Posts

Showing posts with the label खेलकूद

नारायणी क्रिकेट रङ्गशालामा स्थानीय युवाहरूको दादागिरी

प्रस, परवानीपुर, २२ फागुन/ नारायणी क्रिकेट मैदानमा स्थानीय युवाहरूको दादागिरीका कारण फर्मा क्लबले शनिवार पूर्वघोषित प्रतियोगिता गर्न पाएन। नारायणी रङ्गशालादेखि पूर्व–दक्षिणतर्फ रहेको नारायणी क्रिकेट मैदानमा फर्मा क्लबले प्रतियोगिता गराउनको लागि क्यान पर्सासँग अग्रिम बुकिङ गरेको थियो। बिहान ६ देखि ११ बजेसम्मको लागि क्रिकेट मैदान बुकिङ गरिए पनि स्थानीय युवाहरूले सो मैदान खाली नगरिदिंदा प्रतियोगिता हुन नसकेको फर्मा क्लबले जनाएको छ। गत शनिवारदेखि आगामी पाँचवटा शनिवारका लागि फर्मा क्लबले मैदान बुकिङ गरेको थियो। तर त्यहाँ दैनिक अभ्यास गर्ने स्थानीय युवाहरूले मैदान खाली गरेनन् र आजको प्रतियोगिता स्थगित भयो। वीरगंज–पथलैया औद्योगिक कोरिडोरका १० वटा औषधि उद्योगमा कार्यरत फर्मासिस्टहरूले फर्मा क्लब सञ्चालन गरेका छन्। क्लबले प्रत्येक वर्ष मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता गराउँदै आएको छ। क्लबका अध्यक्ष देवानन्द साहले क्यान पर्सासँग मैदान शुल्क तिरेर अग्रिम बूक गरेको भएपनि युवाहरूले अटेरी गर्दा आजको प्रतियोगिता स्थगित गरिएको बताए। प्रतियोगिता हेर्न अतिथि, दर्शक आएका थिए भने मैदानमा टेन्ट, साउन्ड सिस्

तेस्रो सखुवाप्रसौनी गोल्डकप श्री बाराले जिते

प्रस, पंचगावाँ, २२ फागुन/ तेस्रो सखुवाप्रसौनी गोल्डकप फूटबल प्रतियोगिताको उपाधी श्री बारा ११ले जितेको छ। प्रतियोगिताको फाइनलमा टाइब्रेकरमा पर्सा राइडर युथ क्लबलाई ३ को विरूद्ध ४ गोल गरि उपाधि जितेको हो। फाइनल प्रतियोगिताको खेल दुबै बीच बराबरीमा सकिएपछि टाइब्रेकरबाट प्रतियोगिताको निर्णय गरिएको थियो। प्रतियोगितामा विजयी र उपविजयी टिमलाई निलम्बित सांसद हरिनारायण रौनियारले नगद, शिल्ड, कप, प्रमाणपत्रसहित पुरस्कृत गरेका थिए। प्रतियोगिताको विजयीलाई १ लाख रउपविजयीलाई ५० हजार प्रदान गरिएको थियो। वडाध्यक्ष्F विश्वनाथ पटवारीको अध्यक्षतामा भएको समापन समारोहमा गापा अध्यक्ष्F प्रदीप जैसवाल, उपाध्यक्ष्F फूलमति देवी चौधरी, नेरामावि सिरही सथवलका प्रअ भागवतप्रसाद थारू, वडासचिव चन्द्रकिशोर पटेल, वडासदस्य पारशमहतो थारूलगायतको सहभागिता थियो।

नेविप्रा वीरगंजमा स्मार्ट कक्ष सञ्चालन

प्रस, परवानीपुर, २२ फागुन/ नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजमा एकीकृत सेवा उपलब्ध गराउने कक्षको उद्घाटन भएको छ। नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मनोजुकमार सिंहले शनिवार कक्षको शुभारम्भ गरेका थिए। प्राधिकरणमा सेवाग्राहीलाई महसूल बुझाउने कार्यबाहेक सबै प्रकारका सेवा एकै थलोबाट उपलब्ध गराउने उद्देश्यले स्मार्ट सिस्टमयुक्त सोधपूछ तथा एकीकृत कक्ष सञ्चालनमा ल्याइएको उनले जानकारी दिए। प्रादेशिक प्रमुख साहले देशका विभिन्न वितरण केन्द्रमा सेवाग्राहीलाई कम समयमा चुस्तदुरुस्त र पारदर्शी सेवा दिने लक्ष्य रहेको र सोको फलस्वरूप वीरगंजमा कक्ष शुरू गरिएको बताए। उनले कुनै प्रकारको सेवाबारे जानकारी, मिटर लिने, मिटर परिवर्तन, नामसारी, ठाउँसारीलगायतका सबै काम अब एउटै कोठाबाट हुने बताए। कुनै फाइल अरू शाखामा लैजानुप–यो भने सो काम वितरण केन्द्रका कर्मचारीहरूले गर्ने बताए। सो कक्षमा अन्य सेवाको राजस्व पनि लिइने वितरण केन्द्र वीरगंजका प्रमुख शम्भु कुसियत रायले बताए। कार्यक्रममा केन्द्रका लेखा प्रमुख राजेशकुमार झा, प्रशासन प्रमुख कृष्णप्रसाद पन्तलगायत प्राधिकरणका कर्मचारीह

स्थानीय स्तरमा फड्को मार्दै कछडियाबस्तीको फूटबल टीम

Image
प्रस, निजगढ, १७ फागुन/     फूटबल खेलको निरन्तर प्रशिक्षणविना नै निजगढ नगरपालिका–४ कछडियाबस्तीको निजगढ युवा क्लब ‘ए’ स्थानीयस्तरमा हुने फूटबल खेलमा फड्को मार्दैछ।     निजगढ फूटबल क्लबको आयोजनामा भर्खरै सम्पन्न तेस्रो मेयर कपको उपाधि हात पारेसँगै खेलाडीहरू मात्रै हैनन्, पूरै बस्तीमा खुशियाली छाएको छ। निजगढ नपाको रतनपुरीमा पहिलोपटक शुरू भएको प्रथम मेयर कप फूटबल प्रतियोगिता पनि सोही क्लबले जीत हात पा–यो। सो क्लब स्थानीयस्तरमा अग्रपङ्क्तिमा उभ्याउन दावेदार हुँदै आइरहेको छ। त्यस बेला प्रथम हुने क्लब वा टीमले ५० हजार नगद, ट्रफी, मेडल, प्रमाणपत्रलगायतका पुरस्कार हात पार्न सफल भएका थिए भने निजगढ–९ को शहीद हीरालाल रङ्गशालामा आइतवार भएको आयोजनामा तेस्रो मेयर कप फूटबल फाइनल खेल जीत हात पारेसँगै १ लाख नगद, ट्रफी, मेडल, प्रमाणपलगायतका पुरस्कार प्राप्त गरे।     विगत अढाई दशकयतादेखि अघिल्लो पुस्ता हुँदै अहिलेको पुस्ताले समेत फूटबल खेललाई निरन्तरता दिंदै गर्दा अहिले, नाति, पनाती पुस्ताले जीत हात पार्न थालेको हो।     साबिकको पुरानो निजगढ कछडियाबस्ती हालको निजगढ युवा क्लब ‘ए’ले त्यस बेला बर्सेनि हुने फूट

राइटर युथद्वारा युनाइटेड पराजित

प्रमोद यादव, पचगावाँ, १५ फागुन/ पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं १ मधुवन मथवल वडा कार्यालयको आयोजना र सखुवाप्रसौनी गाउँपालिकाको सहयोगमा जारी तेस्रो गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत शनिवारको खेल राइडर युथ क्लब पर्साले जितेको छ। राइडर युथ क्लब पर्सा र वीरगंज युनाइटेड पर्साबीच भएको खेलमा वीरगंज युनाइटेडलाई राइडर युथले शून्यको विरुद्ध एक गोल गरी विजयी भएको वडासदस्य पारस महतो थारूले जानकारी गराए।

आइटिएफद्वारा तेक्वान्दो महासङ्घलाई सदस्यता

प्रस, वीरगंज, १२ फागुन/ नेपाल तेक्वान्दो महासङ्घले अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ (आइटिएफ) बाट सदस्यता पाएको छ। फेबु्रअरी २१ मा आइटिएफ हेडक्वाटरको कार्यसमितिको बैठकले नेपाल तेक्वान्दो महासङ्घको सदस्यता आवेदन स्वीकृत गरेको महासचिव सुदिपचन्द्र बख्रेलले जानकारी दिए। अध्यक्ष दिनेश शर्मालाई आइटिएफ हेडक्वाटरले इमेल गरी आधिकारिक पत्र पठाएको उनले बताए। महासचिव बख्रेलका अनुसार नेपाल तेक्वान्दो महासङ्घ विश्वका विभिन्न तेक्वान्दो संस्थासँग सम्बन्धन लिएर नेपालमा तेक्वान्दोको विकास र विस्तारमा लागिपरिरहेको छ। महासङ्घले विश्व सङमोक्वान सङ्घ (अमेरीका), तेक्वान्दो अन्तर्राष्ट्रिय (बेलायत), अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ युनियन (आयरल्यान्ड), अन्तर्राष्ट्रिय परम्परागत तेक्वान्दो महासङ्घ (स्पेन) र विश्व तेक्वान्दो परिषद् (जर्मनी)सँग सहकार्य गरिरहेको छ। महासङ्घमा नेपाल परम्परागत तेक्वान्दो महासङ्घ, इन्टरनेशनल चाङहोन तेक्वान्दो महासङ्घ नेपाल, आइटिएफ नेपाल, नेपाल सङमोक्वान सङ्घ र साङरोक नेपाल तेक्वान्दो एकेडेमीलगायत सङ्घहरू आबद्ध छन्।

निजगढमा रौतहट महिला फूटबल टिम विजयी

Image
प्रस, निजगढ, १२ फागुन/ निजगढमा जारी तेस्रो निजगढ मेयर कप फूटबल प्रतियोगिताको रिजर्भ डेमा बुधवार रौतहट र सर्लाहीका महिला टीमबीच भएको मैत्रीपूर्ण प्रतिस्पर्धात्मक खेलमा ० का विरुद्ध १ गोल गरी रौतहट विजयी भएको छ। खेलको सुरुआतबाट नै सर्लाही टीमलाई निरन्तर दबाबमा राख्दै आएको रौतटह टीमका खेलाडीले गोल गर्न पटक–पटक गरेको प्रयास असफल भएको थियो। सर्लाही टीमका गोलरक्षक सपना राईले विपक्षी रौतहट टीमले गरेको प्रहारलाई असफल बनाउने प्रयास गर्दागर्दै पनि खेलको ५८औं मिनेटमा गोल रोक्न नसक्दा टीमले हार स्वीर्कानुप–यो। रौतहट महिला टीमकी कप्तान रोजिना श्रेष्ठले गरेको गोल नै निर्णायक हुन पुगेको हो। रोजिनाले साइडबाट पास निकालेको एक दर्जन बललाई आफ्नै टीमका खेलाडीले गोल गर्न सकेका थिएनन्। अन्ततः उनले आफैं प्रहार गरेको एक गोलमा जीत हात लाग्यो। खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेबापत सर्लाही टीमका गोलरक्षक राई म्यान अफ दि म्याच घोषित भइन्। उनलाई स्थानीय मुन्ना बुढाथोकीले ट्रफी प्रदान गरेकी थिइन्। तेस्रो निजगढ मेयर कप फूटबल प्रतियोगिताको आयोजक निजगढ फूटबल क्लबको निमन्त्रणमा भएको खेलमा उपविजेता सर्लाही महिला फूटबल

सखुवाप्रसौनीको उद्घाटनमा बारा युथ विजयी

Image
प्रस, पंचगावाँ, १० फागुन/ पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं १ वडा कार्यालय र सखुवाप्रसौनी गाउँपालिका कार्यालयद्वारा आयोजित तेस्रो गोल्डकप फूटबल प्रतियोगिता सोमवारबाट शुरू भएको छ। खेलको उद्घाटन पूर्वसांसद हरिनारायण रौनियारले गरेका थिए। उद्घाटन खेल गढीमाई युथ एकेडेमी अपौनी पर्सा र बारा युथ–११ फूटबल टीमबीच भएकोमा बारा शून्यका विरूद्ध २ गोलअन्तरले विजयी भएको खेल व्यवस्थापन समितिका संयोजक भरत सहनीले बताए। उद्घाटन कार्यक्रमको सञ्चालन दीपेन्द्र कँडेलले गरेका थिए। सो अवसरमा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवाल, प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादव, नेपाल राष्ट्रिय मावि सिरही सथवलका प्रधानाध्यापक भागवतप्रसाद थारू, सखुवाप्रसौनी गाउँपालिका सामाजिक विकास शाखा प्रमुख विनोद यादव, वडा नं १ का सचिव चन्द्रकिशोर पटेल, वडा नं ९ का अध्यक्ष रामनारायण गौरोलगायतको सहभागिता थियो। उद्घाटन कार्यक्रम वडा नं १ का अध्यक्ष विश्वनाथ पटवारीको सभापतित्वमा भएको थियो।

फूटबल र कबड्डी प्रतियोगिता जारी

प्रस, वीरगंज, ९ फागुन/ वीरगंज महानगरद्वारा सञ्चालित रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत फूटबल र कबड्डीका खेल जारी छन्। रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत फिल्ड इभेन्ट र ट्र्याक इभेन्टका प्रतियोगिताहरू जारी रहेको महानगरले जनाएको छ। महानगरमा रहेका पचासवटा सामुदायिक तथा संस्थागत विद्यालय प्रतियोगितामा सहभागी छन्। आदर्शनगर रङ्गशालामा जारी प्रतियोगितासँगै फागुन १५ गतेदेखि रनिङ शिल्ड अन्तर्गत क्रिकेट प्रतियोगिताको आयोजना बताइएको छ।

निजगढ युवा क्लब ‘ए’ सेमिफाइनलमा प्रवेश

Image
प्रस, निजगढ, ९ फागुन/ निजगढमा जारी तेस्रो निजगढ मेयर कप फूटबल प्रतियोगिताको सेमिफाइनलमा निजगढ युवा क्लब ‘ए’ प्रवेश गरेको छ। आइतवार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा बाघभैरव युवा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै निजगढ ‘ए’ सेमिफाइनलमा प्रवेश गरेको हो। निजगढ युवा क्लबको जीतमा खेलको २३औं मिनेटमा समीर कुमरले पहिलो गोल गरे। बाघभैरवमाथि निरन्तर दबाब दिंदै आक्रमण गरिरहेको निजगढ युवा क्लबका समीर तामाङले अर्को दोस्रो गोल ३९औं मिनेटमा गरे। त्यसको एक मिनेटपछि तामाड्ढै गोलमा निजगढ युवा क्लबले ३–० को अग्रता बनायो। पहिलो हाफमा ३–० ले अघि रहेको निजगढ युवा क्लबले दोस्रो हाफमा गरेका थुप्रै प्रयास सफल हुन सकेन। खेलको ७६औं मिनेटमा बाघभैरवले मैदानको मध्य भागबाट प्राप्त गरेको फ्रिकिकमार्फत मनोज खड्काले पहिलो गोल गरे। पटक–पटकको प्रयास असफल भएपछि १ का विरुद्ध ३ गोलअन्तरले निजगढ युवा क्लब विजयी भयो। उत्कृष्ट खेल प्रदर्शन गरेबापत म्यान अफ दि म्याच निजगढ युवा क्लबका जन्मजय धामी घोषित भए। सोमवारबाट सेमिफाइनलका खेलहरू हुने प्रतियोगिता आयोजक निजगढ फूटबल क्लबले जनाएको छ। सोमवार हुने पहिलो सेमिफाइनल खेलमा योङ्गस्टा

नगरस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि पिपराको पोल्टामा

Image
प्रस, वीरगंज, ८ फागुन/ समग्र नेपाल सामाजिक संस्थाको आयोजना तथा बहुदरमाई नगरपालिकाको सहयोगमा पिपरामा जारी नगरस्तरीय क्रिकेट प्रतियोगिताको शनिवार फाइनल खेल सम्पन्न भयो। पिपरा क्रिकेट टीमले ५ विकेटअन्तरले बैरिया टीमलाई पराजित गरेको थियो। विजेता टीमलाई प्रदेश नं २ का भौतिक पूर्वाधार राज्यमन्त्री डा डिम्पल झाले शिल्ड तथा पुरस्कार वितरण गरेकी थिइन्। खेलमा म्यान अफ दि म्याच निरञ्जन पटेललाई राज्यमन्त्री डा झा र म्यान अफ द सिरिज असरफ आलमलाई जसपाका केन्द्रीय सदस्य शिव पटेलले पुरस्कार वितरण गरेका थिए। संस्थाका अध्यक्ष्F शोभरावती देवानको अध्यक्ष्Fतामा भएको प्रतियोगिता समापन समारोहमा जसपाकी केन्द्रिय सदस्य रम्भा मिश्र, वरिष्ठ नेता कृष्ण पटेल, बहुदरमाई नगरपालिका वडा नं ८ का अध्यक्ष्F पुनीलाल साह, नगरसदस्य सोनालाल साह, रामाधार साह, श्रवणराउत कुर्मी, पन्नालाल साहलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

योङ्गस्टार युवा क्लब सेमिफाइनलमा

Image
प्रस, निजगढ, ८ फागुन/ निजगढमा जारी तेस्रो निजगढ मेयर कप फूटबल प्रतियोगिताको शनिवार सम्पन्न क्वाटरफाइनल खेलमा विजयी बन्दै योङ्गस्टार युवा क्लब सेमिफाइनलमा  प्रवेश गरेको छ। तेस्रो क्वाटरफाइनलमा एफसी कोलगाउँलाई २–१ गोलअन्तरले पराजित गर्दै योङ्गस्टार सेमिफाइनलमा प्रवेश गरेको हो। योङ्गस्टारको जीतमा खेल शुरू भएको २०औं मिनेटमा अरुण लामाले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए। प्रतिस्पर्धात्मक खेलको ७३औं मिनेटमा कोलगाउँका विराज लामाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। कोलगाउँले खेल बराबरी गरेको एक मिनेटपश्चात् नै योङ्गस्टारले प्राप्त गरेको कर्नरमा अनिल लामाले हेडमार्फत गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए। कोलगाउँले खेलमा फर्कने निरन्तर प्रयास गरे पनि गोल हुन नसकेपछि योङ्गस्टारले नतीजा आफ्नो पक्षमा पा–यो। खेलको म्यान अफ दि म्याच योङ्गस्टारका कप्तान रोशन लामा भए। सेमिफाइनल प्रवेशका लागि अन्तिम क्वाटरफाइनलको खेलमा आइतवार बाघभैरव युवा क्लब र निजगढ युवा क्लब ‘ए’बीच प्रतिस्पर्धा हुनेछ। बाघभैरवले निजगढ युनाइटेडलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने निजगढ युवा क्लब ‘ए’ले निजगढ–१३ युवा क्ल

पर्सागढी गोल्डकपको उपाधि वीरगंजले जिते

Image
प्रस, बिरुवागुठी, ८ फागुन/ आमोदेवी युवा स्पोट्र्स क्लब बडनिहारद्वारा आयोजित तेस्रो पर्सागढी गोल्डकप फूटबल प्रतियोगिताको उपाधि युनाइटेड क्लब वीरगंजले हात पारेको छ। फ्युजन फूटबल क्लब गाईघाट उदयपुरलाई टाइब्रेकरमा हराउँदै वीरगंज युनाइटेड क्लबले उपाधि हात पारेको हो। निर्धारित ४०/४० मिनेटको खेलमा दुवै टीमबाट गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो। टाइब्रेकरमा वीरगंजले ५ र गाईघाटले ३ गोल गरेका थिए। आजको खेलमा वीरगंजका गोलकीपर दिलमणि चौधरी बेस्ट गोलकीपर घोषित भए। वीरगंजकै  राकेश चौधरी म्यान अफ दि म्याच घोषित भए। त्यसैगरी फ्युजन क्लबका टिपसन राई बेस्ट डिफेन्डर घोषित भए भने गाईघाटका दीपक मगर बेस्ट मिडफिल्डर घोषित भए। प्रतियागिता समापन समारोहका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अजयकुमार चौरसिया विजेता वीरगंजलाई एक लाख पाँच हजार र उपविजेता गाईघाटलाई पचपन्न हजार रुपैयाँ पुरस्कारसहित शिल्ड, प्रमाणपत्र प्रदान गरेका थिए। सो अवसरमा उनले खेलले विदेशमा देशलाई चिनाउने बताए। उनले फूटबलको लोकप्रियता नघटेको र पर्सागढी नगरपालिकामा भएको यस प्रतियोगिताले इतिहास रचेको बताए।

महिला टी–२० क्रिकेट प्रतियोगितामा कलैया विजयी

Image
प्रस, सिम्रौनगढ, ७ फागुन/     प्रजातन्त्र दिवसको अवसरमा सिम्रौनगढ नगरपालिका–६ मा शुक्रवार महिला टी–२० क्रिकेट प्रतियोगिता भएको छ। सिम्रौनगढ फूलबारी मैदानमा प्रतियोगिताको उद्घाटन नगरप्रमुख विजयशङ्कर यादवले गरेका थिए।     वडाध्यक्ष शङ्करसाह कानूको अध्यक्षतामा भएको खेलमा कलैया क्रिकेट टीमले राइजिङ क्रिकेट टीमलाई ८ विकेटअन्तरले पराजित ग–यो। टस जितेर पहिलो ब्याटिङ गरेको काठमाडौं राइजिङ क्रिकेट क्लबले निर्धारित २० ओभरको खेलमा १२ ओभरमा अलआउट हुँदै ३५ रन बनाएको थियो। प्रतिउत्तरमा कलैया क्रिकेट क्लबले ८ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य हासिल गरी ८ विकेटले जीत हासिल गरेको हो।     खेलको वुमन अफ द म्याच कलैया क्रिकेट क्लबकी रोजी कडारी भइन्। उनले प्रतियोगितामा चार विकेट लिएकी थिइन्। आजको प्रतियोगितामा विजयी कलैया क्रिकेट टीमकी कप्तान निशा गिरीलाई नगरप्रमुख यादवले शिल्ड प्रदान गरेका थिए।

तेस्रो मेयरकप फूटबल प्रतियोगिता, आयोजक निजगढ क्लबलाई पराजित गर्दै सिंगौल सेमिफाइनलमा

Image
प्रस, निजगढ, ६ फागुन/ निजगढको शहीद हीरालाल रङ्गशालामा जारी तेस्रो मेयर कप फूटबल प्रतियोगिता अन्तर्गत बिहीवार भएको पहिलो क्वाटरफाइनल खेलमा विजयी बन्दै सिंगौल फूटबल क्लब ‘ए’ सेमिफाइनलमा प्रवेश गरेको छ। आजको खेलमा निजगढ सिटी क्लबलाई दुईका विरुद्ध तीन गोलअन्तरले पराजित गरी सिंगौल सेमिफाइनलमा प्रवेश गरेको हो। खेल शुरू भएको पाँचौंऔं मिनेटमा सिंगौलका रोशन थापाले गोल गरेर आफ्नो क्लबलाई अग्रता दिलाएका थिए। निजगढ सिटीका बुद्धिमान भुलोनले मध्यान्तर हुन पाँच मिनेट बाँकी छँदा गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए।  मध्यान्तरअघिको खेलमा दुवै टीम बराबरीमा थिए। मध्यान्तरपछिको ३०औ मिनेटमा सिंगौलका अर्बिन थापाले गोल गरेर आफ्नो टीमलाई एक गोलको अग्रता दिलाए। दोस्रो गोल भएको तीन मिनेटमैं सिंगौलका सन्दीप खुलालले आकर्षक हेडमार्फत गोल गर्दै एकका विरुद्ध तीन गोलअन्तरले आफ्नो टीमलाई अग्रता दिलाउन सफल भए। मध्यान्तरपछिको खेल सकिन सात मिनेट बाँकी छँदा निजगढ सिटीले सिंगौलविरुद्ध फ्रिकिक पाएको थियो र त्यसलाई सफलतापूर्वक गोलमा परिणत ग–यो। तर त्यसअघि नै दुई गोलअन्तरले पछाडि परेको निजगढ सिटी दुई गोलमैं चित्त बुझाएर पराज

फ्युजन क्लब उदयपुर फाइनलमा

Image
प्रस, बिरुवागुठी, ६ फागुन/ तेस्रो पर्सागढी गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत बिहीवार भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक आमोदेवी युवा स्पोट्र्स क्लब बडनिहारलाई पराजित गर्दै फ्युजन फूटबल क्लब गाईघाट उदयपुर फाइनलमा प्रवेश गरेको छ। आजको खेलमा ५ मिनेटमैं फ्युजनका शरदकुमार राईले पहिलो गोल गरेका थिए भने सोही क्लबका दीपक मगरले मध्यान्तरपछि दोस्रो गोल गरेका थिए। सेमिफाइनलमा ० का विरुद्ध २ गोलअन्तरले फ्युजन जीतसँगै फाइनलमा प्रवेश पाएको छ। शनिवार माघ ८ गते फाइनल खेल हुने आयोजन संस्थाले जनाएको छ। यसअघि फाइनलमा प्रवेश गरिसकेको वीरगंज युनाइटेडसँग फ्युजन क्लब उदयपुर उपाधिका लागि भिड्नेछ। प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५ हजार र दोस्रो हुनेलाई ५५ हजार रुपैयाँ पुरस्कार राशि रहेको आयोजक क्लबका अध्यक्ष शम्भु दास थारूले बताए।

तेस्रो मेयर कप फूटबल प्रतियोगिता, एफसी कोलगाउँ क्वाटरफाइनलमा

Image
प्रस, निजगढ, ५ फागुन/ निजगढमा जारी तेस्रो मेयर कप फूटबल प्रतियोगितामा एफसी कोलगाउँ क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधवार भएको खेलमा निजगढ वडा नं ९ लाई ० का विरुद्ध ४ गोल गरी कोलगाउँ क्वाटरफाइनलमा प्रवेश गरेको हो। सो खेलको २०औं मिनेटमा कोलगाउँका विराज लामाले पहिलो गोलको खाता खोलेका थिए। त्यसैगरी, खेलको २७औं मिनेटमा सुमन मोक्तानको गोलसँगै कोलगाउँको अग्रता दोब्बर भयो। खेलको ४१औं मिनेटमा सुशील मोक्तानले अर्को गोल थपे। निजगढ वडा नं ९ माथि एकोहोरोरूपमा हावी भएको खेलमा कोलगाउँका कप्तान बाबुराम थिङले ६३औं मिनेटमा थप १ गोल गर्दै कोलगाउँलाई ० का विरुद्ध ४ गोलअन्तरको जीत दिलाए। खेलको म्यान अफ दि म्याच कोलगाउँका कप्तान थिङ भए। प्रतियोगिता अन्तर्गत क्वाटरफाइनल खेलहरू बिहीवारदेखि शुरू हुनेछन्। उक्त खेलको ५४औं मिनेटमा वडा नं ९ का कप्तान राजु श्रेष्ठले खेलको मर्यादाविपरीत खेलेको भन्दै रेफ्रीले रेड कार्ड देखाएपछि उनी खेलमैदानबाट बाहिरिएका थिए। उनले खेल शुरू भएको ४ मिनेटमैं पहेलो कार्ड खाए पनि सावधानीपूर्वक नखेल्दा रेड कार्ड खानुपरेको हो। भोलि हुने पहिलो क्वाटरफाइनलमा निजगढ सिटी क्लब र सिंगौल एफसी ‘ए’ भि

वाग्मतीलाई हराउँदै वीरगंज फाइनलमा प्रवेश

Image
प्रस, बिरुवागुठी, ५ फागुन/ पर्सागढी नगरपालिका–३ बडनिहारमा जारी तेस्रो पर्सागढी गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनल खेलमा वीरगंज युनाइटेड क्लब र वाग्मती युवा क्लब सर्लाहीबीच भएको थियो। निर्धारित ४०/४० मिनेटको खेलमा दुवै टीमबाट गोल हुन नसकेपछि टाइब्रेकरबाट टुङ्गो लगाइएको थियो। टाइब्रेकरमा ० का विरुद्ध ३ गोल गर्दै वीरगंज युनाइटेड विजयी भएको थियो। युनाइटेडका खेलाडी लक्ष्मण चौधरी, राकेश चौधरी, सञ्जय चौधरीले एक/एक गोल गरेका थिए। जीतसँगै युनाइटेड फाइनलमा प्रवेश गरेको छ। आजको खेलको म्यान अफ दि म्याच युनाइटेडका गोलकीपर दिलमणि चौधरीलाई आयोजक आमोदेवी युवा स्पोट्र्स क्लबका अध्यक्ष शम्भु दास थारूले नगदसहित सम्मान गरेका थिए। बिहीवारको अन्तिम सेमिफाइनल खेल आमोदेवी युवा स्पोट्र्स क्लब बडनिहार र फ्युजन फूटबल क्लब गाईघाट उदयपुरबीच हुने आयोजकले जनाएको छ।

योङ्गस्टार युवा क्लब र निजगढ युवा क्लब ‘ए’ विजयी

Image
प्रस, निजगढ, ४ फागुन/ निजगढमा जारी तेस्रो निजगढ मेयर कप फूटबल प्रतियोगिता अन्तर्गत मङ्गलवार भएको खेलमा योङ्गस्टार युवा क्लब र निजगढ युवा क्लब ‘ए’ विजयी भएका छन्। आज भएको पहिलो खेलमा योङ्गस्टारले चौतारा युवा क्लबलाई १ का विरुद्ध ४ गोलअन्तरले पराजित गरेको हो। खेल शुरू भएको छैटौं मिनेटमा चौताराले प्राप्त गरेको कर्नर किकलाई राजकुमार सारू मगरले हेडमार्फत गोल गरे। त्यसैगरी, १७औं मिनेटमा योङ्गस्टारका अरुण लामाले गोल गर्दै खेल बराबरीमा ल्याए। योङ्गस्टारलाई अग्रता दिलाउने क्रममा ३२औं मिनेटमा रवि लामाले थप गोल गरे। पहिलो मध्यान्तरको अतिरिक्त समयमा योङ्गस्टारका विनय लामाले गोल गर्दै पहिलो मध्यान्तरमा योङ्गस्टारलाई ३–१ गोलअन्तरले अग्रता दिलाए। दोस्रो मध्यान्तरमा चौतारा खेलको लयमा फर्कने देखिए पनि कुनै गोल थप्न सकेन। दोस्रो मध्यान्तरको अतिरिक्त समयमा योङ्गस्टारका अरुण लामाले पुनः गोल गर्दै योङ्गस्टारलाई १ का विरुद्ध ४ गोलअन्तरले विजयी बनाए। सो खेलमा म्यान अफ दि म्याच योङ्गस्टारका अरुण लामा घोषित भए। त्यसैगरी, दोस्रो खेलमा निजगढ युवा क्लब ‘ए’ले निजगढ–१३ युवा क्लबलाई १ का विरुद्ध ९ गोलअन्तरले पराजित

तेस्रो मेयर कप फूटबल प्रतियोगिता, हिमाल युवा क्लब र बाघभैरव युवा क्लब विजयी

Image
प्रस, निजगढ, ३ फागुन/ निजगढमा जारी तेस्रो निजगढ मेयर कप फूटबल प्रतियोगिता अन्तर्गत सोमवार भएका खेलमा हिमाल युवा क्लब र बाघभैरव युवा क्लब विजयी भएका छन्। आज भएको पहिलो खेलमा हिमालले सिंगौल फूटबल क्लब ‘बी’लाई १ गोलका विरुद्ध २ गोल गरी पराजित गरेको थियो। खेलको २८औं मिनेटमा हिमालका अर्बिन कुमरले गोल गरी खाता खोलेका थिए। तर पहिलो मध्यान्तरको अतिरिक्त समयमा सिंगौलका छविलाल विश्वकर्माले गोल फर्काएपछि खेल बराबरी भएको थियो। मध्यान्तरपछिको ३८औं मिनेटमा सिंगौलका खेलाडीले गोल पोस्टनजीकै फल गरेपछि हिमालले पाएको पेनाल्टी सुटलाई सदुपयोग ग–यो। हिमालका वर्षात मोक्तानले गरेको सोही गोल नै निर्णायक भएको थियो। उत्कृष्ट खेल प्रदर्शन गरेबापत हिमालका गोलरक्षक प्रमेश गुरुङ म्यान अफ दि म्याच भए। त्यसैगरी, दोस्रो खेलमा बाघभैरव युवा क्लबले निजगढ युनाइटेड क्लबलाई २ गोलका विरुद्ध ६ गोल गरी विजयी भयो। खेलको तेस्रो मिनेटमैं बाघभैरवका हस्तबहादुर चौरेलले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए। पहिलो गोल गरेको २ मिनेटमैं चौरेलले पुनः गोल थप्दै बाघभैरवको अग्रता दोब्बर बनाए। निजगढ युनाइटेड क्लबको लागि ३५आंै मिनेटमा अजयकुमा