Posts

Showing posts with the label सन्दर्भ ः विवेकानन्दा दिवस

ऊर्जा विकास समृतिको आधार

Image
श्रीमन्नारायण     गरिबी एवं बिजुलीको खपतबीच गहिरो सम्बन्ध छ । जुन ठाउँमा बिजुलीको खपत बढी हुन्छ, त्यहाँ गरिबी अन्त्य हुने अवस्थामा पुगिसकेको हुन्छ तर जहाँ बिजुलीको अभाव हुन्छ, त्यहाँ गरिबीको अँध्यारो व्याप्त रहेको मानिन्छ । हाम्रFे देश विकासको मामिलामा पछाडि पर्नुको एउटा ठूलो कारण देशमा विद्युत्को ठूलो सङ्कट हुनु पनि हो । विगत केही महिनादेखि देशको विद्युत् अवस्थामा अप्रत्याशित ढङ्गले सुधार भइरहेको छ । अवस्था यही नै रहिरह्यो भने क्रमिकरूपमा शहरी क्षेत्र हुँदै ग्रामीण क्ष्Fेत्रमा समेत लोडसेडिङमुक्त हुने निश्चित छ । हालै सार्वजनिक भएको एक अध्ययन प्रतिवेदन अनुसार नेपालले आगामी १३ वर्षपछि १३ हजार मेगावाट विद्युत् निर्यात गर्न सक्नेछ । साथै सन् २०४५ सम्म बिजुली बेचेर प्रतिवर्ष रु १० खर्ब ६९ अर्ब कमाउन सक्नेछ । यस अध्ययनले हाम्रो सरकारलाई पनि यस दिशामा गम्भीर भएर लाग्न प्रेरित गर्नेछ । दृढ इच्छाशक्ति, विकासप्रति प्रतिबद्धता एवं स्पष्ट दृष्टिकोण भएमा यो अध्ययन प्रतिवेदनले मूर्तरूप लिन सक्दछ । ऊर्जा क्षेत्रको विकास हाम्रो समृद्धिको आधार हुन सक्दछ ।     नेपाललाई सन् २०२२ सम्म विकासशील मुलुकमा

राष्ट्रिय एकता नै बलियो राष्ट्रियताको आधार

Image
श्रीमन्नारायण     राष्ट्रियताजस्तो संवेदनशील एवं भावनात्मक विषयलाई अनावश्यकरूपमा चर्चामा ल्याएर देशका केही राजनीतिक दलहरूले आप्mनो निहित स्वार्थलाई पूरा गर्न सक्छन् तर यसबाट देश र जनतालाई समृद्धि एवं प्रगतिको बाटोमा डो¥याउन सक्दैनन् । पञ्चायती व्यवस्थाको तीस वर्ष र २०४६ सालको जनआन्दोलनको सफलतापछि देशका प्रायः सबैजसो वामपन्थी दलले समयसमयमा राष्ट्रियतालाई राजनीतिक मुद्दा बनाउँदै आएका छन् । सरकारद्वारा संसद्मा दर्ता गराइएको संविधान संशोधन विधेयकलाई समेत विवादमा ल्याउने काम भएपछि राष्ट्रियताको परिभाषा र यसको विश्वव्यापी अवधारणाको सम्बन्धमा विश्लेषण हुनु आवश्यक छ।     राष्ट्रियता बलियो हुन राष्ट्र बलियो हुनु आवश्यक छ । राज्य बलियो भएमा राष्ट्र पनि बलियो हुन्छ भन्ने तर्कलाई विश्व अनुभवले खारेज गरिदिएको छ । एक्काइसौं शताब्दीमा मात्रै होइन, गएको शताब्दीदेखि नै राष्ट्रको परिभाषामा परिवर्तन आइसकेको छ । राज्यको निम्ति सार्वभौमसत्ता आवश्यक छ तर राष्ट्र मनोभावना हो । यस्तो भावना भाषा, धर्म तथा भौगोलिक एवं सांस्कृतिक एकताद्वारा मात्रै विकसित हुन सक्दछ । राज्य बन्नका लागि सरकार आवश्यक छ तर राष्ट्र