमा चलिरहेको छ । चितवन जिल्लास्थित महेन्द्र स्मृति आँखा अस्पताल, माडी प्राथमिक स्वास्थ्य केन्द्र र नेपाल रेडक्रस सोसाइटी, चितवन, नेपा

नेपाल–भारत मैत्री सभागृहको निर्माण

Image
    सन्दर्भ २६ जनवरी सन् २०१० मा नेपालका राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणको अवसरमा भारत सरकार र नेपाल सरकारले वीरगंजमा भारत–नेपाल मैत्रीगृह निर्माण गर्न एउटा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । समझदारीपत्रमा भारत सरकारका तर्फबाट विदेश सचिव श्रीमती निरूपमा रावले र नेपाल सरकारका तर्फबाट भारतका लागि नेपालका राजदूत रुक्म शम्शेर जबराले १६ फरवरी २०१० मा हस्ताक्षर गरेका थिए । यस आयोजनाको अनुमानित लागत करिब नेरु. ४० करोड रहेको छ ।     वीरगंजमा सभागृहको निर्माण, यसमा समाविष्ट सुविधाहरूको स्थापनाले औद्योगिक नगर वीरगंजका नागरिकको आवश्यकता पूर्ति हुनुका साथै मध्य तराई क्षेत्रको नै विभिन्न गतिविधिहरू–समारोह आयोजन, बैठकहरू, उद्योग एवं व्यापार प्रदर्शनी, सांस्कृतिक कार्यक्रम सञ्चालनमा सुविधा पुग्नेछ । वीरगंजमा गतिलो सभागृह नभएको अवस्थामा अधिवेशन, सम्मेलन तथा बैठकहरू सम्पन्न गर्न अप्ठेरो पर्ने गरेको समस्यालाई यस सभागृहको निर्माणले निकास दिनेछ । सभागृहको निर्माण शैलीले सौन्दर्यानुभूतिको विलक्षण परिदृश्य उपस्थित गरेर बाहय वातावरणमा समेत प्रभाव पार्नेछ । सभागृहको भव्यताले सो स्थलको मनोरञ्जनात्म

भारतको सोफ्ट पावर- स्मिता प्रकाश (सम्पादक:न्युज एट एसियन न्युज इन्टरनेशनल)

    शक्तिशाली राष्ट्र निर्माण हुने क्रममा, भारत अहिले अतीतको चरमोत्कर्ष गौरव, इतिहासको धनी र होनहार भविष्यको रूपमा उभिएको छ । आफ्नो विश्वप्रख्यात प्रजातान्त्रिक विशिष्टताका लागि केनबरादेखि कायरोसम्म र एसियाली क्षेत्रमा स्थायित्व दिने शक्तिका साथै  विकासशील मुलुकहरूको प्रतिनिधिको रूपमा देखापरेको छ ।     हामीले गौरव र विनम्रताका साथ आफ्नो ६३ औं गणतन्त्र दिवस मनाइरहँदा आफ्नो विशिष्ट प्राचीन सभ्यता र बहुलवादी प्रजातन्त्रमा दृष्टिपात गर्दा के अनुभूति गर्दछौं भने यी दुई शक्तिले हामीलाई यस क्षेत्रको प्रकाशस्तम्भको रूपमा प्रतिष्ठापित गरेका छन् । एकदमै स्वाभाविक छ, यस्तोमा कसैलाई आश्चर्य हुन सक्दछ, हामी किन सोफ्ट पावर मात्र छौं ? किन कठोर वा महाशक्तिशाली बन्न चाहेनौं ?     सोफ्ट पावर के हो ? हार्वर्ड विश्वविद्यालयका प्रोफेसर जोसेफ नाइले सर्वप्रथम यस शब्दको प्रतिपादन गर्दै अरूसँग व्यवहार गर्दा भय र प्रलोभनको साटो आकर्षण उत्पन्न गरी परिवर्तन ल्याउन सक्ने क्षमता बताएका छन् । यस विश्वमा कुनैपनि राष्ट्र, मात्र सोफ्ट पावर वा कठोरशक्ति बनिरहन सक्दैन । अरू मुलुकलाई प्रभावित पार्ने आकाङ्क्षा, आफ्नो

भारतको ६२ औं गणतन्त्र दिवस

श्रीमन्नारायण     दक्षिणी छिमेकी राष्ट्र भारत आफ्नो ६२ औं गणतन्त्र दिवस धुमधाम र उत्साहका साथ मनाइरहेको छ। यस बितेका ६ दशकमा भारतले आर्थिक, राजनैतिक, सांस्कृतिक, सूचना प्रविधि, कला, विज्ञान र अन्तरिक्ष आदिको क्षेत्रमा गरेको प्रगति उल्लेखनीय छ। भारतले प्राप्त गरेको आर्थिक वृद्धि दर र औद्योगिक प्रगति विश्व मञ्चमा चर्चा र प्रशंसाको विषय बनेको छ। विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारतले जातीय, क्षेत्रीय, भाषिक एवं सांस्कृतिक विविधतालाई एक सूत्रमा  बाँधेर सङ्घीय शासन प्रणालीको सवोत्ततम उदाहरण पेश गरेको छ। गणतन्त्र भारतमा त्यहाँका दलित, आदिवासी, अल्पसङ्ख्यक, पिछडिएका र कमजोर वर्गले समेत सम्मानजनक र समुचित अवसर पाएको छ। नयाँ सविधान बनाउन लागेका हामी नेपालीले भारतको संविधानसभा, सङ्घीयता र लोकतान्त्रिक गणतन्त्र र आर्थिक प्रगतिबाट सिक्नु आवश्यक छ।      नेपालको दक्षिणी छिमेकी भारत वर्तमान अवस्थामा विश्वको उदाउँदो आर्थिक महाशक्तिको रूपमा स्थापित छ। चीनपछि विश्वमा सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारत विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश पनि हो। लोकतन्त्र र मानवाधिकारको आधारभूत एवं विश्वव्या

भारतीय गणतन्त्र दिवस र नेपाल

अनन्तकुमारलाल दास     यस जाडोमा भारतीय गणतन्त्र दिवस सम्झँदा मलाई मार्निङग वाकमा हिंडिरहेको बेला एक दिन नेपालको शिशु गणतन्त्रलाई एउटा एकान्त पार्कमा बसी विस्तारै रोइरहेको जस्तै अनुभूति भइरहेको छ किनभने भारतमा पनि नेपालजस्तै विभिन्न जाति, भाषा, संस्कृति, धर्म र समुदायका मानिसहरूको बसोबास र अनेक किसिमको द्वन्द्व भए तापनि, गणतान्त्रिक संविधानले ती सबैलाई एकसूत्रमा बाँधी राख्न सक्षम रहेको छ तर हाम्रो देशमा गणतन्त्र आए तापनि हालसम्म संविधान बन्ला वा नबन्ला भन्ने कुरामा नै हामी सशङिकत छौं। यस कारण नेपाली गणतन्त्रको घतलाग्दो अवस्थालाई केहीबेर किंकर्तव्यविमूढ भई हेर्दै बसें। मलाई आफूतर्फ आकर्षित भएको हरेर झन् रुँदै भन्न थाल्यो– यहाँका नेताहरूलाई आफूखुशी नगर्न कसले रोक लगाउन सक्छ ? म त यिनीहरूको क्रियाकलाप हेरेर हैरान छु। मैले त सबैलाई स्वतन्त्रता र अधिकार दिएकै छु तर अधिकार के दिएँ उनीहरू त मेरै मुखमा कालोमोसो दल्न तम्तयार छन्। उसको कुरा सुनेर एक छिन सोच्न म विवश भएँ।      जुन बेला भारतमा गणतन्त्र स्थापना भयो त्यस बेला विश्वको नक्शामा अनेकौं परिवर्तन भइरहेको थियो। विश्वका कैयौं देशमा गणतन्त्र

भारतीय सहयोगमा चौतर्फी विकास

    भारत–नेपाल आर्थिक सहयोग कार्यक्रम १९५१ मा आरम्भ भएको थियो। यस कार्यक्रमको उद्देश्य नेपालको राष्ट्रिय विकासमा मदत पुर्‍याउनु थियो र आगामी दिनमा पनि रहने छ। नेपालमा भारतीय सहयोगको कार्यक्रम कुन मुख्य दृष्टिकोणबाट निर्धारित छ भने नेपालमा राजनीतिक प्रक्रियाका साथै आर्थिक प्रतिलब्धिका साधनहरू, विशेषगरी शिक्षा, स्वास्थ्य र संरचनाहरू पनि त्यत्तिकै महत्त्वका साथ बिनापूर्व शर्त सहज, सरल र तीव्र तथा दबाबरहित किसिमले नेपाली जनताको पहुँचमा पुर्‍याउन सकियोस्। यी कुराहरूलाई मध्यनजर राख्दै भारत सरकारले नेपालको बहुआयामिक विकासका लागि प्राविधिक एवं आर्थिक सहयोग उपलब्ध गराएको छ। शिक्षा विद्यालय/कलेज/पुस्तकालय भवनहरू:         कुनै पनि मुलुकको निर्माण एवं विकासका लागि पहिलो पाइला भनेकै शिक्षा हो र शिक्षालयहरूका लागि भवन अत्यावश्यक र प्राथमिकताप्राप्त आवश्यकता हो। समुचित शिक्षाका लागि त्यसैले, भारत सरकार फर्निचर, प्रयोगशाला एवं कम्प्युटर इत्यादिले युक्त भवनहरूको संरचनामा केन्द्रित भएको छ। र के पनि ध्यान दिइएको छ भने ती भवनहरूमा विद्यार्थी तथा कार्यरत कर्मचारीहरू, शिक्षकहरूका लागि समुचित शौचालय एवं खा

भारतीय महावाणिज्य दूतावास वीरगंज विकास कार्यमा छ वर्षे सहभागिता

   सन् २००५ मा वीरगंजमा भारतीय महावाणिज्य दूतावासको स्थापना भएपछि शिक्षा, स्वास्थ्य, संरचनागत विकास र ग्रामीण विद्युतीकरणका विभिन्न कार्यहरू वाणिज्य दूतावास क्रियाशील तराईका आठ जिल्लाहरूमा सम्पन्न भएको छ। अहिलेसम्म सम्पन्न भएका तथा निर्माणाधीन कार्यहरूको विवरण यस प्रकार छ : चितवन जिल्ला:     यस जिल्लामा वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, माडी बहुमुखी क्याम्पस, शारदा माध्यमिक विद्यालय र नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माण कार्य सञ्चालनमा रहेकोमा माडी बहुमुखी क्याम्पसको भवन निर्माण कार्य सम्पन्न भइसकेको छ। चितवन जिल्लास्थित महेन्द्र स्मृति आँखा अस्पताल, माडी प्राथमिक स्वास्थ्य केन्द्र र नेपाल रेडक्रस सोसाइटीलाई एक/एक थान एम्बुलेन्स उपहार प्रदान गरिएको छ। दूतावासले पीठवास्थित सिंचाइ व्यवस्थापन समितिलाई एउटा हाइड्रोलिक एक्साभेटर पनि उपहार दिएको छ। मकवानपुर जिल्ला:     यस जिल्लामा मकवानपुर बहुमुखी क्याम्पस र पुस्तकालय साथै हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थान ९क्षज्० मा पुस्तकालय र अभिलेखागार केन्द्रको निर्माण सम्पन्न भएको छ। त्यसैगरी वन विज्ञान अध्ययन संस्थानको जीर्णोद्धार

भारतको स्वतन्त्रता सङ्ग्राम र संविधान : प्रगतिको आधार र सन्देश

अधिवक्ता वीरेन्द्र प्रसाद यादव     भारत उपनिवेश छँदाको इतिहास हेर्दा पहिलोपटक एउटा बेलायती व्यापारी २२ दिसम्बर १५९९ मा भारत प्रवेश गरेका थिए। सत्रौ शताब्दीको सुरुमा इस्ट इन्डिया कम्पनीलाई मुगल बादशाहले सुरतमा एउटा कारखाना स्थापना गर्न इजाजत दिएपछि बेलायतको भारतमा प्रवेश भएको हो। केही समयपछि जमिन खरीद गरेर आफ्नो कारखाना स्थापना गर्‍यो। सन् १६६२ मा पुर्तगालले दाइजोको रूपमा चाल्र्स द्वितीयलाई बम्बे टापू उपहार दिएको थियो। सन् १६९० मा कलकत्तामा बेलायतले कारखाना खडा गर्‍यो र भारतमा आफ्नो खुट्टा स्थिर बनाउन सुरु गर्‍यो। समुद्री किनारामा आफ्नो प्रभुत्व बढाउँदै विस्तारै भित्री भारतमा प्रवेश गर्‍यो। १७५७ मा पलासीमा मीर जाफरसँग लडाइँ गरेर अङ्ग्रेजहरूले बङगालमा सर्वोच्चता कायम गरे। यसको केही वर्षभित्रै भारतको बिहार, उडिसा तथा पूर्वी तट कब्जा गर्‍यो। सन् १८१८ मा मराठाहरूको हार तथा सन् १८४९ मा सिख युद्धमा भएको हारले सम्पूर्ण भारत बेलायती उपनिवेशमा परिणत भयो। यसरी सन् १८४९ देखि १९४७ सम्म बेलायतले झन्डै ९९ वर्ष सम्पूर्ण भारतमा शासन गर्‍यो। भारतमा बेलायतको उपनिवेशी शासनको अवस्थाले शक्तिसम्पन्न विदेशी र