Posts

Showing posts with the label सन्दर्भ : बाल दिवस

सशस्त्र द्वन्द्वबाट बालबालिका तथा शैक्ष्।िक क्षेत्रमाथि परेको असर

मञ्जु श्रेष्ठ पृष्ठभूमि     शिक्षा बालबालिकाका लागि चाहिने आधारभूत आवश्यकता हो। शिक्षाबिना बालबालिका शिक्षित नागरिक बन्न सक्दैनन्। नेपाली बालबालिका एक्काईसौं शताब्दीमा पनि शिक्षाबाट वञ्चित हुनु विडम्बना हो। संयुक्त राष्ट्र सङ्घको २० नोभेम्बर १९८९ मा बाल अधिकार सम्बन्धी महासन्धि (ऋच्ऋ) पारित भएको र २ सेप्टेम्बर १९९० देखि लागू भएपनि नेपालले यो महासन्धिमा १४ सेप्टेम्बर १९९० मा बिनाशर्त अनुमोदन गरेको छ।     नेपालमा नेकपा माओवादीले एक दशक लामो सशस्त्र जनयुद्ध सुरु गर्दा बालबालिकाहरूको शिक्षा पाउने अधिकार कुयिठत हुन पुग्यो। सशस्त्र द्वन्द्वमा शिक्षा क्षेत्रमाथि राज्य र नेकपा माओवादीबाट व्यापक हस्तक्षेप भई बालबालिकाको शिक्षा पाउने अधिकार हनन हुन पुग्यो। वर्तमान अवस्था     सात राजनीतिक दल–माओवादी विस्तृत शान्ति सम्झैतापश्चात् पनि राज्य र नेकपा माओवादी इमानदार नरहेको  पाइन्छ। शिक्षक विद्यार्थीलाई धम्की, राजनैतिक गतिविधिमा विद्यालय र विद्यार्थीको प्रयोग, विद्यालयमा राजनैतिक सङगठनहरूको विस्तारले शिक्षा क्षेत्रमाथि नकारात्मक प्रभाव पारेको छ। पछिल्लो समयमा माओवादीले राम्रो जागिर र तलबको प्रलोभनमा