Posts

Showing posts with the label विज्ञान प्रविधि

के हो आइपी टेलिभिजन ?

Image
    इन्टरनेट टेलिभिजन वा इन्टरनेट प्रोटोकल टेलिभिजन (आइपी टिभी) टेलिभिजन प्रसारणको एउटा नयाँ प्रविधि हो। यो प्रविधिबाट अहिले टेलिभिजनका च्यानललाई इन्टरनेटको माध्यमबाट आफ्नो कम्प्युटर अथवा इन्टरनेट–चल्ने टेलिभिजनमा हेर्न सकिन्छ। जतिसुकै तीव्र गतिको इन्टरनेटको स्रोतमार्फत् इन्टरनेटमा जोडेर यस्तो टेलिभिजन हेर्न सकिन्छ।     प्रत्यक्ष टेलिभिजन, पुराना कार्यक्रमहरूका साथै चाहिएको भिडियो वा चलचित्र खोजेर हेर्न सकिने भएकोले यो सेवा सामान्य टेलिभिजन प्रसारणभन्दा फरक छ। त्यसैले, आइपी टिभीलाई सामान्यतया इन्टरनेटमा आधारित मल्टिमिडिया सेवा भन्न सकिन्छ।     इन्टरनेशनल टेलिकम्युनिकेसन युनियनले इन्टरनेटको माध्यमबाट प्रसारण हुने टेलिभिजनलाई आइपी टिभी भनेको छ। सन् २००५ मा एलाइन्स फर टेलिकम्युनिकेसन इन्डस्ट्री सोलुसन्सले आइपी टिभीको आधिकारिक परिभाषा गरेको हो। सन् १९९४ मा अमेरिकाली ब्रोडकास्टिङ कम्पनीले आफ्नो विश्व समाचार सेवालाई पहिलोपटक इन्टरनेटमार्फत् प्रसारण गरेको थियो। सुरुमा सियु–सिमी भिडियो कन्फेरेन्स सफ्टवेयरका माध्यमबाट यस्तो सेवा सुरु गरिएको थियो। त्यसपछि यसलाई विकास गर्दै संसारभरि आइपी टिभीको

यार्सागुम्बाबारे जानकारी

Image
    यार्सागुम्बा हिमाली क्षेत्रको उच्च भागमा पाइने बहुउपयोगी र बहुमूल्य जडीबुटी हो। यसलाई यार्चागुम्बु अथवा यार्चागुम्बा पनि भनिन्छ। तिब्बती भाषामा यार्सागुम्बाको अर्थ हुन्छ "वर्षोझार हिउंदे कीरा"। हिउंदमा हिउंभित्र कीराको रूपमा रहने र हिउं पग्लेपछि वनस्पतिको रूपमा जमीनमाथि देखिने कीरा र वनस्पति दुवैको अन्तरसम्बन्ध भएको एउटा उदाहरण हो यार्सागुम्बा।       नेपाली भाषामा यसलाई जीवनबुटी, कीराझार अथवा कीराच्याउको नामले चिनिन्छ भने संस्कृतमा जिङगणी र अङग्रेजीमा Chinese Caterpillar Fungus jf Chinese Caterpillar Mushroom भनिन्छ। यसको जमीनमुनिको भागमा पुतलीको लार्भा (झुसिलकीरा) र जमीनमाथिको भागमा लार्भामाथि उम्रने परजीवी (च्याउ) हुन्छ। यो च्याउको यस्तो प्रजाति हो, जसले आफ्नो आधा जीवनचक्र पुतलीको लार्भाभित्र नै व्यतित गर्छ। यार्सागुम्बा लार्भा अवस्थामा लाग्ने रोग अर्थात् ढुसी हो, जुन लार्भाको मृत्युपछि मात्र बाहिर उम्रन्छ।     आत्रेय संहितामा यार्सागुम्बालाई भूसञ्जीवनी भनी उल्लेख गरिएको छ। शक्तिबर्द्धन औषधि मानिने यार्सागुम्बाको प्रयोग चीनमा विगत २००० वर्षदेखि र तिब्बतमा करिब १५०० वर

अब पालो मोबाइल ह्याकिङको

-मुकेश बस्नेत     इमेल र कम्प्युटर ह्याकिङबारे सबैलाई जानकारी नै होला तर आजभोलि  हर्ैकर्सहरूको पहुंच मोबाइल फोनसम्म पुगेको छ।     मानव जीवनको अभिन्न वस्तु बन्न पुगेको मोबाइल पनि अब ह्याकर्सले सजिलैसंग ह्याकिङ गरी मोबाइलभित्र रहेको सम्पूर्ण जानकारी प्राप्त गर्न सक्छ।   कारण्ँ मोबाइल/सेलफोनमा लगाइने चिप कसरी बनाइएको छ यस कुराको पत्ता हयाकर्सले सजिलैसंग लगाउन सक्छ र तपाईंको मोबाइल ह्याकसमेत गर्न सक्छ। धेरैजसो जीएसएम प्रविधिबाट बनेको मोबाइललाई हयाकर्सले ह्याक गर्छन्। त्यस मोबाइललाई ह्याक गर्न केवल केही हार्डवेयरको आवश्यकता पर्छ जुन मज्जाले मोबाइलसंग सम्पर्क हुन सक्छ। केही इलेक्ट्रोनिक्सबारे जानकारी भएको हयाकर्सले तपाईंको फोन हयाक गरी मोबाइलभित्र रहेको मेमोरी कार्डको सम्पूर्ण जानकारी चोरेर दुरुपयोग गर्न सक्छ।     यस प्रकारको ह्याकिङको लागि केवल ४-५ मिनेटमात्र हैकरले तपाइको मोबाइल उपयोग गर्छ किनभने तपाईंको मोबाइलबारे जानकारी नभएसम्म ह्याकिङ सम्भव छैन। तर्सथ तपाईंले कुनै पनि अपरिचित व्यक्तिको हातमा मोबाइल दिनुपूर्व विचार गर्नुहोस्।     विज्ञान प्रविधिको विकाससंगै ह्याकर्सहरूले मोबाइल ह्या