Posts

Showing posts with the label साहित्यवार्ता

साहित्यमा देश मुखरित हुनु अहिलेको आवश्यकता हो : महेशविक्रम शाह

Image
–    कथाकार महेश विक्रम शाहलाई रौतहट कस्तो लाग्यो ? ०    म तराईको कैलालीमा जन्मेको र हुर्केको हुँ, पश्चिम–मध्यपश्चिमको तराईको परिवेश र रौतहटको परिवेश पूरै भिन्न छ । मैले सुनेको थिएँ कि रौतहट एकदम पछाडि परेको जिल्ला हो, यहाँको समाज एकदम पछाडि परेको छ । रौतहट आएपछि यहाँको समाजलाई बुझ्ने अवसर प्राप्त भयो । यहाँको समाज सुनेको जस्तै पछाडि परेको, नागरिक समाज इमानदार, परिश्रमी र कामप्रति समर्पित देखेको छु । यहाँको संस्कृति पनि फरक रहेको छ । दशैं, तिहार र छठ मनाउने तरिका नै फरक रहेको छ, जुन मैले पहिले देखेको थिइनँ, यो वर्ष आपैंm यो जिल्लामा आएर हेर्ने अवसर पाएँ । यो मेरो लागि उपलब्धि नै  हो ।     गाउँहरू पछाडि परेका छन् । ग्रामीण समाजमा सभ्यता र विकास अझै पुग्न नसकेको देखेको छु, बिल्कुलै अलग्गै नेपालजस्तो । मैले पहिले देखेको नेपालभन्दा बिल्कुलै अलग र पीडादायक परिवेशजस्तो अनुभूति भएको छ ।     पात्रको स्रोत, कथाको स्रोत, कथानक र प्लटहरू प्राप्त गरेको छु, फुर्सद भएपछि कथामा उतार्नको लागि । –    यहाँको संस्कृतिलाई फरक किसिमको भन्नुभयो, केही अरू प्रकाश पारिदिनुहोस् न ? ०    यहाँको संस्कृति पश्चिम