Posts

Showing posts with the label सन्दर्भ : क्षयरोग दिवस

क्षयरोग नियन्त्रणमा हाम्रो प्रतिबद्धता

- प्रमोदकुमार पौडेल २४ मार्च २०१३ का दिन “गुणस्तरीय र सर्वसुलभ सेवामा हाम्रो प्रतिबद्धता, क्षयरोगविहीन संसार बनाउन विश्वव्यापी एकता” भन्ने मुख्य नाराका साथ विश्व क्षयरोग दिवस मनाइँदैछ । डा. रोबर्ट कक्ले सन् १८८२ मार्च २४ का दिन क्षयरोगको कीटाणु पत्ता लगाइ क्षयरोगबाट हुने मृत्युदर कम गर्ने महान् कार्य गरे । सो महान् कार्य गरेबापत उनी नोबेल पुरस्कारबाट समेत सम्मानित भए ।  क्षयरोगका कीटाणु पत्ता लगाइ विश्व समुदायका लागि गरेको महान् कार्यको कदर गर्दै उनले क्षयरोगका कीटाणु पत्ता लगाएको दिन अर्थात् मार्च २४ का दिन संसारभर विश्व क्षयरोग दिवसको रूपमा मनाउने गरिएको छ ।     विश्वमा क्षयरोगले व्यापकरूपमा आममानिसको जीवनलाई असर पुर्‍याउँदै आइरहेको छ । यो एक जनस्वास्थ्य समस्याको रूपमा चुनौतीपूर्ण अवस्थामा रहेको छ । क्षयरोगलाई नियन्त्रण गर्नु भनेको एक चुनौतीपूर्ण कार्य हो । यसका लागि हाम्रो समाज एवं समुदाय प्रतिबद्ध हुनु जरुरी छ । अझै पनि हाम्रो समाज अन्धविश्वासको भुमरीमा भौतारिरहेको छ । जहाँ चेतनाको कमी छ, त्यहाँ अन्धविश्वासले जरा गाडेको छ । गाउँघरतिर कुनै रोग लाग्यो भने सबैभन्दा पहिले धामी, झाँक्र