Posts

Showing posts with the label फोटो

मोहर्रम मनाउँदै

Image
  सिम्रौनगढमा मुस्लिम समुदायले मोहर्रम पर्व मनाउने क्रममा गरेको प्रदर्शन। तस्वीरः रामेश्वर मेहता

रिक्शा, ठेला मात्र अलपत्र अवस्थामा

Image
 वीरगंजको विपी उद्यानमा अहिले रिक्शा र ठेला मात्र छन्।  मोटरसाइकल, जीप, कार, भ्यान, ट्रक सोर्सफोर्स, सिफारिश र दण्ड जरिवाना तिरेर छुटेका छन् तर सोर्स, सिफारिश नभएका र दण्ड, जरिवाना पनि तिर्न नसकेर दैनिक ज्याला गरेर खाने रिक्शा, ठेला मात्र अलपत्र अवस्थामा राखिएको छ। तस्वीरः प्रतीक

नसर्ने रोगसम्बन्धी सचेतना कार्यक्रम

Image
पर्सागढी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नसर्ने रोगसम्बन्धी सचेतना कार्यक्रम मङ्गलवार नेरामावि बर्वाछोटैलीको सभाहलमा सम्पन्न भएको छ। नसर्ने रोगहरू उच्च रक्तचाप, मधुमेह, कुपोषणलगायतका विषयमा स्वास्थ्य शाखाका प्रमुख योगेन्द्र पञ्जियारले सहभागीहरूलाई प्रशिक्षण दिएका थिए। कार्यक्रम वडाध्यक्ष समसुद्दीन देवानको अध्यक्ष्Fतामा भएको र स्वागत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्छेलाल यादवले गरेका थिए भने स्वास्थ्य सहसंयोजक उमेश साह, नेरेसो उपशाखा बिरुवागुठीका शेख जिक्रुल्लाह, राधिका कुमारीलगायतको सहभागिता थियो। तस्वीरः नरेश यादव

पुलको विकल्प

Image
वीरगज महानगरपालिका–२९ मुसैली र बसडिलवाबीच रहेको फन्टी खोलामा बनाइएको पुल धेरै पहिले भत्किएपछि त्यो बाटोबाट सवारीसाधन आवागमन पूर्णरूपमा बन्द भएको थियो। पुलको विकल्पमा वडा कार्यालयले ह्युमपाइप लगाएको छ। असारमा वर्षा भएको कारण बाढीले होमपाइप भत्किएपछि बाटो पुनः बन्द भएको छ। वडाध्यक्ष धर्मेन्द्र चौधरीले तत्कालका लागि त्यही ह्युमपाइप मरम्मत गरी सञ्चालन गर्ने र महानगरले पुल निर्माणको लागि बजेट छुट्याएकोले भदौपछि पुल निर्माण हुने बताएका छन्। तस्वीरः नरेश यादव

लकडाउनको प्रभावः

Image
 कोरोना सङ्क्रमित दिन प्रतिदिन बढेपछि लकडाउन पनि लम्बिएको छ । यसको असर गरीब जनतामा पर्न थालेको छ । सङ्क्रमणभन्दा पनि उनीहरूलाई कसरी प्राण धान्ने भन्ने चिन्ता पनि थपेको छ । कोल्हवीनजीकैको बस्तीको पैनीमा माछा मार्दै आमा र छोरा । तस्वीरः जीतलाल श्रेष्ठ
Image
लकडाउन अवधिमा छाडा चौपायाले पनि आहारा नपाएपछि निजी बैंकका केही मनकारी कर्मचारीले वीरगंजको सडकमा डुल्ने छाडा चौपायालाई दैनिक साँझपख खानाको व्यवस्था गरेको छ । तस्वीरः सौजन्य
Image
वीरगंजको आदर्शनगरस्थित राष्ट्रिय वाणिज्य बैंक र अलखियामठस्थित नबिल बैकमा चेक साट्न लामबद्ध सेवाग्राहीहरू। त्यसैगरी, सामान खरीद गर्न बसेका मानिसहरू। तस्वीरः प्रतीक
Image
कोरोना भाइरसको महामारी फैलिएपछि नेपालमा लकडाउनका कारण उद्योगधन्दा बन्द हुँदा श्रीसिया नदीको पानी सफा भएको छ। तस्वीरः प्रतीक