Posts

Showing posts with the label कृति समीक्षा

एउटा नयाा मधुर मिलनको आनन्दमा

Image
सञ्जय साह 'मित्र'     आज यो कुरा भन्न अलिकति अप्ठ्यारो भइरहेको छ, मैले लामो समयपछि एउटा कथासङ्ग्रह आद्योपान्त पढेको छु। विगत केही वर्षदेखि ऐतिहासिक पृष्ठभूमिमा लेखिएका आख्यानहरू खोजेर पढ्नतिर रुचि गएको भएपनि आख्यानकै कथासङ्ग्रहभित्रका सबै कथाहरू भने पढ्न सकेको थिइनँ। कथामा पाश्चात्य विषयवस्तु बढी पस्किन थालेकोले मेरो रुचि उल्टो नदीतिर बगेको हुनुपर्छ। केही पुस्तकहरू किनें र केही प्राप्त भएका छन् तर एक/दुई कथालाई पढेर पढ्नु नपर्ने पुस्तकहरूतिर राखिदिएको छु वा अरूलाई दिइसकेको छु । मैले श्रद्धा गरेको अग्रज सर्जक विश्वराज अधिकारीको मधुर मिलन कथासङ्ग्रहको नाम र आवरणले मलाई तान्नै सकेन भन्दा मलाई अहिले आपैंmलाई दु:ख लागिरहेको छ। अमेरिकामा बसाइ भएको मान्छेको कथाको विषयवस्तु पनि उही वा उस्तै होला भन्ने मेरो पूर्वानुमानले मलाई कृतिले आकर्षित गर्न सकेको थिएन। विशिष्ट सञ्चारकर्मी चन्द्रकिशोरजीले पढ्नको लागि भन्दासम्म पनि मेरो अन्तर्हृदयले कृतिप्रति अनुराग उत्पन्न गराउन सकेको थिएन। साउनको दोस्रो हप्ता मेरो हातमा कृति पर्दासम्म पनि भित्री मनले पढ्न खोजिरहेको थिइनँ। तर एक दिन पुन: चन्द्

नेपालको शिक्षामा राजनीतिको प्रभाव

Image
मुकुन्द आचार्य     विनयराज गौतमद्वारा लिखित एवं तन्नेरी प्रकाशन, काठमाडौंद्वारा प्रकाशित पुस्तक– 'नेपालको शिक्षामा राजनीतिको प्रभाव' पढ्ने सुयोग हालसालै प्राप्त भयो । पुस्तकको शीर्षक रोचक लागेर तथा मेरो आफ्नो जीवनसमेत शिक्षा क्षेत्रमा व्यतीत भएको हुनाले शिक्षा र राजनीति दुवै क्षेत्रलाई छुने प्रस्तुत पुस्तकप्रति अभिरुचि जाग्नु मेरालागि सहज–स्वाभाविक थियो।     यस पुस्तकका रचयिता विनयराज गौतमले आफ्नो कृतिलाई अनुसन्धानात्मक भन्नुभएको छ। त्यसो त पुस्तकको शीर्षकले नै सो कुराको सङकेत गरेकै छ, तथापि संसारभरिका सम्बन्धित विद्वान, लेखकहरूको उद्गार–विचार–सम्मतिलाई पुस्तकमा स्थान दिएर पुस्तकको उपयोगिता अभिवृद्धि गर्न भरमग्दुर प्रयास रचयिताद्वारा इमानदारीका साथ गरिएको छ। बधाई छ १     शिक्षा र राजनीति दुवै समाजसँग घनिष्ठ सम्बन्ध रहेका पक्ष हुन्। दुवै एकअर्काको पूरक पनि हुन सक्छन्। राजनीतिले समाजलाई व्यवस्थित, सुरक्षित पार्दै अग्रगामी दिशातिर डोर्‍याउँछ भने शिक्षाले मानव समाजलाई प्रविधि, ज्ञान, विद्या आदिद्वारा सुसूचित–सुविज्ञ–सुदीक्षित बनाउने काम गर्छ। जेहोस्, राजनीति र शिक्षा दुवैले

हल्लाको आवाज सुनेपछि

Image
सञ्जय साह ‘मित्र’     हेटौंडाका मित्र राम अविकासले उपलब्ध गराएको कविता कृति ‘हल्ला’ मैले पढ्न खोजिरहेको कृति थियो। छापिएको दुई महिना नबित्दै युवा कवि छवि अनित्यको पहिलो कृति हल्लाले दोस्रो संस्करण निकालेपछि यसलाई पढ्ने चाहनालाई झन् चुल्याएको थियो। तैपनि आचार्य चतुरसेनको हिन्दी उपन्यास गोली पढिरहेकोले हल्ला पढ्न केही ढिलो भयो । कवि निमेष निखिलको काव्यकृति शोकगीतको पोस्टमार्टम पढिसकेर लगत्तै हल्लालाई हातमा उठाएँ। मझौला आयामका कविता लेख्ने छवि अनित्य समसामयिक विषयवस्तुलाई टपक्क टिपेर गद्यकाव्यको रूपमा आफ्नै शैलीमा प्रस्तुत गर्ने नवीन दृष्टिकोण कविलाई मैले दशकपहिलेदेखि चिनेको छु। मकवानपुरको एउटा निवर्तमान गाविस ग्रामीण परिवेशमा हुर्केर हेटौंडा उच्च शिक्षा हासिल गरेका अनित्यको वास्तविक नाम छविलाल श्रेष्ठ हो। बाल्यकालदेखि नै उम्दा कविताको सिर्जना गर्ने अनित्यको कविताले बेलामौका निकै चर्चा पाउने गरेको छ। फुटकर कविताकै माध्यमले समसामयिक काव्यपाठकबीच आफ्नो परिचय स्थापित गरिसकेका अनित्यको हल्ला निकै कम समयमा दोस्रो संस्करण प्रकाशित गर्ने काव्यकृतिमा पर्नु उनको पहिलो कृतिको दृष्टिले निकै महत्त्