Posts

Showing posts with the label स्वतन्त्त विचार

सखुवाप्रसौनी गोल्डकपमा बारा विजयी

प्रमोद यादव, पंचगावाँ, १८ फागुन/     सखुवाप्रसौनी गाउँपालिकामा सञ्चालित तेस्रो गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत मङ्गलवार भएको खेलमा बारा–११ बारा विजयी भएको छ।     आज भएको खेलमा बारा–११ ले सशस्त्र प्रहरी बल बर्दिवास महोत्तरीलाई ० का विरुद्ध २ गोलले पराजित ग–यो।     जीतसँगै बारा क्वाटरफाइनलबाट सेमिफाइनलमा प्रवेश गरेको छ।     सखुवाप्रसौनी गापाको आर्थिक सहयोगमा वडा नं १ मधुवन मथवल वडा कार्यालयले फूटबल प्रतियोगिताको आयोजना गरेको हो।

सवारी दुर्घटना र न्यूनीकरणको उपाय

Image
  सञ्जय साह मित्र अस्पतालहरू सडक छेउमा वा बजार क्षेत्रमा बढी सीमित हुने कारणमध्ये सवारी दुर्घटनाका बिरामी अस्पताल आउँछन् भनेर पनि हो। एकजना मित्रको यस्तो अभिव्यक्तिले धेरै कुरातर्फ सङ्केत गरेको देखिन्छ। अस्पतालहरू खुलेका छन्, अस्पतालहरू सडकछेउ खुलेका छन्, सडकहरू बढेका छन्, बजार क्षेत्रमा अस्पतालहरू बढी छन् तथा यी सबै अस्पतालमा बिरामीको चाप बढेको छ र अधिकांश अस्पतालमा सडक दुर्घटनाका बिरामीहरू आउँछन्। सडकहरू बढेका छन्। पहिलेको तुलनामा हरेक वर्ष सडक बढ्दै गएको सत्य हो। सडकको विस्तार पनि भएको छ। सडक विस्तारले सुविधा बढाएको हो। सडक जति बढेको छ, त्योभन्दा बढी सडकमा सवारीको चाप बढेको छ। सवारीको बढ्दो चापले गर्दा सडकलाई फुर्सद हुने अवस्था देखिंदैन। सडकमा सवारीको चाप निरन्तर बढिरहेको छ। हाम्रो सडकले कति सवारी साधन थेग्न सक्छ ? यस्ता विषयमा कसैलाई सोच्ने फुर्सद नै छैन। सडक दुर्घटना बढेको छ। वास्तवमा सडक दुर्घटना निकै बढेको छ। सडकमा सवारीको चाप अत्यधिक बढेको तर सडकको स्तर नबढेको सबैले देखेका छन्। सडक निर्माणको अवधारणा नै परम्परागत भएको बताइन्छ। नयाँ बनाइएका सडकहरू दुई दशक पहिलेको गाडीको आधारमा बन