Posts

Showing posts with the label लघुकथा

प्रतिगमन

Image
                समीर पाख्रिन कर्णे आज बिहानैदेखि थकित छ। ऊ आँगनमा बसेर घरीघरी हाइ...हाइ काँडिरहेको छ। बिहान सबेरै उठेर पँधेराबाट दुई–तीन गाग्री पानी ओसारिसक्ने कर्णेलाई आज जाँगर चलेको छैन। “लिनोस् चिया। के भो ? बिहानै नून खाएको कुखुराजस्तो झोक्राउनुभएको छ नि ?” कर्णेकी पत्नी चमेलीले चिया टक्राउँदै प्रश्न गरिन्। “दिनभरि घोक्रो फुलाइफुलाइ जिन्दाबाद १ आई लभ यू भनेर चिच्याएकोले होला जीउ फतक्क गलेको छ।” “मल बोक्नुपर्ने मान्छे, दिनदिनै जुलूसमा हिंडेका छन्। म एक्लैबाट त हुँदैन है भनीदिएकी छु नि,” चमेली फतफताउँदै भान्सातिर लागिन्। “ल ल दिउँसोतिर बोकौंला,” यति भनी कर्णे चिया पिउन थाल्छ। हुन पनि कर्णे मात्र होइन गाउँका लोग्ने मानिसहरू हिजोआज सबै काम लथालिङ्ग छाडेर घर लौरीमा हिंडेका छन्। जान्न भन्नसमेत नपाइने अवस्था आएपछि गरोस् पनि के ? “पहिला एक भारी घाँस ल्याउँछु, त्यसपछि भात खान्छु र दिउँसोतिर मल बोक्नुप–यो,” उसले अठोट गरेको मात्र के हुन्छ एक हूल गाउँँले आँगनमा देखा पर्छ। “कर्णे, लौ लौ जानुप–यो तयार भैहाल्नूू,” एउटाले फूर्तिका साथ भन्यो। “हैन कहाँ जाने भन्या फेरि ?” कर्णेले झर्को मान्दै हूलतिर

म पनि बुहारी

– समीर पाख्रिन भाइटीकाको दिन बिहानै सासूआमाका दुई भाइ आइपुगे। घरकी बुहारी रोशनीकी नन्द, आमाजू दशैंदेखि यतै भएकाले काकाका छोराहरू पनि भाइटीका लगाउन यतै आए। भाइटीकाको दिन ठूलै जमघट र रमझम भयो। सबैजना भेला भएको मौका छोपी मज्जाले खाए, पिए, फोटो खिचेर रमाइलो गरे। माइतीमा सूतक परेकोले रोशनीको मात्र तिहार छेकियो। रोशनी तिहार छेकिएकोमा दुःिखत थिइन् तर उसले आफ्नो खिन्नता कसैलाई देखाउन चाहिनन्। पाहुनाहरूको सेवा सत्कारमा ऊ बिहानैदेखि व्यस्त थिइन्। साँझसम्म पाहुनाहरू खानपिन गरी फर्किसकेका थिए। दुई छोरीमध्ये कान्छी चाहिं आमासित बसेर ससुरालीको कुरा काट्न व्यस्त थिइन् तर जेठी भने बुहारी रोशनीलाई कतै नदेखेपछि खोज्दै भान्सासम्म पुगिन्। रोशनीलाई भान्सामा जूठो भाँडा अघिल्तिर थुपारेर बसेके देखेपछि उनलाई आफू बिहे गरेर गएपछिका दिनहरूको याद झलझली आयो। सासूको खटन र शासनमा बितेका कठिनाइपूर्ण दिनहरू उनको आँखामा नाँच्न थाले। भाँडा माझ्न व्यस्त रोशनीले आमाजू ऊनजीकै आएर उभिएकी पनि पत्तै पाइनन्। “खै, अलिक पर सर बुहारी। म मस्काउँछु तिमी पखाल,” उनी यति भनी फरियाको सप्को कम्मरमा घुसारेर रोशनीनजीकै बसिन्। “ल दिदी के गर

नाम

Image
– जिसी हरि डिकबहादुर– “भन त तिमीहरू मलाई  जहिले पनि डिके डिके भनेर किन जिस्क्याइरहन्छौ हँ ?” रिसले चुर हुँदै उसले भन्यो। यो परिवेश हेरिरहेको उसका बुबाको उमेरको हर्षमानले थप्यो– “अलि पुरानो चलन अनुसार बच्चा जन्मेको छैटौं दिन भावीले निधारमा भाग्य कोरिदिन्छ र एघारौं दिनमा न्वारन गरेपश्चात् नाम जुराइन्छ। पछि हुर्कंदै र परिपक्व हुँदै जाँदा वास्तविक नामलाई उसको कामले छायामा पार्ने हुनाले काम अनुसार नामको पहिचान हुन्छ। वर्तमान समयमा राशि, नक्षत्र आदि इत्यादिभन्दा पनि आमाबुबा आफैं ब्राह्मण हुने भएकाले ब्राह्मणीय पेशा सङ्कटमा पर्नुको साथै नामको अर्थ र परिभाषा बुझ्न र बुझाउन गा–हो बन्दै गइरहेको छ। तिम्रो बुबाको नाम दीपक र आमाको नाम कमला भएकोले तिम्रो नाम डिक जुराएका हुन्। डिकबहादुर आफ्नो नामप्रति भित्रैदेखि असन्तुष्ट देखिन्छ। भोलिपल्ट साँझपख सबै साथी चोकमा खेल्न जम्मा हुन थाले। “सबै साथी आइसके तर सिपियू देखिएन नि १” प्रश्नाले व्यङ्ग्यात्मक शैलीमा भनी। सबै अलमल्ल परे के भनेकी भनेर। यत्तिकैमा प्रश्नाले भनी– “तिमीहरू पनि, सर्टकर्टको जमाना छ... त्यही चन्द्रप्रसाद उपाध्याय क्या १”    हालः रौतहट

म्यारिज एनिभर्सरी

– हरि जिसी बिहे गरेको ते¥हौं वर्षसम्म आफ्नै गाउँमा सुख–दुःख जीवन व्यतीत गरेका रमा र उसका पति रविकान्त एक्कासि शहर पस्ने निर्णय गर्छन् र शहरको गल्लीमा सानोतिनो चियापसल खोलेर जीवन चलाउँछन् । आजभोलि भन्दाभन्दै चिनेका साथै नचिनेका पनि चिनजानमा परिणत हुँदै जान्छन् । शुरू–शुरूमा शहरीया जीवन, वातावरण, मौसम, लवाइखवाइ, राजनीति सबैमा शून्य ती दम्पती पछि–पछि आफूलाई पनि शहरीया हावामा बहाउनतिर उद्यत हुन्छन् । एक दिन आफ्नै गाउँकी भाउजू पर्नेसँगको गफगाफमा म्यारिज एनिभर्सरी मनाउने चर्चा चल्छ । भाउजूले शहरमा बसेपछि सोही अनुसार चल्न नसके सबैले हेप्ने कुरा गरेपछि रमालाई पनि सो प्रस्ताव ठीकै लाग्छ । भोलिपल्ट सोही प्रस्ताव रविकान्तसँग राख्दा ऊ अवाक भई आफ्नो काममा तल्लीन भइरहन्छ । उता रमा भने म्यारिज एनिभर्सरीमा सजिएर उपहार समात्दै सबैलाई हात हल्लाएको कल्पनामा डुब्छिन् । त्यसै क्रममा रमाको भेट गाउँकै साथी शशीकलासँग पनि हुन्छ । उनी पेशाले सरकारी जागीरे हुन्, जसको शहरमा ठूलो घर पनि छ । रमाले सोही कुरा शशीलाई पनि शेयर गर्छिन् । शशी भन्छिन्– “हेर साथी १ जुन कुरा तिमी भन्दैछौ, यो हाम्रो धर्म, संस्कार कुनैमा पनि

भ्रम डे

–ऋषि तिवारी     “ए १ बा मेरो बर्थ डे कहिले हो ? अब हाम्रा बाले अङ्ग्रेजी जानेको भए पो ?” यसो कहिलेकाहीं नातिनातिनाहरूले बोलेको भाषाले गर्दा बाले अलिक अङ्ग्रेजी बुभ्mन थाल्नुभएको थियो ।     “खै बाबु तेरो बर्थ डे कहिले हो ?’ कात्तिकमा होला बाबु ।” “म बासँग रिसाउँछु, हैन बा नागरिकताले भदौमा देखाउँछ, तपाईं कात्तिकमा भन्नुहुन्छ अनि फेसबूकले फागुनमा भन्छ । अनि कसरी हुन्छ बा ?”     अब बाले पनि भन्न थाल्नु‘भो– “यो फेसबूकले तेरो ‘भ्रम डे’ गरे‘छ छोरा, म जिउँदै छु । त चिन्ता न गर तँ कहिले जन्मिस्, म पुरानो पात्रो हेर्छु । तेरो तिन जन्म कसरी भो ? यो भ्रम डेको पछि नहिंड् जे छ आप्mनो वर्तमानलाई सुझबुझ गरेर हिंडेस्, यो नै मेरो शुभकामना र आशीर्वाद छ ।”     “लौ पिताले पनि यही भ्रम डेमा यसरी शुभाशीर्वाद दिनुभएको ।” “कहीं मेरो जन्म यही भ्रमको डेमा नै परेको हैन ?” आपैंm सशङ्कित भएर मन बुझाउँदै पितालाई भने– “भरे पुरानो पात्रो हेरेर मेरो भ्रम डेको छिनोफानो गरिदिनुस् ।”     बा हाँस्तै हुनुहुन्थ्यो । “ल जा अब अफिसतिरै म भरे तेरो भ्रम डेको छिनोफानो गरिदिन्छु ।” विराटनगर–६, ममतामार्ग

बौद्धिक स्तर

– बैद्यनाथ ठाकुर     महर्जन सरले एक दिन शिष्यहरूलाई गृहकार्यमा माटोको खरायो, भ्यागुतो, स्याउ बनाएर ल्याउन भन्नुभयो । विद्यार्थीहरूले एक हप्तापछि ती कुराहरू बनाइ रङ्गरोगन गरी ल्याए । महर्जन सरले त्यसमध्ये सबैभन्दा राम्रो असलीभैंm देखिने चार/चार वटा भ्यागुतो, स्याउ र खरायो छानेर छुट्टीपछि गाउँभन्दा परको खाली चौरमा राख्न लगाउनुभयो ।     भोलिपल्ट विद्यार्थीलाई लिएर सर चौरमा जानुभयो र सबैलाई ती मूर्तिहरूको निरीक्षण गर्न भन्नुभयो । विद्यार्थीहरूले हिजो जस्तो राखेको थियोे आज उस्तै छ भने ।     त्यसपछि सरले भन्नुभयो– “हेर, कति राम्रो भ्यागुतो रहेछ तर रातिमा यिनीहरूलाई कुनै सर्पले खाएको छैन । तिमीहरूले बनाएको खरायो झन् वास्तविक जस्तै छ तर कुनै स्यालले खाएको छैन । स्याउ त आहा, हेर्दा नै खाउँखाउँ लाग्ने तर रातिराति उड्ने चमेरोले पनि खाएको छैन । किन होला...?  एकछिन छलफल गरेर भन त...।”     एकछिनको छलफलपछि एकजना विद्यार्थीले भन्यो– “हाम्रो निष्कर्ष यो हो कि यी सामग्रीहरू नक्कली भएकाले उनीहरूले खाएनन् ।”     स्याबास... तिमीहरूको उत्तर शतप्रतिशत ठीक हो । एउटा जनावरलाई पनि असली र नक्कलीको ज्ञान छ तर हाम

पापी

– जिसी हरि     साँझ पर्दै थियो । रामाशङ्करले जब्बर सिंहलाई भन्यो– “राम्ररी सुत है १ भोलि पत्र आउन सक्छ ।” यी सब कुरा भनिरहँदा जब्बर सिंहलाई हर्ष न विस्मात् केही प्रभाव परेन । जब्बर सिंह केही समयअगाडिदेखि नै सामाजिक सेवा अन्तर्गतका विभिन्न गतिविधिमा अग्रसर भइरहँदा पटकपटक सम्मानित पनि भइरहेको थियो । होला कुनै कसैले पुनः मलाई सम्मान गर्दैछन् । दैवको लीला हो वा प्रकृतिको नियम मानिसले दुनियाँमा सबै चीज भेट्छ मात्र आफनो गल्ती भेट्दैन । निदाउन खोज्दाखोज्दै पनि खै किन हो रातको दोस्रो प्रहर बितिसक्दा पनि जब्बर सिंहलाई निद्रा परेन । एउटै आधा वाक्य ...“पत्र आउन सक्छ ।” ले कताकता मस्तिष्कमा ढ्याङ्ग्रो ठोकेजस्तो लाग्यो । उसले रामाशङ्करको मानसिक तथा शारीरिक क्रिया प्रतिक्रियाको एकपटक पुनर्कल्पना पनि ग¥यो । आखिर आशावादी भएर नै व्यक्ति, परिवार, समाज, राष्ट्र तथा विश्वले निरन्तरता पाइरहेको कुरालाई विभिन्न कालखण्डमा भए गरेका तथ्यले पुष्टि गर्दै आएका छन् । आशावादी हुनुपर्छ भन्दै निदाउने कोशिश ग¥यो ।     ब्रह्माण्डका सम्पूर्ण चीज परिवर्तनशील छन् । त्यसमाथि मानव मस्तिष्कमा उठ्ने विचारहरू (मनहरू) झनै तरल छन

अन्धविश्वास

– वैद्यनाथ ठाकुर     बिहे भएको अठार वर्ष बितिसक्दा पनि सन्तान नभएको एक दम्पती जाने सुनेसम्मको सबै चिकित्सकसँग देखाएका मात्र थिएनन् बरु अत्याधुनिक चिकित्सा प्रणाली अनुसार टेस्ट ट्युब बेबीसमेतको विधि प्रक्रिया प्रयोग गरिसक्दा पनि बच्चा हुन सकेन ।     एक दिन एउटा महात्मासँग उनीहरूको भेट भएछ । महात्माले भने अनुसार उनीहरू दुर्गा मातासँग वरदान पाउन चार घण्टाको पैदल कष्टकर पहाडी बाटो हिंडेर एक गुफानजीक बल्लतल्ल पुगे । गुफाको प्रवेशद्वारमैं एउटा बाघ बसिरहेको देखेर दम्पतीको डरले मुटु नै बन्द होला जस्तो भयो ।     पतिपत्नी मिलेर सल्लाह गरे– “ज्यान रहेमा कुनै उपाय गरेर बच्चा पाउँला । ज्यान नै नरहे कसले पाउँछ बच्चा ? गुफामा जानुपूर्व नै बाघले खाइदिन्छ । यो अन्कन्टारमा धेरै दिनको भोकोजस्तो देखिन्छ बाघ । जाउँ फर्केर घरमा बरु... ।     घर फर्किन लाग्दा फेरि त्यही महात्मा बाटोमा भेटिए र सोधे–     पूजापाठ गरी दुर्गा मातासँग वरदान माग्नुभयो त ?     दम्पतीले भने– कस्तो ठाउँमा हामीलाई पठाउनुभयो । त्यहाँ गुफाको ढोकामैं बाघ पो बसेको रहेछ । हामीलाई मर्नु छ र हामी जान्छौं ?     महात्मा जोडले हाँस्दै भने– धत्त ल

वाह ! वाह !! वाह !!!

–ऋषि तिवारी     सधैंजसो मर्निङवाक गरिसकेपछि चियापसल छिर्थें । अरूहरू पनि त्यसरी नै आउँथे । त्यहाँ सबैले चिन्न थालेका थिए । यसको पत्रिकामा रचनाहरू आउँदो रहेछ । कविता आउँदो रहेछ, मुक्तक आउँदो रहेछ, अनि आउँदो रहेछ फेरि कथाहरू पनि । एकजना, शायद ऊ मभन्दा जेठो उमेरको थियो, ले भन्यो– भाइ, एउटा मुक्तक सुनाऊ । म पनि के कम थिएँ र सुनाउन । म फुरुङ हुँदै सुनाउन कस्सिएर लागें । सबैले कान ठाडो पार्दै थिए । साहुनीलाई भनें– छिट्टै तातो चिया बनाउनुस् त । साहुनीले भनिन्– कतिवटा चिया बनाउँ ? मैले भनें– एउटा चिनीविनाको बनाउनुस्, चारवटा चिनीको ।”     मुक्तक सुन्न बस्नेहरू चियासँगै टेबल ठटाउने तयारीमा थिए । चिया आयो टेबलमा । एक सुरुप्प पारें । चिसो घाँटी अलिक तातेपछि मेरो मुखबाट मुक्तकको शब्द निस्किन नै लागेको थियो, तब मैले भनें– ल सुन्नुहोस् हैं तपाईंहरू ।     गाँजल छैन तिम्रो आँखामा, गजल लेख्न थालें,     मेकअप छैन तिम्रो अनुहारमा, मुक्तक लेख्न थालें,     तिम्रो रूप बैंससँगै एउटा कविता लेख्न थालें,     व्यथा त कति हो यो जीवनमा, एउटा कथा नै लेख्न थालें ।     एक्कासि टेबल थर्काउँदै चारैजनाले एकै स्वरले भने–

ग्रहदशा

– बैधनाथ ठाकुर     ज्योतिषी मार्कण्डले लामो श्वास तान्दै कैदी साथीहरूलाई भन्यो– मैले नै उनको हातको रेखा हेरेर बताएको थिएँ, हुनत हजुर निकै भाग्यमानी हो तर हजुरको भाग्यरेखामा शनि र राहु ग्रह बसेकाले यतिबेला निकै कष्टकर जीवन बिताउनुपरिरहेको छ । तर हजुर चिन्ता नगर्नुस् । शनि देवाय नमः तथा राहु देवाय नमः भन्दै एकाबिहानै एकाइसवटा बिहीवार पीपलको बोटमा पूर्वतर्पm फर्केर अञ्जुलीले ११ चोटि जलप्रवाह गरेमा छ महीनाभित्रै शुभ शुभ हुनेछ । यति गरेपछि उनको भाग्य नै फेरियो ।     जमीनको दलाली गर्ने तथा सीमा वारिपारि कालो कर्म गरेर करोडौं कमाएको उनलाई देशको सबैभन्दा ठूलो पार्टीबाट चुनावी टिकट तथा पार्टी प्रवेश दुवैको एकैचोटि प्रस्ताव आएछ र उनी सजिलै पैसाको बलले चुनाव जितेर यतिबेला माननीय भई सिंहदरबारभित्र मन्त्री भई झन्डा फरफराउँदै छन् ।     एक दिन उनी न्युरोडमा आप्mनो गाडी रोकेर सडकपेटीमा मलाई रोक्दै भने– ज्योतिषी बा, हजुरले गर्दा मेरो कायापलट भयो । म धेरै सुखी र खुशी छु । हजुरलाई मेरोतर्पmबाट यो सानो उपहार भन्दै एउटा झोला थमाएर गए । मैले झोलामा यसो हेरेको हजारका नेपाली नोटहरूका बन्डल रहेछ । मनमनै म धेरै

लघुकथा ‘विकास मान्नुपर्छ’

– बैधनाथ ठाकुर     अन्तर्राष्ट्रिय सभागृह श्रोताले खचाखच भरिएको थियो । अन्तमा प्रमुख अतिथिले आप्mनो धारणा राख्दै भने,         “हेर्नुस्, साउनमा आँखा फुटेको गोरुले बा¥है महीना हरियो हेर्छ । यो भनाइ त्यसै भनेको होइन । छिट्टै नेपालको झन्डा राखेर नारायणी नदीमा पानीजहाज (क्रुज) चल्नेछ ।     बिजुलीको लोडसेडिङ समाप्त नै भइसकेको छ । पाइपलाइनबाट अमलेखगंजमा पेट्रोलियम पदार्थ आउन सुरुआत भइसकेको छ । अब सुरुङमार्पmत् मेलम्चीको पानी काठमाडौंमा आउँदै छ । काठमाडौंबाट मोफसलको यात्रालाई सुगम, छिटोछरितो बनाउन सुरुङमार्गमार्पmत् विभिन्न फास्ट ट्र्याकहरू खोलिने योजना पनि शुरू भइसकेको छ । यति हुँदा पनि विकास भएन भन्नेलाई के भन्ने ?     हेर्नुस्, मान्छेहरूले लगाएको चश्मा नफुकालेसम्म जीवनमा सहजता आउँदैन र विकासको अनुभूति पनि गर्न सकिंदैन । हिजोसम्म हामीले पनि पुरानो चश्मा फुकालेका थिएनौं र लाग्थ्यो हामी सबैभन्दा बढी जिम्मेवार र इमानदार हुनुपर्छ । त्यसैले हामीले विकृतिविरुद्ध धावा बोल्थ्यौं । हामीलाई लाग्थ्यो पृथ्वीनारायण शाह विस्तारवादी राजा थिए । उनी महासामन्त थिए तर जब हामीले पुरानो चश्मा फुकाल्यौं अनि देख्

स्वभाव

–वैद्यनाथ ठाकुर     चियापसलमा एक ग्राहकले अलिक झोक्किंदै भने– हैन, आप्mनो श्रीमती हुँदाहुँदै दिउँसै अर्काको श्रीमती ताक्ने मान्छेलाई पनि कामरेड भन्न कसरी मिल्छ ? यो त अति नै भयो बाबै...।     अर्काेले जवाफ दियो– आपूmलाई कम्युनिस्ट बताउने तर घरमा रुद्री पाठ लगाउने, पाँचपटक प्रत्येक दिन मस्जिदमा नमाज पढ्न जाने, धार्मिक चाडपर्व धूमधामले मनाउने, ग्रहदशा काट्न विभिन्न धार्मिक अनुष्ठान गर्नेलगायतका अन्धविश्वासले भरिएको आध्यात्मिक पाटोमा रमाउनेहरू यतिबेला विभिन्न कम्युनिस्ट पार्टीका सेल कमिटीदेखि केन्द्रीय कमिटीसम्म भरिएका छन् । यस्तो कम्युनिस्टहरूसँग अरू के राम्रो कुराको आश गर्ने ?     तेस्रो ग्राहकले भने– जनताको सेवा तथा देश विकासको नाममा व्यापक कमिशनखोरी तथा भ्रष्टाचार गर्नेहरू जब एक नम्बरका कम्युनिस्ट हुन सक्छन् भने ती बिचराहरूलाई के दोष दिने ?     दुवैजना ग्राहकको कुरा काट्दै पसले साहुले भने– हेर्नुस्, यो कुरा कम्युनिस्ट, काङ्ग्रेस वा अरू कुनै पार्टीको होइन । सिद्धान्त जुनसुकै बोकेको किन नहोस् तर उसभित्र धन सम्पत्तिको लोभ छ भने ऊ बाहिरीरूपमा देखावटी जोगी हुन्छ तर भित्रीरूपमा सबैभन्दा ठूलो

दशैंको बोझ

–वैद्यनाथ ठाकुर     मारवाडी उद्योगपति धनपत टिबडेवाल यतिबेला टेलिफोन र मोबाइलको घण्टी बज्नासाथ तर्सिन्छन् ।  यस्तो मनोविज्ञान विकसित हुनुको एउटै कारण हो हिन्दूहरूको महान् चाड बडादशैं ।     अचेल बिहान नौ बजेदेखि बेलुका आठ बजेसम्म उनको दरबारमा थरीथरीका मान्छेहरूको भीड लाग्ने गरेको छ । पत्रकार, प्रहरी, भन्सारका कर्मचारी, आन्तरिक राजस्वका कर्मचारी, ट्राफिक प्रहरी, विभिन्न दलका नेता, कार्यकर्ता, स्थानीय डनहरू आदि सबैको भीड उनको दैलोमा प्रत्येक वर्षभैंm यसपालि पनि लाग्न थालेको छ ।     आगन्तुक सबैको इच्छा हुन्छ, बढीभन्दा बढी रुपैयाँ दशैं खर्चको रूपमा सित्तैमा पाउँ । त्यतिमात्रै होइन, पोहोरभन्दा यसपालि उनीहरूले भने अनुसारको रकम बढाएर दिएन भने भविष्यमा हुन सक्ने छापामारीको पनि उनलाई चिन्ता र डरले अत्यधिक सताउँछ ।     उनले विगतदेखि गर्दै आएको राजस्व छली, दुई नम्बरको अवैध धन्धा तथा कालोधन  प्राप्त गर्नमा  प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्राप्त सहयोगको सट्टा ती महानुभावहरूले पाउँदै आएको दशैं खर्च व्यापार राम्रो हुँदा ठीकै थियो तर यतिबेला हिजोको तुलनामा बाँड्नुपर्ने रकम बढ्दै गएको साथै पाउने मान्छेको सङ

सत्यको विज्ञान

– वैद्यनाथ ठाकुर     भारतको राजधानी दिल्लीनजीकैको एक गाउँमा उपेन्द्रको जेठो मामा माइजूले बिहे गरेको बीस वर्ष भएपनि उनीहरूको कुनै सन्तान थिएन । थाहा पाएसम्मका चिकित्सक, वैद्य, धामी, झाँक्री, ज्योतिषी सबैलाई देखाइयो तर बच्चा भएन ।     एक दिन अचानक गाउँमा एउटा योगीले मामालाई यज्ञको प्रसाद दिए र भने– ‘प्रसाद खुवाउनुहोला बच्चा अवश्य हुनेछ ।’     माइजू सा¥है खुशी भएर प्रसाद खाँदै थिइन् कि यत्तिकैमा गाउँभरि हल्ला भयो । पाण्डे सरको घरमा आगो लाग्यो । प्रसाद खान छोडेर माइजू आगो लागेको हेर्न दौडिहालिन् ।     यत्तिकैमा प्लेटमा राखेको प्रसाद कान्छो मामाका छोरीहरू चौदह वर्षीय तीन दिदीबहिनी जो भर्खर विद्यालयबाट टिफिन खान घर आएका थिए, उनीहरूले  बाँडेर खाए र फेरि विद्यालय गई हाले ।     समय बित्दै गयो माइजूको घरमा खुशी र दुःख दुवै सँगसँगै थपिंदै गयो । खुशीको कारण थियो माइजू साँच्चिकै गर्भवती थिइन् तर यसको ठीक उल्टो कन्याकुमारी तीन छोरीहरूको गर्भले परिवार निकै दुःखी तथा आत्मग्लानिमा थियो । गाउँभरि चर्चा थियो कसको गर्भ हो ? आठौं महीनामा कुरा खुल्यो माइजूले छाडेको प्रसाद खाएर गर्भवती भएको ।     दिनरात केवल

डेढ अक्षरिया नेताहरू

– वैैद्यनाथ ठाकुर     शिक्षक–कर्मचारी बैठकमा प्रधानाध्यापक महेश पाण्डे बडो नाटकीय ढङ्गले आप्mनो कुरो राख्दै थिए– आदरणीय शिक्षक साथीहरू, हामी इतिहासको अत्यन्त कठिन समयमा यतिबेला छौं । अब पहिलाको जस्तो तालले हाम्रो जागीर पनि रहला जस्तो छैन । तपाईंहरूलाई थाहै छ, विद्यालय शिक्षा स्थानीय तहको मातहतमा आइसकेको छ । अब वडाध्यक्ष तथा सदस्यहरू र मेयर साहब कुनै बेला पनि विद्यालय भित्र के कस्तो शैक्षिक गतिविधि भइरहेको छ सोको अनुगमनमा अपर्भmट आइपुग्नुहुन्छ । त्यसैले तपाईंहरूले पुराना बानीहरू छाड्नुस् । विद्यालयमा सकेसम्म आउँदै नआउने, आइहालेमा दुई घण्टा ढिलो आउने, कक्षामा जाँदै नजाने, गइहालेमा दश/पन्ध्र मिनेट ढिलो जाने, घण्टी समाप्त हुनुभन्दा दश–पन्ध्र मिनेट पहिले निस्किने, कुर्सीमा निदाउने, पढपढ भनेर समय बिताउने जस्ता कामहरू बन्द गर्नुप¥यो ।     एक ग्लास पानी पिएर लामो सास फेर्दै उनले फेरि कुरालाई निरन्तरता दिंदै भने– अब स्थानीय निकायमा मैले र मसँग तपाईंहरूले एक्लाएक्लै लिखित प्रतिबद्धता जाहेर गर्नुप¥यो । पहिलो त्रैमासिक, दोस्रो त्रैमासिक र अन्तिम परीक्षामा के कति सिकाई उपलब्धि दिने हो फेरि त्यस अनु

बहुमूल्य उपहार

–वैद्यनाथ ठाकुर     वीरगंजको सभाहलमा कमरेडहरू खचाखच भरिएका थिए । वर्तमान परिस्थिति र हाम्रो दायित्व विषयमा विशेष प्रशिक्षण चल्दैथियो । महासचिव कमरेड भन्दैथिए– “अब एकाइसौं शताब्दीमा जडसूत्रवादी सोच राखेर अगाडि बढ्न सकिंदैन । यतिबेला हामी जसरी पनि सत्तामा जानुपथ्र्याे र हामी गयौं । पार्टी तथा नेताहरूको भविष्यप्रति तपाईंहरूको चिन्ता स्वाभाविक हो तर एकपटक द्वन्द्वात्मक ढङ्गले सोच्न जरुरी छ । हामीले फटाहा, भ्रष्ट, अपराधी आदिलाई पार्टीमा ल्यायौं र टिकट दियौं । उनीहरू पनि जिते, हाम्रो पनि उनीहरूले दिएको पैसाले नै जीत भयो । अहिले झन्डै दुई तिहाइमा हामी छौं ।     यस्तो नगरेको भए प्रतिपक्षीकै हातमा सत्ता हुन्थ्यो । अनि सिद्धान्त मात्रै राखेर के गर्ने ?     अब रह्यो गणतन्त्र आएर हामीले के पायौं ? हेर्नुस्, हामी माक्र्सवादीहरूले यसलाई पनि द्वन्द्ववादी ढङ्गले नै हेर्नुपर्छ । राजाको दुई सय चौतीस वर्षको शाही शासन समाप्त भयो र हामी नेता कामरेडहरू मन्त्रीदेखि राष्ट्रपतिसम्म बनेका छौं । हामी हिजोसम्म सुकुमबासी जस्तै थियौं । अहिले हाम्रो पनि दरबार छ, घरबार छ अनि करोडौंको व्यापार छ, शेयरहरू छन् । शिक्षा,

नक्कलीदेखि सावधान !

Image
– समीर पाख्रिन गताङ्ककको बाँकी     महिला २ ः डाक्टर सॉप, दाँत झिक्नुभएको होइन ?     डा. पाण्डे ः हो, मैले कीरा सर्न नपाओस् भनेर नजिकैको दाँत उखेलिदिएको छु । त्यो कीराले खाएको दाँत केही दिनमा आपैंm झर्छ । आज दिनभरि तातो चीज खान नदिनुहोला ।     बिरामी ः डाक्टर सॉप पहिलेभन्दा पनि धेरै दुख्न थाल्यो । यसो ‘पेन किलर’ छ भने दिनुहोस् न ।     डा. पाण्डे ः यसो गर्नाेस् । यो गल्लीमा अलिक अगाडि एउटा भट्टीपसल छ । त्यहाँ कोदोको राम्रो रक्सी पाउँछ । एक/दुई गिलास स्वाट्ट पारेर घरतिर जानोस् । दुखेको आपैंm हराउँछ । (बिरामी र बिरामीकी पत्नी क्लिनिकबाट प्रस्थान गर्छन्) हुनत मादक पदार्थ सेवन गर्न कसैलाई उत्साहित नगर्नु भन्छन् । के गर्ने उपाय केही नभएपछि । (डा. पाण्डेले पतिपत्नी गएपछि राहत महसुस गर्छ) मटेङ्ग्रे शल्यक्रिया असफल भएको कुरा एकदमै गोप्य है । कसैले थाहा नपाओस् बुझिस् ? फेरि वरिष्ठ डा. पाण्डेको ‘गुडविल’ खत्तम हुन्छ । बरु जा दुई गिलास चिया लिएर आइज् । तर अघिको जस्तो बेपत्ता हुने होइन नि । (मटेङ्ग्रेको प्रस्थान) जेहोस् आज कमाइ राम्रै होला जस्तो छ । (यत्तिकैमा एकजना नेता जस्तो देखिने मानिसको प्रवेश

भोट माग्दिनै प¥यो

– वैद्यनाथ ठाकुर     एकजना अभिभावक रिसले आँखा तर्दै सामुदायिक विद्यालयको प्रधानाध्यापकलाई हकार्दै थिए– “हैन दश दिन भो म आप्mनो छोराको जन्ममिति सुधार्न सिफारिस लिन धाएको तपाईं चाहिं कहाँ बेपत्ता ? कम्तीमा सहायकलाई दराजको साँचो त दिएर जानुपर्छ ।”     हेडसर शान्तचित्तले हाँस्दै भने– “हजुर बस्नुस्, किन रिसाउनुहुन्छ ? म र मेरा सहयोगी शिक्षकहरू कामले ससुराली गएका होइनौं । हजुर जस्तो सचेत अभिभावकले यसरी कुरा नबुझी रिसाउन सुहाउँदैन ?”     “हेर्नुस्, हामी पनि सचेत बुद्धिजीवी नागरिक हौंं । हाम्रो पनि मत हाल्ने अधिकार छ । हाम्रो पार्टी चुनाव लड्दैछ, हामीलाई यति बेला खान फुर्सत छैन । स्थानीय घोषणापत्र तयार गर, नारा बनाउ, जुलुसमा हिंड्ने मान्छेको व्यवस्था गर, घरदैलो कार्यक्रममा जाउ, सभामा उद्घोषण गर, चुनाव चिह्नको प्रचारप्रसार आदिको व्यवस्थापन हामीले नै गर्नुपर्छ अनि भन्नुस् हजुर रिसाएको ठीक छ त ?”     हेडसरको कुरा सुनेर अभिभावक झन् झोक्ंिकदै भने– “हैन तपाईंहरूलाई पार्टीले तलब खुवाएको छ कि सरकारले ? तपाईंको काम पढाउने हो कि चुनावको प्रचार गर्ने ? अनि त सरकारी विद्यालयमा पढाइ चौपट्ट भएको रहेछ ।”    

जोगी पनि शुद्ध छैन

– बैद्यनाथ ठाकुर     नम्बर एक क्रान्तिकारी पार्टीको स्थानीय निर्वाचनको लागि उमेदवार चयन गर्ने जिल्लाबाट सिफारिस भइआएको नामावली उपर अन्तिम पैmसलाको लागि गम्भीर छलफल हुँदै थियो ।     प्रदेशका इन्चार्जहरूले रिपोर्टिङ गर्दै थिए । एउटा कुनामा बसेको कमरेडको मनमा रिपोर्टिङ सुनेर उथलपुथल भइरहेको थियो । शान्तिपूर्वक ऊ आप्mनो पालो पर्खिंदै थियो । अन्त्यमा उसको पालो आयो । उसले आप्mनो धारणा यसरी राख्न थाल्यो– “कमरेडहरू, अभिवादन १ आज म बडो असमञ्जसमा छु । कमरेडहरूको रिपोर्टिङ सुन्दा आपैंmलाई प्रश्न गर्न मन लाग्यो । के हाम्रो पार्टी क्रान्तिकारी हो ? गाउँशहरको एक नम्बर फटाहा, बदमास, तस्कर, माफियाहरूकै नाम सिफारिस भएको रहेछ । कसरी जनताले यिनलाई मत दिन्छ ? जितेरै के पो जनमुखी कार्य गर्ने हुन् ?”     केही बेर कमरेडको कुराले बैठकमा ऊर्जा थप्यो । ताली पनि पड्के र वातावरण आक्रोशपूर्ण बन्दै गएपछि अध्यक्ष कमरेडले कमान सम्हाल्दै निर्देशनात्मक शैलीमा जवाफ दिंदै भने– “कमरेडहरू कुरा प्रस्टै छ । जनतालाई पैसा बाँड्ने उम्मेदवार चाहिन्छ र पैसा तपाईं–हामीसँग छैन । बरु पार्टी चलाउन पनि बेलाबेलामा उनीहरूसँगै सहयोग लिंद

अङ्कल

Image
– समीर पाख्रिन     कुसुम मेरी छिमेकी । कुसुम र म गाउँको विद्यालयमा एउटै कक्षामा पढ्थ्यौं । उसको घर नजिकै भएकोले ऊ गृहकार्य गर्न मेरै घरमा आउने गर्दथी । कक्षा ७ हामी दुवैले सँगै पास ग¥यौं । कुसुमको बुबाले विदेशबाट फर्केपछि शहरमा घर किन्नुभयो र हजुरबा र हजुरआमालाई गाउँमा छाडेर उनीहरू शहर बसाइँ सरे । यता वृद्धवृद्धा  छोरा–बुहारीले छाडेर गएकोमा मर्माहत बनेका थिए भने उता कुसुमले सधैंका लागि गाउँ छाडेर गएकोमा मलाई पनि ज्यादै नरमाइलो लागिरहेको थियो । त्यो दिन मलाई किनकिन विद्यालयको आँगन र कक्षाकोठा सुनसान लागेको थियो । मेरो ध्यान पढाइमा पटक्कै गएको थिएन ।     मैले गाउँको विद्यालयबाट प्रवेशिका पास गरे । उता कुसुमले शहरको बोर्डिङ स्कूलबाट विशिष्ट श्रेणीमा प्रवेशिका उत्तीर्ण गरेकी खबर कुसुमको हजुरबाले सुनाउनुभयो ।     त्यसपछि मेरो बुबा बित्नुभयो । म टुहुरो भएँ । घरमा आमा र ममात्र भएँ । मैले आमालाई एक्लै छाडेर कतै जान नमिल्ने भएपछि मेरो अध्ययन प्रवेशिका भन्दा अगाडि बढ्न सकेन । म पूर्णरूपले घरव्यवहारमा फसें ।     सायद तीन वर्षपछिको कुरा हुनुपर्छ । कुसुमकी हजुरआमा सिकिस्त बिरामी भएकीले शहरबाट कुस