Posts

Showing posts with the label अर्थ विशेष

शक्ति–सङ्घर्षको छायामा राष्ट्रिय अर्थतन्त्र

Image
      विश्वराज अधिकारी कोरोना–सङ्कटले गर्दा सम्पूर्ण विश्व नै अहिले आर्थिक मन्दीको स्थितिमा छ । सबैतिर अनिश्चितता र चिन्ता व्याप्त छ । उत्पादन व्यवस्थाले पूर्ववत् काम गर्न सकेको छैन भने जेजति उत्पादन भएको छ त्यो पनि उपभोक्ता समक्ष प्रभावकारी किसिमले लक्षित परिणाममा पुग्न सकेको छैन । वितरण व्यवस्था पहिले कहिले नदेखिएको किसिमले बिथोलिएको छ । बरोजगारी सङ्ख्यामा ठूलो वृद्धि भएको छ । गरीबी र निराश उकालो लाग्ने क्रम जारी छ । मध्यम वर्गीयहरूको जीवन गुजारा जेनतेन किसिमले भए तापनि निम्न वर्गीयहरूको जीवन अभूतपूर्व किसिमले कष्टकर हुने पुगेको छ । यस किसिमको स्थिति अहिले संसारभरि देखिएको छ । संयुक्त राज्य अमेरिका, जर्मनी, फ्रान्स, ग्रेट ब्रिटेन, इटली, जापानजस्ता धनी राष्ट्रहरूको आर्थिक स्थिति पनि कोरोना–सङ्कटले गर्दा कमजोर हुन पुगेको छ । यी राष्ट्रहरूका पर्यटन उद्योग (खास गरी हवाई सेवा र होटल व्यवसाय) उठ्न गा¥हो हुने अवस्थामा पुगेको छ । र पहिलेको अवस्थामा पुग्न यी उद्योगलाई दशकौं लाग्न सक्छ। तर पनि यी धनी देशहरूमा एउटा खास स्थिति के देखिएको छ भने सङ्घीय, प्रान्तीय, स्थानीय सरकारहरू कोरोना–सङ्कटबाट

आपूर्ति व्यवस्थामा कोरोना सङ्कटको कुप्रभाव

Image
विश्वराज अधिकारी     कोरोना सङ्कटले गर्दा अहिले विश्व आपूर्ति व्यवस्था ठीकसँग काम गर्न सकिरहेको छैन । संसारभरि फैलिएको यो सङ्कटले विकसित एवं विकासशील दुवै राष्ट्रहरूलाई फरक–फरक किसिमले प्रतिकूल प्रभाव पारेको छ । विकसित देशहरूमा भने उपभोक्ताहरूले नियमित आवश्यकताका लागि चाहिनेभन्दा बढी माग (खरीद) गरिरहेको हुनाले आपूर्ति व्यवस्थाले व्यवस्थित किसिमले काम गर्न सकिरहेको छैन र बजारमा मुख्यतः खाद्य सामग्री, औषधी, स्वास्थ्य सामग्रीहरूको अभाव हुन पुगेको छ भने विकाशील मुलुकहरूमा राम्रो मुनाफा हात पार्ने उपयुक्त मौका यही हो भनेर कालाबजारीहरूले महँगोमा बिक्री गर्न सामान लुकाएको हुनाले आपूर्ति व्यवस्थाले व्यवस्थित किसिमले काम गर्न सकिरहेको छैन । उत्पादन व्यवस्थाले नियमित किसिमले कार्य गरे तापनि उपभोक्ताहरूले बढी माग गरिरहेको र केही देशमा कालाबजारीहरूले लुकाइरहेको हुनाले बजारमा अहिले एक किसिमको अनिश्चितता देखिएको हो । उपभोक्तामा एक किसिमको त्रास देखिएको हो । हुन पनि विकसित देशहरूमा उपभोक्ताहरूले सामान्यतया एक हप्ताका लागि सामग्री भण्डारण गर्छन् । तर अहिले कोरोना–सङ्कटले गर्दा तीनचार महीनाका लागि सा

कोरोनाजनित आर्थिक सङ्कट र बच्ने उपायहरू

Image
विश्वराज अधिकारी     कोरोना भाइरसको चिन्ताले अहिले विश्वभरिका मानिसलाई समान किसिमले सताएको छ । गरीब होस् वा धनी, सबै देशका नागरिक यस रोगबाट त्रस्त छन् । यसरी त्रसित हुनुको प्रमुख कारण हो यो भाइरसविरुद्ध कुनै औषधी अहिलेसम्म पत्ता लागेको छैन । अमेरिकाजस्तो धनी मुलुकले पनि यो रोगको औषधी पत्ता लगाउन सकेको छैन । यो कोरोनाबाट बच्ने उपाय केवल बिरामीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्नु मात्र मानिएको छ । त्योभन्दा अर्को भरपर्दो उपाय छैन ।     यस आलेखमा भने कोरोना सङ्कटले ल्याउन सक्ने आर्थिक समस्या र त्यस आर्थिक समस्याबाट बच्ने उपायबारे चर्चा गरिने छ । यो स्तम्भकार स्वास्थ्य विज्ञ नभएकोले कोरोना सङ्कटले स्वास्थ्यमा पार्न सक्ने प्रतिकूल प्रभाव एवं यो सङ्कट कम पार्ने गर्नुपर्ने तयारीहरूबारे लेख्नु उचित ठहर्दैन । सञ्चारकर्मी वा मेडियामा बोल्ने, लेख्नेहरूले आप्mनो क्षेत्रको कुरा मात्र बोल्ने, लेख्ने गर्नुपर्छ र आपूmलाई ज्ञान नभएको विषयमा लेखेर, बोलेर भ्रम फैलाउनु हुँदैन भन्ने तथ्यमा यो स्तम्भकार विश्वास गर्दछ । अर्थात् कोरोनाले स्वास्थ्यमा पार्ने प्रभावबारे केवल स्वास्थ्य क्षेत्रका व्यक्

नेपालको आर्थिक क्षेत्रमा कोरोना–सङ्कट र यसको प्रभाव

Image
विश्वराज अधिकारी     कृषि युगमा कृषि कार्य महŒवपूर्ण थियो किनभने त्यस युगमा बहुसङ्ख्यक व्यक्तिका लागि जीवनको आधार कृषि थियो । त्यस बेला एकथरी व्यक्ति भूमिको स्वामी थिए भने अर्काथरी भूमि मजदूर थिए । दुवैथरीका व्यक्तिका लागि कृषि क्षेत्र महŒवपूर्ण थियो । कृषि युगको एउटा अत्यन्तै ठूलो विशेषता पनि थियो। कृषि युगको विशेषता के थियो भने भूस्वामी र भूमजदूर उत्पादनको क्षेत्रमा दुवै आत्मनिर्भर थिए । जीवन निर्वाहका लागि आवश्यक सम्पूर्ण कुरा यी दुवै मिलेर कृषि क्षेत्रबाट उत्पादन गर्थे । कृषिमात्र जीवन निर्वाहको भरपर्दो स्रोत थियो । कृषिले गर्दा हरेक गाउँ वा क्षेत्र आत्मनिर्भर थियो । परिवार एवं व्यक्ति आत्मनिर्भर थिए । अर्को कुनै गाउँ वा पक्षको सहयोगविना गाउँहरू सजिलै जीवन निर्वाह गर्न सक्षम थिए । कृषि युगमा धन सृजना तीव्र गतिमा गर्न सरल नभए तापनि जीवन निर्वाह जटिल थिएन । जीवन धान्न अहिलेभन्दा निकै सजिलो थियो । स्वावलम्बन वा आत्मनिर्भरताले मानव सभ्यतालाई जटिल (जीवन निर्वाहका लागि जागीर पाउनु नै पर्ने) हुन दिएको थिएन । कृषि युगमा व्यक्तिले श्रम मात्र होइन आपूmलाई आवश्यक पर्ने अनेक किसिमका सेवा एवं

सरकारको बजेट कार्यान्वयन क्षमता कमजोर

Image
शीतल महतो     महŒवाकाङ्क्षी बजेट विनियोजन, आर्थिक गतिविधि सुस्त र प्रगति न्यून भएपछि सरकारले यस वर्षको बजेट घटाउँदै राजस्व सङ्कलन र खर्चमा नयाँ लक्ष्य निर्धारण गरेको छ । जेठ १५ मा ल्याइएको बजेटको आकार ९.६ प्रतिशत घटाउँदै सरकारले खर्च, राजस्व सङ्कलन, वैदेशिक सहायता र आन्तरिक तथा वैदेशिक ऋणको नयाँ लक्ष्य निर्धारण गरेको छ । चालू आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख विनियोजन गरिएको बजेट खर्च, बाँकी छ महीनामा १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख मात्रै हुने लक्ष्य निर्धारण गरिएको हो । ११ खर्ब १२ अर्ब ३ करोड राजस्व सङ्कलन गर्ने भनिएकोमा करीब ५ प्रतिशत घटाई १० खर्ब ५६ अर्ब ७० करोड रुपियाँ मात्र सङ्कलन गर्ने नयाँ लक्ष्य लिएको छ ।     बजेट र राजस्वको लक्ष्य नै अति महŒवाकाङ्क्षी रहेकोले यसलाई लगातार संशोधन गर्नुपर्ने र दोस्रो कारण पूँजीगत खर्च नभएकोले आर्थिक गतिविधि बढेको छैन । आयातसमेत कम हुँदै गएपछि सरकारलाई राजस्व सङ्कलनमा निरन्तर समस्या परेको हो । अर्को कारण दुई तिहाई व्यापार निर्भर रहेको भारतको आर्थिक मन्दीले नेपाललाई समेत असर पारेकोले सरकारको लक्ष्य प्रभावित भएको छ । मध्यावधि समीक

नेपालमा खाद्यान्न समस्या ? समाधान कहिले सोच्ने ?

Image
विश्वराज अधिकारी     नेपालमा उपलब्ध भूमिको आधारमा खाद्यान्न समस्या न हुनुपर्ने हो । नेपालको जनसङ्ख्या अहिले ३ करोड पुगेको अनुमान गरिएको छ । नेपालको कुल भूभाग भने १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर छ । जनसङ्ख्याको अनुपातमा नेपालमा पर्याप्त भूमि छ । यो भूमि, हामीले राम्ररी उपयोग गर्ने हो भने यसको उत्पादनबाट हामीलाई वर्षभरि खान पुगेर बचतको स्थिति हुन्छ र त्यो बचतको स्थितिले गर्दा हामीले निर्यात गर्नुपर्ने हुन्छ । सरल शब्दमा भन्ने हो भने हामीले हाम्रो कृषि भूमिको प्रभावकारी उपयोग गर्ने हो भने हामी संसारका प्रमुख कृषि निर्यातक देश बन्न सक्छौं । हामीलाई सिङ्गापुर, माल्दिभ्सजस्तो भूमिको समस्या छैन, न साउदी अरेबिया, कतार, युएई जस्तो कृषि भूमिको समस्या छ । यति हुँदाहुँदै पनि हामी कृषि, वा कुनै एक खाद्य वस्तु–जस्तै चामल, दाल, गहुँ, मकै आदिको उत्पादनमा आत्मनिर्भर हुन सकेका छैनौं । आप्mनो घर छेउको बारीमा थोरै मेहनतमा सजिलै उत्पादन गर्न सकिने सामान्य तरकारीमा पनि आत्मनिर्भर हुन सकेका छैनौं । हामी प्रत्येक वर्ष खाद्यान्न मात्र ठूलो परिमाणमा विभिन्न मुलुकहरूबाट आयात गर्छौं ।     फलपूmल उत्पादनमा पनि

एमसिसी ः भ्रम, सत्य र लाभ

Image
विश्वराज अधिकारी     एमसीसी (ःष्ििभललष्गm ऋजबििभलनभ ऋयचउयचबतष्यल) वारे अहिले निकै चर्चा चलेको छ । र यो चर्चामा भ्रम, मिथ्या र गलत प्रचार पनि उत्तिकै मिसिएको छ । एमसिसीले गर्न थालेको आर्थिक सहयोगको प्रकृति एक किसिमको छ तर विभिन्न व्यक्ति एवं संस्थाहरूले यो आर्थिक सहयोगको अर्थ आआप्mनै फाइदा र पूर्वाग्रहको हिसाबले लगाइरहेका छन् । यो सहयोगले नेपाल र नेपालीलाई कति फाइदा वा बेफाइदा हुन्छ भन्ने यथार्थ विश्लषेण गर्नुको साटो धेरैले एक किसिमको पूर्वाहग्रह राखी यो आर्थिक सहयोगको व्याख्या गरिरहेका छन् । कतिपयलाई त यो पनि थाहा छैन कि यो ऋण होइन, यो अमेरिकाले नेपाललाई दिने आर्थिक अनुदान (सहयोग) हो । यो सहयोग रकम नेपालले न फिर्ता गर्नुपर्छ, न यसको ब्याज भुक्तानी गर्नुपर्छ । न कुनै आर्थिक उत्तरदायित्व नै वहन गर्नुपर्छ । अमेरिकाले संसारका अन्य विकासशील राष्ट्रहरूलाई गर्ने सहयोग जस्तै नेपाललाई पनि आर्थिक सहयोग गर्न खोजेको हो ।     एमसिसी संयुक्त राज्य अमेरिकाको कांग्रेसले सन् २००४ जनवरीमा स्थापना गरेको एक सहयोगी संस्था हो, जसको उद्देश्य विश्वका विभिन्न विकासशील राष्ट्रहरूलाई आर्थिक सहयोग गर्नु हो । यो

नेकपाका नेताहरूमा अर्थ व्यवस्थाबारे अन्योल

Image
विश्वराज अधिकारी     नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक हालै (२०७६ माघ १५ देखि १९ सम्म)  काठमाडौमा सम्पन्न भएको छ । उक्त बैठकमा नेकपाका विभिन्त तहका नेताहरूले आआप्mनो विचार राखेका थिए । नेताहरूले आप््mनै दलको सरकारको कामको आलोचना गरेका थिए । सरकारले जनताको अपेक्षा पूरा गर्न नसकेकोमा रोष प्रकट गरेका थिए । सर्वहाराको सरकार भए तापनि दलाल पूँजीपतिहरूको पक्षपोषण यो सरकारले गरेको आरोप लगाएका थिए ।     नेकपा अहिले सरकारमा रहेको र उक्त बैठकमा उपस्थित यस दलका सदस्य (नेता) हरूले के के मन्तव्य राखे भन्ने कुरा राष्ट्रिय महŒवको भएकोले यहाँ त्यसबारे चर्चा गर्न खोजिएको छ । आप्mनो दलका नेताहरूको धारणा समावेश गरेर यो सरकारले विभिन्न किसिमका राष्ट्रिय योजना, कार्यक्रम आदि निर्माण गर्ने भएकोले उपस्थित नेताहरूको भनाइलाई केलाएर हेर्नुपर्ने हुन्छ । नेताहरूका ती भनाइहरूको आर्थिक महŒव हुने भएकोले तिनको विश्लेषण गर्नुपर्ने हुन्छ । हुन पनि नेताहरूका ती भनाइ नै पछि सरकारका नीति, नियम, कार्यक्रमको रूपमा आउने र जनतालाई प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्ने हुन्छ ।     त्यस बैठ

मूल्यवृद्धि कम पार्न सरकार असफल भएको छ

Image
विश्वराज अधिकारी         आपूm कुनै आर्थिक विवादमा नपरेर ‘क्लिन’ प्रधानमन्त्री हुन सफल भए तापनि आर्थिक विकासको हिसाबले भने प्रम केपी ओली सफल देखिएका छैनन् । केपी ओलीको प्रधानमन्त्रित्वकालमा देशले कुनै विशेष किसिमको वा राष्ट्रिय महŒवको आर्थिक विकास वा आर्थिक विकासका योजना अथवा कार्यक्रमहरू देख्न एवं अनुभूत गर्न पाएको छैन । खासगरी महँगी नियन्त्रणको क्षेत्रमा ओली नेतृत्वको सरकार असफल देखिएको छ । देशमा अहिले मूल्यवृद्धि दर लगभग ७ प्रतिशत छ । क्षेत्रगत रूपमा सबैभन्दा बढी मूल्यवृद्धि खाद्य एवं पेय पदार्थमा देखिएको छ । खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि अहिले लगभग १० प्रतिशत हुन पुगेको छ । तर मूल्यवृद्धि रोक्न वा मूल्य स्थिर पार्न पनि ओली सरकारबाट कुनै ठोस आर्थिक प्रयास भएको देखिएको छैन । राजनीतिको जोड घटाउमा नै ओली सरकार बढी व्यस्त देखिएको छ । जनतालाई आर्थिक राहत दिने अनेक उपायको खोजी गर्नुको सट्टा के कस्ता दाउपेच गरेर आप्mनो सरकारलाई निरन्तरता दिन सकिन्छ भन्ने उद्योगमा ओली सरकार दत्तचित्त भएर लागेको देखिन्छ । राजनीतिक शक्तिको भागबन्डामा अल्झिएको देखिन्छ ।     राष्ट्र बैंकको हालैको प्रतिवे

समृद्धिका लागि धन आवश्यक वा ज्ञान ?

Image
विश्वराज अधिकारी     वस्तु वा सेवा उत्पादन गर्नका लागि चार साधनहरूको आवश्यकता पर्दछ । ती चार साधन वा तŒवहरू हुन्– भूमि (वा प्रकृति), श्रम, पूँजी तथा सङ्गठन ।     चौथो आवश्यकीय तŒव (सङ्गठन)लाई केहीले उद्यमी वा उद्यमशीलता पनि भन्ने गर्छन् । र, उत्पादन व्यवस्थामा उपरोक्त चार तŒवहरूमध्ये उद्यमशीलता वा ज्ञानलाई सर्वाधिक महŒवपूर्ण मान्छन् पनि । उनीहरूको मतमा उत्पादनका चार साधन (तŒव)हरूमध्ये उद्यमशीलता वा ज्ञानको भूमिका सर्वाधिक महŒवपूर्ण हुन्छ ।     तर के यथार्थमा भूमि, श्रम र पूँजीभन्दा उद्यमशीलता महŒवपूर्ण हो ? यदि उद्यमशीलता महŒवपूर्ण हो भने कसरी हो ?     वस्तु वा सेवा उत्पादन गर्नका लागि आवश्यक पर्ने चार तŒवमध्ये सर्वाधिक महŒवपूर्ण तŒव उद्यमशीलतालाई मान्नेहरूले भन्छन्, “समृद्धि धनद्वारा होइन, ज्ञानद्वारा प्राप्त गर्न सकिन्छ ।” अर्थात् उत्पादन व्यवस्थामा सर्वाधिक महŒवपूर्ण कुरा उद्यमशीलता हो, ज्ञान हो । ज्ञान भएपछि पूँजीको सृजना गर्न सकिन्छ । श्रम र भूमिको प्रयोग कसरी अधिकतम फाइदा प्राप्त हुने किसिमबाट गर्न सकिन्छ भन्ने उपायहरू पत्ता लगाउन सकिन्छ । त्यस कारण उत्पादन व्यवस्थालाई ज्ञानले

आर्थिक विकासमा ओलीको योगदान कस्तो रह्यो ?

Image
विश्वराज अधिकारी     आगामी फेब्रुअरी (सन् २०२०)मा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आप्mनो कार्यकालको दुई वर्ष पूरा गर्ने छन् । उनी १५ फेब्रुअरी २०१८ मा दोस्रोपटक प्रम नियुक्त भएका थिए ।     ओली दोस्रोपटक प्रम नियुक्त भएदेखि अहिलेसम्ममा कुनै पनि किसिमको आर्थिक विवादमा नपर्नु, प्रमको रूपमा उनको भूमिका संशयरहित हुनु राष्ट्रको आर्थिक विकासका लागि सुखद कुरा हो भने उनको लागि यो एक ठूलो उपलब्धि हो । उनले कुनै पनि किसिमको आर्थिक अपराध गरेको र सो अपराध अदालतद्वारा प्रमाणित भएको स्थिति त आएन नै, प्रम (ओली)ले आर्थिक हिनामिना गरे भन्ने आरोप गम्भीर किसिमबाट उनीमाथि कहीं कसैबाट लागेन पनि । जनस्तरमा उनीमाथि कुनै गम्भीर आरोप लागेन नै, कुनै राजनीति दलले पनि ‘ओलीले यो आर्थिक फाइदा लिनका लागि आप्mनो पद (प्रम)को यस किसिमबाट दुरुपयोग गरे’ भनेको सुनिएन पनि । नेपालमा यस किसिमको घटना दुर्लभ हो । नेपालका प्रमले आप्mनो वा दलका लागि आर्थिक लाभ प्राप्त गर्न आप्mनो पदको दुरुपयोग गरेको उदाहरण धेरै छ । निवर्तमान प्रम कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीद्वय मात्र कुनै पनि आर्थिक लाभ वा आर्थिक हिनामिनाको शङ्क

के नेपालमा पूँजीको खाँचो छ ?

Image
विश्वराज अधिकारी     अर्थशास्त्रले भन्छ– उत्पादन गर्नका लागि चार साधन चाहिन्छ ।     भूमि, श्रम, पूँजी र सङ्गठन जस्ता चार तŒवलाई उत्पादनका साधन भन्ने गरिन्छ । यी चार साधनको राम्रो उपयोग गरेर नै कुनै पनि मुलुक धनी हुन सक्छ । अमेरिका र पश्चिमी युरोपका राष्ट्रहरूले यी चार साधनको राम्रो उपयोग गरेका हुनाले नै धनी हुन पुगेका हुन् । भारत, चीन, ब्राजिल, रूस र दक्षिण अफ्रिका जस्ता राष्ट्रहरू पनि यी चार साधनको अधिकतम उपयोग गरेर धनी बन्ने प्रयासमा छन् । पछिल्लो समयमा चीन र भारतले भने यी साधनहरूको अधिकतम उपयोग गर्नमा निकै सफलता प्राप्त गरेका छन् ।     नेपालले भने यी चार साधनको समुचित प्रयोग गर्न सकेको छैन । हुनत नेपालसँग यी चार साधन मुलुकलाई चाहिने मात्रामा छन् तर पनि यिनको उपयोग गर्न सकेको छैन । जस्तै नेपालसँग पर्याप्त मात्रामा श्रम छ तर उपयोग गर्न सकेको छैन । बहुसङ्ख्यक नेपालीहरूले राष्ट्रिय श्रम बजारमा आप्mनो श्रम बिक्री गर्न सकेका छैनन् र श्रम बिक्री गर्नका लागि अन्तर्र्राष्ट्रिय श्रम बजारमा बाध्य भएर पुगेका छन् ।     अहिले नेपालीहरूले आप्mनो मूल्यवान श्रम जोखिमपूर्ण स्थितिमा र सस्तोमा खाडीका

खुला सिमाना आर्थिक विकासको बाधक

Image
विश्वराज अधिकारी     नेपाल र भारतबीच हुने आवागमनलाई जबसम्म नियमित पारिंदैन, नेपालको आर्थिक विकास यसै किसिमबाट कछुवा चालमा अगाडि बढिरहन्छ । नेपालको आर्थिक विकासको गतिलाई तीव्र पार्न नेपाल पस्ने प्रत्येक भारतीयसँग राहदानी हुनुपर्ने अनिवार्य व्यवस्था हुन आवश्यक छ । यसैगरी, भारत पस्ने प्रत्येक नेपालीसँग नेपाली राहदानी हुन आवश्यक छ । नेपाल र भारतबीच जबसम्म खुला सिमाना रहिरहन्छ, यी दुई देशबीचको आवागमन व्यवस्थित एवं नियन्त्रित हुँदैन, नेपालको तीव्र आर्थिक विकास सम्भव छैन । दुई देशबीच खुला सिमानाको कारणले गर्दा आर्थिकरूपमा बढी प्रभावित भने नेपालको तराई वा मधेस हुनेछ । यो क्षेत्रमा उद्योग सञ्चालन कठिन हुनेछ । र, त्यो यथार्थ अहिले नै देखिएको छ । तराईमा उद्योगधन्दाको विकास तीव्र गतिमा हुन नसकेको र यस क्षेत्रको कृषि पनि केवल निर्वाहका लागि हुन पुगेकोले अहिले ठूलो सङ्ख्यामा तराईका युवाहरू रोजगारका लागि खाडीका देशहरूमा पुगिरहेका छन् । स्थिति यस्तै रहने हो भने केही समयपछि तराईका युवतीहरू पनि रोजगारका लागि खाडीका देशहरूमा पस्नेछन्, पहाडका युवतीहरू पसेजस्तो । केही वर्ष पहिलेसम्म पनि, मधेसमा चुरोट, चि

आइकिया ः उत्पादन लागत नियन्त्रणको क्षेत्रमा चमत्कार

Image
विश्वराज अधिकारी     ज्ञान, विज्ञान, साहित्य, सबै क्षेत्रमा हामी पश्चिमीहरूभन्दा निकै पछाडि छौं । अर्थशास्त्रको क्षेत्रमा त झनै पछाडि छौं । ‘हामीले हिमाल उठायौं एशियाको माझमा, सभ्यता बास बसेथ्यो आएर यही साँझमा’ भन्दै हामीले गर्व गरे तापनि हामीले न त हाम्रो हातले हिमाल उठाएको हौं, न त हामीले कुनै पुरानो सभ्यताको विकास नै गरेको हौं । हिमाल प्रकृतिले हामीलाई दिएको उपहार हो । हामीले हाम्रो परिश्रमद्वारा सृजना गरेको होइन । त्यस कारण हिमाल हामीसँग भएकोमा हामी खुशी हुन सक्छौं तर हिमाल केवल हाम्रो सृजना हो भनेर गर्व भने गर्न सत्तैmनौं । त्यसैगरी, प्राचीन सभ्यताको विकास हाम्रो भूखण्डमा भएको भन्ने कुनै ऐतिहासिक तथ्य पनि हामीसँग छैन । न त मेसोमोटामियामा, न त रोमन, न त माया, न त इन्डस, कुनै पनि सभ्यताको विकास नेपालमा भएको थिएन । त्यस कारण नभएको कुरामा फुस्रो गर्व गर्नुहुँदैन । र, आउने पीढीलाई पनि फुस्रो गर्व गर भन्नुहुँदैन । जुन कुराको विकास हाम्रो सृजनाद्वारा भएको होइन, त्यसमा कसरी घमण्ड गर्नु ? तर अचम्म १ हामी घमण्ड गर्छौं र अनावश्यक गर्व गर्नु हाम्रो प्रवृत्तिजस्तो भएको छ । हामी घमण्ड गर्नमा